Showing posts with label interview. Show all posts
Showing posts with label interview. Show all posts

6/16/2012

"मेरो रिपोर्टमा" "मेरो अन्तरबार्ता"

मेरो रिपोर्ट ले यो साताको सुरु तिर मेरो अन्तरबार्ता छाप्यो "साताको ब्लगर" भन्ने स्तम्भमा। अघिल्लो हप्ता एउटा इमेल आयो प्रश्नहरुको लिस्ट सहित। पछी अरु थप 2 इमेल पनि आए थप प्रश्नहरु बोकेर। मनमा लागेको कुरो उत्तरमा
लेखिदिए। ब्लागिंग मेरो पेशा हैन। मैले किन लेख्छु भन्ने बारेमा एउटा पोस्ट नै टासेको थिए केहि समय पहिले। यो भन्दा अगाडी रेडियो नेपालको "प्रदेशमा मेरो देश" नामको कार्यक्रमको लागि बबिता खनालले अन्तर्वार्ता लिएर प्रसारित पनि भएको थियो। मैले आधा मात्रै सुने। नेपालतिर केहिले सुनेको जानकारी गराउनु भएको थियो। तर त्यसको प्रतिलिपि पाउने सकिन। यो पोस्टमा मेरो रिपोर्टमा प्रकाशित भैसकेको अजिता सिग्देल ले लिएको मेरो अन्तर्वार्ता जस्ताको तस्तै। 


मौरीघाट, देउखुरी, दाङ घर भएका वसन्त गिरी हाल अध्ययनको सिलसिलामा अमेरिकाको वायोमिङमा बसोबास गर्दै आएका छन । उनी रसायनशास्त्रमा विद्यावारिधी गर्दै छन । 
आफ्नो परिवारमा बुबा, आमा, श्रीमती र दिदी, बहिनीसँग बस्दै आएका वसन्त विभिन्न ठाँउको भ्रमण गर्न रुचाउँछन । विगत केही बर्ष देखि फोटोग्राफीमा पनि चाख लागेको उनी बताउँछन ।
मनको बह पोख्ने माध्यमको रुपमा ब्लगिङ गर्न सुरु गरेका वसन्त समय, परिस्थिति हेरेर विभिन्न विषयवस्तुमा ब्लगिङ गर्ने गरेका छन । ब्लगिङ गर्न निकै रुचाउने वसन्तलाई हामीले यसपालीको साताको ब्लगरको रुपमा प्रस्तुत गरेका छौँ :
अब हामी ब्लगिङ कै कुरा गरौँ  कहिलेदेखि ब्लगिङ गर्न सुरु गर्नुभयो 
मैले ब्लग सुरु गरेको करिब पाँच वर्ष हुन लाग्यो। सन २००७ को जुलाई महिनाको अन्त्य तिर पहिलो पोस्ट गरेको रहेछु।
तपाईंले  ब्लगिङ  नै  किन  रोज्नु  भयो ?
मैले ब्लग सुरु गर्दाताका यसको निकै बाढी नै आएको थियो कि जस्तो लाग्छ मलाई । मेरो साथी नबिनले जानकारी गराएपछि म पनि ब्लगिङ संसारमा पसेको हुँ । सित्तैमा आफ्नो मनको कुरा, विचार अरुलाई बाँड्न पाउने भएपछि किन नगर्ने भनेर ब्लगिङ गर्न थालेँ ।