Showing posts with label culture. Show all posts
Showing posts with label culture. Show all posts

11/28/2014

गढीमाइ बलि: तुरुन्तै गर्न पर्ने ३ काम

नेपालको बारा जिल्लाको गढिमाइ मन्दिरमा प्रत्यक पाच वर्षमा हुने जनावर बलिको पक्ष र विपक्षमा चर्को बहस चलेको छ, कम्तिमा पनि पत्र पत्रिका र सोसल मेडियामा । स्वभाविक रुपमा विपक्षमै बढि । किनभने जो त्यहाँ पाडा वा बोका लगेर जान्छन, मेडियामा उनीहरुको पहुच नै छैन ।   
original photo: rpb1001, flicker

 ब्यक्तिगत रुपमा मलाइ बलि दिएर मान्छेको भाकाल पुरा हुन्छ जस्तो कहिले लागेन । म सानो हुदै (करिब २१-२२ वर्ष अघि) हाम्रो परिवारले एउटा बोकालाइ बलि देको याद छ । परिवारका एकजना सदस्यको स्वास्थ स्थिति अत्यन्तै बिग्रिए पछि हाम्री बोइ (हजुरआमा) ले देबीको नाममा एउटा कालो बोको भाकल गरिथिन । त्यसपछि कसैले रहर पनि गरेको छैन भाकल गर्ने वा बलि दिने । हाम्रो जस्तो अबिकसित, अशिक्षित र पिछडिएको समाजमा यति धेरै समस्या छन् कि ति मान्छेले आफैले समाधान गर्न सक्दैनन । अनि कुनै अदृस्य शक्ति वा भगवानले केहि गर्दिन्छन कि भनेर आशा गर्ने बाहेक अर्को विकल्प छैन । त्यसैको क्रम हो यो बलि दिने पनि, समस्यामा जकडिएकाहरु केहि भैहाल्छ कि भनेर आउदा हुन । यस्तै विस्वासमा सदियौ देखि आएको हाम्रो समाज र पारिवारिक वातावरणले बाध्य पनि पर्छ होला । मेरो अनुमानमा गढ़िमाइमा बलि दिन आउने धेरै यस्तै मान्छेहरु होलान । कतिपाए परिवार यस्ता पनि होलान बिचरा बलि दिएको जनावरको मासु खान पाइएला भनेर कुर्नु पर्ने पनि ।  

बलि पक्ष वालाले भन्छन यो हाम्रो संस्कृति हो यसलाई जोगाउनु पर्छ । यस्तो तर्कको केहि अर्थ छैन । राम्रो संस्कृति जोगाउने हो, नराम्रो फेर्ने हो । बलिको कुरो आउदा आधारभुत रुपमै यो गलत छ. संस्कृति भनेको समय अनुसार परिवर्तन हुन्छ, मान्छेको चेतना स्तर बदलिदै जादा । जब जब हाम्रो समाज शिक्षित हुदै जान्छ, यस्ता प्रथाहरु बदलिदै जाञ्छन । 

बलि विपक्ष वालाहरु एकथरी शहकारी छन् जो जनावर मार्ने हुदैन भन्ने छन । तर संसारमा बढीमा १०% मात्रै मासु नखाने छन् ।  बाकि ९०% लाइ मासु नखाउ भनेर कसरि भन्ने? यदि बलि नदेउ भन्ने हो भने अर्कै कुरो । अर्को कुरो जनावर मार्न त ठिकै हो नमार्ने कुरो ब्यवहारिक हुदैन तर अलि राम्ररि मार्न पर्छ भन्ने हो भने त्यो अलि ब्वावाहारिका होला ।

अहिलेको सन्दर्भमा गढ़िमाइ बलि तुरुन्तै बन्द गर्ने भन्ने कुरो ब्यवहारिक नहोला, करोडौ मान्छेको आस्थाको कुरो ।   यसलाई व्यवस्थित गर्ने पर्ने देखिञ्छ । तत्कालको लागि तलका व्यवस्था लागु गर्न सकिञ्छ ।   

  1. बलि दिने पशुको स्वास्थ जाच: भगवानले  अस्वस्थ र असक्त पशुको बलि त स्विकार्दैनन होला पक्कै पनि ।   
  2. केटाकेटीलाइ बलि स्थानमा प्रवेश निषेध: कम्तिमा नागरिकता नभएका (तेस्तै उमेर समूह) लाइ उक्त स्थानमा जान नदिने ।  
  3. फोहर व्यवस्थापन: बलि बाट निस्किने फोहरको उचित ब्यवस्थापन । यसको लागि जसले बलि दिन्छन उसै बाट शुल्क लिए हुञ्छ ।  
यी बुदा राम्ररी लागु गरे बलि दिनेहरु निरुत्साही पनि हुञ्छन ।    

4/20/2013

Nepali New Year 2070 BS Celebration in America

Nepali community in Laramie, Wyoming, USA celebrated Nepal New Year of 2070 BS last Saturday (not today) with cultural shows and dinner which included Nepali food items. This way we promoted Nepal by showcasing Nepali culture and food among ~300 audiences from local city and national/international people at University of Wyoming.

Program started with Nepali national anthem which was followed by welcome speech by the president of the Friends of Nepal at University of Wyoming (FNUW) Roshan Bogati.



Then, adviser of FNUW Prof Dr. Peter Stahal gave a speech about his experience being adviser and his visit to Nepal. He is leading a summer course this summer in which students are travelling to Nepal to understand environmental situations ranging from urban to mountain area in the Annapurna conservation region. Students from UW will be joined by Nepali graduate students from Tribhuvan University, Kirtipur.



Jill Johnson, associate director of the International Students and Scholars office, UW who was the major donor of the event also addressed the crowd.

In this event, for the first time, I danced in a folk song. I was bit nervous but was fun. Watch videos from the event. Happy New Year to you.





It was nice to see Abby, american teen age girl, dancing on Nepali song.


