3/28/2012

रसमोर पहाडको कथा Mt. Rushmore history and story

लारामी बाट घुम्न निस्केको १३ सदस्यीय टोलि. 
यो पहाड अमेरिकाका प्रसिद्द चार रास्ट्रपतिहरुको कुदिएका मुर्तिहरुको लागि चिनिन्छ। स्प्रिंग बिदाको साइत पारेर घुम्न हिडेको हाम्रो टोलीको बारेमा त यो भन्दा अघिल्लो पोस्टमा लेखेको छु, पढ्नु भा' भए। डेभिल्स टावर हेरेर फर्केर रेपिड सिटीमा बास बसे पछी अर्को दिन बिहान यो पहाडमा सन् १९४१ मा कुदिएका वासिंगटन, जेफर्सन, रुजबेल्ट र लिंकनका टाउकाहरु हेर्न हिडेको थियो हाम्रो टोलि। साउथ डेकोटा राज्यको ब्ल्याक हिल्स क्षेत्रमा पर्यटक भित्राउने हिसाबले बनाइएको यो मोनुमेन्ट पहाडी बाटो हुदै जानु पर्छ। अमेरिकाका मूल बाटो भन्दा साँगुरा, घुमौरा, ओरिपरी सल्लाका रुख, माथि पुगेर तल देखिने भू-द्रिस्य, उकाली ओराली भएको यस्तो बाटोमा कम गतिमा  गाडी कुदाउन सार्है रमाइलो लाउछ मलाइ। करिब तिन घण्टा उक्त ठाउमा बिताएर हाम्रो १३ जनाको जम्बो टोलि फर्केको थियो। फर्किने क्रममा यस्तै र यसलाई टक्कर दिन बनाउन लागिएको क्रेजी होर्स हेरेका थिएम। त्यसको पनि एकदम चाखलाग्दो र मार्मिक कथा छ, अर्को पटक लेखाम्ला।  

यो ठाउँ यसपटक भन्दा पहिले पनि एकपटक गैसक्या थे'. त्यतिबेलाको पोस्ट हेर्न यहा क्लिक गर्नुस। 
खासगरी समर सिजनमा टन्नै पर्यटक आउने यो ठाउँ (करिब २० लाख प्रति वर्ष) सन् १९२७ मा सुरु भएर सन् १९४५ मा सम्पन्न भा'रैछ। समुन्द्र सतह बाट करीब १७०० मि अग्लो ठाउमा कुदिएका यी टाउकाहरु करिब १८ मि अग्ला छन्। रसमोर नाम चार्ल्स रसमोरको नाम बाट राखिएको रैछ, सन् १८८५ मा। त्यो भन्दा अगाडी सिक्स six grandfather भनिदो रैछ। यो क्षेत्र आदिबासी अमेरिकनहरुको बाक्लो उपस्थिति भएको ठाउ हो। सबैलाई थाहा भएको कुरो क हो भने यी रेड इन्डियन भनिने आदिबासीहरुको नाम निसानै मेटिने गरि यूरोपबाट अतिक्रमण गर्दै आएका गोरेहरुले मारेका थिए। अलि अलि बाकि भएका आदिबासिले यो रसमोर स्मारक बन्ने ताका निकै बिरोध गर्या रैछन। उनीहरुको आन्दोलन सन् १९७१ सम्म पनि भा'रैछ। अलिकति इतिहास खोतल्यो भने, अमेरिकन सरकार र Lakota जातिको युद्द पछी यो ठाउँ अमेरिकन सरकारले कब्जा गर्या रैछ सन् १८७६ मा। जब रसमोर स्मारक बन्ने भयो, त्यहाका आदिबासिले आफ्नो ठाउमा अतिक्रमंकारिहरुको स्मारक देख्दा अपमान महसुस गरि बिरोध गर्या रैछन। किर्तिपुर चोकमा पृथ्बी नारायण शाहको सालिक राख्या जस्तो होला। कति मन दुखे होला। तर सरकारी बल अगाडी बचेखुचेका आदिबासीको के लाग्थ्यो होला र। अब त्यो कुरा इतिहास भैसक्यो। तर उनीहरुले तेस्को प्रतिरोध स्वरूप नजिकैको अर्को पहाडमा आफ्नो नेताको झनै ठुलो स्मारक बनाउदै छन्। हाम्ले त्यो पनि हेरेर फर्किम। फुर्सद भयो भने अर्को पटक तेस्को (क्रेजी होर्स) बारेमा लेख्म्ला। अहिले लाइ यतिनै। 


जोइ पोइको पोज।  


1 comment:

  1. फोटोमा धेरै देखिएको यो ठाउको बारेमा पढ्न पाउदा खुसि लाग्यो.....

    ReplyDelete

Please type your comment in the box below.