4/30/2012

No मापसे driving

'मापसे' शब्द नेपालमा अहिले खुब चर्चित छ । यो शब्द आफैमा त्यस्तो नराम्रो नहोला । तर कति सेवन गर्ने अनि त्यसपछि सेवन गर्नेले के गर्छा त्यसले महत्व राख्ला । मापसे अर्थात मादक पदार्थ सेवन गरेर गाडी चलाउने अत्यन्त खतरनाक पनि हुन सक्छ । अहिले खासगरी काठमांडूमा 'मापासे driving' को बिरुद्दमा अभियान नै चलाइएको छ । जुन गर्ने पर्छ । पहिले देखि नै हुनु पर्ने, अहिले मात्रै भयो, राम्रै भयो। नेपालनै हो हेरम कहिले सम्म हुन्छ? नारोकियोस।

संसारभरिका मान्छेले खान्छन रक्सि । त्यो कुनै नौलो भएन । तर रक्सि खाएर अरुलाई अफ्ठेरो पार्न त भएन नि। अझ driving  नै गर्नु त अत्यन्तै खतरनाक. गाडी दुर्घटना हुने सम्भावना निकै बढेर जान्छ ।

सबै मादक पदार्थ (रक्सी) मा अल्कोहल (alcohol - ethanol ) हुन्छ । मात्रा फरक हुन सक्छ । रक्सि psychoactive drug हो र यसको depressant असर पर्छ  रक्सि खाइसके पछी यो रगतमा जान्छ, र शरीरको अन्य अंगमा पुगे पछी यसले असर देखाउन  थाल्छ  रक्सीको धेरै स्वास्थ सम्बन्धित हानि हरु त छदै छन्, गाडी चलाउने संग सम्बन्ध राख्ने दुइ असरले खास महत्व राख्छ  रक्सि खाइसके पछी केहीमा पनि ध्यान केन्द्रित हुदैन र निर्णय क्षमतामा कमि आउछ  यसले दुर्घटना हुने सम्भावना निकै बढाउछ 
यो चित्रले देखाए अनुसार रगतमा रक्सीको मात्रा बढ्दै जादा दुर्घटना बढ्ने रहेछ. 
हुनत दुर्घटना भन्ने कुरो रक्सि नखाए पनि हुन्छ तर रक्सीको मात्रा रगतमा बढ्दै जादा त्यसले दुर्घटना हुने सम्भावना धेरै नै हुन्छ  मापसे बिरुद्ध अभियान चाले पछी काथ्मान्दुमा सवारी दुर्घटना घटेको समाचारहरुले भनेका छन्  

कुरो अति स्पष्ट हुदा हुदै पनि मान्छेहरुले किन बिरोध गरेका होलान? मर्ने मन भएर हो कि? के हो? रक्सि नै नखाउ त भनेको हैन त खालि रक्सि खाको बेलामा गाडी नचलाउ मात्रै त भनेको हो नि  रक्सि खा'बेलामा अरु कसैले चलाको गाडीमा बसेर सुरक्षित यात्रा त गर्न त भै हाल्छ नि  अमेरिकाका धेरै जसो बिश्वबिध्यालायामा कम्तिमा शुक्रबार safe ride  वा अन्य नाममा निसुल्क गाडीको व्यवस्था गरेको हुन्छ, जड्या बिद्यार्थी लाइ भट्टी बाट घर सम्म पुर्याउनलाइ  ताकी कुनै दुर्घटना नहोस  शुक्रबार साझ पुलिसले पनि सारै गस्ती गर्छ  कुनै पनि समयमा रक्सि खाएर गाडी चलाको भेटियो भने त्यो मान्छे खत्तम भयो  स्थिति हेरेर अन्तराष्ट्रिय बिद्यार्थी लाइ त उसकै देश फर्काइ दिने सम्मको सजाय  licence suspend केहि बर्षको लागि त सामान्य जागिर खान गार्हो  यस्तै यस्तै 

