6/26/2019

के हामीले लगाउने मास्कले धुलोका कण रोक्छन त?

A) Commonly used cloth face masks, B) Surgical mask and
C) patter of mask use in Kathmandu in 2016
(Source: https://peerj.com/articles/7142/)
काठमाण्डु लगायत नेपालका केहि सहरहरुमा अत्याधिक वायु प्रदुषण रहेको सर्बबिदितै छ । दैनिक वायु प्रदुषणबाट बच्न सर्बसाधारणले अनुहार मास्क (face mask) लगाउने गरेका छौ । तर के साच्चिकै यस्ता मास्काले धुलोका कणहरु हाम्रो फोक्सोसम्म पुग्न रोक्छन त? कत्तिको प्रभाबकारी होलान त? त्यो जान्नको लागि मास्कमा प्रयोग गरिएका कपडामा हुने प्वाल र तिनको घनत्व थाहा हुन जरुरि छ।

यी कुरा थाहा पाउनको लागि त्रिभुवन बिस्वबिध्यालायाका प्राध्यापक डा. भानु न्यौपानेको नेतृत्वमा उहाको बिद्यार्थी संगीता मैनाली, काठमाण्डु व्यवहारिक बिज्ञान प्रतिष्ठानका बैज्ञानिक डा. बसन्त गिरी र अमिता शर्मा को समुहले अनुसन्धान गरेका थियौ। यो कामको नतिजा प्रतिष्ठित बैज्ञानिक जर्नल पीएर जे (PeerJ) मा आज प्रकाशित भएको छ।

उक्त पेपरको यसै पेपरको मुख्य बुदाहरु निम्न बमोजिम सम्छिप्तमा लेखेको छु । 

कति मान्छेले प्रयोग गर्छन मास्क?
काठमाण्डुको धेरै गाडि गुड्ने प्रमुख स्थान मध्ये एक कलंकीमा सन् २०१६ मा गरिएको गणना अनुसार यो क्षेत्र भएर हिड्ने मान्छे मध्ये ३१% ले मास्क लगाउने रहेछन । प्रयोग गरिएका मास्कहरु मुख्य गरि दुइ किसिमको देखियो । करिब २४% ले सामान्य कपडाको मास्क र करिब ७% ले सर्जिकल मास्क लगाएको देखियो । माथिको चित्रमा बायाँ तिरका मास्क लुगाका हुन् र दायाँ तिरको सर्जिकल कास्क हो । 

कति ठुला प्वाल रहेछन त मास्कमा?
काठमाण्डु धेरै मान्छेले प्रयोग गर्ने लुगाको मास्क्मा हाम्रो अनुसन्धान केन्द्रित थियो । यी लुगाका टुक्रामा माइक्रोस्कोपले हेर्दा ४६१ माइक्रोन सम्म ठुला प्वाल भेटिए । याद रहोस यी मास्कले साना धुलोका कण १० माइक्रोन भन्दा साना कण छेक्ने आशाले हामीले लगाउछौ ।

तर मास्क्ले धुलोका साना कण छेक्ने नछेक्ने कुरा प्वालको साइज मात्रै नभएर तिनको घनत्व र तेहा उपलब्ध फाइबरको नेटवोर्कमा पनि निर्भर गर्दछ । हाम्रो अध्ययनले प्वाल घनत्व ४७ प्रत्यक ४.५ बर्ग मिलिमिटर पाइएको छ ।
मास्कमा देखिएका प्वालहरु। Pores in different face masks.
For details see PeerJ paper https://peerj.com/articles/7142/

यी मास्कले के धुलोका कण रोक्छन त?
यो थाहा पाउनको लागि हामीले पेट्रि डिस्क लाइ मास्क लगाइदियौ र खुल्ला ठाउमा केहि समय राखिदियौ । मास्कको अर्को तर्फा कति धुलोका कण छिरे भनेर नाप्यौ । आफै खसेका धुलोका कण (PM10) ६३% देखि ८४% सम्म मास्कको अर्को तर्फ नगएको देखियो । लुगाको मास्कहरुले भन्दा सर्जिकल मास्कले अझै धेरै (९४% सम्म) धुलोका कण रोकेको देखियो । याद गर्नुस कि हामीले नापेको दस माइक्रोन भन्दा साना कण हुन् ।धेरै साना कण हामीले प्रयोग गरेको माइक्रोस्कोपले नाप्न नसक्ने हुनाले, त्यस्ता कणहरु गणना गरिएको छैन । अनि सास लिदा ताने जस्तो कणहरु तानिएको पनि होइन । त्यसैले के भन्न सकिन्छ भने खास मान्छेले मास्क लगाउदा यस्ता मास्क्ले यहा दिइएका भन्दा कम कणहरु मात्रै रोक्न सक्ने हुन सक्छ ।

मास्क धुदा वा तानेर लगाउदा के हुन्छ त?
कपडाको मास्क लगाउने धेरैले फोहर भए पछि धोएर पुन लगाउने चलन पनि छ । तर यसरि धुदा मास्कका प्वालहरु झन् ठुला भएको देखिएको छ । यसरि धुदा करिब २०% सम्म धुलो छेक्ने क्षमता कम भएको पाइयो । त्यसै गरि तानतुन पारेर वा कानमा फिट गराउन तनकाउदा पनि मास्कका प्वाल ठुलो भएको पाइयो । प्वाल ठुलो हुने भनेको धुलोको कण छेक्ने क्षमता कम हुनु हो । 

त्यसोभए मास्क लगाउने कि नलगाउने त?
कपडाका मास्कहरु धेरै प्रभाबकारी छैनन् । तर पनि लगाउदा केहि हद सम्म हानिकारण धुलोका कानबाट हामीलाई जोगाउछन । कपडाको मास्क भए धेरै नतन्काइ लगाउने र नधोई लगाउने। सकेसम्म सर्जिकल मास्क लगाउने ।