5/28/2011

हिमालयन थारको खोजिमा घान्द्रुक देखि लान्द्रुक सम्म

-सुस्मा 

नेपाल प्राक्रितिक सम्पदाले भरिपुर्ण देश हो भन्नेमा कसैको दुई मत नहोला। छेत्रफलमा सानो भएपनि जैबिक विविधताको हिसाबले धनी राष्ट्र हो। यसले नै पर्यटकलाई आकर्षण गरिरखेको छ। यहाँ धेरै ठाउँहरु छन् जुन explore भएका छन् र पर्यटकिय छेत्रका रुपमा विकसित गरिएका छन्। तर धेरै यस्ता ठाउँ पनि छन् जुन explore भएका छैनन् र अझै पनि wild stage मा छन्। गन्तब्य तर्फ जाँदा बाटोमा पर्ने यी ठाउँ एवम् दृश्य यति सुन्दर छन् की जो कोहि पनि त्यहाँ एकछिन  रमाउन चाहन्छ। यसै प्रसँगमा आज म 'थार' सम्बन्धि  अनुसन्धान को क्रम मा field जाँदाखेरीको अनुभव बाँड्न चहन्छु।

जानु पार्ने थियो ब्याम्बो भन्ने ठाउमा। काम थियो "हिमालयन थार" ले के-के खान्छ र कस्तो कस्तो ठाउँमा बस्छ/घुम्छ भनेर अनुसन्धान गर्नु। त्यसको लागि त्यो बाख्रो जस्तो पनि देखिने जनावरको आची खोजेर ल्याउने र त्यो आची भेटिए को ठाउ ओरिपरीको बनस्पतीको नमुना ल्याउने काम्। यो ठाउ  ACAP (Annapurna Conservation Area Project) अन्तर्गत पर्छ। घान्द्रुक गाबिसमा पर्ने यो ठाउँमा Bamboo को एउटा species (जसलाई नेपालीमा टुसा भनिन्छ) अधिक मात्रामा पाइन्छ।  त्यसैले यो ठाउँलाई Bamboo भनि नामाकरन गरिएको हुनुपर्छ । हामी चार जनाको टोली थियो।  पोखरा बाट Bamboo पुग्ने धेरै बाटो छन्। ती बाटोहरु ACAPका प्रख्यात trekking route मध्ये थिए।