Showing posts with label experiences. Show all posts
Showing posts with label experiences. Show all posts

9/18/2016

ब्लड डोनेसनका केहि प्रश्नहरु/सुझाबहरु

Source
केहि दिन अगाडी एकजना मुटुको बाइपास सर्जरी गर्ने बिरामीको लागी रगत दान गर्ने मौका मिल्यो । टिचिंग अस्पत्ताल भित्र रहेको मनमोहन कार्डिएक केन्द्रमा बिरामीको अप्रेसन हुने रहेछ । अप्रेसनको केहि समय अगाडी मैले रगत दान गरेको थिए । ति बिरामीको बाइपास सर्जरी सफल भएहोला भन्ने कामना गर्दछु । म नियमित रगत दान गर्नेमा पर्दैन । यो पल्ट सहित दुइ पटक नै इमर्जेन्सी पर्दा मात्रै रगत दान गरेको छु । पहिलो पटक करिब २०६१/२०६२ तिर माओबादीले आक्रमण गरेका बाग्लुङ्गका बिरामीको लागी बिर अस्पत्तालमा रगत दान गरेको थिए । 

रगत दान र यसको व्यवस्थानामा संलग्न ब्यक्ती र संस्थाहरुलाई मेरो अनुभबको आधारमा केहि सुझाब बाड्न चाहन्छु। 

१. मनमोहन कार्डिएकमा चाहिने रगत ललितपुर रेडक्रस बालकुमारीमा दिन पुगियो । मनमोहन कार्डिएकमा यत्ति पनि ब्यवस्थापन हुन सकिदैन? बिरामीका छोराले भन्दै थिए कि मनामोहनामा निस्चित समय भन्दा अघि र पछि रगतको दिने काम नै हुदैन । चौबिसै घण्टा रगत चाहिने, इमर्जेन्सी पर्ने यति ठुलो ठाउमा पनि यस्तो?  ललितपुर रेडक्रस भएको ठाउ बालकुमारी जाने बाटो सजिलो छैन, रात बिरात आउन पर्यो भने कति गाह्रो होला भन्दै थिए । 

चौबिसै घण्टा मनमोहनमा रगत दान गर्ने बेवस्था गर्न सकिदैन? 

२. यो कमेण्ट रगत निकाल्ने प्रकृयासंग सम्बन्धीत छ । कति ठाउमा किटाणु मार्नको लागी निडल रोप्ने ठाउमा आओडिन प्रयोग गर्ने रहेछन । यहा स्प्रिट गर्ने रहेछन ।  खासै फरक त के कस्तो होला खै?

विस्वका अन्य ठाउमा प्रयोग गरे जस्तै यसरि निडल रोपे पछि टेपले अड्याउने गरे हलचल गर्ने थेन र दुखाउने थिएन । Source

निडल नशामा घुसाउने बेला वा घुसाई सकेर रगत तानी रहदा यत्तिकै छोडिदो रहेछ । जसले निडल, त्यो संगैको पाइप र रगत जम्माहुदै गर्दा रगतको पोको धान्न पर्यो । अलिकति पनि निडल चल्दा त्यसले दुखाउछ किन भने त्यो खाली नशामा घुसेको हुन्छ केहि चिजले नाड्डाइकन । 

यसको समाधानको लागी टेपले निडल र पाइपला टासेर अड्याइ दिए त हुन्छ नि ।  यति सानो प्रक्रिया पनि किन फलो नगरेको होला? 

1/30/2014

लालमटिया देखि लारामी सम्म

(मेरो बुवा आमा अमेरिका भ्रामण आउनु भएको थियो केही समय अघि। त्यसैको अनुभब लेख्नु भयो बुवाले यो पोस्ट मा। दाङ बाट निस्किने नयाँ युग्बोध पत्रिकामा छापेको छ यो टुक्रो। यसपाली बाको पालो! )
कृष्ण गिरी 

लामो समय बिद्यालयमा सामाजिक बिषय पढाउदा अमेरिका भन्ने देश उत्तरी गोलार्दको उत्तर अमेरिका महादेशमा पर्छ भनेर किताब, नक्सा र ग्लोब देखाएर पढाएको म अहिले शिक्षण पेशाबाट अवकाश पाए पछि प्रत्यक्ष्य रुपमा अमेरिका हेर्न आइपुगेको छु । हामि सबैले बुज्ने अमेरिका भन्ने देश संयुक्त राज्य अमेरिका हो। हुनत अमेरिका जाउला र घुमौला भनेर मैले कहिल्यै पनि कल्पना गरेको थिइन। किनभने यो मेरो पहुच भन्दा बाहिरको कुरा थियो। एक त धेरै टाढाको ठाउ, धेरै पैसा खर्च हुने, त्यसमाथी हामि नेपालिलाई त्यति सजिलो संग भिसा नदिने। 

क्याम्पस 
छोराको बिद्यावारिधिको ग्राजुएसन समारोहको लागि म सहित मेरी पत्नीलाइ अमेरिका आउने अवसर मिल्यो । हामि जस्तो एउटा अति कम बिकसित देशको पनि गाउमा बस्ने मान्छेलाइ अमेरिका जस्तो संसारको अति बिकसित देशमा आउदा धेरै कुराहरु  चासोपुर्ण र अचम्म पार्ने खालका हुने रहेछन । फरक भूगोल, फरक हावापानी, फरक संस्कृति, फरक भाषा, फरक खालको बिकाश, फरक खाना आदि । अमेरिका यात्राको आफ्नो अनुभवलाइ दैनिकीको हिसाबले टिप्दै आएको छु र भबिस्यमा सबैसंग बाड्ने योजना पनि गरेको छु । हामि नोभेम्बर महिनाको २८ गते काठ्माण्डौ देखि चिनको कुन्मिंग र  सांघाई हुदै अमेरिकाको लस एञ्जेलस र अन्तिममा डेन्भर आइपुगेका हौ । डेन्भर अमेरिकाको कोलोराडो राज्यमा पर्दछ । त्यहाबाट छोरा बस्ने ठाउ वायोमिंग राज्यको लारामी पुग्न गाडिमा करिब तिन घण्टा लागेको थियो । लालमटियाको मौरिघाट बस्ने मान्छे अहिले अमेरिकाको लारामि  सहरबाट यी अनुभव लेख्दै छु ।
क्याम्पस परिसरमा रहेको घोडा चड्ने गोठालोको शालिक 

