3/15/2012

शिव लिङ जस्तो डेभिल्स टावर

नेपालि टोलीका केही टावर अगाडि। 
पूजा गर्न थाल्ने हो भने यसलाई सन्सारकै सबै भन्दा ठुलो शिव लिङ भन्दे हुन्थ्यो। तर कसैले पूजा गरेपो। नेपाल् वा भारत तीर भा'भए मान्छेले पूजा गर्दा हुन्। तर यो पर्‍यो अम्रिकामा। 

यसपालीको हिउद अब सक्यो। हिउ लगभग पग्ली सक्यो। बाटो सब सफा चट भै सके। तेस्को पिर भएन। अनि सँग संगै स्प्रिङ ब्रेक हो यो हप्ता। नो कलास। केही महिना भैसक्या थ्यो, उकुस मुकुस भा'को कहि जान नपा'र। अस्तिको शनिबार र आईतवार घुम्न गैयो। घुम्न पनि कता जानु? यसपाली रशमोर पहाड जाने योजना बन्यो। तर त्यो भन्दा अलिक पर वायोमिङ मै पार्ने प्राक्रितिक टावर हेर्न जाने कुरो भो पहिले। रशमोर पहाडको बारेमा अर्को पटक लेखम्ला। अहिले लाई डेभिल्स टावर्। 


हाम्रो टोलि १३ जनाको थियो, जसमा चार जना चाइनिज बाहेक सप्पै नेपालि। ईण्डियनहरू पनि जाने भन्या थे' तर लास्टमा गएनन्। नत्र बहु-राष्ट्रिय हुन्थ्यो टोलि। बिहान सात बाजे सुरु भएको हाम्रो यात्रा करिब छ घन्टाको ड्राइभ पछि डेभिल्स टावर पुग्यो।  त्यो ठाउ नपुगुन्जेल खासै रुख्, जंगल देख्न पाइएन्। जब जङल्, हरियो, परियो देख्न पाइयो-झन आनन्द आउन थाल्यो। अलि पहाड पनि। र बिस्तारै डेभिल्स टावरको टुप्पो झल्याक झुलुक देखिन थाल्यो। हाम्रो गाडी टावरको प्रबेशद्वार पुग्दा शशी सर को टोली त्यहाँ पुगेर फोटो खिच्न ब्यस्त थियो। चाइनिज टोली भने त्यहाँ बाट अगाडि बडिसकेको रैछ। हामि पुगेर त्यहि फोटो सेसनमा मिस्सिम। 


शिव लिङको पुजा।।।।। 
हो यहि बेला हो, शिव लिङको कुरो उठेको। हिन्दू धर्म भनम अथवा संस्कार भनम्,त्यसमा शिव लिङको पूजा गर्ने चलन छ हजारौं बर्ष देखिन्। भगवान् शिवको प्रतिनिधिको रुपमा। मेरो बिचारमा छोरा छोरि होस् भनेर अलि बढी पूजा गर्छन् की? ठाउ अनुसार्, मन्दिर अनुसार् आ-आफ्नै अर्थ होलान्। पशुपति मन्दिर जादा सयौ यस्ता लिङहरू देख्या छु। एक ठाउ (कहा नेर हो ठ्याक्कै बिर्से) शिव लिङको बथानै छ, पशुपति परिसरमा। ती शिव लिङ एक भित्ता देखि एक हात् सम्मको अग्ला होलान्। कुनै ढुङाको पिलर राखेर शिव लिङ बनाइन्छ। भारत तीर पनि यस्ता शिव लिङ छ्यप्-छ्यप्ती पाइन्छन्। गरवाल तीर एउटा पहाड (६५४३ मी अग्लो) नै शिव लिङ जस्तो देखिन्छ रे मिलाएर हेर्न जान्यो भने। हो यस्तै देखिम हाम्ले पनि डेभिल्स टावर लाइ। 

