Showing posts with label crater. Show all posts
Showing posts with label crater. Show all posts

10/16/2009

अमेरिकाको सबैभन्दा गहिरो लेकको यात्रा र मेरो ढाका टोपी

"सुत्ने घर ठडाइयो, खानेकुराको जोहो गरियो। हरियो मकै उसुनेर र पोलेर, आलु र जुकुनि अनि टमाटर उसुनेर, नुन पनि हालेको थियो है। उसुनेको कुखुराको फुल पनि। अधेंरी रात, जुन हेर्दै, तरा गन्दै, आगो ताप्दै, गफ गर्दै। आधा रात ढल्केपछि सुत्ने झोला भित्र पसियो।"

 क्रेटर लेक मेरिकाको सबै भन्दा गहिरो लेक। आउनुस आज तपाईहरुलाइ यसको भ्रमण गराउछु। यो लेकका केहि आफ्नै बिषेशता छन। त्यहा पुग्दा के अचम्म लाग्छ भने यसको पानी अतिनै निलो छ। अनि नै सफा। यति सफाकी माछा पनि बाच्न नसक्ने। माछाले खाने केहि पनि छैन रे। यसपाली मैले माछा मार्ने प्रयास गरिन तर बर्ष पहिले गर्दा रित्तै हात फर्किनु परेको थियो। [पहिलो पटकको क्रेटर लेक यात्राबारे पढ्न यहा थिच्नुस।] 

 क्रेटर लेकमा माछा मार्दै (2007)