4/30/2012

No मापसे driving

'मापसे' शब्द नेपालमा अहिले खुब चर्चित छ । यो शब्द आफैमा त्यस्तो नराम्रो नहोला । तर कति सेवन गर्ने अनि त्यसपछि सेवन गर्नेले के गर्छा त्यसले महत्व राख्ला । मापसे अर्थात मादक पदार्थ सेवन गरेर गाडी चलाउने अत्यन्त खतरनाक पनि हुन सक्छ । अहिले खासगरी काठमांडूमा 'मापासे driving' को बिरुद्दमा अभियान नै चलाइएको छ । जुन गर्ने पर्छ । पहिले देखि नै हुनु पर्ने, अहिले मात्रै भयो, राम्रै भयो। नेपालनै हो हेरम कहिले सम्म हुन्छ? नारोकियोस।

संसारभरिका मान्छेले खान्छन रक्सि । त्यो कुनै नौलो भएन । तर रक्सि खाएर अरुलाई अफ्ठेरो पार्न त भएन नि। अझ driving  नै गर्नु त अत्यन्तै खतरनाक. गाडी दुर्घटना हुने सम्भावना निकै बढेर जान्छ ।

सबै मादक पदार्थ (रक्सी) मा अल्कोहल (alcohol - ethanol ) हुन्छ । मात्रा फरक हुन सक्छ । रक्सि psychoactive drug हो र यसको depressant असर पर्छ  रक्सि खाइसके पछी यो रगतमा जान्छ, र शरीरको अन्य अंगमा पुगे पछी यसले असर देखाउन  थाल्छ  रक्सीको धेरै स्वास्थ सम्बन्धित हानि हरु त छदै छन्, गाडी चलाउने संग सम्बन्ध राख्ने दुइ असरले खास महत्व राख्छ  रक्सि खाइसके पछी केहीमा पनि ध्यान केन्द्रित हुदैन र निर्णय क्षमतामा कमि आउछ  यसले दुर्घटना हुने सम्भावना निकै बढाउछ 
यो चित्रले देखाए अनुसार रगतमा रक्सीको मात्रा बढ्दै जादा दुर्घटना बढ्ने रहेछ. 
हुनत दुर्घटना भन्ने कुरो रक्सि नखाए पनि हुन्छ तर रक्सीको मात्रा रगतमा बढ्दै जादा त्यसले दुर्घटना हुने सम्भावना धेरै नै हुन्छ  मापसे बिरुद्ध अभियान चाले पछी काथ्मान्दुमा सवारी दुर्घटना घटेको समाचारहरुले भनेका छन्  

कुरो अति स्पष्ट हुदा हुदै पनि मान्छेहरुले किन बिरोध गरेका होलान? मर्ने मन भएर हो कि? के हो? रक्सि नै नखाउ त भनेको हैन त खालि रक्सि खाको बेलामा गाडी नचलाउ मात्रै त भनेको हो नि  रक्सि खा'बेलामा अरु कसैले चलाको गाडीमा बसेर सुरक्षित यात्रा त गर्न त भै हाल्छ नि  अमेरिकाका धेरै जसो बिश्वबिध्यालायामा कम्तिमा शुक्रबार safe ride  वा अन्य नाममा निसुल्क गाडीको व्यवस्था गरेको हुन्छ, जड्या बिद्यार्थी लाइ भट्टी बाट घर सम्म पुर्याउनलाइ  ताकी कुनै दुर्घटना नहोस  शुक्रबार साझ पुलिसले पनि सारै गस्ती गर्छ  कुनै पनि समयमा रक्सि खाएर गाडी चलाको भेटियो भने त्यो मान्छे खत्तम भयो  स्थिति हेरेर अन्तराष्ट्रिय बिद्यार्थी लाइ त उसकै देश फर्काइ दिने सम्मको सजाय  licence suspend केहि बर्षको लागि त सामान्य जागिर खान गार्हो  यस्तै यस्तै 

