12/26/2011

Timelapse using pictures taken in snow


Christmas day. I went to little bit away (~10 miles) from Laramie just to get rid of this empty town at least for a while. Using Rebel T2i fixed on Opteka tripod, captured some pictures of myself just for fun and I have created a timelapse video using Picasa. Since I didn't take enough photos typically required for timelapse cinematography, this video didn't come as good as I expected. Learnt something about timelapse. ENJOY!!!

12/25/2011

घाम लाएर के भो र न्यानो नभए पछि?

बिहानको घाम्। हेर्दा रमाइलो। 
सोझो हिसाब ले सोच्ने हो भने घाम लाग्यो भने तातो हुनु पार्ने हो। तर यस्तो नहुदो रैछ सधै भरी वा सबै ठाउँ मा।

नेपालको तराई तीर अहिले चिसोले मान्छे मरेको मरेइ छन्। त्यहाँ हुस्सु लाग्छ, घाम लाग्दैन महिनौ सम्म। त्यो आफैले भोगेको छु। जब माघ तीर घाम देखिन्छ, तब मान्छेले तातो महसुस गर्छन्। तर घाम लाग्दैमा तातो हुन्छ भन्ने झुट रैछ। मैले यी शब्दहरू लेखिरदा बाहिर टन्न घाम लाइरा'छ। ब्यानै बाट। भित्रै बसिरनेले बाहिरको चिसो महसुस गर्न सक्दैन। बाहिरै जानु पर्छ। वेदर च्यानल मा तापक्रम हेर्दा ५ F वा -१३C देखाइ रा'छ। आजभोलिको यहाको तापक्रम यसैको ओरिपरी घुमी रन्छ। बाहिर एक्छिन हिंड्न पर्‍यो भने चिसो अनुभब कसरी हुन्छ भने, नाक भित्रको तरल पदार्थ (म्युकस्) आइस बन्छ र भित्ता खोच्न थाल्छ। 

12/15/2011

एउटा गल्ती ढाक्न अर्को?

हप्ताको एउटा सम्म लेख्छु त भन्या हो नी भन्न त। तर यसो हेर्दा गोडा तिन्नेक महिना भैसकेछ, केही नलेखेको। लेख्दैन भनेर नलेख्या होर? बेफुर्सदी भनम न। दिमागमा कति कुरा छन् कति, लेख्न मन लाग्या। तर लेख्न पाइया छैन। अब अहिले यो फल सेमेस्टर भन्ने सक्यो। सब केटा केटी घर तीर लागे। मास्टरहरू पनि कोही भ्याकेसन/होलिडे मनाउन हिडि सके, कोहि जादै गर्लान्। क्याम्पस बिस्तारै सुन सान हुँदै छ। धन्न अहिले सम्म त्यति हिउ परि सक्या छैन् र हो नत्र बाहिर निस्किन के मन लाग्थ्यो र। जाडो कहीले काही -F हुन्छ, नत्र भनि प्राय जसो पानी जम्ने भन्दा तलै हुन्छ। पानी जम्ने भन्दा माथी तातो पुग्यो भने त ज्याकेट फुकालम फुकालम हुन्छ भन्दा साथिहरू हास्छन्। आज मेरो ल्याबको एउटा भैरे ले आलु ब्याट्री बनायो दिन भारी ला'र आनि एउटा चम्किनी घडी चलायो। अब यो उस्को ज्वाँईलाई क्रिस्मस गिफ्ट दिन्छ रे। तेत्ती हो ल्याब मा आको त्यो भैरे। अब एकै चोटि आर्को सेमेस्टर सुरु भए पछि आउछ रे। आफू संगैको भैरे यसरी आलु बेटारी बनार खेल्दा, मलाइ के काम गर्न मान् लाउथ्यो र। क्या अर्नु र। जसो तसो चलेकै छ।  

बाहिरको चिसो सम्झिदै, भित्र तातात्तो चिया खाँदै टिभी हेर्दै गर्दा त्यो डिक चेन्नी भन्ने बुश् राष्ट्रपती हुँदा उप-राष्ट्रपती भाको मान्छेको अन्तर्वाता आइ रा रैछ हिजो। अरु त के के भन्यो कुन्नि, कस्ले ध्यान देओस र। एउटा कुरो भने बडो गज्जपको गर्‍यो बुडोले। एउटा किताब लेख्या रैछ, तेही बिकाउन हो कि? के भर्। अस्ति भर्खर् अम्रिकाको त्यो 'ड्रोन' भन्ने जन्तु (जन्तु त के भन्नु, मान्छे नभै चल्ने सानो प्लेन भनम न) इरानको आकाशमा के पुग्या थ्यो, इरानले झ्याप पार्यो केरे। यो 'ड्रोन' बिरोधी ले नथापौने तरिका ले सुराकी को काम गर्छ, उस्तै पर्‍यो भने बम खसाल्छ। पाकिस्तान मा यस्तै 'ड्रोन्" ले सयौ मान्छे मरि सक्यो होला। ओसमा बिना लादेन बसेको घरको रेकी गर्ने काम पनि यसैले गर्या थ्यो। अली ठुलो गिध्ध जत्रो हुन्छ। अहिले सम्मको प्रबिधीको अनुपम रुप मान् सकिन्छ। अरु कुनै देशले पनि यस्तो बना' छैनन् अहिले सम्म। अब यस्तो जिनिस इरान भित्र पस्दा के होला त? अम्रिका को सत्रु नम्बर वन इरान्। यो आफैमा अम्रिका को गल्ति भयो। उता ईरान त्यो जिनिस भित्रको जासुसी कुर/ प्रबिधी निकाल्न/ बुज्न लागि पारेको हुनु पर्छ। ओबामाले के गर्ने अब? उनले ईरान हाम्रो 'ड्रोन्" फिर्ता गर्देउ भनेर भनेछन्। यसो गर्दा ओबामा प्रसासनको गल्ति भयो भन्छन ती चेन्नी बुडाले। के गर्नु पार्ने भन्ने प्रश्नको उत्तरमा त बुडाले "आकाशै बाट बम खसालेर ध्वस्त पार्नु पर्थ्यो 'ड्रोन्"लाई ता की ईरानले त्यसमा भा'को सूचना थाहा पाउन सक्दैन। अब यो बुडाको बुध्धी के। एउटा गल्ति ढाक्न अर्को झन् ठुलो गर्ल्ती गर्ने? ईरान भित्र बम खसाल्दा के होला? युद्ध सुरु हुन्छ की नै? यस्तो कुरा पनि ख्याल नगर्ने? हुनत यिनैको पालामा इराक माथी आक्रमण गर्या हुन केरे। यस्ता सोचाइ भा'का मान्छे यो अंरिकामा टन्नै हुनु पर्छ। अरु लाई आक्रमण गर्ने भन्ने त कति सजिलै सोच्छन भन्या। 



यो फोटो भर्खर् खिचेको। बस चड्ने ठाउमा। अलि अअलिली मात्रै हिउ छ नि भुइमा। अलि अस्तिनै पारेको जम्मै सक्की सक्यो अब त।