Welcome/स्वागतम्

Being a graduate student of Science (Chemistry), it is difficult to get time for this blog. However, I am trying to have at least one blog post per week. This blog was started from fall 2007. I hope this blog is interesting to you. Even though professionally I am a science student, I am not isolated from the people, nature surrounding me. Therefore, most of the posts in this blog are experiences, feeling, and thoughts of a science student influenced and related to society.

5/27/2011

हिमालयन थारको खोजिमा घान्द्रुक देखि लान्द्रुक सम्म

-सुस्मा 

नेपाल प्राक्रितिक सम्पदाले भरिपुर्ण देश हो भन्नेमा कसैको दुई मत नहोला। छेत्रफलमा सानो भएपनि जैबिक विविधताको हिसाबले धनी राष्ट्र हो। यसले नै पर्यटकलाई आकर्षण गरिरखेको छ। यहाँ धेरै ठाउँहरु छन् जुन explore भएका छन् र पर्यटकिय छेत्रका रुपमा विकसित गरिएका छन्। तर धेरै यस्ता ठाउँ पनि छन् जुन explore भएका छैनन् र अझै पनि wild stage मा छन्। गन्तब्य तर्फ जाँदा बाटोमा पर्ने यी ठाउँ एवम् द्रिस्य यति सुन्दर छन् की जो कोहि पनि त्यहाँ एक्छिन् रमाउन चाहन्छ। यसै प्रसँगमा आज म आफ्नो पढाइको सन्दर्भमा field जाँदाखेरीको अनुभव बाँड्न चहन्छु।

जानु पार्ने थियो ब्याम्बो भन्ने ठाउमा। काम थियो "हिमालयन थार" ले के-के खान्छ र कस्तो कस्तो ठाउँमा बस्छ/घुम्छ भनेर अनुसन्धान गर्नु। त्यसको लागि त्यो बाख्रो जस्तो पनि देखिने जनावरको आची खोजेर ल्याउने र त्यो आची भेटियको ठाउ ओरिपरीको बनस्पतीको नमुना ल्याउने काम्। यो ठाउ  ACAP (Annapurna Conservation Area Project) अन्तर्गत पर्छ। घान्द्रुक गाबिसमा पर्ने यो ठाउँमा Bamboo को एउटा species (जसलाई नेपालीमा टुसा भनिन्छ) अधिक मात्रामा पाइन्छ।  त्यसैले यो ठाउँलाई Bamboo भनि नामाकरन गरिएको हो। हामी चार जनाको टोली थियो।  पोखरा बाट Bamboo पुग्ने धेरै बाटो छन्। ती बाटोहरु ACAPका प्रख्यात trekking route मध्ये थिए।


यस पटकको यात्रा दोस्रो थियो। अघिल्लो पटक घान्द्रुक हुँदै गएकाले यसपटक लान्द्रुक हुँदै जाने निर्णय गर्यौ। बिहानको ९ बजे हामी आफ्नो यात्रा सुरु गरेउँ। अगिल्लो पटक हामीलाई लग्भग २ दिन लागेको थियो। नियमित हिडिरनेलाई त केही होईन तर हामीलाई त गार्हो र धेरै नै हो। तर पनि रमाइलोले गर्दा दुख्ख बिर्सिदो रैछ। हिँड्न सुरु गरेपछी गत बर्ष भदौको अन्तिम् दिन तिर भए पनि सिम्सिम पानी पर्यो। पानी पर्‍यो भनेर यात्रा रोक्न सकियन। चार जनाको हाम्रो टोलिमा कसैसँग पनि पानी कोट (raincoat) थिएन। Windproof jacket लगाएर हामी सबै गन्तब्य तिर हिडि राख्यौ। माथी माथी तिर पुग्दै जादा, मौसम् चिसो चिसो हुँदै गयो। अनी बर्खा भर्खर सकियेर अलि अलि पानी परी रहेकोले होला बाटोमा धेरै जुका थिए। जुका भने पछि मेरो सातो  जान्छ अहिले पनि। एकछिन उभियो की जुका लागिहाल्थ्यो। त्यसैले हामी सकेसम्म लगातार हिँडिराखेका थियौँ। जति उकालो चड्दै गयो त्यती पानी दर्किन थाल्यो। जाडो ठाउँ थियो त्यसमाथी हावा चलिराखेको थियो। हिँड्दा खेरी त खासै जाडो भएको अनुभव हुन्थेन तर यसो कतै एकछिन् आराम गर्न बस्यो की जिउ काम्न थाल्थ्यो। मौसमले साथ नदिएको भन्दै उसमाथी रिस पोख्दै हिँडेका थियौँ हामी।              