हुनत रक्सि सुन्ग्दा बित्तिकै तेसले गाडी चलाउन नसकिने हैन  नेपालमा चाख्दा बित्तिकै मापसे मा परे पनि अन्य बिकसित देशमा कारबाहीमा पर्नलाइ रगतमा इथानोलको मात्रा केहि मात्रा सम्म पुगेको हुनु पर्छ  जस्तै अमेरिकामा ०.०८% भन्दा बढी हुन हुदैन  त्यो भनेको करिब ६५किलोको मान्छेले ३५५ मिलि beer (५% अल्कोहोल भाको) तिन बोत्तल खाए पछी हुन्छ  

नेपाली पुलिसले सुरु सुरुमा मुखैले सुँघेर मापसे गरेको नगरेको पत्ता लगाउने गरेको थियो  त्यो देख्दा आजको २१सौ सताब्तिको मान्छे मा खुब हासेको थिए  र देशको स्थिती देखेर दया पानि लाग्यो  तर पछी मेशिन (breathalyzer) ले चेक गर्न सुरु गर्या छन्  जुन सकारात्मक छ  रक्सि खा' मान्छेले सास फेर्दा निस्केको इथानोल उक्त मेशिन मा पुगे पछी विभिन्न रसाएनिक प्रक्रिया पार गरे पछी, त्यसले नतिजा दिन्छ  तर यो मेशिन ले दिएको नतिजा सदै ठिक हुन्छा छैन. । यसमा सतर्क हुन जरुरि छ  सबै भन्दा भरपर्दो त रगत जाच नै हो  यदि तपाइले रक्सि खानु भा'छैन, मापसे चेकमा पर्नु भो र पुलिसको मेशिनले पोजिटिव नतिजा देखायो भने, hospital गएर रगत  चेक गराउनु नै उत्तम हो  नत्र नखाको रक्सीले फसाउला  

कसरि झुटो नतिजा दिन सक्छ breathalyzer  ले?  
१. उक्त मेशिन तापक्रम sensitive हुन्छ. बाहिरि तापक्रम संग नामिलाको मेशिनले गलत नतिजा दिन्छ. जस्तै दिउसो temp high भएको बेलामा मेशिन मिलाउने (calibrate) गर्ने तर मापसे चेक राति (जति बेला चिसो बढेको हुन्छ) गर्यो भने त्यसको नतिजा बिस्वास गर्न गाह्रो हुन्छ  त्यसकारण कति राम्ररि मेशिन calibrate  गरेको छ त्यसले नतिजा कति बिस्वसनिया छ भन्ने थाहा हुन्छ  
२. diebetics भा'को मान्छेले रक्सि नखाए पनि खायो भनेर देखाउन सक्छ   यस्ता मान्छेहरुमा कयौ गुणा बढी  acetic  acid भन्ने केमिकल हुन्छ जसले रक्सि नाप्ने मेशिनलाइ झुक्याई दिन्छ 
३. अर्को कुरा, तपाइले भर्खरै माउथ वाश ले मुख कुल्ला गर्नु भा छ भने त्यसले पनि रक्सि खाको भनेर झुठो नतिजा दिन सक्छ. कुनै कुनै माउथ वाश झोलमा अल्कोहल मिसा' हुन्छ  
४. प्याज, मिन्ट खाएर मापसे नाप्ने मेशिनलाई झुक्कौछु भनेर कसैले सोच्छ भने त्यो महा मुर्ख हुन्छ. त्यस्तो तरिकाले मान्छे लाइ झुक्कौना सकिएला तर मेशिन लाइ झुकाउन सकिदैन  