ट्याक्क ठुलो ढुङाको पिलर राखेको जस्तो, प्रक्रितिक रुपमै। अलि पर बाट हेर्दा शिव लिङ जस्तै देखिने। आनि लाग्यो, यसलाई शिव लिङ मान्ने हो भने, सन्सारकै सबै भन्दा हुन्थ्यो होला। अमेरिका मा हिन्दूहरूको बसोबास टन्नै हुन्थ्यो भने यो ठाउँ कुनै प्रख्यात धार्मिक स्थल हुन्थ्यो होला। हाम्ले त यस्तो कुरा गर्ने मात्रै त हो नि। कसै कसैलाई शिव लिङ प्रति आस्था थियो भने पक्कै पनि मन मनै पूजा गरे होलान् र आशिश मागे होलान्। 

अली नजिक बाट हेर्दा भालुको नङ्राले कोतरेको जस्तो देखिदै न त? 
प्रबेशद्वार बाहिर फोटो खिचेर पुगे पछि, $१०/गाडी तिरेर हामि लागिम उकालो उकालो बाटो जस्ले टावरको फेदी मै पुर्यायो। तरिका तरिकाको फोटो खिचियो। बिशेषगरी केटी पार्टीले खोच्यो भनम न। टावरको टुप्पोमा चरा उडेको दुर्बिनले हेर्दा पनि बल्ल बल्ल देखिन्थ्यो। जमिनको सतह बाट लगभग चारसय मिटर माथी उठेको यो टावर अम्रिकाको पहिलो राश्ट्रिय मोनुमेन्ट रैछ। अजभन्दा करिब सय बर्ष (सन १९०९) पहिले तत्कालिन राश्ट्रपती रुज्बेल्टले स्थापना गर्या रचन्। कुनै ठुलो बस्ती छैन् यो ठाउँ ओरिपरि। बर्षमा करिब चार लाख मान्छे जाने रैछन यो टावर हेर्न। त्यस मध्य करिब चार हजार त टुप्पोमा चढ्ने रैछन्। रक कलाइम्बिङ होला। यो क्षत्र आदिबासी ईण्डियन (अमेरिकन ईण्डियन वा रेड ईण्डियन) हरूको रैछ, पहिले। यी समूहको बिनास गरेको युरोपिअनहरूले भन्ने कुरो त मैले भन्न पर्दैन होला। तर यो क्षेत्रमा त्यहाका आदिबासी र सेता आमेरिकनहरूको द्वन्द अझै पनि देखिने रैछ। त्यसको बारेमा रशमोर पहाड र क्रेजी होर्सको बारेमा लेख्दा लेखुँला अलि पछि। तर यो डेविल्स टावर र त्यस ओरिपरी बस्ने ट्राइबहरूको साँस्कृतिक सम्बन्ध रैछ। खैरेले अमेरिका कब्जा गरे पछि यो नाम् (डेभिल्स टावर) प्रचलनमा ल्याएछन् (सन १८७५)। त्यो भन्दा पहिले भिभिन्न ट्राइब ले बिभिन्न नाम राखेका रैछन्। यो टावर कसरी बन्यो भन्नेमा आदिबासी ट्राइबहरुमा लोक कथा रैछन्। ती मध्य एउटा यस्तो छ। केही बच्ची हरू खेल्दा खेल्दै त्यो ठाउमा पुगेछन्। तीनलाई भिमकाए भालु ले देखे पछि भाग्ने क्रम मा त्यो ढुङामा पुगेछन्। लडेर भाग्न नसके पछि ती केटीहरूले भगवान पुकारेछन्। भगवानले तीनको कुरा सुनेर, त्यो ढुङा लाई नाई माथी उठैदेछ। ता की भालु ले भेट्न नसकुन्। भालु रिसाएर आफ्ना नग्राले कोपर्न थालेछन्, त्यो माथी उठेको ढुङा लाइ। अहिले देखिने डोब तेही भालुको नङ्राको हो भन्ने विश्वाश रैछ। विश्वाश न हो। यस्ता अरु धेरै कथा छन्। पढ्न जांगर लागे यो लिन्क मा किलिक गरे हुन्छ।      

बैग्यानिकहरूको पनि आ-आफ्नै तर्क रैछ, यो टावर कसरी बन्यो भन्ने बिषयमा। तर जे जसरी बने पनि अहिले धेरै मान्छेहरूको आकर्षनको केन्द्र बन्या छ। हामि पनि गैयो र रमाइलो गरियो। तपाइ जान नसके पनि फोटो हेरेर रमाइलो गर्नुस्।


No comments:

Post a Comment

Please type your comment in the box below.