7/26/2010

Climbing on Vedauwoo rocks: thrilling experience

We visited Vedauwoo, one of the outdoor recreational places in Wyoming. It is famous for rock climbing and is ~16 miles from the place where we live. Saturday afternoon I was waiting for a call from Rajan to go to school. I got a call from him but not for going to school rather going to Vedauwoo. So, this plan was NOT planned. There were ~15 people, all Nepalese, in the trip. After reaching to the parking place, we decided to go for hiking.


Climbing up to the rock was also un-planned. Step by step we went towards top. It was a wonderful view to look at down, exciting and challenging too. It reminded my childhood. We used to go to jungle for grass and firewood. One route for us was close but very steep naked hill (I can't recall the name of the hill now). We had to go up and down every other day. Besides this, I have not tried rock climbing. I had one hour indoor rock climbing training at OSU which had yielded scar on my left hand. Let me go back to Vedauwoo climbing. This place has big rocks, very rough, sitting on each other. We had to walk on the steep rock surfaces. One of the most difficult, very challenging and scary points was very close to the summit. Anyhow we reached to this point. When I looked down from this point I felt like climbing from that particular route was a wrong decision.

7/17/2010

मानिसभन्दा अगाडि पशुपंक्षी Animals/birds sense earthquake

अक्टोपसको चर्चा खुबै भयो यस्पालि। यसको कारण थियो उसले गरेको फूट्बलको भबिस्यबाणि। फुट्बल भयो दक्षिण अफ्रिकामा अक्टोपस बस्छ जर्मनीमा। अक्टोपस र फूट्बलको के सम्बन्ध छ र उसले गेम कसले जित्छ भनेर भन्न सकुस। मिल्न त उसको प्राय: जसो भबिस्यबाणि मिले। तर मेरो विचारमा यो सबै काकताली मात्रै थियो। तर धेरै जसो मान्छेहरु  यसैको पछि लागेको देखेर अचम्म लाग्छ। जनावर र चराहरु प्रकृति सँग नजिक को सम्बन्ध राख्छन्। यसै मेसोमा ईण्डियन ओसन्मा डिसेम्बर २००४ मा गएको सुनामी पछि २००५ को सुरु तिर एउटा लेख लेखेको थिय। नेपालको कुनै राष्ट्रिय पत्रिका (युवामन्च हुनु पर्छ) मा प्रकाशित उक्त लेख यसपटक यो ब्लग मार्फत फेरी बाड्न मन लाग्यो।
 .......................................................................................................
हामीले पशुपंक्षीलाई अनेक रुपमा प्रयोग गर्दै आएका छौं । खानाको रुपमा, यातायातमा सहयोगीको रुपमा र धरैजसो जन्तुहरूको विभिन्न अंग प्रत्यङ्गलाई परम्परागत घरेलु तथा आधुनिक औषधी उपचारमा प्रयोग गरिदै आएको छ । त्यतिमात्र नभएर पशुपंक्षीबाट मानिसले महŒवपूर्ण सूचनाहरू पनि लिदै आएका छन । कागले पहिले पहिले हुलाकीको काम गथ्र्यौ भन्ने विश्वास रहिआएको छ । काग घर अगाडि आएर करायो भने के खबर ल्यायो वा कही कतै केही भयो कि भन्ने आशंका गरिन्छ । यसकै लागि काग तिहार मनाइन्छ । त्यसैगरी कुकुरको सुघ्नसक्ने विशिष्ट क्षमतालाई पनि मानिसले प्रयोग गर्दै आएका छन् । त्यसैले कुकुरलाई विभिन्न अनुसन्धानकार्यका लागि अपराधी पत्ता लगाउन, विस्फोट पर्दाथ पत्ता लगाउन प्रहरी, सेनाले अहिले पनि प्रयोग गर्छन् । यस्तै विशेष क्षमता भएका पशुपंक्षीहरूले प्राकृतिक विपत्तीको पूर्वानुमान गर्न सघाउने गरेका छन् । उनीहरूको बानी व्यवहारबाट हामीले प्राकृतिक विपत्ति आउन लागेको थाहा पाउन सक्छौं । 

7/11/2010

लौन "अक्टोपस" भन्देउ नेपालमा प्रधान्मन्त्री को होला?

यस्पटक अफ्रिकामा भैरहेको फूट्बलका केहि गेमहरुको  भाबिस्यबाणि  मिले पछि जर्मनीको पाउल नामको अक्टोपस बिस्वभरि नै चर्चित भै'राछ। भोली हुने अन्तिम खेलमा स्पेनले नेदरल्यान्ड लाई हराइ विश्व कप को कप लैजाने भबिस्यबाणि गरेको छ। हेरम कत्तिको मिलाउने रैछ।

मेरो विचारमा यो काकताली मात्रै हो। यौटा समुन्द्री जनावरले यसरी भबिस्यबाणि गर्न सक्ने हो भने त अन्य घट्नाक्रमहरुको पनि भबिस्यबाणि गराउन थाल्थे। यो पाउलले गरेको भाबिस्यबाणि बुज्न लाई कसरी भैराखेको छ भनेर हेर्नु पर्छ। पाउलको खाना भा'को दुइटा बक्स खेल खेल्ने टिमको झन्डा राखेर पानी भित्र झारिन्छ। अनी पाउल ले दुइटा मध्य एउटा बक्सको खाना खान्छ। यसो बुज्दै जादा खेरी त्यो जन्तु जहिले पनि दाँया तिर बाट बक्स तिर आउछ र दाँया तिरकै बक्सको खाना खन्छ। अनि दाँया बक्स को छेउमा २ वटा बल पनि राखेको छ। जुन टिमको झन्डा दाँया बक्समा राखेको छ त्यही तीमले जित्छ भनेर भबिस्यबाणि घोसणा गरिन्छ। अक्टोपस भन्दा पनि उसको मालिक, भबिस्यबाणि घोसणा को experiment सेट गर्नेहरुको समुह र कसरी experiment सेट गर्छन् त्यो महत्वपुर्ण हुनु पर्छ. 

