सधै भुइचालो गइरने जापानमा अहिले फेरि ठुलो भुइचालो गएको छ। करिब ८।९ रेक्टर स्केलको। यो सेन्डाइ भन्ने ठाउँ ओर पर गयो जहाँ मेरा साथी अनन्त मरहट्टा छन्। भुइचालो ले सार्है डर लाग्ने र आतिसकेको उनले बताउदै गर्दा यसपालीको भुइचालोले सुनामी ल्याएको छ। समुद्री पानी जमिनमा पसेको छ धेरै चिज बगाउदै। यसै सन्दर्भमा धेरै पहिले मैले सुनामीको बारेमा लेखेको र प्रकाशित भैसकेको लेख यहाँ सार्वजनिक गरेको छु। आशा गरौ यसपालीको सुनमी महाबिपत्ती हुने छैन।
------------------------------------------------------------
गत पुष ११ गते (सन २००४ ) विहान ठूलो संख्यामा पर्यटकहरू समुद्री किनारमा क्रिसमसको अवसर पारेर आनन्द लिनका लागि आ–आफ्ना कार्यालयमा विदा मिलाएर जम्मा भइसकेका थिए। तर दिन छिप्पीन नपाउदै कसैले कल्पना नगरेको समुद्रको पानीको छाल ठूलो वेगमा उर्लेर आयो। ती पर्यटकलाई त लग्यो, लग्यो, त्यसका कैयौं किलोमिटर क्षेत्रका सम्पूर्ण भौतिक संरचना, यातायात साधनहरू, जनावरहरू, सडक, पुलहरू सखाप पा-यो। प्रत्यक्षदर्शिहरूले भनेका छन्-असंख्य माझी डुड्डाहरू पानीको छालसगै अगाडि र पछाडि उडेका थिए। हेर्दाहेर्दै सडकमा हिडिरहेका गाडिहरू, वरपरका मानिसहरू बगेर गए-वर्षामा हाम्रा ठाडा खोलाले काठ दाउरा बगाए झैं। अहिलेसम्म उक्त सुनामी नामको महाविपत्तिले दुई लाखको हाराहारीमा मानिसहरू मरिसकेको छ र लाखौं विस्थापित भएका छन्। अन्य क्षतिको त हिसाव किताव गर्न भ्याइएको छैन। अन्तर्राष्ट्रिय उद्धारकर्मीले विश्वकै सबैभन्दा लामो उद्धार कार्य शुरु गरिएको दावी गरेका छन्। तापनि खाद्य पदार्थ, औषधि लगायतका सामग्रीका लागि झडपहरू भइराखेका छन्।
उक्त दिन विहान ६ बजे इन्डोनेशियाको पश्चिम किनार क्षेत्रको सुमात्रा टापु आसपास समुद्री सतहबाट ४० किलोमिटर तल केन्द्रविन्दु भएको ८.९ रेक्टर स्केलको भूकम्प गयो। यो भूकम्प विश्वमै चालीस वर्ष यताको सबैभन्दा ठूलो र एकदशकको अवधिमा पाचौ ठूलो हो । उक्त भूकम्पका कम्पनहरू उतिखेरनै दक्षिण एशियाली क्षेत्रमा समेत अनुभव गरिएको थियो। पहिलो ठूलो झड्का पछि पनि थप नौ झड्का गएको अमेरिकी जिओलोजिकल सर्भेले जनाएको छ। तर उक्त भूकम्पीय कम्पनको कारणले शुरुमा उत्तरी सुमात्राको आचे आसपास केही दर्जन भवनहरू मात्र नष्ट भएका थिए। तर त्यो भन्दा कैयौं गुणा खतरा चाही उक्त भूकम्पको कम्पनबाट आएको पानीको छालबाट भयो। समुद्र वा यस वरपर भूकम्प जादा समुद्रको पानी विस्थापित हुन्छ र एक किसिमको तरड्ड उत्पन्न हुन्छ। यसलाई अंग्रेजीमा “हर्वर वेभ” र जापानी भाषामा सुनामी भनिन्छ । यसपटकको सुनामीको तरंगको गति आठसय किलोमिटर प्रति घण्ठा थियो र केन्द्रविन्दुबाट १ हजार ६ सय माइल टाढा रहेका श्रीलङ्काली समुद्रि तटमा १० मिटर उचाइसम्मको थियो। समुद्रको पानी सुनामी तरड्डको रूपमा तटिय क्ष्ँत्रतिर फैलियो अनि पूर्वी तथा दक्षिणपूर्वी एसियाका देशहरू, इन्डोनेशिया, श्रीलंका, भारतको साथै माल्दिभ्स, मलेसिया, थाइल्याण्ड, सोमालिया, बंगलादेश, वर्मा, तान्जानिया र केन्यामा पनि व्यापक प्रभाव प-यो। अग्लो छाल हिन्द महासागर तथा आक्षमान सागरमा पसेपछि प्रकोपले विकराल रूप लिएको छ। यो सुनामी तरंगको शक्ति यति धेरै थियो कि ६ घण्टा लाएर चार हजार किलोमिटर दुरी पार गरेर अफ्रिकासम्म पुग्दा पनि क्षति गर्न सफल भयो  र यो शक्ति नौ हजार एटम बराबर छ। तर भौगोलिक कारणले नेपालले भने क्षति बेहोर्न परेन। सन् ३ सय ६५ देखि सन् २००४ सम्ममा भूकम्पको कारणले ३० पटक सुनामी प्रकोप निम्त्याएको बताईएको छ। ६.३० बजे गएको भूकम्पबाट उत्पन्न सुनामी करिब ९.३० बजे मात्र भारतीय सामूद्रिक तटहरूसम्म आइपुगेको थियो। आवश्यक शर्तकता नअपनाइएका कारण ठूलो क्षेति हुन गएको छ। सुनामी तरंगको पूर्व जानकारी दिने संयन्त्र विकास भैसकेपनि हिन्द महासागरीय क्षेत्रमा उक्त व्यवस्था नभएकोले यो क्षेत्रले अत्याधिक क्षति बेहोर्नु परेको हो।
भूकम्पको कारण के हो ?