Shashi sir reciting a poem.

10/21/2012

बोका हैन कुभिन्डो

घुमी फिरी दशैँ आयो। यो पर्वको एउटा महत्वपूर्ण पाटो भनेको टन्न मासु खानु नि हो। संस्कृतिकै रुपमा बिकास भै सक्यो। अघि पछी महिनाको एकपटक मासु खानेले नि दशैको सेरोफेरोमै कम्तिमा 2-4 छाक त खान्छन होला। कसैले अरुले काटेको किनेर खालान अनि कतिले सिंगे काटेर खालान। अझै देबीको मन्दिरमा लागि बलि चढाएर। मेरो बिचारमा बोका बलि चढाएर कुनै धर्म हुने हैन। तर पनि मान्छेको आफ्नो विश्वास न हो, गर्छन। तर धेरैले पुजा गर्छन, बलि चाइ कुभिन्डोको। त्यस्तैमा हाम्रो परिवार नि पर्छ। बोका नचढाई कुभिन्डो चढाएकोले केहि फरक परे जस्तो लागेको छैन अहिले सम्म। 

हुनत हाम्रो परिवार त्यति धर्म प्रति आस्था राख्नेमा पर्दैन। त्यस्तै स्कुलिंग भयो अनि त्यस्तैमा हुर्कियो। तर पनि बोका बलि नदिने हाम्रो परम्परा हो। न दशैमा न कुल पुजा (देवाली) मा। हुनत सन्यासी खलक भएर होला यस्तो परम्परा भएको। अन्य केहि सन्यासी परिवारले जनावर बलि दिने गर्छन। धार्मिक रुपले हो वा गरिबीको कारणले हो यस्तो भएको त्यो खोजबिनको बिसय होला। यस्तो किन भन्न मन लाग्यो भने, हाम्रो गाउमा धेरै जस्तोले गरिबीकै कारणले बलि दिन सकथेनन। 














कारण जे भएनी, नेपालमै पनि धेरै जसोले बोका बलि दिन्छन जस्तो लाग्दैन। अघि भने कि हाम्ले कुभिन्डो बलि दिन्छम भनेर। बलि दिने बिहानै एउटा कुभिन्डो खोज्नु पर्थ्यो। कुभिन्डो घर वरी परि हुन्थ्यो। किन कुभिन्डो नै रोजाइमा पर्यो होल्ला कुन्नि? तर कहिले काही कुभिन्डो भएन भने, घिरौलो अथवा अरु तेस्तै तरकारीले पालो पाउथे। कुभिन्डो अलि डल्लो हुने हुनाले त्यसलाई बोका जस्तो बनाउन, काठका साना झिझा चारवटा घोचेर खुट्टा बनाउथिम। जब त्यो आफ्नै खुट्टाको भरमा उभिन्छ, अनि भेट्नो लाइ टाउको मानेर अक्षेताले पुजा गर्यो। त्यसपछि त्यसलाई काट्यो, दुइ टुक्रा हुन्छ कुभिन्डो। न घर भित्र (पुजा गर्ने ठाउँ) मा रगतको खोलो बग्यो न फोहोर। केटा केटि लाइ नि मानसिक रुपमा असर नगर्ने।  

यदि तपाईलाई बोका बलि दिन मन छैन तर आफ्नो परम्परालाई जोगाइरन मन छ भने कुभिन्डोको आइडिया गजब हुन सक्छ।

4/15/2012

अमेरिकामा नेपाली नयाँ बर्ष भब्य रुपमा मनाइयो।

नेपाली नृत्य 
अमेरिकाको वायोमिङ राज्यमा बस्ने नेपालीहरूले शनिबार नयाँ बर्ष मनाएका छन्। उक्त राज्यको वायोमिङ बिस्वबिध्यालयमा रहेका नेपालीहरूको संस्था FNUW (Friends of Nepal at University of Wyoming) ले आयोजना गरेको उक्त कार्यक्रममा करिब पाच सय आमन्त्रितहरूलाई नेपाली खाना र साँस्कृतिक कार्यक्रमले स्वागत गरेर विद्यार्थीहरूले मनोरन्जन प्रदान गरेका थिए। 

सो बिस्वबिध्यालयमा नेपालि विद्यार्थी र उनिहरुका परिवार सहित करिब सय जना नेपाली रहेका छन्। सेलिब्रेट नेपाल नाम् दिएर प्रत्यक बर्ष नयाँ बर्ष मनाउदै गरेका छन। नेपाली विद्यार्थीहरूले गर्ने उक्त कार्यक्रम् बिस्वबिध्यलयमै हुने उत्क्रिस्ट कार्यक्रम् मध्य पर्दछ। यो कार्यक्रम सहित उनीहरुले बर्षको दुइ पटक स्वागत कार्यक्रम गर्छन र  दशैँ, तिहार, तीज, होलि लगायतका चाडपर्ब सामुहिक रुपमा मनाउछन्. यस्ता कार्यक्रमले नेपाल लाइ बिदेशी माझ चिनाउने र नेपालि कला संस्कृति, भेषभुषाको प्रचार प्रसारमा सहयोग पुग्ने पक्का छ।  

