6/23/2011

Colorado Spring Visit from Laramie, WY

Two weeks ago we visited Colorado Spring area of Colorado with some friends. We live in Laramie, a small school town on south east of WY. CS was one of the near by tourist places in a driving distance. It is ~4 hrs drive, some other touristic destinations are Yellostone national park and Grand Canyon. The later ones are far, require more time and money. We plan to see Yellostone in late July this year.

Shashi sir family at Colorado Welcome Center
Our journey started early morning (~7.30am) on Saturday, stopped by at Colorado Welcome center in Fort Colin. This is the place where I stop by every-time while travelling to Colorado. They provide free coffee, have restroom, map, and other stuffs related to Colorado. This time, Basanta bhauju had brought MO:MO, maalpuwa with tasty and spicy chatni. That was our breakfast. Brad, post-doc researcher in my lab liked the Nepali dumpling and chatni. Second stop was in Denver to pick up Sasi and Ravi. Then, 3rd stop was at the US Air Force Academy( AFA) which is like 30min drive from Denver.

Chapel at USAF Academy. Inside is really beautiful
AFA is a historic place for people interested in army. Most of the people there, I believe, were somehow related to army. We stopped at Information Center and had our lunch there at SubWay. Then we walked down to see Chapel. Everyone in our group liked the architecture of the chapel. It was beautiful inside and good looking, attractive from outside. One more attraction there was the old plane where you can take pictures. This was not exciting to me because I have been to the Boeing museum in Seattle where they have all kinds of planes including Air Force 1 (US president plane). If you are not interested in above things then, its worthless going this place. However location itself is nice, on the lap of mountain with forest.


Planning to visit this area? Interested in my travel diary? More story with lots of pictures inside.

6/21/2011

स्कुल देखि क्याम्पस सम्म: SLC पछि को कथा

यो बर्ष पनि एस.एल.सी को रिजल्ट निस्क्यो। आधा जति फेल भएछन। पास भए जति अब स्थानिय देखि राजधानीका  +२ मा भर्नाको लागि दौड धुप चल्छ। कलेजका हाकिमहरु आफ्ना आउरे धुपौरे लगाएर विद्यार्थी खोज्न लागिपर्या होलान्। मेरा साथिहरु मिलेर यो साल देखि नयाँ +२ कलेज खोल्या छन्, अनी तीनिहारू पोखरा देखि नारायणघाट सम्म के पड्ने भनेर सेमिनार दिदै हिड्याछन्। आज भन्दा करिब १५ बर्ष अघिको कुरो अर्कै छ।

हुनत एस.एल.सी दिदा बित्तिकै नै हो काठ्मान्डु गएर अङ्रेजी र कम्पुटर सिक्ने भनेर बुवाले भन्नु भाको, म मख्ख पर्या'थे काठ्मन्डु जान पाइने भयो भनेर। त्यति बेला फेसन आ'थ्यो एस.एल.सी जाच दे'पछि कम्पुटर र अङ्रेजी भाषा सिक्ने। तर खै किन हो त्यो पूरा हुन पाएन। एस.एल.सी दिए पछि रिजल्ट ननिस्किदा सम्म घरमा गोबर ग्यास पलान्ट बनाइयो, बाटो पारीको ३ कठ्ठा नयाँ किनेको खेतमा बेमौसमी मकै लगाइयो, धेरै जसो समय त्यहि मकै खेती मै बित्यो।  त्यति बेला बना'को गोबर ग्यासले अहिले सम्म पनि काम गरि रा'छ। रिजल्ट निस्के पछि भने काठ्मान्डु जाने पक्का जस्तै भयो, त्यो पनि नम्बर को कारणले। पहिलो डिभिजन आयो भने साईन्स पड्नु पर्छ भन्थे। त्यो पढ्न लाई अन्त जान भन्दा काठ्मन्डु नै ठीक पर्थ्यो धेरै कारणले। असार तिरै होला बुवाको पछि लागेर नाइट् बस चढेर काठ्मान्डु हिंडेको थिए।  

