8/28/2010

आहा कति राम्रा फूल!!


समर लग्भग सक्की सक्यो। अघि पछि हिउ ले पुरिने यो ठाउ समरका केही महिना अत्यन्त सुन्दर देखिन्छ। क्याम्पस ओरिपरी देखिएका केही फूलका तस्बिरहरु यस्पाली लाइ।

8/22/2010

अम्रिका बस्दाका केही रोचक प्रसँगहरु-१

बिदेश बस्दाका केहि रमाइला प्रसँग छन्। नेपाल नचिन्ने निकै कम् मान्छे भेटेको छु। कसैले के अनि कसैले के भनेर चिन्छन्। भलै यो "नेपाल" नामको देश कता छ भन्ने थाहा नहोस। यसपालि यस्तै केहि प्रसँग बाड्ने मन लाग्यो।

१. कति पटक चढ्यो सगरमाथा?
नेपाल भन्दा बितिक्कै धेरैले सगरमाथा भनेर चिन्छन्। हिमालै हिमालको देश्। हिउ नै हिउ को देश भन्ने छाप हुने रैछ। अनि त के जसले भेटे पनि सोद्ने सगरमाथा चढेको छ? सुरु सुरुमा त सोझै हिसाबले छैन भन्दिन्थे। तर धेरै सोदेको सोदेइ गरे पछि त झ्याउ लाग्ने रइछ। त्यसपछी मेरो उत्तर हुन्थ्यो "के सगरमाथा ब्यानै बेल्का बाथरूम गा' जस्तो हो र?" यिनीहरुको देशमा जति अग्ला अग्ला र अनकन्टार ठाउमा पनि मोटर बाटो बना'छन्। त्यसैले सोच्दा हुन माउण्ट एभरेस्ट को अली तल सम्म गाडी जान्छ होला अनी १-२ घन्टाको हाइकिङ गरे त टुप्पो मै पुगिन्छ होला। यिनलाई के था' हाम्रो कथा ब्यथा। 

२. स्कि त खुब खेलिन्छ होला है?
यो प्रसँग पनि हिमाल अनि हिउ संगै को हो। यी खैरे हरु हिउ देख्यो कि स्कि खेल्नु पर्ने। अथवा स्नो बोर्ड गर्नु पर्ने। नेपाल बाट आ'भन्दा बित्तिकै खुब स्कि गर्छौ होला है भन्ने के। सोझै हिसाब ले भन्छु-गर्दिन। आफुले नेपाल हुँदा कहिले नि हिउ त छुन पा'हैन। पहिलो पटक हिउ छोएकै अम्रिका मा हो। क्यार्ने नेपालमा त कहिले काही देखिन्थ्यो काठ्माण्डुको उत्तर तिरको हिमालको टुप्पा टुप्पामा। पछि यतै तिर स्की त एक्पटक गरियो। अर्काले गरेको हेर्दा रमाइलो देखिने तर अफुले गर्दा अती गारो। मेरो अनिभव हो स्की को। नेपालका अनकन्टार हिमालहरुमा हेलिकप्टर बाट माथि गएर तल झर्दा स्की गरेको भिडियो हेर्या थे यू ट्युबमा। त्यो भन्दा केही थाहा छैन।

8/17/2010

Lovely Squirrel Dance

One day I was going to school and I saw one beautiful squirrel. It was crossing the road in search of something or just walking I don't know. I was walking on the side walk. I like these tiny rodents. Bushy tail, slender body, large eyes, soft, and silky fur. They are always active, doing something or at least running from here to there for seeds and nuts. They love nuts. When it saw me, started looking at me with its large eyes. I stopped and also started watching whatever it did.

 


It stood up with his (her?) hind-limbs with fore limbs together doing namaste to me, at least I thought in the begining but was not true. It was holding the nut! Then it started dancing and I just watched its dance.

8/07/2010

Einstein, Atom bomb and America

अमेरिकाले दोश्रो विश्वयुद्ध ताका जापानमा आणबिक बम खसालेको ६५ बर्ष पुगेछ। यसै सन्दर्भमा मैले केही बर्ष पहिले लेखेको लेख अन्लाइन पाठकहरु समक्ष सार्वजनिक गर्न मन लाग्यो। यो लेख हांक साप्ताहिक मा प्रकाशित भैसकेको छ। ........................................................
अल्वर्ट आइन्सटाइन विश्व प्रसिद्ध वैज्ञानिक मात्र नभई बिसौं शताब्दीका “शताब्दी पुरुष” पनि हुन् । त्यसैगरि संसारभरि विगत आधा दशकदेखि चर्चित आम विनाशकारी हरियार हो – आणविक बम । पहिलो आणविक बम निर्माण गर्ने मात्र नभई आम नरसंहारमा प्रयोग गर्ने र अहिले पनि अत्याधिक मात्रामा भण्डारण गर्ने राष्ट्र हो – अमेरिका  । यि तीनका बीच अत्यन्त रोचक सम्बन्ध रहेको छ ।