आज मनाइएको नयाँ बर्ष कार्यक्रममा बोल्दै बिस्वबिद्यालयकि अन्तरास्ट्रिय कारक्रमकि संयोजकले आफु अघिल्लो बर्ष नेपाल पुगेर आएको र फेरी पनि जान मन लागेको भन्दै नेपालको प्राकृतिक सुन्दरता र हसिला अनुहारले मोहनी लगाएको बताएको थिइन्। तेस्तै FNUW का सल्लाहाकार प्रोफेसरले आफु पटक पटक नेपाल गएको, नेपालि बैज्ञानिकहरुसंग मिलेर नेपालमा जलवायु परिवर्तन सम्बन्धि अनुसन्धान गरिरहेको बताउदै नेपालि बिस्वबिध्यालयहरु संग मिलेर अझ बढी काम गर्न यो समरमा फेरी नेपाल जान लागेको जानकारी गराएका थिए। नेपाली खाना खाएका अधिकांसले मिठो खानाको तारिफ गरेका थिए। उक्त खानामा भात, मासको दाल, कुखुराको मासु, खसीको मासु, आलु र गोभिको तरकारी, आलुको अचार, गोलभेडाको अचार, मिठाइ, खिर नेपालि स्वादमा खुवाइएको थियो। कार्यक्रमको सुरुवात नेपाल सम्बन्धि १० मिनेट लामो भिडियो देखिएको थियो। विभिन्न प्रकारका नेपालि ठेट गीत मा नृत्य प्रसुत गरेका थिए बिद्यार्थी र उनीहरुका परिवारले। कार्यक्रमको अर्को आकर्षण भनेको अफ्रिकी बिद्यार्थीको नेपालि लोक नृत्य र अमेरिकी आदिबासी महिलाको नृत्य थियो। अन्त्यमा विभिन्न नृत्य गीत बजाई सामुहिक नृत्यले कार्यक्रम चार घण्टा पछी समापन भएको थियो। उक्त कार्यक्रम कुनै पनि बिद्यार्थी समूहले यो बिद्वाबिध्यालयमा गर्ने कार्यक्रम मध्ये सबै भन्दा ठुलो मध्यको एक थियो। 

कार्यक्रमका केहि झलक देखाउने फोटोहरु हेर्दै गर्नुस। भिडियो सके सम्म छिटो राख्ने प्रयास गर्नेछु। यो ब्लग हेर्दै गर्नुहोला। 



सहभागीहरु 



नेपाली पहिरनमा नृत्य गर्न जानु अघि बाल बालिकाहरु 



नेपाली पहिरनमा बाल बालिका 



तामांग सेलो 



वारि जमुना पारि जमुना 



अमेरिकन आदिबासी महिला 



सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला 


झम झम इस्टकोट 



खाना खाने बेला भयो 



सामुहिक नृत्य 

4/03/2011

Celebrate Nepal 2011 # Happy New Year 2068 BS# in Wyoming

An act demonstrating traditional marriage process
Nepalese People (mainly students) at University of Wyoming, Laramie, USA celebrated Nepalese New Year 2068 today (04/02/2011). The event was very successful with lots of performances including slide shows and videos introducing Nepal, Nepali Culture and Natural beauty, songs, dances and variety of acts demonstrating Nepalese culture. Looked like each and every Nepali has talent and they can dance and sing or play. The actual Nepali new year 2068BS is on 14th of April this time, we celebrated today considering exams of most of the students and other technical reasons.

This was the second celebration of its kind after last years grand success. You can check last years performances videos and blog posts by clicking here

Nepalese students have put lots of effort and time to organize and make this event a successful. Some groups were the winners of UW got talent (dance) show last week. They have also won international talent show. This years program also showed these students and friends really have talent.

I appeared few seconds on couple of events on stage. It was fun.

After the formal cultural show, we had Nepalese food from Mt. Everest cafe, Fort Colin Colorado. And, finally had dance. Dance is still going on while I am writing these lines.

Happy New Year 2068 BS to all of you. 

Enjoy some of the pics and videos from the program.
Folk dance 


Some more pictures (source: facebook)
Food Serving

Celebrating Teej

Audiences

Food Serving

Dance

Raato Machhindranath Rath Jatra

1/23/2011

Supporting Tourism Year in Nepal

Last December biodiversity people in Nepal organized an International Conference on Climate Change and Biodiversity in Kathmandu. Among the hundreds of participants, ~50 were from abroad. This year on March Nepalese chemists are hosting an International conference on advanced material (POLYCHAR 19) which is held in different places of the world. This will attract international participants at least in a number mentioned above. This is another way of getting more and more tourists in our country. The number of people coming to Nepal for such purpose might not be significant. However, these are the people who can have significant influence in their own society (both professional and social). If they are impressed they could send more people. In this respect such tourists are important. There is no doubt that our country is beautiful and it has lots of breath taking views and scenes. Professional meetings are organized such that participants could share their findings and have some good time from their routine work. Nepal could be a center place in this respect. Hundreds of similar international meetings/conferences can be organized. Nepalese professionals also get benefit from these meetings professionally.

Nepal is celebrating "Nepal Tourism Year 2011" this year hoping to receive at least 1000000 international tourists. Tourism is one of the main industry that brings foreign currency to Nepal. Thousands of people make their living in this industry. It has created lots of employment opportunities both skilled and non-skilled manpowers. 


11/27/2010

Thanksgiving with Goat instead of Turkey: Old Thankgsgiving pics

Thanksgiving Dinner 2007, at Jill's house
Turkeys are cooked specially in Thanksgiving day. I had written about my experience on Thanksgiving festival in my previous post. You can read that here. I relate this festival to Dashain in Nepal. In Thanksgiving people go to their family's house (mom's or dads or both's house) or friends house and eat Turkey meat. 


In past years some local American families used to invite international students. I had attended couple of such invitations and had celebrated Thanksgiving with those families. Last year I was in Nepal this time so didn't have chance to celebrate it. This year I didn't get any invitation. So, instead of Turkey we decided to have goat meat. Today we brought goat meat. Goat meat is special. You can read about this in my previous post here.

Just to remembere the old thanksgiving days I am putting some pictures here.

10/31/2010

Halloween, Pumpkin Carving and Wasting Food

Walking on corn maze, Oregon, 2008 Halloween
October 31 is celebrated as Halloween in most of the western world, mainly in north America. 

According to wikipedia this festival has roots in the Celtic festival of Samhain and the Christian holy day of all saints, but is today largely is believed to be a secular celebration. People celebrate this festival with many activities which include trick-or-treat, wearing unique and scary costumes, bonfires, visiting haunted attractions etc. Some people also watch horror movies.

