Showing posts with label fall. Show all posts
Showing posts with label fall. Show all posts

9/21/2012

जाडो सुरु हुन थाल्यो है यता त।

अलि हप्ता भयो नलेखेको। धेरै कुरा भै'रा छन्। आफ्नो व्यक्तिगत जिन्दगि, स्थानीय समुदाए, बसेको देश र आफ्नो देशमा। ति सबै कुरा मात्रै कति गराई भो र। सबैलाइ थाहै छ भन्ने मेरो अनुमान हो। यता तिर भने अब जाडो  सुरु हुन थाल्या छ। नेपालमा दशैँ आउन लाग्दा हुन्छ नि चिसो चिसो बिहान बेलुकी, हो तेस्तै तेस्तै। अलि रमाइलो लाग्छ मलाइ त। बिहान स्कुल जादा र बेलुकी फर्किदा ठिकै खालको ज्याकेट लाउनु पर्ने खालको जाडो। हुनत यो ठाउमा चिसो कुनै नौलो कुरो हैन। भन्ने गर्छन मान्छेहरु कि यो ठाउमा प्रत्यक महिना नै हिउ पर्छ। तर यो वर्ष तेस्तो भएन। पुरै अमेरिका नै यो वर्ष रेकर्ड सुख्खा भयो रे। हिउ कम पर्यो अनि परेको पनि गर्मि बढेर चाडै पग्ल्यो। 

अलि अलि भएका हरियो परियो पनि अब सुकी सक्यो। क्याम्पस ओरिपरी हरियो बनाउन यिनले कम्ता दुख्ख गर्या छैनन्। जति गरे नि जाडो चढे पछी त के लाग्छ र? फूलहरु झरे पातहरु ओइलाउन थाले। फूलमा  भुल्ने मौरीहरू नि आफ्ना आफ्ना दुलो भित्र पस्न थाले वा मर्न थाले। तर पनि क्याम्पस ओरिपरी केहि फूलहरु बाकि छन्। अस्तिको सनिबार, यहाका चेलीहरु तिज मनाउन ब्यस्त  म दिनभरी ल्याबमा यता उता गरेर फर्किदा क्यामेरा बोकेर फुल र मौरी खोज्दै हिडे। मैले खिचेका केहि फोटो हेर्नुस है त अब। 

यो क्याम्पसको आगन भनम न। समर भरि खुब राम्रो देखिन्छ। यौटा भनाइ छ कि, मान्छे हरु समर देखेर घर किन्छन यो सहरमा बस्ने हिसाबले तर जब हिउद सुरु हुन्छा अनि अर्को समर नदेख्ने गरि झिटी गुन्टा बोकेर हिद्छन। 

यो फूललाइ फोकस गरेर खिचेको। पछाडिको ब्याक्गराउन्ड बलर गरेको।

अर्को फूल। 

फोटो मिलाउने सफ्टवेर प्रयोग गरेर केहि भाग बाहेक अरु लाइ सेतो/कालो मा चेन्ज गरेको। 

माथिको फोटो जस्तै गरेको। मौरीले फूलको रस चुस्दै छ। फेसबुकमा राखेको यो फोटोमा एकजना साथीले न फूल न भमरा फोकस भा' फोटो भने। अलि अलि साच्चै होला। 

उही प्रयोग अर्को जातको फूलमा। 
यस्तै अरु फोटो मैले 500px.com भन्ने वेब साइट मा राख्ने गरेको छु। मन लाग्यो भने यो तलको लिंकमा किलिक गरेर हेर्नुस।

11/04/2009

Fall Color in Corvallis, Oregon



It is already late to capture fall color in Corvallis. Fall in Corvallis is very beautiful. I was thinking to share some of the pictures since fall started and trees started to showing their colors.  I want to share some of the pictures taken today afternoon. Good news is that we have sunny days.