हुनत रक्सि सुन्ग्दा बित्तिकै तेसले गाडी चलाउन नसकिने हैन  नेपालमा चाख्दा बित्तिकै मापसे मा परे पनि अन्य बिकसित देशमा कारबाहीमा पर्नलाइ रगतमा इथानोलको मात्रा केहि मात्रा सम्म पुगेको हुनु पर्छ  जस्तै अमेरिकामा ०.०८% भन्दा बढी हुन हुदैन  त्यो भनेको करिब ६५किलोको मान्छेले ३५५ मिलि beer (५% अल्कोहोल भाको) तिन बोत्तल खाए पछी हुन्छ  

नेपाली पुलिसले सुरु सुरुमा मुखैले सुँघेर मापसे गरेको नगरेको पत्ता लगाउने गरेको थियो  त्यो देख्दा आजको २१सौ सताब्तिको मान्छे मा खुब हासेको थिए  र देशको स्थिती देखेर दया पानि लाग्यो  तर पछी मेशिन (breathalyzer) ले चेक गर्न सुरु गर्या छन्  जुन सकारात्मक छ  रक्सि खा' मान्छेले सास फेर्दा निस्केको इथानोल उक्त मेशिन मा पुगे पछी विभिन्न रसाएनिक प्रक्रिया पार गरे पछी, त्यसले नतिजा दिन्छ  तर यो मेशिन ले दिएको नतिजा सदै ठिक हुन्छा छैन. । यसमा सतर्क हुन जरुरि छ  सबै भन्दा भरपर्दो त रगत जाच नै हो  यदि तपाइले रक्सि खानु भा'छैन, मापसे चेकमा पर्नु भो र पुलिसको मेशिनले पोजिटिव नतिजा देखायो भने, hospital गएर रगत  चेक गराउनु नै उत्तम हो  नत्र नखाको रक्सीले फसाउला  

कसरि झुटो नतिजा दिन सक्छ breathalyzer  ले?  
१. उक्त मेशिन तापक्रम sensitive हुन्छ. बाहिरि तापक्रम संग नामिलाको मेशिनले गलत नतिजा दिन्छ. जस्तै दिउसो temp high भएको बेलामा मेशिन मिलाउने (calibrate) गर्ने तर मापसे चेक राति (जति बेला चिसो बढेको हुन्छ) गर्यो भने त्यसको नतिजा बिस्वास गर्न गाह्रो हुन्छ  त्यसकारण कति राम्ररि मेशिन calibrate  गरेको छ त्यसले नतिजा कति बिस्वसनिया छ भन्ने थाहा हुन्छ  
२. diebetics भा'को मान्छेले रक्सि नखाए पनि खायो भनेर देखाउन सक्छ   यस्ता मान्छेहरुमा कयौ गुणा बढी  acetic  acid भन्ने केमिकल हुन्छ जसले रक्सि नाप्ने मेशिनलाइ झुक्याई दिन्छ 
३. अर्को कुरा, तपाइले भर्खरै माउथ वाश ले मुख कुल्ला गर्नु भा छ भने त्यसले पनि रक्सि खाको भनेर झुठो नतिजा दिन सक्छ. कुनै कुनै माउथ वाश झोलमा अल्कोहल मिसा' हुन्छ  
४. प्याज, मिन्ट खाएर मापसे नाप्ने मेशिनलाई झुक्कौछु भनेर कसैले सोच्छ भने त्यो महा मुर्ख हुन्छ. त्यस्तो तरिकाले मान्छे लाइ झुक्कौना सकिएला तर मेशिन लाइ झुकाउन सकिदैन  


अन्तिम कुरो: मापसे गरेर गाडी नहाकौ आफ्नो ज्यान बचाउ र अरुको पनि बचाउ

No comments:

Post a Comment

Please type your comment in the box below.