Showing posts with label paragliding. Show all posts
Showing posts with label paragliding. Show all posts

1/05/2013

Paragliding in Pokhara, Nepal: A Photo Story

Recently I visited Pokhara and enjoyed Paragliding from Sarangkot. This blog post is a photo story of that event. Click on the photo(s) to view larger version. My experience on paragliding appeared on previous post (in Nepali).

Started from Paranova Paragliding's office in Lake Side, Pokhara



I want to fly like that



Now my Pilot (he is from Bulgaria) puts flying gears on me 




We are ready to fly but waiting for favorable wind  condition to take off
There are some gliders already on the sky. It looks colorful sky but the visibility is not great.
My Bulgarian pilot gave a short briefing on how to take off and we took off.
Finally on the sky without any engine. Top of this mountain
is the place where Paragliding takes off.
This is me.
Enjoying with others. You can see beautiful white peaks.
Not alone
Towards landing site: Fewa Lake
30 min Paragliding is done. After Landing.
View of sunset as seen from my residence in Pokhara
Photos: Bulgarian pilot, Sagar and myself (last one)

12/24/2012

पोखरामा प्याराग्लाइडिङ्ग

इन्जिन बिनाको झोलुन्गो मा बसेर उडिराको म (अगाडी) र मलाई उडाउने बुल्गेरियाको पाइलट।  
आकाशमा चरा जस्तै निस्फिक्री उड्नु सायद् धेरैको धोको हुन्छ। मेरो त्यो धोको हिजो पुरा गरे। पहिले (सानो हुदा) खुब उड्थे सपनामा। धेरै माथी त हैन, ठीक्क ठिक्क। हाम्रो तिरका (दाङ) चुरे पहाड जति माथि, ताकी तलका जिनिस नी देख्न पाइयोस। अरुलाई फुर्ती नी लाउन पाइयोस्- अरुले आफू उडेको देखुन टाइपको। कहीले बाघ जस्ता जनावरबाट बच्न त कहीले चोर्-डांका जस्ता मान्छेबाट। के भन्ने चलन छ भने, बड्ने उमेरको मान्छे सपनामा उड्छन वा कुनै चिज राम्रो हुँदै छ, सफलता मिल्दै छ। आजभोलि कहीले काहि मात्रै सपनामा उड्छु। बर्षको एक वा दुई पटक मात्रै। मेरो बढ्ने उमेर त गैसकेको हो, तर सफलता/प्रगती नी ठप्पै हुन थालेको हो त? त्यो त तिनैले जानुन जस्ले सपनामा उडेको अर्थ लाउछन्। 


इन्जिनवाला ठुला प्लेनमा त धेरै पटक उडे। तर इन्जिन नभाको जिनिसमा उडेको पहिलो पटक्।

पोखराको सराङ्कोटबाट हुने प्याराग्लाइडिङको बारेमा पत्रिका तीर पढेर र फेसबुक तीर अरुको फोटो हेरेर मलाइ नी उड्ने रहर थ्यो। यो भन्दा पछिल्लो पटक तिन वर्ष पहिले चाइनिज गुम्बा घुम्ने क्रम मा लस्करै उडेका दर्जनौ गलाइडर देखेर त्यसरी नै उड्ने चाहना अझ बढेको थियो। तर त्यस पटक समयको अभाबले पुरा नभएको मेरो रहर यस्पालीको पोखरा बसाइमा पूरा भयो।


उड्ने तरखर। त्यो माथिको हाम्रो पखेटा। मसिना डोरीले त्यो पखेटा लाइ पाइलटले कन्ट्रोल गर्छन। 
अस्ति बुज्न गैयो लेक साइड तिर। दुई वटा कम्पनीको अफिस छिरियो। हाम्रो उदेस्य थियो अली सस्तोमा कहाँ कसरी प्याराग्लाइडिङ गर्न सकिन्छ भनेर बुज्ने। दुइटै कम्पनीको एउटै रेट रैछ। नेपालि लाई लग्भग बिदेशिको भन्दा आधा पैसो। त्यसले केही राहत मिल्यो भनम न। ५६ सय नेपालीमा एक जनालाई आधा घन्टा उढाउने। त्यसमा भ्याट र अन्य सरकारी दस्तुर पनि हिसाब गरेको तर फोटो/भिडियो खिचेको छुट्टै लाग्ने रैछ। त्यो चाइ नेपालि १७ सय। यो अली बढी नै लाग्यो। हुनत आफै खिचेनी हुने हो, तर त्यसको लागि रेगुलर क्यमेरा मात्रै भएर नहुने, अली लामो डन्ठिमा जोडेको भयो भने मात्रै अली पर बाट खिच्न मिल्छ जस्ले गर्दा पुरै भ्यू (प्यासेन्जरको र ग्लाइडर्को) आउछ। हाते क्यामेराले खिच्यो भने आफ्नो त टाउको मात्रै त आउने हो नि। जे होस् हाम्ले हिजो लाई उड्ने निर्णय गरिम्। एक्जना साथिको दाइको को को ----पाइलट रैछन अमित दाइ भन्ने। तीनलाई भनेर एक्जनाको जम्मा जम्मी नेपाली ६६००।- मा मिलाइयो फोटो/भिडियो सहित। मेरो विचारमा यस्तो गोरु बेचेको साईनो लाउने सबैलाई लिने रेट होला यो। 