करीब ३ घण्टा उकालो चढेपछी १२ बजे देउराली भन्ने ठाउँमा खाना खान रोकियौँ। पानीले सब लुगा भिजेको हुनाले निकै जाडो थियो।  धन्न हीटर नजिकै बसेर खाना खाना पाइयो र खाएपछी पुन: आफ्नो गन्तब्य तर्फ लम्कियौँ। ६:३० घण्टाको निरन्तर हिँडाइ पछि हामी लान्द्रुक पुग्यौँ। थाकेको अनि अली पर सम्म होटेल नभएकाले त्यस रात हामी त्यहीँ बास बस्ने निर्णय गर्यौ। त्यहाँको रमणिय द्रिस्य सँग रमाउदै हामी आफ्नो काम पनि सँगसँगै गर्दै थियौँ। भोलिपल्ट बिहान चिया नास्ता खाएर हामी पुन: आफ्नो यात्रा सुरु गर्यौ। अगिल्लो दिनको थकाइ त्यसमाथी दिनभर भिजेकाले हामी सबैको उर्जा काम भैसकेको थियो। त्यसमाथी पनि खुट्टामा जुक लागेर हैरान पारेको थियो। लखतरान परेका हामी हिम्मत बटुलेर हिँड्दै थियौँ। लग्भग आधा घण्टाको हिँडाइ पछि हामी अली चिसो ठाउँमा आइपुग्यौँ। त्यहाँ हामीले जुन द्रिस्य देख्यौँ त्यसले हामीमा उर्जा भर्ने काम गर्यो।  त्यहाँ एउटा ठुलो अनि अती राम्रो झर्ना रहेछ। म पोखरामा बसेकी मान्छे Devi’s fall निकै घुमे, तर त्यो झर्ना Devi’s fall भन्दा कम थिएन। माथि बाट खसेको पनि बीचमा rocky protuberance मा ठोक्किएर निकै पर पुगेर खस्दै थियो। सँगसँगै निकै माथि सम्म बाफ उडिरहेको थियो अनि छहराको आवाज यति ठुलो थियो कि हामिलाई एकअर्का बोलेको सुन्न गाह्रो भएको थियो।

केहीबेर त्यस ठाउँमा रमाएपछी हामी पुन: आफ्नो गन्तब्यतर्फ लम्कियौँ। करिब १ घण्टाको हिँडाइ पछि हामी फेरि त्यस्तै सुन्दर झर्ना भएको ठाउँमा पुग्यौँ। त्यो झर्ना पनि केही कम थिएन। निकै माथीबाट पानि खसेको हुनाले त्यसको force निकै ठुलो थियो।  त्यस झर्नाबाट बनेको खोलाले बाटो रोकेको थियो। त्यस कारणले गर्दा पारी तर्नको लागि हामीलाई झर्नाको नजिकै जानुपर्ने थियो। संगै यात्रमा हुनुभएका मेरो अनुसन्धान गाइड सर पहिले पारी जानुभयो अनि हाम्रो झोला परि फालेर हामी झर्ना पनि नजिक पुग्यौँ। द्रिस्य निकै राम्रो थियो तर नजिकै पुगे पछि पो थाहा पायौँ पानीको force कति रहेछ भनेर। उडेको बाफले हामीलाई पूर्ण रुपमा भिजएको थियो अनि force यति धेरै थियो की हामीलाई राम्रोसँग धानिन धौधौ परेको थियो। एक्छिन डिलमा बसेर रमाएपछी हामी पुन: आफ्नो गन्तब्यतर्फ लम्कियौं।

उक्त अनुसन्धान यात्राको क्रम मा आफ्नो काम त हुने नै भयो तर त्यसको सँग सगै प्रकृति सँग एक्दमै नजिक हुने मौका मिल्यो र आफै क्षेत्रको सुन्दरता आफ्नै आँखाले हेर्ने अवसर मिल्यो। मैले माथी उल्लेख गरेका त केही झरना मात्र हुन। बास्तवमा त्यो क्षेत्र यस्ता थुप्रै रमणिय द्रिश्यले भरिपुर्ण छ। मौका मिल्यो भने अरु पछि लेख्दै जाने छु। पारिवारिक काम बिशेषले अहिले अमेरिका को वायोमिङ राज्यमा बसेर हिउदका ४ महिना कटाउदा ती झरना र अन्य प्राक्रितिक द्रिस्यको महत्व बढेको छ म मा। सानो सानो पोखरि, साना साना पहाडले कति रमायका छन् यहाँका मान्छे हरु। यिनीहरुले हाम्रा तिरका ती झरना र अग्ला हिमालहरु देखे भने पक्कै भन्ने छन् स्वर्ग भनेको त यहाँ पो रहेछ्। आफ्नो मुख्य कार्य सकेर केही दिन पछि हाम्रो टोली पोखरा फर्क्यो।

उक्त यात्राको क्रममा खिचियका केही सुन्दर तस्बिर तल राखेकी छु। आशा छा यहाँ हरुलाई मन पार्ने छन्।







All pics by Susma

0 comments:

Post a Comment

Please type your comment in the box below.

Blog Widget by LinkWithin