I have participated in some of such celebrations in past. We had visited corn maze field as a part of ghost tour in Halloween celebration. In a big corn maze, we walked through interconnected walkways where one can be lost. We walked in groups so that chance of losing friend was low. It was fun.


Next year local people invited international students for bonfires as a part of halooween celebration. This is not very popular during halloween but people do it in some places. Traditionally a bonfire is a controlled outdoor fire used for informal disposal of burnable waste material or as part of a celebration. We burnt firewood in the dark night on a bank of small river in Oregon. It was also fun. You can see the pictures of that event here.



10/18/2010

हाम्ले पनि दशै मनाइम!

प्रत्यक बर्ष आउने दशै यस्पाली पनि आयो। घरमा (बा आमा सङ) दशै मनाउन नपाएको बर्सौ भैसक्यो। म जस्तै लाखौं लाहुरेहरुको यस्तै कथा हुनु पर्छ।नेपालमा हुँदा मनाउने दशैंको बारेमा पछि लेखौला मौका जुरेमा। त्यसको अलि अलि झल्को आउने गरि पहिले एक्पल्ट लेखेको थिए।  त्यो हेर्नलाई यहाँ थिच्नु होला। 

परदेशमा  प्राथमिकता पर्ने अरु नै हुन्छन्। काम गर्नै पर्यो, पड्नै पर्‍यो अनि  सबै भन्दा महत्वपुर्ण त अर्कै संस्क्रिती हुने ठाउँमा हाम्रो दशैं तिहारमा बिदा हुदैन। अनि सबै भन्दा नजिक को सप्ताहन्तमा चाड वाड मनाउने गरेको मैले पाएको छु। तर यसपाली को दशै आइतवार परेछ र ठ्याक्कै त्यसै दिनमा मनाउन पाए लाहुरे नेपाली ले। पोहोर साल को दशैको बारेमा यहाँ हेर्नु होला। 

चियापान समारोहका केहि सहभागीहरु/ केटाकेटीहरु तास खेल्दै छन्। 


















अस्तिको शनिबार हाम्रो मा चियापान समारोह थियो। चिया र बिस्कुट सहित केहि फलफूल अनि साथमा मंगल धुन सहित का दशै गीतहरु। शुभकामना आदान प्रदान गरौ भनेर। स्थानिय नेपाली साथीहरुको राम्रै उपस्थिती थियो। यसैबाट दशै आयो भन्ने अनुभुति भएको  हुनु पर्छ भित्री मन बाट। सो कार्यक्रम को बारेमा प्रदीप भाई को ब्लगमा हेरौ/पढौ। अहिले ईमेल र फेस्बूक बाट खुब शुभकामना आदान प्रदान हुने गरेको छ। तर मेरो अनुभब मा पोहोर साल भन्दा यो साल अली काम ईमेल र फेस्बूक बाट आदान प्रदन भएको छ। पोहोर किसिम किसिम का शुभकामना देखेर मैले लेखेको पोस्ट यहाँ हेर्नु होला। 

दशै मनाउने र रमाउने आ-आफ्नै तरिका हुन सक्छन्। तास खेल्ने, पिङ मा च च हुइ गर्ने, टिका लगाएर पैसा बटुल्ने, खसीको मासु नभै नहुने, मदिरा पान गर्ने आदि आदि। केही साथीहरुले तास नखेलेको दशैं के दशैं भनेर शुक्रबार रात भरी तास खेले र मदिरापान  गरे।  यस अर्थमा जस्लाई जे चाइयो तेसैले दशै मनाए लारामीबासी नेपाली ले। लारामिका नेपालीले पाँच वटा खसी काटे। हामी नेपाली लाई खसी नभै दशैं कहाँ आउथ्यो र। खसिकै मासु मिठो

10/02/2010

खसिकै मासु खानु पर्ने?

अस्तीको आईतवार यहाँ हाम्ले पनि खसि काटेर खाइयो । दिनभरी लाग्यो काट्कुट गरेर कट्नेसी पकाएर खाइसक्दासम्म । अम्रिकामा बसेपनि खसिकै मासु खानु पर्ने । यो नै मिठो हुने अरुभन्दा । कुखुरो त जहाँपनि पाइन्छ, जहिलेपनि खाइन्छ । तर खसी बिषेश । यहाँ खसी खाने मन र जागर लाग्यो भने खसी बुढालाई फोन गर्‍यो अनि रोजेर खसी मार्न लगायो र घर ल्याएर भाग लगायो र खायो । खसिको मासु मात्रै होर? नेपालमा जस्तै रगत, भुडि, टाउको, मुटु, कलेजो, फोक्सो पनि नभै नहुने । खैरे खसी बुढो अचम्म पर्थ्यो सुरुसुरुमा । महिनाको एउटा जस्तो खसी काट्टेका छन् हामी नेपालीले गर्दा । हामले मात्रै होर? अली अली नेपाली भा'का ठाउँमा खसी पाउने ठाउ पत्ता लगाइ हाल्छन र खसी नखाइ छोड्दैनन् ।

रिनोको लेखनाथहरुले पनि अस्तिकै हप्ता यौटा झक्कले खसी खाएछन् । सानो होर!! २०० भन्दा बढी पाउन्डको  रे । फ्रीजर पुरै खसिको मासुले भर्रेको छ रे । साझ ब्यानै खसिको मासु ।  अम्रिकाको अरु ठाउँमा बस्ने साथीहरुले पनि खसी खोज्दै खाँदै गरेका छन् । सजिलरी खसी नपाउने ठाउमा कम्तिमा दशैमा मात्रै भएपनि खसिकै मासु खा'छन् ।

