Welcome/स्वागतम्

Being a graduate student of Science (Chemistry), it is difficult to get time for this blog. However, I am trying to have at least one blog post per week. This blog was started from fall 2007. I hope this blog is interesting to you. Even though professionally I am a science student, I am not isolated from the people, nature surrounding me. Therefore, most of the posts in this blog are experiences, feeling, and thoughts of a science student influenced and related to society.

6/10/2011

वायु उर्जा खेती: प्रचन्डले ठिकै भन्या रचन

लहरै मिलेर बसेका वायु उर्जा टर्बाइन हरु   
केही दिन अगाडि वायु उर्जा उत्पादन गर्नको लागि बनाका वायु मिल हेर्न गैयो। ती पंखा घुम्दै बिजुली निकाल्ने खम्बा देख्दा केही बर्ष अगाडि प्रचन्ड (नेपालको तत्कालिन प्रधानमन्त्री) भनेको कुरो याद् आयो। भर्खर प्रधानमन्त्री भा'का उनको अगाडि समस्यै समस्याका पहाड थिए, हुनत अहिले पनि ती जिउ का तिउ छन्। राजनितिक समस्याको भो कुरा नगरम। धेरै समस्या मध्य बिजुलीको एक प्रमुख हो। अहिले पनि एकै दिनमा घन्टौ घन्टा बिजुली आउदैन। के गर्ने के भनेर अल्मलिएको सरकारले तत्कालको लागि डिजेल बाट बिजुली निकाल्ने कारखान थप्ने र नबिकरणिय उर्जाको लागि कस्सिने भयो। नबिकरणिय मध्य पर्‍यो एक वायु उर्जा। वायु उर्जाको सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री नै युरोपको भमण्मा निस्कियो। त्यसको लागि प्रधानमन्त्रिनै जान पर्थेन। तर उनी गए। फर्केर आउँदा हिस्स पारेर बिमान्स्थल्मा भने यो वायु उर्जा त हाम्रो लागि हैन रैछ। उनले भनेको कुरो सहि हो भन्ने मेरो पनि हो, अस्तिको वायु मिल हेरेर फर्के पछि।

टर्बाइन को टुप्पो 
अम्रिकाको वायोमिङ राज्यले अरु राज्यले भन्दा बढी वायु उर्जा निकाल्ने क्षमता राख्ने रैछ। सबै भन्दा पैलो वाउ उर्जा बनाको ठाउ आर्लिङ्टोन हामि बस्ने ठाउँ भन्दा करिब १ घन्टाको मोटर दुरिमा पर्छ। पहिले पनि यता उता गर्दा त्यो बाटो हिंडेको हो तर नजिकै बाट भने यस्पाली मात्रै हेरिम्। टाढा बात हेर्दा त क्या राम्रो देखिने, यी हावा बाट बिजुली निकाल्ने टर्बाइनहरु। लहरै प्राय जसो पहाडको टुप्पामा। सेतै खम्बाको माथी तिन्वटा ब्लेड (टेक्निकली त के भन्छन् कुन्नि?)। धेरै जसो हाई वे मा गाडिमा दगुर्दा सेतै लहरै मिलेका अली अली घुमेक देखिन्छन। त्यो त अली टाढा भ'र पो रैछ। नजिकै बाट हेर्दा पो था'भो कति ठुला हुँदा रैछन भनेर। ती खम्बाको फेदबाट टुप्पो हेर्न खोजेको, फोटो खिच्न खोजेको त के सकिन्थ्यो र? पुरै भुइमै सुतेर तेसो गर्दा पनि सकिएन। फेद बाट अली पर पुगे पछि मात्रै फोटो सम्म खिच्न सकियो, त्यो पनि फेद देखि टुप्पो सम्म नभ्याउने। भन्न खोजेको धेरै अग्ला टावर हुने रैछन्। अर्को कुरो नयाँ जिनिस न हो, हेरी र'नी मन लाग्नी के। अनि फेद नजिक बाट  टुप्पो तिर हेरेको, हावा चलेको बेलामा। एकै छिन् भन्दा बढी हेर्न सकेपो! यस्तरी हल्लिदो रैछ त्यो खम्बा (टर्बाइन्, खासगरी टुप्पो भाग्), रिंगटा नै लाग्ने गरि। अहिले नै खस्छ कि, खसेर मेरै टाउकोमा बज्रिन्छ की झै गरेर। केही बेर यता उता गरेर, फोटो खिचेर फर्किम हामि।



