बिदेश बस्दाका केहि रमाइला प्रसँग छन्। नेपाल नचिन्ने निकै कम् मान्छे भेटेको छु। कसैले के अनि कसैले के भनेर चिन्छन्। भलै यो "नेपाल" नामको देश कता छ भन्ने थाहा नहोस। यसपालि यस्तै केहि प्रसँग बाड्ने मन लाग्यो।
१. कति पटक चढ्यो सगरमाथा?
नेपाल भन्दा बितिक्कै धेरैले सगरमाथा भनेर चिन्छन्। हिमालै हिमालको देश्। हिउ नै हिउ को देश भन्ने छाप हुने रैछ। अनि त के जसले भेटे पनि सोद्ने सगरमाथा चढेको छ? सुरु सुरुमा त सोझै हिसाबले छैन भन्दिन्थे। तर धेरै सोदेको सोदेइ गरे पछि त झ्याउ लाग्ने रइछ। त्यसपछी मेरो उत्तर हुन्थ्यो "के सगरमाथा ब्यानै बेल्का बाथरूम गा' जस्तो हो र?" यिनीहरुको देशमा जति अग्ला अग्ला र अनकन्टार ठाउमा पनि मोटर बाटो बना'छन्। त्यसैले सोच्दा हुन माउण्ट एभरेस्ट को अली तल सम्म गाडी जान्छ होला अनी १-२ घन्टाको हाइकिङ गरे त टुप्पो मै पुगिन्छ होला। यिनलाई के था' हाम्रो कथा ब्यथा।
२. स्कि त खुब खेलिन्छ होला है?
यो प्रसँग पनि हिमाल अनि हिउ संगै को हो। यी खैरे हरु हिउ देख्यो कि स्कि खेल्नु पर्ने। अथवा स्नो बोर्ड गर्नु पर्ने। नेपाल बाट आ'भन्दा बित्तिकै खुब स्कि गर्छौ होला है भन्ने के। सोझै हिसाब ले भन्छु-गर्दिन। आफुले नेपाल हुँदा कहिले नि हिउ त छुन पा'हैन। पहिलो पटक हिउ छोएकै अम्रिका मा हो। क्यार्ने नेपालमा त कहिले काही देखिन्थ्यो काठ्माण्डुको उत्तर तिरको हिमालको टुप्पा टुप्पामा। पछि यतै तिर स्की त एक्पटक गरियो। अर्काले गरेको हेर्दा रमाइलो देखिने तर अफुले गर्दा अती गारो। मेरो अनिभव हो स्की को। नेपालका अनकन्टार हिमालहरुमा हेलिकप्टर बाट माथि गएर तल झर्दा स्की गरेको भिडियो हेर्या थे यू ट्युबमा। त्यो भन्दा केही थाहा छैन।
३. हेल्लो होईन "होला"
यो प्रसँग पनि हिमाल अनि हिउ संगै को हो। यी खैरे हरु हिउ देख्यो कि स्कि खेल्नु पर्ने। अथवा स्नो बोर्ड गर्नु पर्ने। नेपाल बाट आ'भन्दा बित्तिकै खुब स्कि गर्छौ होला है भन्ने के। सोझै हिसाब ले भन्छु-गर्दिन। आफुले नेपाल हुँदा कहिले नि हिउ त छुन पा'हैन। पहिलो पटक हिउ छोएकै अम्रिका मा हो। क्यार्ने नेपालमा त कहिले काही देखिन्थ्यो काठ्माण्डुको उत्तर तिरको हिमालको टुप्पा टुप्पामा। पछि यतै तिर स्की त एक्पटक गरियो। अर्काले गरेको हेर्दा रमाइलो देखिने तर अफुले गर्दा अती गारो। मेरो अनिभव हो स्की को। नेपालका अनकन्टार हिमालहरुमा हेलिकप्टर बाट माथि गएर तल झर्दा स्की गरेको भिडियो हेर्या थे यू ट्युबमा। त्यो भन्दा केही थाहा छैन।
३. हेल्लो होईन "होला"