    यहुदी भएकै कारण हिटलरको नाजी सत्ताको दमन खेप्न नसकी सन् १९३३ मा आइन्सटाइन स्थायी रुपमा अमेरिका प्रवेश गरे । त्यसबेलादेखि यि तीन ‘अ’ बीचको सम्बन्धले नयाँ मोड लियो । सन् १९०५ मा आइन्सटाइनले एउटा परिवर्तनकारी सूत्र E = mc2 सार्वजनिक गरे । यो सूत्रका अनुसार पदार्थ र उर्जा शक्तिलाई एक–अर्कामा रुपान्तरण गर्न सकिन्छ र यीनिहरु भ्त्रगष्खबभिलत छन् । यसले वैज्ञानिकहरुमा बिभिन्न अन्दाज र अड्कलबाजीहरु शुरु भयो । विश्वका विभिन्न देशका वैज्ञानिकहरुले विभिन्न अनुसन्धानबाट पत्ता लगाए की – युरानियमको परमाणुलाई न्यूट्रोनले हिर्काउँदा आइन्सटाइनले भने जस्तो शक्ति प्राप्त हुन्छ । सन् १९३९ मा दुई वैज्ञानिकहरु फर्मी र जिलार्डले एटोमिक टुक्रिकरण व्यवहारिक रुपमै सम्भव छ र निकट भविष्यमा नयाँ एवं महत्वपूर्ण उर्जाको श्रोत हुन सक्छ भनि घोषणा गरे । ठिक त्यसै समयमा दोश्रो विश्व युद्धको घमासानी चलिसकेको थियो । आइन्साटाइनले तत्कालिन अमेरिकी राष्ट्रपति फ्रान्कलिन रुजवेल्टलाई सन् १९३९ अगष्ट २ मा चिठी लेखेर जानकारी दिए–“केहि ताजा अनुसन्धानहरुबाट युरानियम तत्व निकट भविष्यमा नयाँ र महत्वपूर्ण उर्जा स्रोत हुनसक्छ भन्ने मलाई आशा जगाएको छ । यो नयाँ खोजले नयाँ किसिमका शक्तिशाली बमहरु उत्पादन गर्न सकिन्छ ।” लियो जिलार्डले गरेको अनुरोधको आधारमा आइन्सटाइनले त्यो पत्र लेखेका थिए । त्यतिबेला अमेरिका प्रत्यक्ष युद्धमा आइसकेको थिएन । त्यसकारण आइन्सटाइनको पत्रलाई उसले महत्वका साथ लिएन । जर्मनले पहिले नै एटम बम बनाइ हिटलरले त्यसको गलत प्रयोग गर्ला भन्ने डरले भयभित भएका वैज्ञानिकहरुले, अमेरिकाले नै पहिले उक्त बम बनाओस् भन्ने चाहेका थिए । यसको लागी दबाब दिन सन् १९४० माचै ७ मा आइन्सटाइनले दोश्रो पत्र लेखे – अमेरिकी राष्ट्रपतिलाई । दोश्रो पत्रपछि एटम बम बनाउने कार्य प्रारम्भिक रुपमा शुरु भयो । सन् १९४१ को डिसेम्बर १४ मा जापानले पर्ल हार्वरमा आक्रमण गरेपछि अमेरिका प्रत्यक्ष रुपले दोश्रो विश्व युद्धमा सामेल भयो । अनि बम निर्माण कार्यले तिबै गति लियो ।

8/01/2010

फेसबूकको लत(कु)मा फसियो कि?

अहिले सम्म केहिले पनि लाउन नसकेको लत यो फेसबूक ले लायो भन्या। न चुरोटको, न खैनिको, न रौ'सिको, न गांजा, न चरेस, न जुवा, न तास, न केही न केही तर केही बर्ष देखि प्रयोग गर्न थालेको यो फेसबूकको लत लाग्यो जस्तो भयो मलाई त। लत हो की कु(?)लत्? 

ग्र्याजुएट स्टुडेन्टको जिवन यत्तिकै पनि ब्यस्त नै हुन्छ। बिहानै देखि राती सममा की त ल्याब मा Experiment गर्ने की त कम्प्युटर्मा तथ्य बिश्लेशण गर्ने। करिब आठ बजे तिर बाट सुरु हुने मेरो दिन राती बार्ह देखि एक बजे सममा टुङी सक्छ। यसरी नै मेरो काखे कम्प्युटरमा फेसबूकको दिन पनि सुरु हुन्छ र सकिन्छ। आजभोलि मैले प्रयोग गर्ने इन्टर्नेट खोल्ने साधन गुगल क्रोमले देखाए अनुसार सबैभन्दा धेरै पटक खोलियको वेब्साइट फेस्बूक नै रैछ। साथी हरुले भन्छन् के हो २४सै घन्टा फेसबूक मा झुन्डिने? हुन पनि कसै कसैलाइ त तेस्तै देखिन्छ होला। म उठ्दा बित्तिकै उठ्छ यो फेसबूक अनि म सुते पछि सुत्छ। चाहे म संगै हुँ वा नहु। यसको मतलब काखे कम्प्युटर खुल्दा खुल्छ अनि कम्प्युटर बन्द गर्दा सुत्छ।