Showing posts with label sports. Show all posts
Showing posts with label sports. Show all posts

7/11/2010

लौन "अक्टोपस" भन्देउ नेपालमा प्रधान्मन्त्री को होला?

यस्पटक अफ्रिकामा भैरहेको फूट्बलका केहि गेमहरुको  भाबिस्यबाणि  मिले पछि जर्मनीको पाउल नामको अक्टोपस बिस्वभरि नै चर्चित भै'राछ। भोली हुने अन्तिम खेलमा स्पेनले नेदरल्यान्ड लाई हराइ विश्व कप को कप लैजाने भबिस्यबाणि गरेको छ। हेरम कत्तिको मिलाउने रैछ।

मेरो विचारमा यो काकताली मात्रै हो। यौटा समुन्द्री जनावरले यसरी भबिस्यबाणि गर्न सक्ने हो भने त अन्य घट्नाक्रमहरुको पनि भबिस्यबाणि गराउन थाल्थे। यो पाउलले गरेको भाबिस्यबाणि बुज्न लाई कसरी भैराखेको छ भनेर हेर्नु पर्छ। पाउलको खाना भा'को दुइटा बक्स खेल खेल्ने टिमको झन्डा राखेर पानी भित्र झारिन्छ। अनी पाउल ले दुइटा मध्य एउटा बक्सको खाना खान्छ। यसो बुज्दै जादा खेरी त्यो जन्तु जहिले पनि दाँया तिर बाट बक्स तिर आउछ र दाँया तिरकै बक्सको खाना खन्छ। अनि दाँया बक्स को छेउमा २ वटा बल पनि राखेको छ। जुन टिमको झन्डा दाँया बक्समा राखेको छ त्यही तीमले जित्छ भनेर भबिस्यबाणि घोसणा गरिन्छ। अक्टोपस भन्दा पनि उसको मालिक, भबिस्यबाणि घोसणा को experiment सेट गर्नेहरुको समुह र कसरी experiment सेट गर्छन् त्यो महत्वपुर्ण हुनु पर्छ. 

6/27/2010

फुट्बलको महभारत-आज २ वटा गेम हेरियो

आज शनिबारको गेम हेर्न हिजो नै निम्तो आ'थ्यो। प्रदीप भाईले फेस्बूकमा निम्तो टास्यो। गेम हेर्न आउने लाई स्पेसल कफी र खाजाको ब्यवस्ता। बिहानै उठेर (८:३०)लागे अपार्ट्मेन्ट ४६७ तिर। गेम त उरुग्गेले जित्यो। कोरिया पनि राम्रै खेलेको हो तर गोल गर्न नसके पछी कसको के लाग्यो र। गोल गर्ने केही राम्रा अवसरलाई नगुमाएको भए कोरिया पनि अगाडि बड्ने थियो यो फुटबलको महाभारतमा। एकजना भाई बाहेक सबै जना कोरिया को सपोर्टमा। हामी जता गये पनि जे गरे पनि जातियता र क्षेत्रियताको पक्ष पाती।

भुभुजेलाको(vuvuzela) आतंक भने आज अली कम भाको हो कि? यी पन्क्ती लेख्दा अम्रिका र घानाको गेम मच्चिराको छ। समय सक्की सक्यो बराबर गोलको स्थिती। चाखलाग्दो भैरा छ। हेरम कसले जित्छ? समय थपेर खेल्दा हेरम कसले जित्छ? हेर्दा हेर्दै घानाले आर्को गोल पनि हन्यो। अम्रिकाको आफ्नै फुट्बल छ। हामले भन्ने फुट्बल लाई उनीहरुले सकर भन्छन्। त्यसैले पनि यो फुट्बलमा यो चरण सम्म पुग्नु पनि ठुलो नै होला। हेरिरा'को गेम पनि सकियो। घाना ले जित्यो अम्रिकाले हार्यो।यसपली २ वटा गेम हेरेको आजै हो



6/15/2010

What is Vuvuzela?

FIFA world cup is going on in South Africa. Results are so far exciting, unexpected and sad for some teams and fans. Whoever wins the game, will grab the Trophy. In the mean time everyone is hearing something like a noise/music from bee or fly. Some people might be enjoying it but seems like many are angry about it and they don't like it.This sound is coming from vuvuzela.

One of my facebook friends declared today that he will not be watching football games onwards because of this vuvuzela.