अहिले दशैंको मौसम् । खसि, बोका र भेडाको सबैभन्दा बढी मृत्‍युहुने समय । प्रत्यक घरमा खसीको मासु पाक्नै पर्ने । हामी सानो हुँदा चाडवाडको बेला मात्रै मासु खान पाइन्थ्यो । दशै, तिहार्, चैतेदशै, माघे सन्क्रन्तिमा बिषेशगरि गाउले मिलेर खसी काट्थे अनि आधा किलो-एक किलो मासु घर-घर पुग्थ्यो । केटाकेटी कतिबेला मासु पाक्ला र खान पाइएला भनेर अगेनाको छेउमा रुंगेर बसिन्थ्यो । सातआठ क्लासमा पढ्ने ताका मासु खाने समुह बन्थ्यो । पालै पालो खसी काट्न पर्ने । अनि महिनै पिच्छे खसीको मासु । आजकलको के कुरा गराई भयो र । नेपाल तिर नै होला खसीको मासुको ब्यपक चल्ती भा'को । हिन्दू भा'कोले गाईको मासु खान नहुने । अनि बाहुनहरुले कुखुरो पनि खान नहुने । समाजमा ठुलाठालु अनि जान्नेबुज्ने बाहुनहरु । उनिहरुले खसीको मासु मात्रै खाने । अनि तेही नै बिषेश मासु भयो सबैलाई । सानै देखि तेही बानी लागे पछि के गर्नु ।

मासु त धेरै जनावर र चराहरुको चाखेको छु । खसि, बाख्रादेखि भेडासम्म । बफदेखि बिफसम्म, जरायो, गुना (बादर्) देखि भालुसम्म । कुखुरोदेखि हांस, भङेरादेखि कौवा (काग्), परेवादेखि ढुकुर्सम्म चाखियो होला अहिले सम्म । तर सबैभन्दा मिठो चाही खसिकै । मैले था'पाए सम्म मेक्सिकनहरुले अनी मिडलइस्ट तिरका मुसलमानहरुले पनि खोजी खोजी खसिकै मासु खान्छन  केरे । तर खैरेले खा'को मैले चाँही था'पाको छैन । 

यो २००८ साल असार तिर आफ्नै घरको काले खसि। कसैले दशैं मनायो होला यस्ले। 

अब अरु त तेस्तै हो तेही खसीको मासु खा'को भरमा दशैं मनाइयो भन्नु पर्ला। 

5/22/2010

Life in Tibet: Tibet in Pictures

Barkhor Street

Dr. Wentao Wang, a friend of mine traveled to Tibet on first and second week of May from Beijing. His plan was to go to Nepal after Tibet visit. Unfortunately he was not able to make because of the strike, the so called 3rd people's movement, by MAOIST. I suggested him to cancel his trip to Nepal. He spend that time in Tibet. He is still asking me whether he can go to Nepal on July. But I couldn't say anything. This is very unfortunate to Nepalese tourism industry. In this post he likes to share some of the photographs he had taken during his Tibet trip.

The first photograph is of Barkhor Street which is located in old area of Lhasa City and is a very ancient round street surrounding the Jokhang Temple (picture is below) and the Tibetan people are always proud of it. As a symbol of Lhasa, this street is also a must-see place for the tourists.

10/05/2009

ओरेगनमा दशैं र घुमघाम

ओरेगनका नेपालीले ढिलै भए पनि दशैं मनाए। अरु तिर दशैं सकिसक्यो होला। कोजाग्रत पुर्णिमाको दिन मनाईेको दशैं पनि रमाईलो हुदो रैछ। हुनत परदेशमा जहिले फुर्सद हुन्छ त्यहिले चाड् पर्ब मनाउने गर्छन् नेपालीले।

आफु बस्ने गाउ तिर, अनि दशैं पार्टी पोर्ट्लेन्डमा। पोर्टलेन्ड हाम्रो लागी सहर हो। युनिभर्सिटि टाउनमा बस्नेका लागी। जाने नै भैसके पछि के पार्टीको लागी मात्रै जाने भनेर अरु ठाउ पनि घुम्ने योजना बन्यो। ओरेगनका प्रसिद्द् पर्यटकीय ठाउहरु भिस्टा घर, मल्टीनोमा फल्स घुमियो। मल्टीनोमा फल्स त पहिले पनि कैयौ पटक गैसकेको थिय। भिस्टा घर भने पहिलो पटक थियो। भिस्टा घर पुग्दा पानि पर्यो। यो त कुनै अनौठो भयन। ओरेगनमा बस्नेलाई। त्यो पनि विन्टरमा। तर यसले गर्दा जति आनन्द लिन सकिन्थ्यो त्यो लिन सकिएन। तल कोलम्बिया नदिको वारपारको सुन्दर द्रिश्य टाढा टाढा सम्म हेर्न मिलेन। करिब १० माईल पर रहेको मल्टीनोमा फल्स पुग्दा भने घाम लागिसकेको थियो। यहि त छ ओरेगनमा बस्नुमा। म सङै गएका साथिहरुले कति मनोरन्जन लिय कुन्नि सोद् न पाको छैन। उनिहरुको पहिलो पटक थियो यता तिरको घुमाई। बिदुर त पहिले पनि फल्स पुगेको थियो। गुन्जन, स्तुति, नर्बदा अनि उनिहरुको पाउनाहरु पनि सङै थियौ।
Vista House

9/25/2009

दशै शुभ् कामना थरि थरिका

यस पालीको दशै पनि आइसक्यो। दशै नमनाएको लगातर ४ बर्ष पुगेछ।

गत साल लेखेको  टासो दशैको सम्झना हेर्न यहा थिच्नु होला

दशैको शुभ्-कामना आइरहेका छन। इमेल् बाट होस अथवा फेसबुक मार्फत। निकै चाखलाग्दा छन। म पनि सबै मित्रहरुमा दशैको शुभ्-कामना ब्यक्त गर्न चाहन्छु। यो पल्ट तिनै साथिहरुले पठाएका शब्दहरु सन्कलन गरेर राख्दै छु। खासमा कसले लेखेको हो, रचनाकार को हो, स्रिजनाकार को हो। अत्तो पत्तो छैन। यउटा बाट अर्कोमा, अनि अर्को बाट झन् अर्कोमा सर्दै सर्दै आएका रचना हुनाले यिनलाई लोक शुभ्-कामना भन्दा ठिक होलकि भन्ने लाग्दछ।