 सुनामी प्रकोप भूकम्पको कारणले आएको हो । भूकम्पको अर्थ जमीन चल्न वा कम्पन हुनु हो। वि.सं. १९९० साल माघ २ गते गएको ८.४ रेक्टर स्केलको महाभूकम्प र २०४५ साल भाद्र ५ गतेको भूकम्पलाई नेपालीले विशेष गरी सम्झना गर्छौं। त्यसैगरी २०५७ साल माघ १३ गते छिमेकी राष्ट्र गुजरात राज्यमा भूकम्पले पु-याएको क्षतिलाई पनि विर्सेका छैनौं।
भूकम्पको कारणको सम्बन्धमा वैज्ञानिक खोजको थालनी सन् १७५५ मा पोर्चुगलको लिस्वनमा गएको महाभूकम्प पश्चात् मात्र भयो। आजभोलि भूकम्प सम्बन्धी अध्ययन गर्ने विज्ञानको शाखालाई “सिस्मोलोजी” भनिन्छ। हालसम्म भूगर्भशास्त्रीहरूले भूकम्पका प्रमुख तीन प्राकृतिक कारणहरू उल्लेख गरेका छन्। तीमध्ये प्लेट टेक्टोनिक सिद्धान्त” प्रमुख हो। 
प्लेट टेक्टोनिक सिद्धान्त अनुसार पृथ्वीको माथिल्लो चट्टानी तह २० वटा जति विशाल स्लायव वा प्लेटहरूमा विभाजित छ। यी प्लेटहरूलाई लिथोस्फेरिक प्लेट भनिन्छ। हरेक प्लेट महादेशीय चट्टान वा समुद्री पींधको बेसल्ट (आग्नेय चट्टानको कडा तह) वा दुवै र पृथ्वीको माथिल्लो म्याण्टल (पृथ्वीको माथिल्लो कडा चट्टानी तह मुनीको लेदो रूपी तह) को एक भाग मिली बनेको हुन्छ। लिथोस्फेरिक प्लेटहरू चिसा र कडा हुन्छन् र यिनीहरू आंशिक रूपमा पग्लेको लेदोरूपी चट्टानी भागमा तैरिदै यताउती सरिरहन्छन्।
कुनै एकमा अर्को घुसिरहन्छन् या एक अर्काबाट छुट्टिएर विपरीत दिशामा सरिरहेका छन्। यही प्रक्रियाबाट पृथ्वीमा विभिन्न महादेशहरूको विकास र हिमालयको उत्पत्ति भएको हो। एउटा प्लेट अर्को प्लेटमुनी घुस्दा त्यहा“ ठूलो दवाव वा चाप पैदा हु“दै गरेको हुन्छ । जब दवावको मात्रा अत्याधिक हुन्छ र दवावमा परेको चट्टानी भागले त्यो दवावलाई व्यहोर्न सक्दैन तब चट्टान फुट्दछ र चट्टान फुटेकै भागबाट कम्पन पैदा हुन्छ र त्यही बिन्दुबाट नै भूकम्पको जन्म हुन्छ।
नेपालले के गर्ने ?
भौगोलिक कारणले नेपालमा सुनामीको असर नपरे पनि भूकम्पबाट अत्याधिक खतराको क्षेत्रमा नेपाल पर्दछ। भारतीय उपमहाद्विप हिमालय निरबाट तिब्बतीय भूखण्ड मुनी घुसिरहेको छ। त्यसैले नेपाल समेत रहेका हिमालय श्रृङ्खलाको क्षेत्र र त्यस नजिकका क्षेत्रहरू अत्याधिक भूकम्प जाने क्षेत्रहरूमा पर्छन। पटकपटकका अध्ययनहरूले नेपालमा भूकम्पको डरलाग्दो सम्भावनाको सङ्केत गरेका छन्। त्यसो भयो भने हामीले ठूलो क्षति सहनु पर्नेछ। भूकम्प रोक्न सकिने कुरा होइन न त यसको पूर्व जानकारी दिने वैज्ञानिक संयन्त्र नै विकास भएको छ। तर भूकम्प र महा–भूकम्पहरूबाट हुने खतराबाट हुने क्षति कम गर्न भने सकिन्छ । भौतिक निर्माणका कार्यहरू भूकम्प प्रतिरोधक बनाउनु पर्छ। भूकम्प गइहालेमा पूर्व सतर्कता अपनाउन सबैलाई सुसूचित गर्न जरुरी छ भने यदि त्यसो भएमा आवश्यक उद्धार, उपचार पानी, खाद्यान्न, लत्ताकपडा, औषधि आदि तम्तयार हुनुपर्दछ।
बसन्त गिरी