टर्बाइन को फेद
लगभग १२५ बर्ष अगाडि देखि प्रयोग गर्न सुरु गरेका रैछन वायु उर्जा। पहिले सानो सानो मात्रामा उर्जा निकाल्न प्रयोग परे पनि, २१औ सताब्दिमा उर्जा सुरक्षा, ग्लोबल वार्मिङ, नबिकरणिय उर्जा आदिका कारणले पनि वायु उर्जाले खुब चर्चा पा'रैछ। वायु उर्जा निकाल्ने टर्बाइनको टुप्पामा हुने ब्लेडले हावामा रहेको काइनेटिक उर्जालाई मेकानिकल उर्जामा परिणत गर्छ। र त्यसलाई बिजुलिमा परिणत गरिन्छ। सामान्यतया तिनवटा ब्लेड हावाको दिषा तिर फर्केका हुन्छ, कम्पुटरले कनत्रोल गर्न सकिन्छ, करिब ३०० की मी प्रति घन्टाको गतीले घुम्न सक्छन्, ~५० मी लामा यस्ता ब्लेड करिब ~१०० मी अग्ला टर्बाइनको टुप्पामा बस्छन्। यस्ता टर्बाइन यति ठुला हुन्छन् की यसकै भित्र बाट भर्याङ चढेर माथी टुप्पो सम्म जान सकिन्छ। 

नेपालको सन्दर्भमा त्यति उपयुक्त हुन्छ जस्तो लागेन. खासगरी यसको भौतिक पूर्वाधार निर्माणको पक्षलाइ हेर्दा. नेपालि पहाडको टुप्पामा कसरि पुर्याउने? पश्चिमा देश तिर जता कतै बाटो पुर्या छन् खैरे ले. त्यसैले टर्बाइन राख्न सजिलो भयो. हाम्रो मा त मान्छे बस्ने गाउमा त बाटो पुगेको छैन, टर्बाइन राख्न लाइ मात्रै बाटो बनाउन कतिको सम्भव होला अहिलेको अवस्थामा? त्यो पनि अहिलेको देशको अवस्थामा, पछि निकै बिकाश भयो भने बेग्लै कुरो. अनि अर्को तिर ल मानम बिजुली निकालियो रे, त्यो बाड्न पर्यो नि (प्रयोग को लागि). अनकन्टार ठाउमा निकालेको बिजुलो शहर बजार सम्म पुर्याउन प्रसारण लाइन बनाउन पर्यो. कति बिजुली त यसरि बाटोमै सिद्दिन्छ होला. हुन त बिज्ञहरुलाई थाहा हुनु पर्ने हो यसको लागत र प्रतिफल. तर सामान्य मान्छेको आँखाले हेर्दा त्यस्तो देखिने. भन्न खोजेको ठुलो मात्रा मा वायु उर्जा निकाल्न गार्है होला. तर एक घर लाइ वा सानो गाउ लाइ पुग्ने बिजुली निकाल्न भने सम्भव हुनु पर्ने हो. किन भने त्यसको लागि ठुला टर्बाइन को सट्टा साना सानाले पनि काम गर्छ  होला नि. 

2 comments:

Shashidhar Belbase said...

Very nice article !

Keshab Ghimire said...

विकास गर्न नचाहने खाली बसेर भत्ता मात्र खान चाहने नेपाली नेताहरुलाई यो कुरा बेकार नै छ |

Post a Comment

Please type your comment in the box below.

Blog Widget by LinkWithin