------------------------------------------------
१.
प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु।
माधव नेपाल जस्तै उदारणीय हुनु, शेर बहादुर झैँ अनाडी नहुनु।
सुर्य बहादुर झैँ सैतान नहुनु, ज्ञानेन्द्र झैँ लाचारि नहुनु।
फोरम झैँ बिखण्डनकारी नहुनु, यहि छ मेरो भावना।
गणतान्त्रिक नेपालको विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना।


बाकी पढन् भित्र आउनुस्।
--------------------------------------------

1/24/2009

My Culture + Your Culture = Pooja to Party





By Laxmi Giri

The video above is one of the videos for "ExchangesConnect Online Video Contest" by Nepalese youths. Anyone can upload a 3-minute video about what "My Culture + Your Culture" means to you for a chance to win an international exchange program! The contest opened on December 1, 2008 and ends on January 26, 2009.

This contest is sponsored by the U.S. Department of State, Bureau of Educational and Cultural Affairs in partnership with Adobe Youth Voices.

Good thing is Nepalese guys are participating on it. They have carefully selected the subject so that they can express the flexibility the Nepalese society to appreciate other cultures. One lady Professor of Culture in Tribhuvan University does Hindu Pooja and one day she participates in Christmas party. This shows harmony among people with different religions in Nepal. In Nepal majority people are Hindu with Muslims, Christians and Buddhists as minors. World is amazing with diverse culture and religions.

My culture plus your culture= understanding and respect to each other.

1/14/2009

माघी, कमैया र कम्लरी

photo source

प्रत्यक बर्ष माघे शक्रान्ती लाई नेपालका आदिबासी थारु समुदायले माघी पर्बको रुपमा मनाउछन। घर्-घरमा जाड-रक्सी बनाईन्छ। सुङुर काटिंछ र ढिक्री पकाईन्छ अनि नांच गान गर्दै रमाइलो हुन्छ।आफ्नै परम्परागत किसिमका बिशेष खानेकुरा पाक्छन। अनि कोसेली बोकेर नातेदारको घरमा गै शुभ-कामना आदान प्रदान गर्ने चलन छ। केहि बर्ष पहिले सम्म जाडले मात्तीएका र अतिहुदा बाटोमा लडीराखेका हुन्थे। र यो क्रम आजकल कम भएको हुनुपर्छ। यो महत्वपुर्ण सास्क्रितिक पाटो सङै अरु दुईवटा पक्षहरु माघी सङ जोडीएर आउने गर्छन। पहिलो हो कमैया र कम्लरी प्रथा अनि दोश्रो हो अधीया प्रथा। माघी यो समुदायको नंया बर्ष पनि हो। धेरै बाचा-बन्धन र ब्यवहारीक कुराहरुको सुरुवात र अन्त्य यसै समयमा हुने गर्दछ। अन्य जात जातीले यो पर्ब आफ्नै तरिकाले मनाउछन्। थारु बस्तीमा हुर्केको, बढेको नाताले आफुले देखेका कुराहरुमात्रै यहा राख्ने जमर्को गरेको हु।

कमैया प्रथा अहिले त उन्मुलन् भैसकेको छ। उनिहरुको बिभिन्न मागहरु पुरा गराउन भलै अझै आन्दोलन् गर्न किन नपरोस। दश बर्ष अघि सम्म पनि यो नराम्रो प्रथा हो भनेर सायदै कमै मान्छेले लिन्थे होला। अझै पनि स्कुल जाने उमेरका केटीहरु कम्लरी बसेकै होलान-ठुला नेता देखी सहरियाहरुको मा। तर यो निकै कम् भैसकेको छ। मेरो बिचारमा कमैया र कम्लरी प्रथा दास प्रथाकै आधुनिक र अर्को रुप हो। श्रम शोषण त छदै छ। यो सङ सङै मानसिक, सामाजिक, कम्लरीहरुको यौन शोषण हुन्छ। न्युन पारिश्रमिकमा काम गर्ने, काम गर्ने समय निस्चीत नहुने-उठे देखी नसुते सम्म काम गर्नु पर्ने। बिरामी भयो भने उपचारको कुनै ब्यवस्था नहुने। लाउने खाने को त कुनै कुरै नहुने। कमैयाले बाहिरको काम गर्ने-खास गरि खेतिपाती सम्बन्धी काम। कम्लरीले घर भित्रको सबै काम-नानी बाबु हेर्ने देखी लिएर भान्साको काम गर्नु पर्ने।



मैले त्यति बेला देखे अनुसार हाम्रो गाउ तिरका थारुहरु तिन खालका थिए आर्थिक अनि सामाजिक हिसाबले पनि। सबै भन्दा तल त कमैयाहरु हुने नै भए । अनि त्यसपछि अरुको जग्गा अधिया जोत्ने र नम्बर एक आफ्नै जग्गा भएका अलि सम्पन्न। आफ्नै सम्पत्तीले खान लाउन पुग्ने। नम्बर एक समुहका अलि पढे लेखेका पनि। अनि केहि हल गोरु वा राङा भएकाहरुले अरुको जग्गा अधीया जोत्न पाउछन। गोरु भन्दा राङा नै जोत्ने। त्यसको फाईदा भनेको जोत्ने बेला सम्म जोत्यो अनि बुढो भयो भने मो:मो जिन्दाबाद। गोरुलाई त्यसो गर्न मिलेन। बिचरा एक हल राङा पनि नहुनेहरु कमैया बस्नु पर्ने। परिवार नै अरुको घरमा। बाउ कमैया, आमा ओर्गीनि, छोराहरु गोठालो, छोरिहरु कम्लरी। प्राय जसो लोग्ने मान्छे जुन घरमा कमैया बस्यो त्यही घरमा आइमाई ओर्गीनि हुने। छोरिहरु पोखरा, काठमान्डौ तिर। कतिपय त्यतै हरएर गए। मेरै छिमेकी परिवार आफ्नी हराएकी छोरि खोज्दै हिडेको देखेको छु। ओर्गेनी र कम्लरीको यौन शोषण पनि हुन्छ। त्यसको कुनै सुनुवाई नै नहुने। एकजना जमिन्दारको बिग्रेको छोराले बाबु आमाकै अगाडी छोरिलाई जबर्जस्ती बलात्कार गर्थे। त्यसको कसैले प्रतिकार गरेको मैले थाहा पाइन।