अन्तिम कुरो: मापसे गरेर गाडी नहाकौ आफ्नो ज्यान बचाउ र अरुको पनि बचाउ

4/21/2012

Videos from Nepali New Year Celebration

As you have seen from my previous post that we celebrated Nepali new year of 2069BS here in Laramie, Wyoming. The event was a great success in terms of crowd-guests presence, food, performances etc. That was little more than my expectation. Now it has become a tradition of such kind of event in Laramie. I helped to distribute food (off course after I had some delicious food :)) and most of the time I was taking videos and photographs of the event. You might have seen photos everywhere in the facebook. I took some extra time after the event and uploaded individual performance videos to the youtube. The videos came out good and becoming popular. In this post I am just sharing those videos. I have created a playlist of those videos for your comfort. You don't have to click individual videos.

The event news was on three online portals including this blog. www.nepalipost.com and www.dcnepal.com published the news that I sent to them. That was great. Enjoy!!!

4/15/2012

अमेरिकामा नेपाली नयाँ बर्ष भब्य रुपमा मनाइयो।

नेपाली नृत्य 
अमेरिकाको वायोमिङ राज्यमा बस्ने नेपालीहरूले शनिबार नयाँ बर्ष मनाएका छन्। उक्त राज्यको वायोमिङ बिस्वबिध्यालयमा रहेका नेपालीहरूको संस्था FNUW (Friends of Nepal at University of Wyoming) ले आयोजना गरेको उक्त कार्यक्रममा करिब पाच सय आमन्त्रितहरूलाई नेपाली खाना र साँस्कृतिक कार्यक्रमले स्वागत गरेर विद्यार्थीहरूले मनोरन्जन प्रदान गरेका थिए। 

सो बिस्वबिध्यालयमा नेपालि विद्यार्थी र उनिहरुका परिवार सहित करिब सय जना नेपाली रहेका छन्। सेलिब्रेट नेपाल नाम् दिएर प्रत्यक बर्ष नयाँ बर्ष मनाउदै गरेका छन। नेपाली विद्यार्थीहरूले गर्ने उक्त कार्यक्रम् बिस्वबिध्यलयमै हुने उत्क्रिस्ट कार्यक्रम् मध्य पर्दछ। यो कार्यक्रम सहित उनीहरुले बर्षको दुइ पटक स्वागत कार्यक्रम गर्छन र  दशैँ, तिहार, तीज, होलि लगायतका चाडपर्ब सामुहिक रुपमा मनाउछन्. यस्ता कार्यक्रमले नेपाल लाइ बिदेशी माझ चिनाउने र नेपालि कला संस्कृति, भेषभुषाको प्रचार प्रसारमा सहयोग पुग्ने पक्का छ।  

आज मनाइएको नयाँ बर्ष कार्यक्रममा बोल्दै बिस्वबिद्यालयकि अन्तरास्ट्रिय कारक्रमकि संयोजकले आफु अघिल्लो बर्ष नेपाल पुगेर आएको र फेरी पनि जान मन लागेको भन्दै नेपालको प्राकृतिक सुन्दरता र हसिला अनुहारले मोहनी लगाएको बताएको थिइन्। तेस्तै FNUW का सल्लाहाकार प्रोफेसरले आफु पटक पटक नेपाल गएको, नेपालि बैज्ञानिकहरुसंग मिलेर नेपालमा जलवायु परिवर्तन सम्बन्धि अनुसन्धान गरिरहेको बताउदै नेपालि बिस्वबिध्यालयहरु संग मिलेर अझ बढी काम गर्न यो समरमा फेरी नेपाल जान लागेको जानकारी गराएका थिए। नेपाली खाना खाएका अधिकांसले मिठो खानाको तारिफ गरेका थिए। उक्त खानामा भात, मासको दाल, कुखुराको मासु, खसीको मासु, आलु र गोभिको तरकारी, आलुको अचार, गोलभेडाको अचार, मिठाइ, खिर नेपालि स्वादमा खुवाइएको थियो। कार्यक्रमको सुरुवात नेपाल सम्बन्धि १० मिनेट लामो भिडियो देखिएको थियो। विभिन्न प्रकारका नेपालि ठेट गीत मा नृत्य प्रसुत गरेका थिए बिद्यार्थी र उनीहरुका परिवारले। कार्यक्रमको अर्को आकर्षण भनेको अफ्रिकी बिद्यार्थीको नेपालि लोक नृत्य र अमेरिकी आदिबासी महिलाको नृत्य थियो। अन्त्यमा विभिन्न नृत्य गीत बजाई सामुहिक नृत्यले कार्यक्रम चार घण्टा पछी समापन भएको थियो। उक्त कार्यक्रम कुनै पनि बिद्यार्थी समूहले यो बिद्वाबिध्यालयमा गर्ने कार्यक्रम मध्ये सबै भन्दा ठुलो मध्यको एक थियो। 

