बुद्दएयरको २:१० बजेको उडानबाट पोखरा जानको लागी काठमान्डू अन्तराष्ट्रिय एयर्पोर्टको #KTM आन्तरिक टर्मिनलमा जहाजसम्म पुर्याउने बसमा चढेको थिए । बस दुइ पाइला हिडिसकेपछि एकजना पहेलो ज्याकेट लगाएको र संचार सेट बोकेको व्यक्तिले बस रोक्ने इसारा गर्यो । यसो पछाडी हेरेको, केहि यात्रु छुटेका रैछन, तिनैलाई बसमा चढाउन पर्ने रहेछ । कोहि ठुलै मान्छे (नेतै) पो छुटेछन कि जस्तो लाग्या थ्यो । छुटेका मध्ये एकजना सर्ट पाइण्ट र टाइ सहित खैरो कोट काधमा हाल्नेले थर्काउदै गरेको जस्तो देखिन्थ्यो । बोलेको त सुन्नेन तर हाम्लाई किन छोडेको, पख तलाई देखाइदिञ्छु भनेको हो कि जस्तो आभाष भयो मलाइ । करिब पचासको हाराहारीमा रहेका ति महानुभाबले फुर्तिफार्ती बसमा पनि देखाउदै थिए । उनिसंगै अलि जवान अर्का व्यक्ति पनि थिए ।
प्लेन चढियो र उढ्यो पनि । केहि बेर आफ्नै तालमा थिए, ति महानुभावलाई बिर्सेको थिए । प्लेनले डाडो काट्यो अनि बादल भित्र छिर्यो । पहिलो पटक डोमेस्टिक र सानो प्लेन चढ्दै थिए, अलि उत्सुकता र अलिकति डर पनि थ्यो । यात्रुहरु गफ सफमा ब्यस्त थिए । ठ्याक्कै मेरो पछाडीको सिटमापनि एकजनाले अर्कोलाइ खुब गफ दीराथ्यो । उसको (कोटवाला) गफ यस्ता थिए कि मेरो कान तेती तेस्री हाले।