Showing posts with label dhital. Show all posts
Showing posts with label dhital. Show all posts

10/30/2014

डा. धिताल ले के चमत्कार गरे त्यस्तो?

फोक्सोको बिचमा रहेको मुटु (फोटो: स्रोत)
डा. कुमुद धिताल सहितको टोलिले केहि दिन अघि एक जनाको मुटु अर्कोमा प्रत्यारोपण गरेको खबरले मेडिकल जगत र नेपाली समुदाय बीच खुब चर्चा चलेको छ  यो ब्लगमा उनले खास के आबिश्कार वा चमत्कार गरेका हुन त भनेर खोतल्ने प्रयास गरेको छु  

मुटु प्रत्यरोपरण के  हो?
कुनै मान्छेको मुटुले कुनै कारणले कामै गर्न छोड्यो भने उसको जिबन बचाउनको लागि अर्को मान्छेको (डोनर) मुटु राख्नेलाइ मुटु प्रत्यारोपण भनिञ्छ  संसारमा सबै भन्दा पहिले सन् १९६७ मा पहिलो पटक मुटु प्रत्यारोपण गरिएको थियो  अहिले संसारभरि करिब ३५०० मुटु प्रत्यारोपण हुन्छन प्रत्यक बर्ष । यसरि प्रत्यारोपण गरेका मान्छे १५-२० वर्ष सम्म बाच्ने गरेका छन  

कसरि हुन्छ प्रत्यारोपण? 
विश्वमा करिब ८ लाख व्यक्ति मुटु फेर्न पर्ने स्थितिमा रहेको अनुमान गरिएको छ  तर चाहदा बित्तिकै मुटु फेर्न कहाँ पाइञ्छ र ?  पहिलो कुरो त मुटु दान दिने डोनर भेट्टाउन पर्यो  डोनर मुटु र मुटु लिने बिरामीको आवश्यक जाच गरेर मुटु फेर्न मिल्छ भनेर निर्क्योल गरे पछि बल्ल सल्यक्रिया सुरु हुञ्छ  पहिले मुटु निकाल्न पर्यो  जिउदो मान्छेको मुटु निकाल्ने कुरो भएन, मरेको मान्छेको मुटु पनि  मरि सकेको हुन्छ त्यसैले त्यो पनि काम लाग्ने कुरो भएन  
अहिले सम्म के गरिन्छ भने, डोनर मुटु ब्रेन डेथ भएको मान्छेबाट निकालिञ्छ   ब्रेन डेथ भनेको ब्रेनले सम्पुर्ण रुपमा काम गर्न छोड्ने स्थिति हो  धेरै जसो मृत्यु घोषणा गर्दा यहि स्थितिलाइ आधार मानिञ्छ  तर कहिले काही आवस्यक पर्यो भने life support or ventillator मा राखेर पनि ब्रेन डेथ भएको व्यक्तिलाइ केहि समय राख्ने गरिञ्छ  त्यसो गर्दा स्वास फेर्ने र मुटुको धड्कन रही रहेको हुञ्छ  डोनरको मुटु निकालेर बरफमा राखिञ्छ । यसरी राखेको मुटु ४-६ घण्टा सम्म मुटु लिने बिरामीको छाति भित्र राखी सक्न पर्छ  त्यसैले life support मा राखेको ब्रेन डेथ भएको डोनर भेट्टाउनु पर्यो र तुरुन्तै प्रत्यारोपण गर्न सक्नु पर्यो  यो दुइवटा कारणले मुटु प्रत्यारोपण जति सहज हुन पर्थ्यो सकेको छैन, पैसो तिर्छु भन्दा पनि  मुटु प्रत्यारोपण गर्न करिब दस लाख अमेरिकी डलर लाग्न सक्छ  कति पए देशमा ब्रेन डेथ भएको व्यक्तिबाट शरीरको अंग निकाल्न मिल्दैन  यी सबै अफ्ठेरोलाइ डा. धितालको नया प्रयोगले सहयोग पुर्याउने देखिञ्छ  

के गरे त डा धितालले?