-सुष्मा
यसपालिको मेरो research field trip मा दुइ वटा भालु संग जम्का भेट भयो। यो भन्दा अगाडी पोहोर साल Yellowstone NP घुम्न जादा बाटो बाट अलि माथि चरी रहेको Grizzly bear देखेको थिए। यसपाली भने निकै नजिक बाट अवलोकन गर्ने मौका मिल्यो।
![]() |
मेरो कार माथि रमाउदै भालु। |
यो समरमा म अनुसन्धानको लागि पटक पटक अमेरिकाको वायोमिंग राज्यमा रहेको बिस्वकै प्रख्यात रास्ट्रीय निकुन्जमा जानु पर्ने छ. पहिलो पटक एक महिना अघि जादा पनि बाटो नजिकै black bear देखिन्थे। गाडी भित्रै बाट हेर्यो वा दुरबिन ले हेर्यो वा गाडी बाट ओर्लेर हेर्यो। पहिलो यात्राको बारेमा मेरा बुढाले टन्नै कथा लेख्या छन्। यहा क्लिक गर्नुस पढ्ने मन लाग्यो भने। यो दोश्रो पटकको यात्रा थियो। अझै त्यति नै पटक जानु पर्ने छ.
यति टाढा गाडी चलाएको यो मेरो पहिलो पटक थियो। करिब ३७० माइल गाडी चलाउन मलाई साढे सात घण्टा लग्यो। यो यात्राका धेरै नै अबिस्मरनिय क्षणहरु छन्। जागर लाग्यो भने र फुर्सद भयो भने कुनै दिन लेखुला।
तेस्रो दिन अली थोरै हिद्नुपर्ने ठाउँमा गएर काम गरेर फर्किदै थियौ. बेलुकीको करीब साँढे सात बजे हामी २ जना मात्रै थियौ, जंगलको बाटो फर्किदै थियौ. अचानक रुखको हाङा भाचेको जस्तो आवाज आयो। Elk (एक किसिमको जरायो) हो की भनेर हामिले एक्छिन हल्ला गरेम and हिंड्न थालेम। यो ठाउमा हिड्न हाला गर्दै/ आवाज निकाल्दै गर्नु पर्छ जंगली जनावरलाइ आफ्नो बाटो बाट भगाउन। अलिकति नजिकै पुगेर हेर्दा त ग Grizzly bear पो रैछ। Bear मध्य निकै आक्रमक र मानिष सँग नडराउने यो भलु निकै ठुलो पनि हुन्छ। त्यो भालु र हामि बिच केवल ~२० फिटको दुरी थियो होला। खुब डर लाग्यो। तर पनि सतर्क हुदै हामी दुवै जना एक्छिन रोकियेउ. भालु सँग जम्काभेट हुँदा कहिलै पनि आतिएर हल्ला गर्ने अथवा दगुर्ने गर्नुहुदैन। त्यस भालुले हामीलाई हेर्यो आनि हाम्रो आँखा जुध्यो। हुन त पहिले पनि धेरै पटक भालु देखिसकेकी थिए तर तेति खेर गाडी नजिकै हुन्थ्यो अनि अरु मानिष पनि संगै हुन्थे, तर यसपटकको अली भिन्न थियो। तेति नजिकै बाट जंगलमा भालु, त्यसमा पनि Grizzly देख्दा एक्छिन चाँही डर लाग्यो। हामि दुवैले आ-आफ्नो bear spray निकालेउ। Bear spray नबोकि यो क्षेत्रमा हैकिंग गर्न मनाही छ. यो spray पिरो खुर्सानीको धुलोले बनेको हुन्छ। अनि भालु अलि नजिकै भए मात्र छार्क्यो भने प्रभाबकारी हुन्छ। त्यो पनि उसको आँखामा पर्ने गरि। हामि पुरै पोजिसन लिएर bear spray छर्न लाइ तयार हुदै गर्दा. केही बेर हामिलाई हेरेपछी भालु आफ्नो काम गर्न थाल्यो अनि हामी पनि बिस्तारै आफ्नो बाटो लगेउ। गाडीमा आइसकेपछी चाँही रमाइलो लाग्यो।
पांचौ दिनको काम सकेर death canyon को पार्किंग लट फर्किदै थियौ. त्यहा त एउटा black bear यता उता पो गरि रहेको रैछ। यसो हेर्दा बच्चा पनि हैन तर बयस्क पनि नभैसकेको जस्तो थियो। खाना नपाको हो कि जस्तो। पक्कै पनि मेरो बिचारमा त्यसले त्यहा रहेका गाडीमा शायद खाने कुरा खोज्दै थियो। मैले त्यसको भिडियो खिच्न सुरु गरे। पार्किंग लट मा अरु पनि गाडी रहेका र अरु 4-5 जना मान्छेहरु भएकोले तेती डर लागें। त्यो भालु मेरो कारको नजिकै आयो। मा अलि दरले गाडी भित्र गए। त्यसपछि त्यो जन्तु त गाडीको अगाडिको सिसा बाट भित्र हेर्दै हात पो हलाउछ. अनि फेरी एक छिनमा त्यहा बाट हटेर कता गयो होला भनेर हेर्दै थिय, गाडी बेस्सरी हल्लियो। खासमा त्यो भालु त गाडीको छत् मा चढेछ, र मैले हेर्दा हेर्दै तल झर्यो। उक्त क्षण निकै रोमान्चक पो लाग्यो। यस्तो क्षण कमै मान्छे लाइ आउछ जस्तो लाग्यो। उक्त भालुको भिडियो हेर्नुस है त.
पछी realize भयो कि हामीले उक्त भालुलाई त्यहाँबाट भागौनुपर्थ्यो. किनकि भालु पल्कियो भने पछी कुनै time मा मानिषलाई आक्रमण गर्छ भनेर फोरेस्ट department ले तेस्ता भालुलाई मार्ने रैछन। हजुरहरु कहिलै तेस्तो situation मा पर्नुभयो भने आफु careful हुनुहोला अनि भालुलाई धपौनुहोला, सो नै भालु and people को लागि उत्तम हुनेछ। अब तेस्तो केहि भयो भने म पनि तेस्तै गर्नेछु।