6/26/2019

के हामीले लगाउने मास्कले धुलोका कण रोक्छन त?

A) Commonly used cloth face masks, B) Surgical mask and
C) patter of mask use in Kathmandu in 2016
(Source: https://peerj.com/articles/7142/)
काठमाण्डु लगायत नेपालका केहि सहरहरुमा अत्याधिक वायु प्रदुषण रहेको सर्बबिदितै छ । दैनिक वायु प्रदुषणबाट बच्न सर्बसाधारणले अनुहार मास्क (face mask) लगाउने गरेका छौ । तर के साच्चिकै यस्ता मास्काले धुलोका कणहरु हाम्रो फोक्सोसम्म पुग्न रोक्छन त? कत्तिको प्रभाबकारी होलान त? त्यो जान्नको लागि मास्कमा प्रयोग गरिएका कपडामा हुने प्वाल र तिनको घनत्व थाहा हुन जरुरि छ।

यी कुरा थाहा पाउनको लागि त्रिभुवन बिस्वबिध्यालायाका प्राध्यापक डा. भानु न्यौपानेको नेतृत्वमा उहाको बिद्यार्थी संगीता मैनाली, काठमाण्डु व्यवहारिक बिज्ञान प्रतिष्ठानका बैज्ञानिक डा. बसन्त गिरी र अमिता शर्मा को समुहले अनुसन्धान गरेका थियौ। यो कामको नतिजा प्रतिष्ठित बैज्ञानिक जर्नल पीएर जे (PeerJ) मा आज प्रकाशित भएको छ

उक्त पेपरको यसै पेपरको मुख्य बुदाहरु निम्न बमोजिम सम्छिप्तमा लेखेको छु । 

कति मान्छेले प्रयोग गर्छन मास्क?
काठमाण्डुको धेरै गाडि गुड्ने प्रमुख स्थान मध्ये एक कलंकीमा सन् २०१६ मा गरिएको गणना अनुसार यो क्षेत्र भएर हिड्ने मान्छे मध्ये ३१% ले मास्क लगाउने रहेछन । प्रयोग गरिएका मास्कहरु मुख्य गरि दुइ किसिमको देखियो । करिब २४% ले सामान्य कपडाको मास्क र करिब ७% ले सर्जिकल मास्क लगाएको देखियो । माथिको चित्रमा बायाँ तिरका मास्क लुगाका हुन् र दायाँ तिरको सर्जिकल कास्क हो । 

कति ठुला प्वाल रहेछन त मास्कमा?
काठमाण्डु धेरै मान्छेले प्रयोग गर्ने लुगाको मास्क्मा हाम्रो अनुसन्धान केन्द्रित थियो । यी लुगाका टुक्रामा माइक्रोस्कोपले हेर्दा ४६१ माइक्रोन सम्म ठुला प्वाल भेटिए । याद रहोस यी मास्कले साना धुलोका कण १० माइक्रोन भन्दा साना कण छेक्ने आशाले हामीले लगाउछौ ।

तर मास्क्ले धुलोका साना कण छेक्ने नछेक्ने कुरा प्वालको साइज मात्रै नभएर तिनको घनत्व र तेहा उपलब्ध फाइबरको नेटवोर्कमा पनि निर्भर गर्दछ । हाम्रो अध्ययनले प्वाल घनत्व ४७ प्रत्यक ४.५ बर्ग मिलिमिटर पाइएको छ ।
मास्कमा देखिएका प्वालहरु। Pores in different face masks.
For details see PeerJ paper https://peerj.com/articles/7142/

यी मास्कले के धुलोका कण रोक्छन त?
यो थाहा पाउनको लागि हामीले पेट्रि डिस्क लाइ मास्क लगाइदियौ र खुल्ला ठाउमा केहि समय राखिदियौ । मास्कको अर्को तर्फा कति धुलोका कण छिरे भनेर नाप्यौ । आफै खसेका धुलोका कण (PM10) ६३% देखि ८४% सम्म मास्कको अर्को तर्फ नगएको देखियो । लुगाको मास्कहरुले भन्दा सर्जिकल मास्कले अझै धेरै (९४% सम्म) धुलोका कण रोकेको देखियो । याद गर्नुस कि हामीले नापेको दस माइक्रोन भन्दा साना कण हुन् ।धेरै साना कण हामीले प्रयोग गरेको माइक्रोस्कोपले नाप्न नसक्ने हुनाले, त्यस्ता कणहरु गणना गरिएको छैन । अनि सास लिदा ताने जस्तो कणहरु तानिएको पनि होइन । त्यसैले के भन्न सकिन्छ भने खास मान्छेले मास्क लगाउदा यस्ता मास्क्ले यहा दिइएका भन्दा कम कणहरु मात्रै रोक्न सक्ने हुन सक्छ ।

मास्क धुदा वा तानेर लगाउदा के हुन्छ त?
कपडाको मास्क लगाउने धेरैले फोहर भए पछि धोएर पुन लगाउने चलन पनि छ । तर यसरि धुदा मास्कका प्वालहरु झन् ठुला भएको देखिएको छ । यसरि धुदा करिब २०% सम्म धुलो छेक्ने क्षमता कम भएको पाइयो । त्यसै गरि तानतुन पारेर वा कानमा फिट गराउन तनकाउदा पनि मास्कका प्वाल ठुलो भएको पाइयो । प्वाल ठुलो हुने भनेको धुलोको कण छेक्ने क्षमता कम हुनु हो । 

त्यसोभए मास्क लगाउने कि नलगाउने त?
कपडाका मास्कहरु धेरै प्रभाबकारी छैनन् । तर पनि लगाउदा केहि हद सम्म हानिकारण धुलोका कानबाट हामीलाई जोगाउछन । कपडाको मास्क भए धेरै नतन्काइ लगाउने र नधोई लगाउने। सकेसम्म सर्जिकल मास्क लगाउने । 

No comments:

Post a Comment

Please type your comment in the box below.