1/28/2013

परिवर्तित नेपाल

यसपालीको डिसेम्बर महिनाभरि म नेपालमा थिए। फर्केर आइसके पछि धेरै साथीहरुले एउटा प्रश्न सोधे: "कस्तो छ नेपाल?" नेपालमै हुदा पनि कतिपए साथीहरुले सोधे-"कस्तो लाग्यो नेपाल"? आफ्नै आँखाले प्रतक्ष्य नेपाल नदेखेको तिन वर्ष मात्रै भएको थियो। विभिन्न संचारका माध्यम बाट त्यहा भैरहेका परिवर्तन थाहा पाइरखेकै हुन्थे। त्यसकारण तेती सारो अचम्मै हुने गरेर केहि परिवर्तन भएको अनुभूति  भएन। सुनेको/पढेको कतिपय कुराहरु आफैले प्रत्यक्ष्य अनुभव गर्ने मौका भने मिल्यो। गत पाच सात बर्षमा भएका सामाजिक आर्थिक परिवार्तानको त सम्बन्धित क्षेत्रका बिशेसज्ञले केलाउदै होलान तर मैले प्रतक्ष्य देखेका केहि यहा राख्न चाहन्छु।   
  1. घर र गाडिको संख्या निकै बडेछ। सहरमा मात्रै नभएर गाउ गाउ तिर पनि। 
  2. महंगी निकै बढेछ।हामी जस्तो मान्छेलाइ पनि रेस्टुरेण्ट गएर खानु (एक दुइ छाक खानु अर्कै कुरो) र ट्याक्सी चड्नु असम्भव जस्तै रहेछ। यसो अरुलाई गफ दिन र देखाउन यस्तो गर्नु अर्कै कुरो। 
  3. मोबाइल क्रान्ति गाउ गाउ सम्म। स्मार्ट फोन जता ततै। आफुले अमेरिकामा बसेर आइ-फोन बोकेको छैन, तर नेपालमा धेरैले यस्ता स्मार्ट फोन बोकेको देखियो। म अचम्म परेको: कसरि महंगा महंगा यस्ता फोन राख्ने हैसियत राख्छन? पक्कै पनि बिदेशमा बस्नेहरुको योगदान होला। यो परिवर्तनको राम्रै नतिजा होला तर नराम्रो असर पनि धेरै देखियो खास गरि भर्खर बैस चड्दै गरेकाहरुमा। मोबाइल इन्टरनेटको कमाल। 
  4. यिनै कारणहरुले होला धेरै मान्छेहरु ("मान्छे" ले दुवै लिङ्ग भन्न खोजेको हु) कसरि हुन्छ धेरै पैसो कमाउने भन्नेमै चिन्तित। जसरि भएनी पैसो कमाउने। यसले भ्रस्टाचार हाम्रो समाजमै भिजेको छ। संस्कृतिको रुपमा। जुनसुकै पेसामा यो लागु हुन्छ। जागिर खोज्नेले थोरै पैसा आउनेमा आँखै नलगाउने। पेसा गर्ने खोज्नेले एकैपटक "ठुलै" तिर मात्रै आखा लाउने (पसल खोल्न खोज्ने ले सिदै  भाट्भटेनि जस्तो गर्न सोच्ने). तर कुनै पनि काम/पेशा सानो बाटै सुरु गरेर ठुलो हुन्छ, थोरै पैसो कमाउदै नै धेरै कमाउन सकिन्छ भन्ने बिर्सिने। 
  5. विदेश गए पछि पैसो रुख बाट झर्छ र सकेको टिप्न मिल्छ भन्ने आम भावना रहेछ। एकजना जापानमा PhD भर्खर सकेका महानुभाबले 10 करोड कमाए रे (3-4 बर्षमा)। अब सबैले कहाँ त्यसरी कमाउछन त?  केहि देश विदेश "भोगेर" फर्केकाहरुले आफ्नै गाउ ठाउ मा आफै काम सुरु गर्ने परिपाटी पनि बिकाश हुदै गरेको रहेछ। यो निकै सकारात्मक लाग्यो।  
***************************************
यै घुमाइमा तीनवटा किताब पढी सके। सजिलो संग समय बिताउन सजिलो भयो। साथि एमपी खरेलले दिएका तिनवटै किताबको प्रयोजन अर्कै थियो तर मलाइ घाम तापेर वा सिरक ओडेर वा गाडिमा बसेर समय काट्न मद्दत नै पुग्यो। एउटा जगदीश घिमिरेको जिबन यात्रा र दयानन्द बज्राचार्यका दुइवटा किताब पढे। यो पोस्टमा ति किताबको बारेमा केहि लेख्ने तिर मा लाग्दैन। तर प्राध्यापक बज्राचार्यको बैज्ञानिक गोरेटो भन्ने किताबको एउटा प्रशंग भने कोट्यौन मन लाग्यो। 

जतिबेला उनले जर्मनीबाट विद्यावारिधि सकेर नेपाल फर्के। उनले आफुले गरेको अनुसन्धान किर्तिपुर क्याम्पसका प्राध्यापकहरुलाइ सुनाउने उत्साहसाथ् त्यहाँ पुग्दा घाम तापेर बसेकाहरुले कुनै चासो नराखेको निरासाजनक प्रसङ्ग उल्लेख गरेका छन्। त्यो करिब तिन चार दशक अघिको कुरो। अहिले धेरै परिवर्तन आइसकेको छ। म तिनवटा बिस्वबिध्यालयमा आफ्नो अनुसन्धानको बारेमा प्रस्तुति दिए। धेरै प्राध्यापक (पुराना र नया)  लाइ भेटे, गफ गरे। बिद्यार्थी हरु पनि। सबैले कसरि अनुसन्धान कार्य गर्ने हुट हुटि ब्यक्त गरे। अरुले के काम गरिरहेका छन, नया innovation, research updates के भै रहेको छ भन्नेमा निकै चासो राखेको पाए। केहि न केहि अनुसन्धानको काम भै रहेको रहेछ। अनुसन्धानको लागि पैसो ल्याउन प्रोपोजल लेख्ने, कहाँ कहाँ बाट फ़नडिङ्ग ल्याउन सकिन्छ भनेर सोध खोज गरिरहेको पनि देखियो। अनुसन्धानको संस्कृति बिस्तारै बिकास हुदै गरेको छ नेपालमा। जति पनि यस्ता काम भएका छन, ति सबै व्यक्तिगत रुपमै भएका छ। सरकारले र बिस्वबिध्यालयले यो सम्बन्धमा कुनै नीति नियम बनाएको वा सहयोग गरेको वा बैज्ञानिकहरुलाई प्रोत्साहन गरेको जस्तो भने लागेन।  

7/08/2012

How did I come to Science?

