त्यो त मैले सपनामा पनि सोचेको छैन। विश्वको शक्तिसाली देशको राष्ट्रपति सयर गर्ने जहाजमा मेरो उपस्थिति? असम्भब। तर पनि मान्छेको दिमाग न हो। सोचि हाल्छ। कस्तो जहाजमा चड्दा हुन। भित्र कस्तो हुदो हो। हामी सामान्य मान्छे चड्ने जहाज जस्तै वा बिषेश केहि। अहिलेका ओबामाले कस्तो चड्छन, त्यो देख्न केहि दशक कुर्नु पर्ला। तर चड्न नपाए पनि देख्न चाई पाइयो अमेरिकाका भुतपुर्ब राष्ट्रपतिहरुले चडेको जहाज। बाहिर बाट हेर्दा र अनुमान गर्दा जे सोचे पनि भित्र त अति नै सामान्य।
मैले देखेको र यहा फोटोमा देखाएको जहाजमा आईजन्होवर, केनेडी, जोन्सन र निक्सन जस्ता राष्ट्रपतिलाई बोकेको रैछ। सन १९५८ मा बनेको यो Boeing VC-137B-707-120 ले १९७० सम्म राष्ट्रपति अनि तेस्पछि उपराष्ट्रपति र अरु VIP हरुलाई १९९६ सम्म बोकेर अहिले museum of flight, Seattle बसेको छ। यसलाई SAM (special air mission) 970 पनि भनिदो रैछ। चाहे यो होस वा अरु जस्ले राष्ट्रपतिलाई बोक्छन्, तिन्लाई Air Force One भन्ने चलन पनि रैछ। अनि उड्ने ओभल अफिस।
पछाडीको ढोका बाट छिरेको शुरुमै टोइलेट देख्न पुगियो। अनि हेरौ न त राष्ट्रपतिले सु र गु गर्ने टोइलेट त्यसमा पनि उडेको बेलामा भनेर तेतै लागियो। खासै फरक लागेन। अलि पहिले बनेको जहाज भएर हो कि कुन्नि? अहिले ओबामा चड्नेमा त अलि फेन्सी होला कि मालमुत्र त्याग गर्ने ठाउं।
यो राष्ट्रपतिको मिटिङ कोठा। यो ठुलो कुर्चिमा राष्ट्रपति बस्ने होलान अनि उतापट्टि उनका सहयोगी। टेबलमा यौटा टेलिफोन सेट देखिन्छ अनि अलि पर माथीको टेलिभिजन सेट। यी सबै ढाकेर राखिएको छ भने। कुर्चीमा लेखिएको छ-क्रिपया यहा नबस्नुस। सबैले भनेको मान्ने क्या। कति ग्यानि मान्छे हुन। त्यसै सन्सारकै शक्तिशाली बन्या होलान र।
यसमा अरुले प्रबेश नपाउने। गोप्य। राष्ट्रपतीले मात्रै कसै सङ कुरा गर्नु पर्यो भने। अब उडिरा बेलामा आदेश दिनु पर्यो भने चट्ट फोन समात्यो अनि आदेश दियो। तर यो कुर्चीको पछाडी हेर्यो भने केहि मान्छे बस्न मिल्ने ठाउ छ। त्यसमा पक्कै पनि बिषेश मान्छे मात्रै, मेरो बिचारमा सहयोगी, बस्ने होलान। मलाई खास्सा लागेको कुरा सन्चारको हो। जति माथि र जहा उडे पनि सन्सार सङ connected हुनै पर्यो। नत्र कसरी चल्ला र। तिन्का फोने स्याटालाईट सङ जोडिएका, टिभी पनि तेस्तै होला। आफुलाई थाहा नभाको कुरामा कति गफ हान्नु र।
राष्ट्रपतिले प्रयोग गर्ने टोइलेट, मीटिङ कोठा, गोप्य कोठामा गएर बस्ने मन नलागेको कहा होर। मान्छेको मनै न हो। तर त्यो पुरा हुन पाएन। सिसले बारेर बन्द गरेको रैछ। हेर्न मात्रै मिल्ने। फोटो खोच्न मिल्ने। सुरक्षित राख्नु पर्यो नि। नत्र पछिल्लो पुस्ताले के हेर्ने त? नेपाल होर? राजाले राजदरवार छोडेको दिन नेपाली देखी बिदेशीहरु हारालुछ गर्दै राजाको कुर्सिमा बसेर गति परेका। त्यसमा पनि पत्रकारहरुले त बेइजेतै गरेका थिय नि।
र अन्त्यमा, राष्ट्रपती कतै भ्रमण जादा बिमानबाट ओर्लिदा यसरी हात हल्लाउछन भनेर देखाको नि। तर छेउमा प्रथम महिला भने थिनन् है। तल ओर्लदा रातो कार्पेट नदेख्दा बल्ल थाहा भयो कि म त होइन रहेछु राष्ट्रपती त। रहरै त हो। पुरा गर्दा के बिग्रियो र।
फोटो खिच्देकोमा बिदुरलाई धन्यबाद।