11/19/2015

बिज्ञान प्रबिधीको बिकासको लागी गर्ने पर्ने चार काम: निसुल्क सुझाबहरु

नयाँ संबिधानपछि नयाँ सरकार बनिसकेको छ । अब आर्थिक उन्नति हुनुपर्छ भन्नेमा सबैको एक मत छ । त्यो संगसंगै आत्मनिर्भर हुनुपर्छ भन्ने गतिलो पाठ भारतले नाकाबन्दी लगाएपछि हामीले सिकेका छौ । यी दुवै उदेश्य पुरा गर्नको लागी अब बिज्ञान, प्रबिधी र इन्नोभेसन क्षेत्रमा फडको नमारी सम्भब छैन । किनभने बिज्ञान-प्रबिधी र बिकास नजिकैबाट जोडिएका छन । इतिहासले पुस्टी गरेको सत्य के हो भने यसकै कारणले मानव समाज अझ स्वस्थ, धनी, प्रोडक्टिभ भएको छ । गरिबी निवारण र आर्थिक बिकाश, खाध्य सुरक्ष्या, स्वास्थ र उपचारमा सुधार, उर्जा सुरक्षा, सुद्ध पिउने पानीको व्यवस्था, जैबिक विभिधता र वातावरण जोगाउनको लागी प्रभाबकारी संरचनाको बिकास, प्रबिधीको प्रयोग, र सहि नीतिको आवस्यकता छ । बैज्ञानिक खोज, प्राबिधिक ज्ञान र इन्नोभेसनबाट उपयोगी उत्पादन, सेवा र रोजगार ब्रिधी गर्नको लागी बिस्वबिध्यालय र उद्योगको बिचमा साझेदारी कार्यक्रम हुनुपर्छ । इन्नोभेसन हब बनाउनु पर्छ । बिज्ञान प्रबिधीको क्षेत्रबाट फाइदा लिनको लागी मानव संसाधनको तालिम र बिकास, सार्बजनिक नीति बलियो, नलेज संस्थाको बिकास, तत्सम्बन्धी संरचनाको बिकास उत्तिकै आवस्यकता छ । 

खासमा यो क्षेत्रको मन्त्रालय सम्हाल्न कसैले पनि जागर देखाउदैन । परिबन्दले अहिले बिशवेन्द्र पासवानलाइ आइलागेको छ बिज्ञान प्रबिधी र वातावरण मन्त्रालय । उनको पहिलेको कामको बारेमा खासै थाहा छैन । तर उनमा केहि गर्ने क्षमता र इक्षा छ भने कुनै अरु 'गतिलो' मन्त्रालयभन्दा यसमा काम देखाउने मौका छ । मन्त्रीलाइ सल्लाह दिने वालाहरुको त केहि कमि छैन होला । तर लामो समय अमेरिका बसेर र अन्य केहि मुलुकको अध्यन पछि मैले देखेको सुझाब दिन मन लाग्यो । यो क्षेत्रमा गर्नुपर्ने र सक्ने धेरै काम छन । तर सुरु गर्नलाइ चारवटा मात्र भन्दै छु । यी काम गर्नको लागी अन्य मन्त्रालय र प्रधानमन्त्रीको पनि भूमिका महत्वपुर्ण हुन सक्छ । ल यी निसुल्क सुझाबहरु मन्त्रीकोमा पुर्याइदिने कि?

१. बिज्ञान प्रबिधी क्षेत्रमा लगानी बढाउ: नेपालाले अहिलेसम्म GDP को करिब ०.३% मात्रै अनुसन्धान र बिकासमा खर्च गर्दै आएको छ । जबकि भारतले करिब ०. ९ %, चीनले २ %, जापानले ३. ७ %, दक्षिण कोरिया ले ४.४ % लगानी गर्दै आएका छन । यो क्षेत्रमा गरेको लगानीको प्रतिफल आउन त लामो समय लाग्छ । तर अहिले पनि लगानी बढाउन सुरु नगर्ने हो भने हामी कहिले पनि माथी उक्लिदैनौ । किनभने यो क्षेत्रको लगानीले आर्थिक बिकास र सामाजिक उन्नती गर्छ भन्ने त माथिको अरु देशको तथ्याकले प्रमाणित गरेको छ । अबको पाच बर्ष भित्र यो लगानी कम्तिमा १ % र दश भित्र २ % पुर्याउने गरि लगानी बृधि गर्नु उपयुक्त देखिन्छ । 

२. नया अनुसन्धान केन्द्रहरुको स्थापना: बैज्ञानिक आबिस्कार र इन्नोभेसन, आवस्यक जनशक्ति उत्पादन को लागी अनुसन्धान केन्द्रहरुको महत्वपुर्ण भूमिका रहनछ । हुनत नास्ट, नार्क र त्रिभुबन बिस्वबिध्याल अन्तर्गत रिकास्ट जस्ता अनुसन्धान केन्द्र छन । तर तिनिहारू आफै कता कता हराइरहेका छन । यी केन्द्रहरुको स्तर ब्रिधी गर्नु अनिबार्य छ ।  त्यो संगसंगै अब नयाँ अनुसन्धान केन्द्रहरुको स्थापना गर्नु पर्दछ । केहि यस्ता केन्द्रहरु खोल्ने निर्णय भैसकेको छ क्यारे तर अझै कार्वान्यन भएका छैनन । देश नया संरचनामा गइ सके पछि यी केन्द्रहरु पनि बिकेन्द्रित हुन जरुरि छ । 