I came to science not because of any person, incident, tv shows or movies, science article like most of the people in developed countries. It was because of two reasons: 1. I was talented among my classmates during my high school and 2. Our society had a belief that talented students must go for science to have better job/life in future. I was not an extraordinary individual. I was a normal student and just followed my communities belief. 

My story is the story of thousands of students of my generation in Nepal (I guess all developing countries), where choosing a profession is driven by need rather than interest. Last week (Friday 6th, July), prestigious science magazine published my opinion as "Letters to Editor" on "a specific experience and how it changed their science, training, or career goals" along with 13 others on print version and some more with detail opinion on online version. They selected mine out of more than 100 submissions. They might have found mine as an unique opinion that brought me to science. 


6/10/2012

भरिया दाईको न "बिसाउने" भारि

भरिया दाईको "बिसाउने" भारि
सुनमाया बिसाउने चौतारी



















यस्तो गीत छ नी यौटा फेमस। मेरो चाइ बिसाउने भन्दा नी नबिसाउने भनम जस्तो। अस्तिको हप्ता भरियाको काम गरियो। हाइकिङ ब्यक्प्यक भरि सामान् भर्यो अनि डांडा कांडा उकाली ओराली गर्यो। पांच दिन सम्म करिब पांच घन्टा प्रत्यक दिन्। उकालो चढेर फर्किदा सामान् पनि काम हुँदै जान्थ्यो। हुनत यस्तो काम हाम्रो देशका लाखौंको दैनिकी नै हो। तर पनि आफूले नगरेको काम गर्दा गार्है हुने। कति खैरे पनि देखिन्थे, तर उनिहरुको आफ्नै चाहना ले। यसरी हिंडेको धेरै बर्ष पछि थियो। एक पटक सानैमा प्युठान गएको थिए, दाङ को बाटो हुदै बुवा सङ। दाङ बाट अली पर सम्म बसमा त्यसपछि तीरामको ओरालो हिडेर र दहखोला सम्म हिंडेको छु। तर भारी बोक्न पारेको थेन। भारी नबोकी त अर्को पटक पनि भालुबाङको बाटो २ दिन हिडेर दहखोला पुगेको छू पचास सालको बर्खा मासमा। अनि ५५ हो की ५६ साल तीर दहहोला देखि नारिकोट सम्म रेकम र शिव अंकलहरू सँग हिंडेको छु। त्यसको मजा छुट्तै थियो। तर भारी बोकेर पनि नहिडेको त हैन। स्कुल पड्ने ताका घासका भारी खेत बाट होस् वा बन बाट होस् सकी नसकी बोकिन्थ्यो/ बोक्न पर्थ्यो। बन बात दाउराका भारी पनि कति बोकियो कति। तर त्यो एकादेशको कथा भैसकेको स्थिति हो। 

एक्कासी अस्तिको हप्ता भारी बोकेर उकाली ओराली गर्दापो गार्हो भयो नि। सुरुका दिनहरू खासगरि। त्यसपछि भने बिस्तारै बानी पार्न थाल्या थ्यो, काम सक्क्यो र फर्कियो। उक्त भारी बोकाइको बिस्त्रित कथा यहा अङ्रेजी मा लेखेको छु, जागर लाग्यो भने पढ्नु होला। अहिले भने हाइकिङ गर्दाका फोटोहरु। 







5/28/2012

जे सकिन्छ त्यहिँ गरिन्छ


बाबुराम  भट्टराइले मंसिरमा नया चुनाबको घोषणा। संबिधान  त बनाउन  सके पो। नेपालजस्तो जातीय, सांस्कृतिक  भौगोलिक  र भाषिक  रुपमा complicated देशमा त्यसकै आधारमा संघ  बनाउन  के सलिजो हुन्थ्यो र? चित्र ब। केसीले भन्या जस्तै। 

नेपालको पछिल्लो घटनाक्रम  पत्रिकामा  लाइभ  पढियो, टिभीमा लाइभ  हेरियो अनि twitter मा follow गरियो। त्यो भन्दा अरु त सके पो गर्नु। लास्टमा चिन्ता गरियो देशको बारेमा। के गर्ने त। 
 
यसपालिको मौसममा सगरमाथा चड्नेको खुब भीड लाग्यो रे। ट्राफिक जाम नै भयो रे। म पढ्ने university को पनि एक जना सफलता पुर्बक चुच्चोमा पेगेछन्। यताका खैरे सगरमाथा ताक्दा, यहा बस्ने नेपाली भने नजिकैको भेडाउ भन्ने ढुंगे पहाडतिर लागे हिजो। धेरै जसो बेस क्याम्पमै रमाइलो गरियो। दुइ जना (सुजन र रामजी) उक्त पहाडको टुप्पो तिर लागे। सफलता पुर्बक  चुचोमा पुगे। 100 प्रतिसत  सफलता।

 
नेपाली  टोली  भेडाउ पहाडको मुन्तिर 

4/09/2012

यो शनिबार

अब त "शनिबार" लेखम कि "सनिबार" लेखम confuse हुन्छ। उहि "सहिद" र "शहिद" जस्तै। पातलो "स" कसरि बोल्ने वा मोटो "स" कसरि बोल्ने स्कुल पढ्ने बेलामा कसैले सिकाएन। अहिले यस्तै यस्तै बिषयमा नेपालि भाषाविद बीच बिबाद चली रहेको छ। आशा गरौ तिनीहरुले नेपालि भाषालाइ अझ समृद्ध र सजिलो बनाउने तिर ध्यान दिने छन्। मेरो यो ब्लगमा धेरै भाषा सम्बन्धि सुद्धा सुद्धिका गल्तिहरु टन्नै  छन्, पक्कै पनि। त्यसलाई भन्दा मैले भन्न खोजेको कुरालाई ध्यान दिनु होला। 

