4/01/2012

कहिले बन्ला त क्रेजी होर्स#CrazyHorse

बन्दै गरेको क्रेजी होर्स. टाउको मात्रै बनेको छ. 
क्रेजी होर्स भन्दा फेरी घोडा नै सम्झेला नि फेरी. मैले कुरा गर्न ला' को चै घोडा हैन. मान्छे हो. लकोता जातिको अमेरिकन आदिबासी नेता जसले अमेरिकन फेडेरल सरकारको अतिक्रमण बिरुद्द लडाईको नेतृत्व गरेका थिय १९ औ  सताब्तिको अन्त्य तिर (१८७०'s), तिनलाई क्रेजी होर्स भन्ने रैछन. त्यसको अर्थ हुने रैछ, उसको घोडा जाद्रो छ. अमेरिकाका आदिबासी मध्ये एक जाति रैछ लकोता भन्ने. उनीहरुको राज्य अहिलेको डेकोटा (south/north Dakota) राज्य तिर रहेछ. अमेरिकी सरकार संग लड्न नसके पछी सन् १९७७ मा यी क्रेजी होर्सले आत्मसमर्पण गरेका रैछन. यहाका आदिबासिले यिनलाई निकै सम्मान गर्ने रैछन अहिले पनि एक बहादुर र आफ्नो थात थलोको रक्षकको रुपमा. मैले यो क्रेजी होर्स लाइ यहा राख्नुको पनि कारण छ. यो भन्दा अघिल्ला दुइ पोस्ट पढ्नु भा'भए थाहा भयो होला कि स्प्रिंग ब्रेकमा हामि साउथ डेकोटाको रसमोर भन्ने ठाउँतिर घुम्न गा'थिम भनेर. त्यो क्षेत्र यिनै लखोटा आदिबासीको हो. रसमोर पहाडमा आफ्नै थात थलो कब्जा गर्ने अमेरिकन राष्ट्रपतिको स्मारक बनाउदा त्यहाका आदिबासिले सार्है चित्त दुखे, बिरोध गरे. तर के पो लाग्थ्यो र? त्यसैको प्रतिरोध स्वरूप भनौ वा आफ्नो समुदायमा पनि गर्ब गर्न लाएक मान्छे छन् भन्ने देखाउन, आफ्नो पुर्खाको सम्मान गर्न पनि होला रसमोर पहाड जसमा चार अमेरिकन रास्त्रपतिहरुको टाउकाको स्मारक बनाइएको छ, को नजिकै आफ्नै नेता "क्रेजी होर्स" को स्मारक पहाडमा कुदेर बनाउन थालेका रैछन.  
माथिको फोटोमा देखिएको सेतो आकृति क्रेजी होर्सको बनाउन लागेको स्मारकको नमुना हो. उनीहरुले (अमेरिकन आदिबासी समुदाय) बनाउन सुरु गरेको त करिब पचास बर्ष भन्दा बढी भैसकेको रैछ तर अहिले सम्म टाउको मात्रै बनेको छन्. हामि त्यहा के के न होला, पहाडमा बनेको स्मारक पुरा भैसकेको होला भनेको त होइन रहेछ. यो स्मारक पुरा हुदा १९५ मि. मोटो, १७२ मि. अग्लो हुनेछ, जुन संसारकै सबै भन्दा ठुलो हुनेछ. तर कहिले पुरा हुन्छ कसैलाई थाहा छैन. यो बनाउन लाग्ने खर्च मान्छेहरुले दिने दान बाट उठाउने रैछन. सरकारी पैसो नलिने घोसना गरेका. त्यसैले धेरै लामो समय लागेको. सरकारी पैसो नलिने बाटै मैले के बुझे भने, यिनीहरु कति रिसाका रैछन सरकार सित भनेर. हाम्ले पनि अलि कति दान देर आइयो. एउटा गाडीको करिब पच्चीस डलर. खासा तेहा हेर्न लाइ एउटा museum थियो. तेती मात्रै हो. मेरो शुभकामना छ कि उनीहरुको यो कार्य पुरा होस्.



No comments:

Post a Comment

Please type your comment in the box below.