Showing posts with label rabbit. Show all posts
Showing posts with label rabbit. Show all posts

6/18/2012

बाठो खरायो।

हिउ पग्लेर समर सुरु भए पछी जता ततै हरियो घास पलाएको छ। जसले सबै जसो प्राणीलाइ खुशी बना' हुनु पर्छ। त्यस मध्ये पनि सबैभन्दा बढी खरायो खुशी भा'को हो कि झैँ लाग्छ। साना बच्चा हेर्दा हेर्दै ठुला भैसके। बेलुका तिर बाहिर निस्किदा तिनीहरु आफ्नो सुरमा घास खान ब्यस्त हुन्छन। यता उता उफ्री रा हुन्छन। एकदम चटारो छ। समरको सुरुमै बच्चा जन्माइसके। यी जन्मेका बच्चा अब ठुला हदै छन्। र हिउद सुरु हुने बेला सम्म आफै जिबन बिताउन सक्षम हुनु पर्नेछ यिनलाई । हिउद भरि यी जन्तु देख्न गाह्रो हुन्छ। दुलो भित्र पस्छन। त्यो समय मा यिनीहरुको फिजिओलोजी कसरि चल्छ त्यो त मलाइ थाहा भएन। तर कुनै कुनै खरायोले हिउदको लागि खाने कुरा जम्मा गर्ने रैचन। तलको भिडियो हेर्नुस। यो खरायो हाम्रो झ्यालबाट ठ्याक्क बाहिर हेर्दा देखिन्छ। 

रुखको फेद मुनि यसको घर जस्तो छ। अनि छेउकै घास काट्दै मुखमा बुजो पार्दै दुलोमा लगेर राख्दै फर्केर आउदै फेरी तेही काम गरेको गरेई छ। कि त हिउदको लागि जम्मा गरेको होला कि त वर्खर जन्मेको बच्चालाई खुवाउन होला।