एकपटक Corvallis बाट लेखनाथलाइ भेट्न रीनो जादै थिए बसमा। स्याक्रमेन्टोको बस स्टेसन्मा बस कुरेर बसी रा'थे। यौटि दिदी जस्ती उमेरकी महिलाले म सँग कुरा गरिन्। तर एकहोरो। मैले बुजेपो!! के भन्छिन के के। मैले के मेसो पाए भने उनले स्पेनिशमा बोलेकी रैछिन्। मेक्सिकोमा स्पेनिश भाषा बोलिन्छ। मेक्सिकन र हामी नेपाली हेर्दा उस्ता उस्तै पनि देखिन सक्छौ। त्यसैले उनले मलाई पनि उस्तै देखिछन र स्पेनिश्मा कुरा गरिछन्। समस्या के पर्यो भने उनले अङ्रेजी नबुज्ने मैले स्पेनिश्। त्यसैले दोहोरो कुरो हुन पाएन। मैले अङ्रेजी मा स्पेनिश बुज्दैन भनेको उनले यति चै बुजिछन की के हो त्यसपछी बोलिनन्। धेरै जसो बेला "यो" छुट्टै नदिखेने समस्यै हुने रैछ। हामी नेपाली कोही भारतीय जस्तो, कोही मिडिल इस्ट तिरको जस्तो, कोही मेक्सिकन जस्तो, कोही जापानिज जस्तो। यो बिबिधता। अस्ति मात्रै एउटा खैरे ठिटोले "आर यू गाइज फ्रम इन्डिया?" भन्यो। मैले भने "नो"। "फ्रम पाकिस्तान्?" "नो"। "बङलदेश?" "नो"। "यु गाइज किडिङ, राइट्? त्यो भेगका केही देशको नाम लिदा पनि नमीले पछि त्यो ठिटो दंग परेछ। इन्डिया पुगेको त्यो ठिटोले हाम्रो जस्तो रुप रङ भाकाहरु इन्डिया बाटै हुनु पर्छ भन्ने सोचेको। नेपालबाट भनेपछि दंग पर्यो।
क्रमश: भाग २
क्रमश: भाग २
It looks like u started ur article nicely but I thinks its incompleterite? You sud hve included a lot of more information. ma tei socher padirathe yo ta ek chhin ma sakkiyo. please try to complete it
ReplyDeleteBhai
Dallas
Once I was lost in Boston and found very kind Spanish couple who guided me to the subway.
ReplyDeleteThe amazing thing was that they did not speak English and I did not speak Spanish.
:)
ma pani spanish dhekhi arabian,indian adi bhayeko chhu.yetikai ma euta prasanga, ek jana le bhaneka thiye"nepalese are indian made in china", kohi indian jasta , kohi chinese jasta tara chuttai desh ka. sayed tesai bhanera tyo kura bhaniyeko hunupracha.
ReplyDeleteNepalean
www.dautari.org
हा हा.. भनेपछि हाम्रो व्यथा सबैतिर उस्तै हुने रहेछ। एक र दुई नम्बरका प्रश्नले त मलाई पनि हैरानै पारे शुरु-शुरुमा तर अब त बानी पर्न थालिसक्यो:)
ReplyDeleteठ्याक्कै यस्तै अनुभव नभए पनि केही मिल्दाजुल्दा कथाहरु मेरा पनि छन् । रमाइलो लाग्यो यो प्रसङ्गहरु।
ReplyDeleteYo Spanish ko samasya maile pani bhogeko chhu. Hami Latino jasto dekhine bhayera hamilai dherai le Latino bises gari Mexican bhanthanchhan!!
ReplyDeleteNice, nice. Keep on writing
ReplyDeleteEbook thank you
ReplyDeletemalai pani bela bakhatma testai par6 ujbekistani le vetyo vane salamalekam vani hal6 ani ma pani k ko kam6u ra nepali babako 6oro
ReplyDeleteani ma van6u walekam salam tes6i maile nega nepalsaram( ma nepali ho van 6u)
ani ujbekistani jilla par6an vanya k
same here. We want to read more though Dai
ReplyDelete