10/27/2008

तिहार आयो

नेपालीहरुको अर्को महान चाड तिहार सुरु भईसक्यो। तिहारको शुभ-कामना आदान प्रदान अनि देउसी भैलोका धुनहरु बजिरहेका छन जताकतै। अब केही दिन सम्म देउसी र भैलो खेल्नेको घुइचो पनि देख्न पाईन्छ। कसैलाई रमाइलो लाग्ला तर कसैलाई झर्को पनि लाग्ला। झर्को यसमानेमा की देउसी भैलो को नाममा पैसा जुटाउन राजनैतिक पार्टी, तिनका भात्रि संगठन देखी लिएर बिभिन्न क्लबहरुको राम्रो समय हो यो। हुनत पुरै नेपाल भरी एकै किसिमले मनाइदैन यो चाड। खास गरी हिन्दुहरुले मनाउछन्। म हुर्केको ठाउ थारुहरुको ठाउ हो। उनिहरुले मनाउदैनन्। हाम्रो तिर तिहार भन्ने चलन छ। कसैले दीपावली भन्छन भने कसैले दीवाली। मलाई पनि तिहार भन्दा नै आफ्नो पर्ब जस्तो लाग्छ।

10/22/2008

यस्तो दिन पनि आउला ?

मनोज गजुरेल
mgaJurel@gmail.com
(From www.nayapatrika.com)
मलाई लाग्छ, खुला आँखाले देखिने प्रायः सपनाहरू पूरा हुन्छन् । यो भिडियो सिडी 'फोटोकपी’मा मैले त्यस्ता केही सपनाहरूलाई सदृश्य वर्णन गर्ने प्रयास गरेको छु जुन एउटा नेपालीले देख्ने गर्दछ । हास्यव्यंग्यलाई गालीभन्दा माथि उठेर सकारात्मक सन्देशका रूपमा पनि प्रस्तुत गर्ने मेरो प्रयास हो ।


राजनैतिक शक्तिहरूबीचको सहकार्य, सहमति र समर्पणले नेपालमा रेल कुदाउने, पाइपबाट तेल ल्याउने, आफ्नै देशमा कामअनुसार दाम कमाएर युरोपतिर टुरिस्टको रूपमा घुम्न सकिने सम्भावनालाई मेरो मनभित्र रहेको कलाकारले देख्यो, सोहीअनुरुप समाजका प्रबुद्ध दर्शकबीच ल्याउने जमर्को गरेको छु । फोटोकपीभित्रका विभिन्न प्रस्तुतिमध्ये नेपाल निर्देशअन्तर्गत केही गुदी कुरा पाठकका लागि प्रस्तुत गरेको छु ।



नमस्कार, आज २०७५ साल असोज २२ गते आइतबार । नेपालमा गणतन्त्र स्थापना भएको आज ठीक दस वर्ष पुगेको छ । त्यतिखेर मानिसले कल्पना नै गरेका थिएनन् कि केवल दस वर्षमा नेपालमा यति धेरै विकास होला भनेर । पूर्व काँकडभिट्टादेखि पश्चिम धनगढीसम्म साढे चार घन्टामा पुगिने बुलेट रेल सेवा 'एकता एक्सप्रेस'को सञ्चालन होस् वा दार्चुलादेखि ताप्लेजुङ जोड्ने पहाडी हाइवेको स्थापना होस्, दुवैको निर्माणबाट केवल दस वर्षमा नेपालमा चमत्कार भएको छ । ल्हासाबाट खासा हुँदै काठमाडौंसम्म बिछ्याइएको पेट्रोल पाइपको कुरो होस् वा रोल्पामा खुलेको संसारकै सबैभन्दा ठूलो जडीबुटी उद्योग होस्, दस वर्षपहिले मान्छेले देखेका यी सबै सपना अहिले पूरा भएका छन् ।