आजभोलिको दैनिकी भनेको शुक्रबार सम्म धुम धडाका चल्छ, दोप्परको गुरुसंगको बैठक सम्म। त्यसपछि बिस्तारै सेलाउदै जान्छ, हप्तांतको लागि। शुक्रबार बेलुका यसो यता उता गरेर बित्छ। घर भन्दा बाहिरै डिनर खान पाइयो भने गजब हुन्छ। शनिबार केहि न केहि कार्यक्रम हुन्छ। कहिले क्याम्पस तिर। कहिले आफै बनायो र कतै गयो। नत्र त ल्याब जिन्दाबाद। हिजोको शनिबार अन्तराष्ट्रिय बिद्यार्थीको पार्टनर भन्ने संस्थाले रयांच (ranch) देखाउने र snowy range मा घुमाउन  लग्यो। हामि पनि पछि पछि लागियो।

ranch को नेपालि के हुन्छ ठ्याक्कै त थाहा भएन तर 'गोठ' भन्दा हुन्छ कि? सहरको बस्ति भन्दा अलि टाढा ठुला ठुला चरन भए तिर टन्नै गाइ पालेर बस्छन। हजारौ गाइ। तरकारी गाइ। गोठालो बस्नको लागि घर पनि हुन्छ। घासको बेवस्था सहित। अमेरिकाको यो राज्य (Wyoming) यस्तै  ranch हरुको लागि पनि प्रख्यात छ। ति गाइ गोठमा बस्नेलाइ cowboy (गाइ गोठालो) भन्छन। 

हुनत आफै गोठालो गरेर आ'को मान्छे तर पनि कहिले काही गाइ गोठ हेर्न जान पनि रमाइलो नै हुन्छ। चौर भरि गोबरै गोबरको थुप्रा। गाइ चरी रा'का। काला गाइ। यिनी सबै तरकारी गाइ हुन्। गाइ सम्हाल्नका लागि हुन सक्छ, यी गाइ गोठालेले अलि घोडा पनि पाल्छन। तर तेतिका घोडा राखेर के फाइदा हुन्छ भन्ने मैले बुज्न सकेको छैन। जे होस् यहाका घोडा नजिकै बाट देखियो। घोडा मात्रै नभएर mule र dunkey पनि। 

यी गोठालेहरुको रहन सहन हेरे पछि snowy range पहाड तिर लागियो। यो पहाडमा धेरै पटक गा'छु म त। तर पनि अलि ठुलो समुहमा जादा अलि रमाइलो हुन्छ कि भनेर। पहिले भन्दा अलि फरक यसपाली हिउ मै हिडियो। snow hiking भनम न। रमाइलै भयो।

यो शनिबार यसरि नै गयो।

यो भिडियो राख्या छु कर हेर्नी भा।


3/15/2012

शिव लिङ जस्तो डेभिल्स टावर

नेपालि टोलीका केही टावर अगाडि। 
पूजा गर्न थाल्ने हो भने यसलाई सन्सारकै सबै भन्दा ठुलो शिव लिङ भन्दे हुन्थ्यो। तर कसैले पूजा गरेपो। नेपाल् वा भारत तीर भा'भए मान्छेले पूजा गर्दा हुन्। तर यो पर्‍यो अम्रिकामा। 

यसपालीको हिउद अब सक्यो। हिउ लगभग पग्ली सक्यो। बाटो सब सफा चट भै सके। तेस्को पिर भएन। अनि सँग संगै स्प्रिङ ब्रेक हो यो हप्ता। नो कलास। केही महिना भैसक्या थ्यो, उकुस मुकुस भा'को कहि जान नपा'र। अस्तिको शनिबार र आईतवार घुम्न गैयो। घुम्न पनि कता जानु? यसपाली रशमोर पहाड जाने योजना बन्यो। तर त्यो भन्दा अलिक पर वायोमिङ मै पार्ने प्राक्रितिक टावर हेर्न जाने कुरो भो पहिले। रशमोर पहाडको बारेमा अर्को पटक लेखम्ला। अहिले लाई डेभिल्स टावर्। 


हाम्रो टोलि १३ जनाको थियो, जसमा चार जना चाइनिज बाहेक सप्पै नेपालि। ईण्डियनहरू पनि जाने भन्या थे' तर लास्टमा गएनन्। नत्र बहु-राष्ट्रिय हुन्थ्यो टोलि। बिहान सात बाजे सुरु भएको हाम्रो यात्रा करिब छ घन्टाको ड्राइभ पछि डेभिल्स टावर पुग्यो।  त्यो ठाउ नपुगुन्जेल खासै रुख्, जंगल देख्न पाइएन्। जब जङल्, हरियो, परियो देख्न पाइयो-झन आनन्द आउन थाल्यो। अलि पहाड पनि। र बिस्तारै डेभिल्स टावरको टुप्पो झल्याक झुलुक देखिन थाल्यो। हाम्रो गाडी टावरको प्रबेशद्वार पुग्दा शशी सर को टोली त्यहाँ पुगेर फोटो खिच्न ब्यस्त थियो। चाइनिज टोली भने त्यहाँ बाट अगाडि बडिसकेको रैछ। हामि पुगेर त्यहि फोटो सेसनमा मिस्सिम। 

3/04/2012

आंधीले ढाल्ने घर्

हिजोको टोर्नेडोले भत्केको घर्। पुरै काठले बनेको घर।  (स्रोत )
अमेरिकाको इन्डिएना राज्यमा हिजो आएको टोर्नेडोले गर्दा थुप्रो धन र जनको पनि क्ष्यती भयो। अली एक दुई दिन अघि दक्षिण तिरका राज्यहरुमा पनि त्यस्तै हावा हुरीले बस्तीका बस्ती ध्वस्त पार्यो। कति मरे पनि। बिकसित मुलुक नहुदो हो त धेरैको ज्यान जादो हो भन्ने सोचाइ आइरन्छ यो मनमा।

अली अघि कृष्ण धाराबासीको आधी न आउने घर भन्ने किताब पढ्या थे। तराई तीरको फुस्को घर हरेक चैत बैषाखमा आउने हुरीले भत्काइदिने, अनि फेरि ओतको लागि बनाउनु पर्ने दुख्ख विवरण सहितको त्यो किताबमा उनले पक्की घर बनाउन पाए देखि यो आधीले केही गर्ने थिएन भनेका छन्। पछि त धाराबासी पनि आधी नआउने पक्की घरमा बस्न थाले होलान् मेरो बिचारमा। नेपाल् जस्तो देशमा अंरिकामा जस्तो टोर्नेडो र अन्य प्राक्रितिक प्रकोप आइरने हो भने कति मान्छे मर्दा हुन है? हुन त हाम्रो तीर मान्छे मर्न अरु नई कारणहरू जति पनि छन्।  

