अमेरिकाले दोश्रो विश्वयुद्ध ताका जापानमा आणबिक बम खसालेको ६५ बर्ष पुगेछ। यसै सन्दर्भमा मैले केही बर्ष पहिले लेखेको लेख अन्लाइन पाठकहरु समक्ष सार्वजनिक गर्न मन लाग्यो। यो लेख हांक साप्ताहिक मा प्रकाशित भैसकेको छ। ........................................................
अल्वर्ट आइन्सटाइन विश्व प्रसिद्ध वैज्ञानिक मात्र नभई बिसौं शताब्दीका “शताब्दी पुरुष” पनि हुन् । त्यसैगरि संसारभरि विगत आधा दशकदेखि चर्चित आम विनाशकारी हरियार हो – आणविक बम । पहिलो आणविक बम निर्माण गर्ने मात्र नभई आम नरसंहारमा प्रयोग गर्ने र अहिले पनि अत्याधिक मात्रामा भण्डारण गर्ने राष्ट्र हो – अमेरिका । यि तीनका बीच अत्यन्त रोचक सम्बन्ध रहेको छ ।
अल्वर्ट आइन्सटाइन विश्व प्रसिद्ध वैज्ञानिक मात्र नभई बिसौं शताब्दीका “शताब्दी पुरुष” पनि हुन् । त्यसैगरि संसारभरि विगत आधा दशकदेखि चर्चित आम विनाशकारी हरियार हो – आणविक बम । पहिलो आणविक बम निर्माण गर्ने मात्र नभई आम नरसंहारमा प्रयोग गर्ने र अहिले पनि अत्याधिक मात्रामा भण्डारण गर्ने राष्ट्र हो – अमेरिका । यि तीनका बीच अत्यन्त रोचक सम्बन्ध रहेको छ ।

अमेरिकी राज्य न्यू मेक्सिकोको अलामोगोडोमा सन् १९४५ जुलाई १६ को विहान ५.३० बजे एटम बमको पहिलो परिक्षण गरियो । अमेरिकाले एटम वमको पहिलो प्रयोग सन् १९४५ को अगष्ट ६ मा जापानको हिरोशिमा शहरमा ग¥यो । पहिलो एटम वम विष्फोट गराइएको तीन दिनपछि जापानकै अर्को शहर नागाशाकिमा अमेरिकाले नै दोश्रो र अहिलेसम्मको अन्तिम एटम वम विष्फोट गरायो । एटम वम विष्फोटले लाखौं मानिसको ज्यान गयो, भौतिक संरचना ध्वस्त भयो अनि पर्यावरण कैयौं वर्षपछिसम्म असुरक्षित भयो । यसरी एटम वमको प्रयोग भएपछि दोश्रो विश्व युद्धको अन्त्य भयो । तर अमेरिकाले जापानी शहरहरुमाथि गरेको एटम वम आक्रमण युद्ध अन्त्य गर्नुमा मात्र सिमित थिएन । किनभने त्यस समयमा जर्मन र इटाली युद्धबाट हारेका अनि पछि हटिसकेकाथिए । प्रत्यक्ष युद्धमा जापान मात्र थियो तर उ पनि सम्मानजनक रुपमा युद्ध अन्त्य गर्ने तयारीमा थियो । अमेरिकी वम आक्रमण भन्दा अगाडी नै जापानले तत्कालिन सोभयित संघ समक्ष युद्ध अन्त्यको प्रस्ताव राखिसकेको थियो । त्यसकारण जापानलाई हराउन वा युद्ध अन्त्य गर्न मानव संहारकार िएटम बमको प्रयोग जरुरी थिएन ।
मानव संहारमा एटम वमको प्रयोग भएपछि आइन्सटाइन एकदमै दुःखी भएका थिए । खासगरि अमेरिकालाई एटम बम बनाउन पत्र पठाउने र उक्साउने वैज्ञानिकहरुले पनि उक्त वम मानवमाथि प्रयोग होला भन्नेसम्म सोचेकाथिएनन् । जर्मनीले पहिले एटम वम बनाउला भन्ने डरले अमेरिकी कदमलाई समर्थन गर्नेहरु पनि जब जर्मनीले एटम वम बनाउने सामथ्र्य राख्दैन र बनाउने कुनै योजना छैन भन्ने सार्वजनिक भयो, त्यसपछि कतिपयले उक्त कार्यबाट पछि हटे र वम निर्माण कार्य बन्द गर्नु पर्ने माग गरे । तर वम बनि छाड्यो र प्रयोग पनि भइ छाड्यो । यसबाट आइन्सटाइनले ठूलो पछुतो माने । आफूले पठाएको पत्रका लागी आफैलाई धिक्कारे ।
अमेरिका एटम वम बनाउने, परिक्षण गर्ने र प्रयोग गर्ने पहिलो राष्ट्र हो । उसले सबैभन्दा बढी परिक्षण र भण्डारण गरेको छ । उसँग अहिले पनि १२,०७० शक्तिशाली आणविक वम रहेका छन् । यसरी शुरु भएको आणविक वम निर्माण र भण्डारण विश्वमा फैलिएको छ । अमेरिकाले एटम वमले आक्रमण गर्ला भनी उसलाई धम्काउन रुसले एटम वम बनायो । चीन, वेलायत, फ्रान्स पनि यस प्रतिस्पर्धामा सामेल भए । भारतले एटम वम बनाएपछि पाकिस्तानले पनि बनायो – आफ्नो सुरक्षाको लागि भनेर । अमेरिकाले आक्रमण गर्ला भन्ने डरले उत्तर कोरिया, इरान आदि देशहरुले पनि एटम वम बनाएको आशंका गरिएको छ । यसरी शुरु भएको आणविक वमको होडबाजी अन्त्य गर्न अमेरिकाकै महत्पूर्ण हात रहेको छ ।
– बसन्त गिरी
(रसायनशास्त्र केन्द्रिय विभाग, त्रि.वि. मा अनुसन्धानरत)
सान्दर्भिक र उपयोगी लेख अन्लाइन पाठकहरुसमक्ष पनि बाँड्नुभएकोमा धन्यवाद !
ReplyDeleteLiked the article and overall blog. Keep it up!
ReplyDelete