7/03/2010

SLC रिजल्टको सम्झनामा

सधैं जस्तै यस्पाली पनि एस.एल.सी को रिजल्ट निस्क्यो। नेपालको शैक्षिक क्षेत्रमा फलामे ढोका मानिने यो परिक्षालाई एउटा ब्यक्तिको जीवन मरणको बिषय बनाइन्छ । प्रत्यक बर्ष आउने SLC को रिजल्टले १४ बर्ष अघि मैले देको SLC को रिजल्ट सम्झाइदिन्छ । बितेका बर्षमा धेरै परिवर्तन आइसकेको छ । यसपालीको रिजल्ट्मा ६४.३१% पास भएछन् । मेरो पालोको तुलनमा त धेरै नै राम्रो हो । तर पनि बाँकी एक तिहाई किन फेल हुन्छन् यसको खोजिनिती गर्नु आवश्यक नै होला ।


मैले पढेको स्कुल , अहिले देखिएका भवनहरु त्यति बेला थिएनन. 
५३ सालको असार (एकजना साथीले जेठको अन्तीम तिर भन्नु भयो) महिना थियो हाम्रो रिजल्ट निस्केको । दिन चाहि याद भएन । अहिले जस्तो इन्टर्नेटको चल्ती थेन, न त अरु संचारका माध्यम् नै थिय । रेडियो नेपालले रिजल्ट प्रकाशित भयो भन्थ्यो अनि गोरखापत्रमा नम्बर आउथ्यो पास् हुनेहरुको । गोरखापत्रसम्म पहुच हुनेले न हो आफै हेर्ने । नत्र कति दिन पछि अरुले भन्दे पछि थाहा हुन्थ्यो । हाम्रो गाउमा त्यो पत्रिका पनि न आउने । अझ सिदै भन्ने हो भने नियमित ग्राहक कोहि पनि थिएनन । गोरखापत्र पनि बेलुकी तिर आइपुग्थ्यो नत्र अर्को दिन् । रिजल्ट निस्केको दिन त पास् भैयो कि फेल थाहा नै भएन । अर्को दिन लालमटिया स्कुलमा गोरखापत्र आयो रे भन्ने सुनियो । अनी सुरेन्द्र र म साइकल चडेर लालमटिया तिर लागिम । मौरिघाट्बाट लालमटिया ४ किमी को बाटो हो । तर त्यहाँ पुग्दा केही मेसो परेन । अति नै रिजल्ट हेर्ने हुटहुटी भाको भए त लमही बजारमा गएर पनि हेर्न सकिन्थ्यो । ५ रुप्पे तिर्यो भने एउटा नम्बर हेर्दिन्थे तेतिबेला । त्यो पनि गरियन । पास त हुन्छु नै भन्ने लाग्थ्यो । टेस्टको नतिजा अनुसार त फस्ट डिभिजन आउछ जस्तो लाग्थ्यो । दोस्रो दिनको साझ तिर हल्ला आउन थाले । फलानो स्कुलबाट यति जना, ढिस्कनो स्कुलबाट उती जना पास् भए भनेर । हाम्रो स्कुलबाट लगभग ३५% पास् भैतिम कि जस्तो लाग्छ अहिले सम्झिदा ।

हामी मौरिघाट स्कुलको SLC दिने तेस्रो ब्याच । पहिलो ब्याचमा सन्तोषजनक नै पास् भा'थे (त्यस्तै एक तिहाइ) । यद्दपी पहिलो डिभिजन्मा कोही पनि थेनन् । दोस्रोमा १ की २ जना अनी बाँकी सबै तेस्रो डिभिजन्मा। अनी एसएलसी दिने दोस्रो ब्याचको रिजल्ट त सुन्य । हाम्रोभन्दा अघिको नतिजा त्यस्तो थियो । त्यसैले पनी हाम्रो नतिजा महत्वपुर्ण थियो स्कुलको निरनतर्ताको लागि । दाङ-देउखुरीको मौरिघाटमा रहेको मेरो स्कुलको नाम हो "श्री माद्यामिक बिद्यालय मौरिघाट"। हाम्रो गा बि स- लालमटिया, मा यौटा पुरानो स्कुल थियो अनी हाम्रो स्कुल भर्खरको नया । गाउलेहरुले ठुलो मिहिनेत गरेर हाइ-स्कुल बनाएका । स्कुलको समस्या र पढाईको बारेमा कुनै सन्दर्भमा कुरा गरौला। अहीले एस.एल.सी नतिजा तर्फ नै लागम है त।