हाम्रो पहिले खरले छाएको घर हुँदा प्राय जसो फागुन चैत तीर हावा हुरीले छानोको खर उडाएर लैजान्थ्यो। अनि धराबासीको किताबमा उल्लेख गरे जस्तै बल्ल तल्ल खर खोजेर की म आफै (बच्चा तेतिबेला) की छिमेकीलाई बोलाएर पानी पर्न भन्दा पहिले नै मिलाउनु पर्थ्यो। सार्है हैरान लाग्थ्यो, प्रत्यक बर्ष तेसो गर्न पर्दा। कुनै बर्ष त दोहोरिएर। अनि मलाइ पनि लाग्थ्यो, यो घर टीनले छाउन पाए त पानी पनि चुन्थेन र घरि घरि छानो चढेर खर मीलाई रन नी पर्थेन। तीन तले घरको छानोमा चढेर काम गर्दा सातो नै जान्थ्यो। अहिले सम्झिदा लाग्छ, छानो मात्रै उडाउने हावा हुरी अमेरिकाको घरै भत्काउने भन्दा त धेरै राम्रो। नेपालमा हावा हुरीले घरै भत्काको तेति हुदैन। पछि (आठ कक्ष्यामा पढ्ने समय तिर) मौरिघाट स्कुल नजिकै बसाइ सरे पछि उक्त समस्या त परेन पक्की घरले गर्दा तर त्यहा भएका आंपका रुखमा लागेका बतिला सबै झार्दा भने मन रुन्थ्यो। 

12/25/2011

घाम लाएर के भो र न्यानो नभए पछि?

बिहानको घाम्। हेर्दा रमाइलो। 
सोझो हिसाब ले सोच्ने हो भने घाम लाग्यो भने तातो हुनु पार्ने हो। तर यस्तो नहुदो रैछ सधै भरी वा सबै ठाउँ मा।

नेपालको तराई तीर अहिले चिसोले मान्छे मरेको मरेइ छन्। त्यहाँ हुस्सु लाग्छ, घाम लाग्दैन महिनौ सम्म। त्यो आफैले भोगेको छु। जब माघ तीर घाम देखिन्छ, तब मान्छेले तातो महसुस गर्छन्। तर घाम लाग्दैमा तातो हुन्छ भन्ने झुट रैछ। मैले यी शब्दहरू लेखिरदा बाहिर टन्न घाम लाइरा'छ। ब्यानै बाट। भित्रै बसिरनेले बाहिरको चिसो महसुस गर्न सक्दैन। बाहिरै जानु पर्छ। वेदर च्यानल मा तापक्रम हेर्दा ५ F वा -१३C देखाइ रा'छ। आजभोलिको यहाको तापक्रम यसैको ओरिपरी घुमी रन्छ। बाहिर एक्छिन हिंड्न पर्‍यो भने चिसो अनुभब कसरी हुन्छ भने, नाक भित्रको तरल पदार्थ (म्युकस्) आइस बन्छ र भित्ता खोच्न थाल्छ। 

8/21/2011

जीवन एउटा सुन्दर फूल नै हो।

जीवन कांडाकी फूल की लेखक झमकले यो सालको मदन पुरस्कार पाइछन्। उनलाई बधाई छ। खासमा यो समर सुरु हुन भन्दा पहिले नै मैले उक्त किताब पढेर सक्या थे'। मध्य जाडो तिर सुस्मा नेपाल बाट आउँदा सरिता लाई कुनै नेपाली किताब यत्तिकै पढ्नको लागि पठाइदिन भनेको थिय। ती मध्य झमकको उक्त किताब थोरै समय मा नै पढेर सक्या थे'। बसमा स्कुल जादा र फर्किदा (लग्भग १२ मिनेट लाग्छ एककोरो)। अर्को कृष्ण धाराबसीको किताब हुरी नआउने घर पनि धेरै जसो (दुइ तिहाइ भनम न) पढेको छु। अलि समय भो नपढेको। खासै यस्ता किताब पढ्ने मान्छे त म हैन। तर मदन पुरस्कार पाएको किताब यो नै होला मैले ध्यान देर पढेर सकेको। किताब सार्है मन छुने खालको छ तर पनि यति ठुलो पुरस्कार जित्ला भन्ने मैले सोचेको थिन। हुनत मैले जज गर्न सक्ने त हैन। अलि पैले नारायण वागलेको पल्पसा क्याफे ले खुब चर्चा पा' बेलामा पढ्न खोजेको झ्याउ लागेर पढ्न सकिन २-३ च्याप्टर बाहेक्। साहेद मेरो स्वाद को नभएर वा मलाई बुज्न अफ्ठेरो भएर हो जस्तो ला'थ्यो। 

म भन्दा केही पहिले जन्मेकी झमकको बारेमा मैले था'पा को बी एस्सी पड्दा खेरी हुनु पर्छ। नव युबा मासिकमा उनको बारेमा बिस्त्रित लेखिएको थियो। त्यसपछि अरु पत्रिकामा पनि चापिन थल्यो। देखे जति पढेको छु। भौतिक रुपमा असक्त हुँदा हुँदै पनि यति सक्रिय रुपमा स्रिजना गर्न सक्ने अदभुद क्षमता हो। उनको कुनै स्रीजना त्यस्तो उल्लेख गर्नलाई याद् त छैन। तर पनि जीवन कांडा की फूल उनको आत्मा ब्रितान्त बनेको छ।

7/31/2011

Working on Student Farm in Wyoming

We have been working on student farm of UW called ACRES for about three months. We just do volunteer work approximately  2 hours per week on Saturday. Our schedule is from 10-12am. It is fun working on farm. However working on farm is not new for us. It is just in a new place where priorities are different. It is reminding my childhood. During our high school period, we used to work on our own farm, taking care of goats and buffaloes. Most of people in Nepal rely on their own agriculture for living. 


Farming in Laramie happens only in summer, rest of the year not possible. It is all snow covered. This year we have planted potato, tomato, cilantro, lettuce, zucchini, raspberry, strawberry, onions, pea etc. Some of them are ready to pick these time. We get to eat FRESH produce. I am putting some pictures of the farm below. Click on each picture to see larger version.