माथि पुगेर मजा लिदै। पछाडी सेता हिमाल देखिन्छन। 






















हिजको भन्दा आज मौसम् अली खुलेको छ। आजभोलि पोखरामा नी अली अली हुस्सु लाग्ने रैछ। तर तराई तीरको जस्तो हैन नि। घाम लाग्छ तर पुरै द्रिस्य सफा नदेखिने। हिजो न उडेर अली सफा मौसम् कुर्ने हो की भन्ने सोचेको हो। तर त्यस्तो स्थिति आउन अली गार्है हुन्छ भन्ने बुझे पछि कुर्ने कुरो भएन। नत्र दशैं ताका निकै राम्रो मौसम् हुन्छ अनि उडेर हेर्दाको द्रिस्य निकै मनमोहक हुन्छ। जता ततै सफा देखिन्छ।  

एउटा सानो फारम भरेसी कम्पनिकै गाडिले सराङ्कोट सम्म पुर्यायो। एकछिन उड्ने ठाउमा पुगेपछि हावाको स्थिति बुझेर उड्ने तरखर भयो। मेरो भागमा बुल्गेरियाको Evgeni नामको पाइलट पर्यो। छोटो निर्देशन दियो उड्ने बेलामा के गर्ने के नगर्ने भनेर। उसले जे भन्छ हुन्छ हुन्छ भन्दै गए। एकै छिनमा ग्लाइडर उड्यो। सानो हुदा खेरि गिद्द उडेको खुब हेर्थिम हाम्ले। त्यसले उड्ने बेलामा एकछिन हिद्छ छिटो छिटो अनि जमिन छोड्छ। हाम्ले नि त्यसै गरिम। भिरालो परेको जमिन मा 8-10 पाइलो अगाडी बडेसी ग्लाइडरले भुइँ छोड्यो। त्यसैमा खुब मजा आयो। एकछिन पछि अलि माथि पुग्यो। त्यसपछि सबै आफु भन्दा तल। उत्तर तिर सेता हिमाल। मनास्लु, माछापुछ्रे, अन्नपूर्ण भनेर मेरो पाइलटले ब्याख्या गर्दै थ्यो। दखिन तिर फेवा ताल, त्यसमाथिको डडामा विश्व शान्ति गुम्बा। पोखराको मुख्य बजार भने तेती राम्रो संग देख्खेन। हामि जस्तै उड्ने अरु 15-20 वटा ग्लाइडर थिय होलान आकाश मा। रंगी चंगी। खुसीले निस्केका आवाजहरु।


अरु उडन्तेहरु देखिन्छन। 
आफु भन्दा अरुको ग्लाइडर स्पिडमा उडेको जस्तो देखिने रैछ। मैले पाइलटलाइ सोदेको सबैको स्पिड उस्तै हो भन्थ्यो। ~45km/hr. केहि बेर सम्म मजाले धेरै पटक फन्को मरे पछि ग्लाइडर ल्याण्ड गर्ने ठाउँ फेवा ताल तिर लाग्यो। झोला जस्तो झोलुन्गो मा बसेर हात खुट्टा फैलाएर हावामा तैरिरनुको मजा कसरि ब्याख्या गर्ने। 30 मिन को समय नि टन्नै हुने रैछ। पछि फेवा तालको छेवैमा लाण्डिङ्ग गर्दा बिस्तारै घुम्दै घुम्दै उचाइ कम गर्दै नजिकै आउदा भने मलाइ अलि pressure diff अनुभव भयो। जब जमिनको जनिकै पुगियो तब ग्लाइडरको गति बढि जस्तो लाग्ने रैछ। जमिन टेक्ने बेलामा अलि सतर्क हुनु पर्ने रैछ। खुट्टाले टेक्ने कि बस्ने पाइलट्ले निर्देशन गर्छन। त्यहा बाट कम्पनिको कार्यालय सम्म उनीहरुकै गाडिले ल्याइदियो। 

फर्के पछि धेरैको प्रश्न थियो- कस्तो अनुभव भयो? मेरो उत्तर थियो खुब मजा आयो। कम्तिमा एकपटक सबैले गर्नु पर्ने। अर्को प्रश्न थ्यो- डर लागेन? मैले भने "लाग्दै लागेन"। यसपालिको जाडो बिदाको घुम घाम अबिस्मरणिय भयो।





माछापुछ्रे, अन्नपुर्ण पछाडी तिर 


फेवा ताल तिर। तल देखिएको माछा पालन हो कि?