Welcome/स्वागतम्

Being a graduate student of Science (Chemistry), it is difficult to get time for this blog. However, I am trying to have at least one blog post per week. This blog was started from fall 2007. I hope this blog is interesting to you. Even though professionally I am a science student, I am not isolated from the people, nature surrounding me. Therefore, most of the posts in this blog are experiences, feeling, and thoughts of a science student influenced and related to society.

12/25/2011

घाम लाएर के भो र न्यानो नभए पछि?

सोझो हिसाब ले सोच्ने हो भने घाम लाग्यो भने तातो हुनु पार्ने हो। तर यस्तो नहुदो रैछ सधै भरी वा सबै ठाउँ मा।

बिहानको घाम्। हेर्दा रमाइलो। 
नेपालको तराई तीर अहिले चिसोले मान्छे मरेको मरेइ छन्। त्यहाँ हुस्सु लाग्छ, घाम लाग्दैन महिनौ सम्म। त्यो आफैले भोगेको छु। जब माघ तीर घाम देखिन्छ, तब मान्छेले तातो महसुस गर्छन्। तर घाम लाग्दैमा तातो हुन्छ भन्ने झुट रैछ। मैले यी शब्दहरू लेखिरदा बाहिर टन्न घाम लाइरा'छ। ब्यानै बाट। भित्रै बसिरनेले बाहिरको चिसो महसुस गर्न सक्दैन। बाहिरै जानु पर्छ। वेदर च्यानल मा तापक्रम हेर्दा ५ F वा -१३C देखाइ रा'छ। आजभोलिको यहाको तापक्रम यसैको ओरिपरी घुमी रन्छ। बाहिर एक्छिन हिंड्न पर्‍यो भने चिसो अनुभब कसरी हुन्छ भने, नाक भित्रको तरल पदार्थ (म्युकस्) आइस बन्छ र भित्ता खोच्न थाल्छ। 


घाम लाग्दा पक्कै पनि तातो छोड्छ प्रिथिबीमा तर तेस्को असर भने अन्य कुरामा भर पर्ने रै'छ। जस्तो हावा। कस्तो हावा लाग्छ? साह्रै चिसो हावा आयो भने त्यसले घामको तातो लाई कमजोर पार्दो रैछ। यो भेग मा घाम त मजाले लाग्छ तर उत्तर तीरको अर्क्तिक तिरबाट आउने चिसो वायुले काठ्ठिने चिसो हुन्छ। आर्क्तिक तीर पनि उज्यालाई देखिन्छ तर सदै भारी हिउ नै हिउ देखिन्छ। अलि अस्तिन क्याम्स जाने आउने क्रममा ध्रुब सरले यस्तै भन्नु भाथ्'यो। बस भित्र बसेर यात्रा गर्दै गर्दा बाहिरको घामले मोहनी लाउछ नि लाउन त। तर बाहिर हिंड्न गार्है पर्छ।      

0 comments:

Post a Comment

Please type your comment in the box below.

Blog Widget by LinkWithin