खुशीको खबर के छ भने यी प्रथा र बिकृतीहरू बिस्तारै कम हुदै छन। आशा गरौ यो माघीमा गत साल कमैया, कम्लरी र ओर्गिनि बसेकाहरुले पुन नयां सालमा नबिकरण गर्न नपरोस। बास्तवमा यो एककिसिमले दशकौ देखी चलि आएको हुदा जिबन पद्द्ती बनिसकेको थियो। अनि सामाजिक सम्रचनामा घुसेको थियो। अब आफ्नो काम आफैले गर्ने बानि बसाल्ने र आफ्नो जग्गा आफुले जोत्न सके मात्र राख्ने गर्यो भने यो प्रथा कम होला। अर्को तिर ति गरिबहरुको जीबन यापनको बैकल्पिक ब्यवस्था गर्नु पर्छ।

एकपटक फेरि: सखिए हो माघकी गुरि गुरि जांड।

10/27/2008

तिहार आयो

नेपालीहरुको अर्को महान चाड तिहार सुरु भईसक्यो। तिहारको शुभ-कामना आदान प्रदान अनि देउसी भैलोका धुनहरु बजिरहेका छन जताकतै। अब केही दिन सम्म देउसी र भैलो खेल्नेको घुइचो पनि देख्न पाईन्छ। कसैलाई रमाइलो लाग्ला तर कसैलाई झर्को पनि लाग्ला। झर्को यसमानेमा की देउसी भैलो को नाममा पैसा जुटाउन राजनैतिक पार्टी, तिनका भात्रि संगठन देखी लिएर बिभिन्न क्लबहरुको राम्रो समय हो यो। हुनत पुरै नेपाल भरी एकै किसिमले मनाइदैन यो चाड। खास गरी हिन्दुहरुले मनाउछन्। म हुर्केको ठाउ थारुहरुको ठाउ हो। उनिहरुले मनाउदैनन्। हाम्रो तिर तिहार भन्ने चलन छ। कसैले दीपावली भन्छन भने कसैले दीवाली। मलाई पनि तिहार भन्दा नै आफ्नो पर्ब जस्तो लाग्छ।

10/04/2008

दशैंको सम्झना

पोहर् साल पोर्ट्लेन्डमा दशैंको टिका थाप्दै
सधैझै यस पालीको दशैं पनि आयो। वेबसाईटहरुमा दशैंको धुन बज्न थालिसके। इमेलमा दशैको शुभकामनाहरुको ओइरो लाग्न सुरु गरिसक्यो। घरमा दशै नमनाएको यो तेस्रो बर्ष हुन्छ। मेरो लागी यो महान् चाड धार्मिक रुपले भन्दा पनि सांस्क्रितिक पर्बको रुपमा महत्वपुर्ण छ। पुजा सुजा गर्ने तिर कहिले पनि ध्यान गएन। हुनत् धार्मिक आधारमा शुरु भयो तर आजकल सांस्क्रितिको रुपमा बिकसित भएको छ भन्ने मेरो बुझाई छ। हरेक बर्ष दशै आउदा मनमा पहिले पहिले दशै मनाउदाका रमाईला घटनाहरुको याद आइरहन्छ।                
                                                        
मेरो दिमागमा ताजा भैरहने एउटा घटना छ। हाम्रो घर देखी उत्तर तिर महाभारत (कि चुरे हो?) पर्बतको टुप्पोमा देबीको मन्दिर छ। त्यसलाई हामी देबीकोट भन्छौ। भनिन्छ त्यहा महदेबले पार्बतीको लास बोकेर हिडदा कुनै अङग (कुन चाही हो याद भएन) खसेको थियो रे। त्यस मन्दिरमा प्रत्यक दशैंमा (ठुलो र सानो दुबै) जनावरको बली दिने गरिन्छ। र ठुलै मेला लाग्ने गर्छ। कसैले बोका लान्छन भने कसैले हांस आदि भने कसैले परेवा उडाउछन। यसो सम्झिदा लाग्छ, यि देबीलाई जे को बली चडाएपनि हुने रैछ। ठाउ भने मनोरक नै छ। अग्लो भएकोले त्यहाबाट दक्षिणतिर देउखुरी उपत्यकाको मनोरम द्रिश्य हेर्न पाईन्छ। दशैको बेलामा देउखुरिभरि धान पाकेको हुन्छ। हरियाली त हुने नै भयो। अनि उत्तरतिर अन्य पहाडहरु जस्तै हासिपुर, जबरकोट आदी। अनि यो सिजनमा मन्दिर वरिपरि बेलौति (अंबाको स्थानिय नाम), काक्रो (खिरा होइन है), नासपाती खान लाएक भैसकेको हुन्छ।