6/11/2011

वायु उर्जा खेती: प्रचन्डले ठिकै भन्या रचन

लहरै मिलेर बसेका वायु उर्जा टर्बाइन हरु   
केही दिन अगाडि वायु उर्जा उत्पादन गर्नको लागि बनाका वायु मिल हेर्न गैयो। ती पंखा घुम्दै बिजुली निकाल्ने खम्बा देख्दा केही बर्ष अगाडि प्रचन्ड (नेपालको तत्कालिन प्रधानमन्त्री) भनेको कुरो याद् आयो। भर्खर प्रधानमन्त्री भा'का उनको अगाडि समस्यै समस्याका पहाड थिए, हुनत अहिले पनि ती जिउ का तिउ छन्। राजनितिक समस्याको भो कुरा नगरम। धेरै समस्या मध्य बिजुलीको एक प्रमुख हो। अहिले पनि एकै दिनमा घन्टौ घन्टा बिजुली आउदैन। के गर्ने के भनेर अल्मलिएको सरकारले तत्कालको लागि डिजेल बाट बिजुली निकाल्ने कारखान थप्ने र नबिकरणिय उर्जाको लागि कस्सिने भयो। नबिकरणिय मध्य पर्‍यो एक वायु उर्जा। वायु उर्जाको सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री नै युरोपको भमण्मा निस्कियो। त्यसको लागि प्रधानमन्त्रिनै जान पर्थेन। तर उनी गए। फर्केर आउँदा हिस्स पारेर बिमान्स्थल्मा भने यो वायु उर्जा त हाम्रो लागि हैन रैछ। उनले भनेको कुरो सहि हो भन्ने मेरो पनि हो, अस्तिको वायु मिल हेरेर फर्के पछि।

टर्बाइन को टुप्पो 
अम्रिकाको वायोमिङ राज्यले अरु राज्यले भन्दा बढी वायु उर्जा निकाल्ने क्षमता राख्ने रैछ। सबै भन्दा पैलो वाउ उर्जा बनाको ठाउ आर्लिङ्टोन हामि बस्ने ठाउँ भन्दा करिब १ घन्टाको मोटर दुरिमा पर्छ। पहिले पनि यता उता गर्दा त्यो बाटो हिंडेको हो तर नजिकै बाट भने यस्पाली मात्रै हेरिम्। टाढा बात हेर्दा त क्या राम्रो देखिने, यी हावा बाट बिजुली निकाल्ने टर्बाइनहरु। लहरै प्राय जसो पहाडको टुप्पामा। सेतै खम्बाको माथी तिन्वटा ब्लेड (टेक्निकली त के भन्छन् कुन्नि?)। धेरै जसो हाई वे मा गाडिमा दगुर्दा सेतै लहरै मिलेका अली अली घुमेक देखिन्छन। त्यो त अली टाढा भ'र पो रैछ। नजिकै बाट हेर्दा पो था'भो कति ठुला हुँदा रैछन भनेर। ती खम्बाको फेदबाट टुप्पो हेर्न खोजेको, फोटो खिच्न खोजेको त के सकिन्थ्यो र? पुरै भुइमै सुतेर तेसो गर्दा पनि सकिएन। फेद बाट अली पर पुगे पछि मात्रै फोटो सम्म खिच्न सकियो, त्यो पनि फेद देखि टुप्पो सम्म नभ्याउने। भन्न खोजेको धेरै अग्ला टावर हुने रैछन्। अर्को कुरो नयाँ जिनिस न हो, हेरी र'नी मन लाग्नी के। अनि फेद नजिक बाट  टुप्पो तिर हेरेको, हावा चलेको बेलामा। एकै छिन् भन्दा बढी हेर्न सकेपो! यस्तरी हल्लिदो रैछ त्यो खम्बा (टर्बाइन्, खासगरी टुप्पो भाग्), रिंगटा नै लाग्ने गरि। अहिले नै खस्छ कि, खसेर मेरै टाउकोमा बज्रिन्छ की झै गरेर। केही बेर यता उता गरेर, फोटो खिचेर फर्किम हामि।