10/21/2012

बोका हैन कुभिन्डो

घुमी फिरी दशैँ आयो। यो पर्वको एउटा महत्वपूर्ण पाटो भनेको टन्न मासु खानु नि हो। संस्कृतिकै रुपमा बिकास भै सक्यो। अघि पछी महिनाको एकपटक मासु खानेले नि दशैको सेरोफेरोमै कम्तिमा 2-4 छाक त खान्छन होला। कसैले अरुले काटेको किनेर खालान अनि कतिले सिंगे काटेर खालान। अझै देबीको मन्दिरमा लागि बलि चढाएर। मेरो बिचारमा बोका बलि चढाएर कुनै धर्म हुने हैन। तर पनि मान्छेको आफ्नो विश्वास न हो, गर्छन। तर धेरैले पुजा गर्छन, बलि चाइ कुभिन्डोको। त्यस्तैमा हाम्रो परिवार नि पर्छ। बोका नचढाई कुभिन्डो चढाएकोले केहि फरक परे जस्तो लागेको छैन अहिले सम्म। 

हुनत हाम्रो परिवार त्यति धर्म प्रति आस्था राख्नेमा पर्दैन। त्यस्तै स्कुलिंग भयो अनि त्यस्तैमा हुर्कियो। तर पनि बोका बलि नदिने हाम्रो परम्परा हो। न दशैमा न कुल पुजा (देवाली) मा। हुनत सन्यासी खलक भएर होला यस्तो परम्परा भएको। अन्य केहि सन्यासी परिवारले जनावर बलि दिने गर्छन। धार्मिक रुपले हो वा गरिबीको कारणले हो यस्तो भएको त्यो खोजबिनको बिसय होला। यस्तो किन भन्न मन लाग्यो भने, हाम्रो गाउमा धेरै जस्तोले गरिबीकै कारणले बलि दिन सकथेनन। 














कारण जे भएनी, नेपालमै पनि धेरै जसोले बोका बलि दिन्छन जस्तो लाग्दैन। अघि भने कि हाम्ले कुभिन्डो बलि दिन्छम भनेर। बलि दिने बिहानै एउटा कुभिन्डो खोज्नु पर्थ्यो। कुभिन्डो घर वरी परि हुन्थ्यो। किन कुभिन्डो नै रोजाइमा पर्यो होल्ला कुन्नि? तर कहिले काही कुभिन्डो भएन भने, घिरौलो अथवा अरु तेस्तै तरकारीले पालो पाउथे। कुभिन्डो अलि डल्लो हुने हुनाले त्यसलाई बोका जस्तो बनाउन, काठका साना झिझा चारवटा घोचेर खुट्टा बनाउथिम। जब त्यो आफ्नै खुट्टाको भरमा उभिन्छ, अनि भेट्नो लाइ टाउको मानेर अक्षेताले पुजा गर्यो। त्यसपछि त्यसलाई काट्यो, दुइ टुक्रा हुन्छ कुभिन्डो। न घर भित्र (पुजा गर्ने ठाउँ) मा रगतको खोलो बग्यो न फोहोर। केटा केटि लाइ नि मानसिक रुपमा असर नगर्ने।  

यदि तपाईलाई बोका बलि दिन मन छैन तर आफ्नो परम्परालाई जोगाइरन मन छ भने कुभिन्डोको आइडिया गजब हुन सक्छ।

No comments:

Post a Comment

Please type your comment in the box below.