कम्तिमा एक अनुसन्धान केन्द्र प्रत्यक राज्यमा । यी केन्द्रहरु स्वात्य हुनुपर्दछ । कुनै बिस्वबिध्यालय अन्तर्गत पनि हुन सक्छन तर स्वात्य । कुन कुन बैज्ञानिक क्षेत्रलाई केन्द्रित गरेका केन्द्र स्थापना गर्ने भन्नेमा छलफल गरेर देशको आवस्यकता अनुसार तय गर्न सकिन्छ । विज्ञको सुझाब लिएर । 

३. सय प्रतिभा कार्यक्रमको घोषणा: प्रतिभा पलायन नेपालको गम्भिर समस्या हो । अहिले नेपालीहरु विश्वभरिनै छरिएर एक से एक उच्च कोटिका काम गरिरहेका छन । यी मध्ये केहि पक्कै पनि नेपालमै बसेर काम गर्न चाहन्छन । यो मध्यकालाइ नेपालमा बसेर काम गर्न आकर्षित गर्नको लागी "सय प्रतिभा" कार्यक्रमको घोषणा गर्नुस मन्त्रि ज्यु । यो कुनै नयाँ कार्यक्रम भने होइन । चीनले एक हजार प्रतिभा कार्यक्रम घोषणा गरि बिस्वबाटै एक से एक हजारौ बैज्ञानिक प्रतिभालाई आकर्शित गरिरहेको छ । यस्तै किसिमको कार्यक्रम भारतले पनि संचालन गरेको छ । यसरि आउने world class बैज्ञानिक प्रतिभालाई निस्चित समयको लागी निचिता रकम (उदाहरणको लागी: पाच बर्षको लागी एक करोड अनुसन्धानको लागी दिने र मासिक तलब एक लाख दिने) । यी प्रतिभाहरुले चाहेको संस्थामा (बिस्वबिध्यालय वा अनुसन्धान केन्द्रहरु) नियुक्त गर्ने । उक्त संस्थाले काम गर्ने ठाउ दिने । बिस्वब्यापी रुपमा अन्तरास्ट्रिय प्रतिस्प्रधाबाट छान्ने । प्रत्यक बर्षमा २० जना यस्ता प्रतिभा रिक्रुट गर्ने । यसो गर्दा पाच वर्षमा सय जना हुन्छन । त्यसपछि यो कार्यक्रमको समिक्ष्या गरेर थप गर्न सकिन्छ । 

४. अनुसन्धानकोष आयोगको स्थापना (Science funding agency): अनुसन्धानको लागी रकमको आवास्यकता पर्दछ । उक्त प्रयोजनको लागी राज्यले नै लगानी गर्नु पर्दछ । अमेरिकामा National Science Foundation (NSF), National Institute of Health (NIH), Department of Energy (DOE) जस्ता संस्थाबाट अनुसन्धानको लागी लगानी गर्ने गर्दछ । यस्तै किसिमको संरचना चीनले पनि बनाएको छ । अब यस्तै किसिमको संस्था नेपालले पनि बनाउनु ढिलो भैसकेको छ। यो संस्थाले बिस्वबिध्यालय, अनुसन्धान केन्द्रहरु र निजि क्षेत्रहरुका अनुसंधानाकर्मिहरुलाई उनीहरुको अनुसन्धान प्रस्तावको आधारमा फ़ण्डिनग दिनु पर्दछ । बर्षको कम्तिमा पचास करोड दिने गरि तुरुन्तै यस्तो आयोगको निर्माण गरौ । हुनत सानो मात्रामा बिस्वबिध्यालय अनुदान आयोगले अहिले अनुसन्धान रकम दिने गरेको छ तर त्यसको स्कोप बिस्वबिध्यालामै सिमित छ र अत्यन्तै सिमित रकम छ जसले उत्क्रिस्ट नतिजा दिने खालको अनुसन्धान सम्भब छैन । 

यसै प्रसंगमा एक कार्यक्रमको घोषणा गर्दा उपर्युक्त हुन्छ । हाम्रो देशका जल्दो बल्दो समस्या के हो? उर्जामा के समस्या छ? स्वास्थमा के छ? कृषिमा के छ? यस्तै समस्या समाधान गर्नको लागि Grand Challenge Program को घोषणा गरौ । जसले गर्दा हाम्रा समस्या पत्ता लगाउन, समाधानको लागी इन्नोभेसन गर्न र नया खोज अनुसन्धानको लागी प्रेरणा जगाउन मद्दत गर्छ । दशवटा यस्ता चुनौतीहरुको लागी आवहान गरौ र समाधानको लागी लगानी गरौ ।