 |
| नेपालि टोलीका केही टावर अगाडि। |
पूजा गर्न थाल्ने हो भने यसलाई सन्सारकै सबै भन्दा ठुलो शिव लिङ भन्दे हुन्थ्यो। तर कसैले पूजा गरेपो। नेपाल् वा भारत तीर भा'भए मान्छेले पूजा गर्दा हुन्। तर यो पर्यो अम्रिकामा।
यसपालीको हिउद अब सक्यो। हिउ लगभग पग्ली सक्यो। बाटो सब सफा चट भै सके। तेस्को पिर भएन। अनि सँग संगै स्प्रिङ ब्रेक हो यो हप्ता। नो कलास। केही महिना भैसक्या थ्यो, उकुस मुकुस भा'को कहि जान नपा'र। अस्तिको शनिबार र आईतवार घुम्न गैयो। घुम्न पनि कता जानु? यसपाली रशमोर पहाड जाने योजना बन्यो। तर त्यो भन्दा अलिक पर वायोमिङ मै पार्ने प्राक्रितिक टावर हेर्न जाने कुरो भो पहिले। रशमोर पहाडको बारेमा अर्को पटक लेखम्ला। अहिले लाई डेभिल्स टावर्।
हाम्रो टोलि १३ जनाको थियो, जसमा चार जना चाइनिज बाहेक सप्पै नेपालि। ईण्डियनहरू पनि जाने भन्या थे' तर लास्टमा गएनन्। नत्र बहु-राष्ट्रिय हुन्थ्यो टोलि। बिहान सात बाजे सुरु भएको हाम्रो यात्रा करिब छ घन्टाको ड्राइभ पछि डेभिल्स टावर पुग्यो। त्यो ठाउ नपुगुन्जेल खासै रुख्, जंगल देख्न पाइएन्। जब जङल्, हरियो, परियो देख्न पाइयो-झन आनन्द आउन थाल्यो। अलि पहाड पनि। र बिस्तारै डेभिल्स टावरको टुप्पो झल्याक झुलुक देखिन थाल्यो। हाम्रो गाडी टावरको प्रबेशद्वार पुग्दा शशी सर को टोली त्यहाँ पुगेर फोटो खिच्न ब्यस्त थियो। चाइनिज टोली भने त्यहाँ बाट अगाडि बडिसकेको रैछ। हामि पुगेर त्यहि फोटो सेसनमा मिस्सिम।