Working on the farm. Susma, Basant and Rajan from left

7/24/2011

अर्काको लागि बाच्ने हामि

आज नेपाल ले जोर्डन सँग विश्वकप फुट्बल छनोटको लागि गेम खेल्यो। त्यो गेम भन्दा पनि त्यहा खेल्ने नेपाली खेलाडी रोहित चन्दको चर्चा बढी भयो। युरोपका क्लबले उनलाई लैजाने सम्भावनाको कारण। जालान नजालन त्यो अर्कै कुरो भो। फुट्बल खेलाडी मात्रै होइन। बर्षेनि बेलायती गोराहरु नेपालमै आउछन् उनिहरुको आर्मीमा भर्ती गर्न लाएक नेपाली ठिटाहरुको खोजिमा। यो एक किसीमको परम्पराको रुपमा बिकसित भैसक्यो सताब्दिऔ देखि। अर्काको लागि ज्यान फाल्ने/ लड्ने र काम गर्ने। अहिले हजारौं नेपालीहरु कामको खोजिमा अरबको खाडी तिर जान्छन्। पहिले यसै गरि भारत जान्थे, अहिले पनि जान्छन्। देशमै राम्रो खेल्न पाउने भए किन बिदेशी क्लबबाट खेल्न खोज्दा हुन र, आफ्नै देशको क्लबले जित्दा दिने खुशि बिदेशी क्लब ले जित्दा कहाँ मिल्ला। देशमै राम्रो, क्षमता अनुसारको काम पाउने भए किन अरबको मरुभुमी मा पसिना बगाउथे होलान् र। अब त यस्तो भैसकेको छा की देशमै गर्न सकिने काम पनि नगर्ने र बिदेश जाने संस्क्रिती बिकाश भाई सकेको छ। हिजो एक्जना साथीको फेसबुक इस्ट्याटस देखेको थिए। उनले लेखेका थिए गाऊको भाई जसको प्रसस्त जमिन छ, जसले त्यहा हुँदा सिनको भाच्ने काम गरेनन्- आजभोलि अरबमा भेडा चराउने गर्छन्। गाउमै, आफ्नै जमिनमा तरकारी खेती गरेको भए पनि अरबको भन्दा २-३ गुणा बढी आम्दानी गर्ने थिय।   

अलिकति पढेकाहरुको पनि हाल तेही हो। अर्कैको लागि काम गर्ने। एस.एल.सी पास् गर्दा बित्तिकै +२ भर्ना हुनेहरुको लक्ष्य भनेको प्रथमत डाक्टर अनी त्यसपछि इन्जिनियर अनी तेस्रोमा फिजिक्स। फिजिक्स पढे पछि अमेरिका सजिलै जना पाईन्छ भनेर। अमेरिका गए पछि नेपालको लागि काम गर्ने हैन केरे। कुनै पनि क्षेत्र छैन् जहाका मान्छेहरु अरुका (बिदेशि)काम नगर्ने कमै होलान्। आधा भन्दा बढी नेपाली डाक्टरहरु बिदेशीको सेवा गर्छन्, तेत्तिकै इन्जिनियर पनि बिदेशीको लागि काम गर्छन्। नेपाल मा भन्दा बिदेशमा बढी छन् नेपाली बैग्यानिकहरु। 

जता हेर्यो तेतै उस्तै। एउटा क्षेत्र बहेक्। त्यो हो राजनीति गर्ने हरु। राजनीति गर्नेहरु लाई भने बिदेशमा नो चान्स। कहीले सम्म यस्तो होला कुन्नि। पुस्तौ पुस्ता देखि अरुकै लागि काम गर्नु पर्ने? 

7/13/2011

अम्रिकामा गरीब मोटा, नेपालमा धनी मोटा

खान त नेपालमै पनि टन्न भात खाएकै हो, तर नेपाली माप्दन्ड अनुसार कहिल्यै खाइलाग्दो भैएन। आफूलाई चिन्ता नभए पनि आफ्नालाई/समाजलाई सरोकार हुने। अम्रिका आए पछि पनि खासै परिवर्तन भैएन। कम्तिमा ~१५-२० किलो मासु जिउमा थपेर नेपाल गा'बेलामा मेरा केही साथिलाई के भन्छन् आफ्नाले, थाहा छ? अम्रिका फापेछ। आफूलाई त त्यसरी अम्रिका फापेन। यो कुरा यतै छोडौ। 

यो पाताल मुलुक (अम्रिका) मा नेपालमा जे हुन्छ ठ्याक्कै उल्टो हुन्छ। नेपालमा गरीबहरु सुकुटे हुने, यहाँ धनीहरु सुकुटे हुने। नेपाली गरीबहरु पेट्भरी खान न'पार सुकुटे, यहाँका धनी हरु राम्रो राम्रो खा'र सुकुटे। खाइलाग्दाको कुरो गर्दा नेपालमा धनीमानीहरु यति ठुलो भुँडी हल्लौदै मर्निङ वाक जान्छन्। अनि गरीबहरु काम गर्दा गर्दा लखतरान पर्दा पर्दै सुक्छन्।  अम्रिकामा गरीबहरु मोटा, थल् थल गर्दै हिड्ने। हिड्नै गार्हो हुनेहरु। रोगीहरु। संसारमै धेरै खाने वा खाने कुरा खपत गर्नेहरुमा नम्बर एक हुन अम्रिकीहरु। मन ला'को खान्छन्, नला'को फाल्छन्। धनीहरुले रसिलो, पोसिलो, तागतिलो, फ्रेस खान्छन्। खाए पछि तेत्तिकै तन्दुरुस्त हुन ब्यायाम गर्छन् र पो निरोगी र राम्रा देखिन्छन्। गरीबहरु बोसै बोसो भरिएको कुखुरो खान्छन (जुन सस्तो हुन्छ तेहि), ब्यायाम गर्ने सुबिधाबाट बन्चित छन् अनि मोटाको मोटै। नेपालका धनीहरु खाको खाइ गर्छन्, भौतिक काम काम गर्छन अनी मोटो हुन्छन्। उता गरीबहरु खानै पादैनन तर काम गरेको गरेइ अनि चाइए भन्दा पनि सुकुटे हुन्छन्। 

6/23/2011

Colorado Spring Visit from Laramie, WY

Two weeks ago we visited Colorado Spring area of Colorado with some friends. We live in Laramie, a small school town on south east of WY. CS was one of the near by tourist places in a driving distance. It is ~4 hrs drive, some other touristic destinations are Yellostone national park and Grand Canyon. The later ones are far, require more time and money. We plan to see Yellostone in late July this year.

