1/05/2015

सेल्फी लौरोको रमाइलो

२०१३ मा सेल्फीले खुब चर्चा पायो।  सेल्फी भन्नाले आफ्नो फोटो आफै खिच्ने । बिशेषगरि स्मार्टफोनको ब्यापकता पछि यसको प्रयोग ह्वात्तै बढेको हो । प्रख्यात सामाजिक संजाल ट्विटरले त सन् २०१४ लाइ सेल्फीको वर्ष नै घोषणा गर्यो ।  सेल्फी सब्द करिब नौ करोड भन्दा धेरै पटक ट्विटरमा उल्लेख भएछ, २०१४ मा । हुदा हुदा अब सेल्फीको पढाई नै हुने भयो रे लण्डनको सिटि कलेजमा ।  

अब त सेल्फी संस्कृतिको रुपमा नै बिकाश भैसक्यो । 

हातैले सेल्फी खिच्दा अलि धेरै वर पर सम्मको भिउ ओगट्न नसक्ने । अथवा अलि धेरै साथीले ग्रुप सेल्फी खिच्न नमिल्ने । यसैलाई सजिलो बनाउनको लागि सेल्फी लौरो आयो । सेल्फी लौरो लाइ प्रख्यात टाइम म्यागाजिन ले २०१४ को उत्कृष्ट २५ आबिस्कार मा लिस्ट गरेको छ ।

सेल्फी लौरोको टुप्पोमा फोन राख्न मिल्छ । यो लौरो फोल्ड गर्न मिल्छ जसलाई अंग्रेजीमा extendable monopod भन्ने गरिएको छ । एक मिटर जति लामो बनाउन मिल्ने लौरो पाइन्छन बजारमा ।

करिब $१० देखि $३० सम्म पर्छ अहिले यो सेल्फी लौरो ।

फोटो खिच्ने बेलामा कि त रेमोट प्रयोग गरेर क्लिक बटन थिच्नु पर्यो कि त ब्लु टुथ प्रयोग गरे पनि हुञ्छ । यी दुवै तपाइको सेल्फी लौरो मा छैन भने पनि नो प्रोबलम ।  टाइमर मा राखेर सेल्फी खिच्न मिल्छ ।   

मैले नि भर्खर किनेको सेल्फी लौरोले डल्लै फेमस खायो ।

फोटोको क्वालिटी भने फोनको पछाडिको क्यामेरामा भर पर्छ । यहाँ खिचेका सबै फोटोहरु OnePlus One फोन बाट खिचेको हु ।  

एक्लै भा'को बेलामा फोटो खिच्न मन लाग्यो, कसलाई खिच्देउ भन्ने? सेल्फी लौरो जिन्दबाद ।  


एलामो, सान एण्टोनिओ, TX 
जोइ पोइ घुम्न हिडियो, फोटो खिच्न मन लग्यो । सेल्फी लौरो फेरी पनि जिन्दाबाद ।   
कोर्पस क्रिस्टिको बीच, TX 


साथीहरुसंग घुम्न गएको बेला ग्रुप फोटो खिच्न पर्दा पनि सेल्फी लौरो । अब कोहि पनि छुट्न परेन र अरु कसैलाई हाम्रो फोटो खिच्देउ पनि भन्न परेन । यो सुँगुर चोचे चाइ तितो सत्यको प्रभाबले हल्का रमाइलो ।

US Lexington, Corpus Christi, TX

डुंगा चडेको बेलामा सप्पै ग्रुपकै आउने गरेर फोटो खिच्न पर्यो रे । कसरि सम्भब होला त? सेल्फी लौरो छदै छ नि, नो चिन्ता ।  






ग्रुपको फोटो खिच्न पर्यो तर पछाडिको पुरै आउने गरि, सेल्फी लौरोले खिची हाल्छ नि ।  



घरमा पार्टि भयो, ग्रुप फोटो खिच्न पर्यो कोहि नछुटि ।