कार्यक्रमका केहि झलक देखाउने फोटोहरु हेर्दै गर्नुस। भिडियो सके सम्म छिटो राख्ने प्रयास गर्नेछु। यो ब्लग हेर्दै गर्नुहोला। 



सहभागीहरु 



नेपाली पहिरनमा नृत्य गर्न जानु अघि बाल बालिकाहरु 



नेपाली पहिरनमा बाल बालिका 



तामांग सेलो 



वारि जमुना पारि जमुना 



अमेरिकन आदिबासी महिला 



सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला 


झम झम इस्टकोट 



खाना खाने बेला भयो 



सामुहिक नृत्य 

4/09/2012

यो शनिबार

अब त "शनिबार" लेखम कि "सनिबार" लेखम confuse हुन्छ। उहि "सहिद" र "शहिद" जस्तै। पातलो "स" कसरि बोल्ने वा मोटो "स" कसरि बोल्ने स्कुल पढ्ने बेलामा कसैले सिकाएन। अहिले यस्तै यस्तै बिषयमा नेपालि भाषाविद बीच बिबाद चली रहेको छ। आशा गरौ तिनीहरुले नेपालि भाषालाइ अझ समृद्ध र सजिलो बनाउने तिर ध्यान दिने छन्। मेरो यो ब्लगमा धेरै भाषा सम्बन्धि सुद्धा सुद्धिका गल्तिहरु टन्नै  छन्, पक्कै पनि। त्यसलाई भन्दा मैले भन्न खोजेको कुरालाई ध्यान दिनु होला। 

आजभोलिको दैनिकी भनेको शुक्रबार सम्म धुम धडाका चल्छ, दोप्परको गुरुसंगको बैठक सम्म। त्यसपछि बिस्तारै सेलाउदै जान्छ, हप्तांतको लागि। शुक्रबार बेलुका यसो यता उता गरेर बित्छ। घर भन्दा बाहिरै डिनर खान पाइयो भने गजब हुन्छ। शनिबार केहि न केहि कार्यक्रम हुन्छ। कहिले क्याम्पस तिर। कहिले आफै बनायो र कतै गयो। नत्र त ल्याब जिन्दाबाद। हिजोको शनिबार अन्तराष्ट्रिय बिद्यार्थीको पार्टनर भन्ने संस्थाले रयांच (ranch) देखाउने र snowy range मा घुमाउन  लग्यो। हामि पनि पछि पछि लागियो।

ranch को नेपालि के हुन्छ ठ्याक्कै त थाहा भएन तर 'गोठ' भन्दा हुन्छ कि? सहरको बस्ति भन्दा अलि टाढा ठुला ठुला चरन भए तिर टन्नै गाइ पालेर बस्छन। हजारौ गाइ। तरकारी गाइ। गोठालो बस्नको लागि घर पनि हुन्छ। घासको बेवस्था सहित। अमेरिकाको यो राज्य (Wyoming) यस्तै  ranch हरुको लागि पनि प्रख्यात छ। ति गाइ गोठमा बस्नेलाइ cowboy (गाइ गोठालो) भन्छन। 