म सानै छदा एकपटक दशैंको उपलक्ष्यमा बोका लगेर जाने मौका मिल्यो। छिमेकी केहि जमिन्दारले प्रत्यक वर्ष नै लान्थे। उनीहरु धनि छन र पो लान्छन हाम्ले के लानु जस्तो लाग्थ्यो मेरो सानो मनमा। बोका लान नसकेर होला कुभिण्डो काटेको होला जस्तो लग्थ्यो। हुनत गिरिहरुले पशु बलि दिन हुन्न भनेर कुभिण्डो काटेको भन्थे तर मनले पत्याउदैनथ्यो। ४५-४६ साल तिर हो कि जस्तो लाग्छ। तेतिबेला त्यहा बोका लगेर जान पाउदा कम्ती खुशी थे'न म। रातो-खैरो रंगको बोका थियो। कतिपयले बेलुकानै लगेर जान्थे अनि राती मन्दिरमै रमाइलो गरेर बस्थे। बेलुका जाने हरुको लस्कर हुन्थ्यो उकालो चडेको।  तर हामी भने बिहान सबेरै (४ बजेतिर) उकालो लाग्यौ। हामी मतलब बुवा र म। जङलको बाटो। उकालो जानु पर्ने। अनि अध्यारो। बिहानपख हुनाले अलि अलि देखिन्थ्यो। आधा घन्टा उकालो लागेपछि बोका बाधेको दाम्लो (डोरि) चुडीयो अनि बोका त भाग्यो। लौ परेन आपत? अब के गर्ने? कत्रो सपना थियो घरमै सिङै बोका काटेर मासु खाने। अलि धनीहरुले त प्रत्यक दशैमा सिङै खशी वा बोका कट्थे तर हामी जस्ताहरुको समुहले दशै-तिहारमा सामुहिक खशी काटेर १-२ किलोले चाड पर्ब मनाइन्थ्यो। मेरो बोका त जङगल तिर पो जान खोज्छ बा। मैले कति बोलाए मरिगए आउदैन्। बुवाले केहि मतलबै गर्नुहुन्न। उहा रहर र आफ्नो इक्षाले भन्दा पनि करैले जानु भएको मेरो बुझाई थियो। बुवा त्यसताका बेस्सरी बिरामी हुनु भएकोले बोइ (बुवाकी आमा) ले भाकल गरेको बोका थियो त्यो। जसरि पनि देबिकोट लगेर मन्दिरमा चढाउनु पर्ने। बुवा भने बोका खोज्न कुनै चासो नदिने बरु भन्नु भयो देबीको शक्ती छ र देबीको भाकल हो भने आफै आउछ। हामी यत्तिकै जाउ मन्दिर। तर मैले मानिन। केहि समय सम्म बोलाई राखे पछि-मेरो बोका आयो। आखिर बोका त मेरै थियो। घास खुवाएको अनि मकै खुवाएको। अनि त्यो जङगलको अध्यारोमा उ पनि कतै जान सकेन-डरायो। आर्को कुरा त्यो बोकालाई के थाहा केहि घन्टा पछि उसलाई बली चढाईनेछ भनेर। पशुहरुलाई त मान्छेहरुले आफ्नो स्वार्थको लागी न प्रयोग-उपयोग गर्ने हुन। अघि चुडीएको दाम्लो मर्मत् गरि बोको लगेर मन्दिर पुगियो। सायद मन्दिरको पुजा सकिएको थियो। अनि पशु बली चढाउने समय आयो। मेरो बोकाको पनि पालो आयो। टाउको मन्दिर (पुजारी) लाई अनि बाकी हामीलाई। त्यो भन्दा अघी र पछि कहिले पनि हाम्रो घरमा त्यसरि पशु मन्दिरमा लगेर बली चढाएको छैन। त्यो नै प्रथम र अन्तीम (अहिलेसम्म) नै हो। कम्तिमा १५-१६ किलोको त्यो बोको बोकेर ल्याउन पो गार्हो। बाउ छोरा लाइ नै आपत तर त्यहाँ मरेका बोका बोकेर ल्याउने पेशा गर्ने पनि हुदा रहेछन तिनैले बोकेर घर सम्म ल्याइदिए। घर ल्याएर त्यसको स्याहार सुसार गर्दा त बेलुका भै सकेको थियो

दशैंको अर्को रमाइलो र महत्वपुर्ण पाटो भनेको टीका लगाउन आफन्तकहा जाने हो। हाम्रो तिर पिङ खेल्ने चलन छैन दशैंमा। पिङ्ग त तीजमा खेल्ने चलन छ। दशमीको दिन पहिले त जमराको पुजा गर्नु पर्छ। म घरमा हुदा सम्म त्यो काम मेरै हुन्थ्यो। अनि अक्षता मुछेर प्रत्यक ढोका, डेहरी (धान राख्ने माटोको ठुलो ठुलो भाडो) लाई टिका-जमरा लगाइदिने। अनि मात्रै मान्छेको पालो। बुवाले हामीलाई लगाईदे पछि बिस्तारै काकाका परिवार र अन्य नातागोताहरुको पालो आउछ। सबैको निधारभरी टिका अनि कानमा जमरा देख्दा माहोल नै आर्कै हुन्छ। अनि खानपिन सुरु हुन्छ। त्यसपछि समय मिलाएर अन्य आफन्तकोमा टिका लगाउन जाने। बारीमा मकै भाचीसकेको हुन्छ अनि खेतमा धान पाकीसकेको हुन्छ। रातै निधार गरेका मान्छेहरु नया र राम्रा लुगा लगाई यता र उता हिडेको लस्कर निकै मनोरम हुन्छ। नातेदारहरुको घरमा डुल्दै टीका लगाउदै खादै गर्दा बेलुका सम्म केहि गर्ने नसक्ने गरि अटेस मटेस हुन्छ। काठमाण्डु बस्दासम्म कम्तिमा बर्षको एकपटक यसै अवसरमा घर जाने मौका मिल्थ्यो। सबै सङ भेटघाट हुन्थ्यो । अब त्कहिले आउछ त्यो दिन कुनै पत्तो छैन। आफ्नो नियमित काम बाट टाढा भैइ रमाउने चाड नै दशै हो।