Shashi sir family at Colorado Welcome Center
Our journey started early morning (~7.30am) on Saturday, stopped by at Colorado Welcome center in Fort Colin. This is the place where I stop by every-time while travelling to Colorado. They provide free coffee, have restroom, map, and other stuffs related to Colorado. This time, Basanta bhauju had brought MO:MO, maalpuwa with tasty and spicy chatni. That was our breakfast. Brad, post-doc researcher in my lab liked the Nepali dumpling and chatni. Second stop was in Denver to pick up Sasi and Ravi. Then, 3rd stop was at the US Air Force Academy( AFA) which is like 30min drive from Denver.

Chapel at USAF Academy. Inside is really beautiful
AFA is a historic place for people interested in army. Most of the people there, I believe, were somehow related to army. We stopped at Information Center and had our lunch there at SubWay. Then we walked down to see Chapel. Everyone in our group liked the architecture of the chapel. It was beautiful inside and good looking, attractive from outside. One more attraction there was the old plane where you can take pictures. This was not exciting to me because I have been to the Boeing museum in Seattle where they have all kinds of planes including Air Force 1 (US president plane). If you are not interested in above things then, its worthless going this place. However location itself is nice, on the lap of mountain with forest.


Planning to visit this area? Interested in my travel diary? More story with lots of pictures inside.

6/21/2011

स्कुल देखि क्याम्पस सम्म: SLC पछि को कथा

यो बर्ष पनि एस.एल.सी को रिजल्ट निस्क्यो। आधा जति फेल भएछन। पास भए जति अब स्थानिय देखि राजधानीका  +२ मा भर्नाको लागि दौड धुप चल्छ। कलेजका हाकिमहरु आफ्ना आउरे धुपौरे लगाएर विद्यार्थी खोज्न लागिपर्या होलान्। मेरा साथिहरु मिलेर यो साल देखि नयाँ +२ कलेज खोल्या छन्, अनी तीनिहारू पोखरा देखि नारायणघाट सम्म के पड्ने भनेर सेमिनार दिदै हिड्याछन्। आज भन्दा करिब १५ बर्ष अघिको कुरो अर्कै छ।

हुनत एस.एल.सी दिदा बित्तिकै नै हो काठ्मान्डु गएर अङ्रेजी र कम्पुटर सिक्ने भनेर बुवाले भन्नु भाको, म मख्ख पर्या'थे काठ्मन्डु जान पाइने भयो भनेर। त्यति बेला फेसन आ'थ्यो एस.एल.सी जाच दे'पछि कम्पुटर र अङ्रेजी भाषा सिक्ने। तर खै किन हो त्यो पूरा हुन पाएन। एस.एल.सी दिए पछि रिजल्ट ननिस्किदा सम्म घरमा गोबर ग्यास पलान्ट बनाइयो, बाटो पारीको ३ कठ्ठा नयाँ किनेको खेतमा बेमौसमी मकै लगाइयो, धेरै जसो समय त्यहि मकै खेती मै बित्यो।  त्यति बेला बना'को गोबर ग्यासले अहिले सम्म पनि काम गरि रा'छ। रिजल्ट निस्के पछि भने काठ्मान्डु जाने पक्का जस्तै भयो, त्यो पनि नम्बर को कारणले। पहिलो डिभिजन आयो भने साईन्स पड्नु पर्छ भन्थे। त्यो पढ्न लाई अन्त जान भन्दा काठ्मन्डु नै ठीक पर्थ्यो धेरै कारणले। असार तिरै होला बुवाको पछि लागेर नाइट् बस चढेर काठ्मान्डु हिंडेको थिए।  

5/28/2011

हिमालयन थारको खोजिमा घान्द्रुक देखि लान्द्रुक सम्म

-सुस्मा 

नेपाल प्राक्रितिक सम्पदाले भरिपुर्ण देश हो भन्नेमा कसैको दुई मत नहोला। छेत्रफलमा सानो भएपनि जैबिक विविधताको हिसाबले धनी राष्ट्र हो। यसले नै पर्यटकलाई आकर्षण गरिरखेको छ। यहाँ धेरै ठाउँहरु छन् जुन explore भएका छन् र पर्यटकिय छेत्रका रुपमा विकसित गरिएका छन्। तर धेरै यस्ता ठाउँ पनि छन् जुन explore भएका छैनन् र अझै पनि wild stage मा छन्। गन्तब्य तर्फ जाँदा बाटोमा पर्ने यी ठाउँ एवम् दृश्य यति सुन्दर छन् की जो कोहि पनि त्यहाँ एकछिन  रमाउन चाहन्छ। यसै प्रसँगमा आज म 'थार' सम्बन्धि  अनुसन्धान को क्रम मा field जाँदाखेरीको अनुभव बाँड्न चहन्छु।

जानु पार्ने थियो ब्याम्बो भन्ने ठाउमा। काम थियो "हिमालयन थार" ले के-के खान्छ र कस्तो कस्तो ठाउँमा बस्छ/घुम्छ भनेर अनुसन्धान गर्नु। त्यसको लागि त्यो बाख्रो जस्तो पनि देखिने जनावरको आची खोजेर ल्याउने र त्यो आची भेटिए को ठाउ ओरिपरीको बनस्पतीको नमुना ल्याउने काम्। यो ठाउ  ACAP (Annapurna Conservation Area Project) अन्तर्गत पर्छ। घान्द्रुक गाबिसमा पर्ने यो ठाउँमा Bamboo को एउटा species (जसलाई नेपालीमा टुसा भनिन्छ) अधिक मात्रामा पाइन्छ।  त्यसैले यो ठाउँलाई Bamboo भनि नामाकरन गरिएको हुनुपर्छ । हामी चार जनाको टोली थियो।  पोखरा बाट Bamboo पुग्ने धेरै बाटो छन्। ती बाटोहरु ACAPका प्रख्यात trekking route मध्ये थिए।

4/30/2011

निकाल्यौ हिरा मोती बनायौ सुनका दरबार

मे १ मजदुर दिबस। नेपालमा मइ  दिबस भन्छन्। मजदुर दिबस्, अन्तराष्ट्रिय मजदुर दिबस्।