हुनत आफै गोठालो गरेर आ'को मान्छे तर पनि कहिले काही गाइ गोठ हेर्न जान पनि रमाइलो नै हुन्छ। चौर भरि गोबरै गोबरको थुप्रा। गाइ चरी रा'का। काला गाइ। यिनी सबै तरकारी गाइ हुन्। गाइ सम्हाल्नका लागि हुन सक्छ, यी गाइ गोठालेले अलि घोडा पनि पाल्छन। तर तेतिका घोडा राखेर के फाइदा हुन्छ भन्ने मैले बुज्न सकेको छैन। जे होस् यहाका घोडा नजिकै बाट देखियो। घोडा मात्रै नभएर mule र dunkey पनि। 

यी गोठालेहरुको रहन सहन हेरे पछि snowy range पहाड तिर लागियो। यो पहाडमा धेरै पटक गा'छु म त। तर पनि अलि ठुलो समुहमा जादा अलि रमाइलो हुन्छ कि भनेर। पहिले भन्दा अलि फरक यसपाली हिउ मै हिडियो। snow hiking भनम न। रमाइलै भयो।

यो शनिबार यसरि नै गयो।

यो भिडियो राख्या छु कर हेर्नी भा।


4/01/2012

कहिले बन्ला त क्रेजी होर्स#CrazyHorse

बन्दै गरेको क्रेजी होर्स. टाउको मात्रै बनेको छ. 
क्रेजी होर्स भन्दा फेरी घोडा नै सम्झेला नि फेरी. मैले कुरा गर्न ला' को चै घोडा हैन. मान्छे हो. लकोता जातिको अमेरिकन आदिबासी नेता जसले अमेरिकन फेडेरल सरकारको अतिक्रमण बिरुद्द लडाईको नेतृत्व गरेका थिय १९ औ  सताब्तिको अन्त्य तिर (१८७०'s), तिनलाई क्रेजी होर्स भन्ने रैछन. त्यसको अर्थ हुने रैछ, उसको घोडा जाद्रो छ. अमेरिकाका आदिबासी मध्ये एक जाति रैछ लकोता भन्ने. उनीहरुको राज्य अहिलेको डेकोटा (south/north Dakota) राज्य तिर रहेछ. अमेरिकी सरकार संग लड्न नसके पछी सन् १९७७ मा यी क्रेजी होर्सले आत्मसमर्पण गरेका रैछन. यहाका आदिबासिले यिनलाई निकै सम्मान गर्ने रैछन अहिले पनि एक बहादुर र आफ्नो थात थलोको रक्षकको रुपमा. मैले यो क्रेजी होर्स लाइ यहा राख्नुको पनि कारण छ. यो भन्दा अघिल्ला दुइ पोस्ट पढ्नु भा'भए थाहा भयो होला कि स्प्रिंग ब्रेकमा हामि साउथ डेकोटाको रसमोर भन्ने ठाउँतिर घुम्न गा'थिम भनेर. त्यो क्षेत्र यिनै लखोटा आदिबासीको हो. रसमोर पहाडमा आफ्नै थात थलो कब्जा गर्ने अमेरिकन राष्ट्रपतिको स्मारक बनाउदा त्यहाका आदिबासिले सार्है चित्त दुखे, बिरोध गरे. तर के पो लाग्थ्यो र? त्यसैको प्रतिरोध स्वरूप भनौ वा आफ्नो समुदायमा पनि गर्ब गर्न लाएक मान्छे छन् भन्ने देखाउन, आफ्नो पुर्खाको सम्मान गर्न पनि होला रसमोर पहाड जसमा चार अमेरिकन रास्त्रपतिहरुको टाउकाको स्मारक बनाइएको छ, को नजिकै आफ्नै नेता "क्रेजी होर्स" को स्मारक पहाडमा कुदेर बनाउन थालेका रैछन.