यहाँ म बस्ने 'कुटि' बाट स्कुल (काम गर्ने ठाउँ, अन्त भए युनिभर्सिटी भन्दा हुन्) बसमा जादा आउँदा दिन दिनै यौटा बनाउदै गरेको ठुलो घरमा काम गरि रा'का मान्छेहरु देख्छु। आजभोलि त यहाँको मौसम् खासै खराब छैन। अली अली हिउ पर्छ तर पग्ली हाल्छ। फेब्रुअरीको सुरुका दिनमा -३५ F पुग्यो। त्यस्तो बेलामा सास फेर्दा पनि जम्थ्यो। नाक नछोप्ने हो भने नाक भित्रको तरल पदार्थ आइस बनेर घोच्थ्यो। त्यति बेला काम गरि रा'का मजदुर लाई देख्दा कसरी काम गर्न सकेका हुनन भन्थे। पक्कै पनि रहरले त होईन होला। खास गरि यस्ता काममा मेक्सीको तिरका illegal आप्रबासी हुन्छन्। यिनीहरुको कथा ब्यथा बेग्लै छ। भौतिक काम जति यिनिहरुकै जिम्मामा हुन्छ। हाम्रो बिभाग (department) मा पनि मर्मत सम्भारको काम भैरा' छ। त्यहा पनि उही हो कुरो। दिमाग लगाउने काम खैरेको बाँकी हात् पाखुर लगाउने काम तिनै मेक्सिकनहरुको । जसरी तसरी आउछन्, महल बनाउछन् थोरै पैसामा तर कस्को लागि  हो कस्को।  बनाइसके पछि पाइला टेक्ने अवसर तीनलाई मिल्दैन।

यस्तै देख्दा देख्दा जीवन शर्माले यिनै किसान्, मज्दुरको बारेमा गाउने गीत को याद् आइ राछ आजभोलि।


निकाल्यौ हिरा मोति बनायौ सुनका दरबार!
न हामलाई एक छाक रोटी न पायौ ओत् लाग्ने घर!!

3/27/2011

Why I Write?

This blog was started in late 2007 and was the first blog I started. It has been few years by now and I am able to keep it alive. It takes some time to think about what I should write for next post. Actual writing doesn't take much time. Most of the blog post materials start with my interest and I try to have something that is interesting to others as well. Remember, I am not a writer by profession I am a student of science. I have written blog posts both in English and Nepali languages but mostly in English. Some of the readers of this blog have liked my way of writing in Nepali. Some friends ask why I am writing. 

In the list below, I've tried to outline the reasons why I write.  

1. To Improve Writing Skill
I wanted to improve my writing in English and make a habit of writing. Expressing one's feeling, knowledge, experiences is very important and writing is one of the ways to express. This is equally true in professional life. My English learning started when I was in 4th grade. Forget about speaking, writing was never good. I had 57 points out of 100 in English in SLC exam. During college study, we just had to memorize books/notes and paste that in the exams. Later on I realized that writing in English is important for my professional career (that time I had decided to go on a science career). I took English as an elective subject in 3rd year of BSc. After BSc, I joined Biswabhasa Campus and studied English for one semester. These two classes definitely improved my English but was not enough because learning has to be continuous or has to be practiced regularly.

After coming to the US, I felt that strong improvement in English writing and speaking is necessary. For speaking, I took one class at OSU. For writing, in my opinion practice is very important. That's why I started this blog. When I look back my email correspondences to the professors while applying for graduate school, I feel ashamed. Over past years, my writing has been improved-I can say for sure but still learning. This blog has improved my writing in Nepali as well.

1/16/2011

अम्रिका बस्दाका केही रोचक प्रसँगहरु-२

भाग १ 
१. गिरी हैन जिरी: डिपार्ट्मेन्ट चेअरले (Department Chair) एउटा अवार्ड थाप्ने बेलामा बसान्ट जिरी (बसन्त गिरी, Basant Giri) भन्दा पो हासो लाग्यो मलाइ त। खैरेले हाम्ले भन्ने G लाई Z भनेर बुज्छन्। सुरु सुरु मा त अफुले बोलेको खैरेले बुज्दैनन अनि उनिहरुले बोलेको अफुले नबुज्ने। समस्या तेही हो। अङ्रेजी को। मैले कहिले पनि अङ्रेजी बोलिन भन्दा पनि हुन्छ अम्रिका आउन भन्दा पहिले। चार कलास बाट A, B, C, D सिकेको, त्यो पनि गाउ तिर को सरकारी स्कुलमा।  अनि किताब घोकेको भरमा पास् गरिन्थ्यो। बोल्न त पर्थेन अनि किन बोल्नु र। पछि कलेज पड्ने बेलामा पनि लेख्ने हो बोल्न पर्थेन केरे। पढाउने बेलामा भने बोल्थे सकी नसकि, तर तेसले के काम गरुस र। कठै बरा। आमने सामने भएर बोल्दा त यसो हाउ भाउ ले मेसो पर्थ्यो के भन्न खोजेको भनेर। कहिले काही फोन मा कुरा गर्न पर्‍यो भने, त्यसो गर्न नपरे हुन्थ्यो जस्तो लग्थ्यो। सुरुकै महिना हुनु पर्छ। एक्जना Jason नामको खैरेलाई कफी पसल मा भेट्नु थियो। एक्छिन सम्म कुरेको आउदैन केटो त। अनि कफी पसले लाई ज्यासन आथ्यो अघि भनेर सोदेको कोहि आछैन "ज्याक्सन" नाम को मान्छे भन्छ। खासमा "जेसन" भन्नु पर्ने रैछ। अर्को एक्पटक पढाउनु पर्ने ल्याब मा विद्यार्थी को नाम बोलाउदै signature गराउदै पर्ने थियो, सुरुको दिन्। नाम बोलाउदै गए आउँदै signature गर्दै गै रा' थे। यौटा नाम थियो Michelle, मैले माइकल भन्छु कोहि बोल्दैन, अनी कोहि पनि आउदैन। त्यो नाम लाई लास्ट मा राखे। मलाइ सन्का लाग्यो की मैले सहि उच्चारण गरिन भनेर। अनि ल्याब सहायक लाई यो नाम कसरी उच्चारण गर्छौ भनेको मिसेल हो भन्छ। भित्र भित्रै लाज लाग्यो। अनि त्यो नामको के टी लाई माफ पाऊँ तिम्रो नाम गलत उच्चारण गरेको मा भने। के गर्नु आफुलाई था' भा' पो।

नाम भन्यो बुज्दैन। बसन्त भन्यो बसन्द (Basand) बुज्छ अनि गिरी भन्यो जिरी बुज्छ। त्यो समस्या बाट पार पाउन एक एक गरेर बुजाउनु पर्ने, यो भनेको यो अनी त्यो भनेको त्यो भनेर। आजकल् भने बिस्तारै बानि परेको छ। खैरेले बोलेको त बुज्छु तर मैले बोलेको अझै बुज्दैनन र बेला बेलामा केरे केरे के भनिस भन्छन्।