यी सबै सपनालाई पूरा गराउने देशका सबै राजनैतिक दल, नागरिक समाज र प्रतिबद्ध नागरिकलाई अहिले विश्वका देशले बधाईका सन्देशहरू ओइर्‍याइरहेका छन् । अरू त अरू, अहिले यो कार्यक्रम 'नेपाल-निर्देश' काठमाडौंस्थित नेपाल टेलिभिजनको १२५ तले भवनको तीसौं तलाबाट सञ्चालन गरिहेका छौं । अब हामी यस विषयमा कुरा गर्दैछौं, दस वर्षदेखि निरन्तर रूपमा नेपालको प्रधानमन्त्रित्व सम्हालेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग ।



अजयकुमार
- आरामै हुनुहुन्छ ?

प्रचण्ड- राजनैतिक रूपमा आराम गरेर बसेको भए अहिले जुन विकास देख्दै हुनुहुन्छ, त्यो दस वर्षमा सम्भव नै हुँदैनथ्यो भन्ने मेरो ठम्याइ हो ।

अजयकुमार- दस वर्षअघि नेपाली राजनैतिक पार्टीका नेताहरू विदेशी राजदूतहरूलाई भेट्न निवेदन हाल्ने गर्दथे । तर, आज दस वर्षपछि विदेशी राजदूतहरूले नेपाली नेतालाई भेट्न पाऊ भनेर निवेदन हाल्ने गरेका छन् । यो परिवर्तनलाई कसरी हेर्नुभएको छ ?
प्रचण्ड- कुरो के हो भने त्यतिखेर हामी सबैका कमीकमजोरी थिए । हामी सबैको विवेकमा खिया लागेको स्थिति हो । समग्र देशको भन्दा पनि व्यक्ति, पार्टी र गुटको हितलाई मात्रै अगाडि ल्यायौं । तर, विस्तारै हामीमा एकता, सहकार्य र सहमतिको जुन वातावरण बन्यो, त्यसले देश, जनतालाई यो अवस्थासम्म पुर्‍यायो भन्ने हाम्रो ठम्याइ छ ।



अजयकुमार- हिजो तपाईंसँग अमेरिकी राजदूतले भेटेछन्, के कुरा भयो तपाईंहरूबीच ?
प्रचण्ड- मने, अमेरिकामा गत सेप्टेम्बरमा जुन समुद्रीआँधी आयो, त्यसले त्यहाँको अर्थतन्त्रलाई नराम्रो धक्का लाग्न पुग्यो । नोभेम्बरमा फेरि आतंककारी हमलाका कारण अमेरिकामा भोकमरी सुरु भयो, यस्तो विपत्तिमा नेपालले पनि अमेरिकालाई सहयोग गर्नुपर्‍यो भन्ने कुरा राजदूतले राखे । हामीले पनि मानवीयताका आधारमा अमेरिकालाई नेपाल सरकारका तर्फबाट एक करोड डलर सहयोग दिने वचनबद्धता प्रकट गरिसकेका छौं ।



अजयकुमार- हाम्रो इतिहास हेर्दा, हाम्रो देश दाता राष्ट्रहरूबाट ऋण लिएर चल्ने मुलुक, केवल दस वर्षमा नै विश्वका ठूला देशहरूलाई अनुदान दिन सक्ने बनेको छ । कस्तो लाग्छ तपाइंलाई ?

प्रचण्ड- यो केवल हाम्रो कारणले भन्दा पनि सम्पूर्ण राजनैतिक पार्टीहरू, नागरिक समाज र आमजनताको सहकार्यको प्रतिफल हो । यो देख्दा निश्चित रूपमा खुसी नहुने कुरै छैन भन्ने हाम्रो ठम्याइ हो । अझ चीनमा आएको बाढीबाट पीडितलाई पाँच करोड डलर अनुदान दिने नेपाल सरकारको हिजोको निर्णयले नेपाल र नेपालीलेको महानता झल्किएको छ भन्ने मलाई लाग्छ ।



अजयकुमार- प्रधानमन्त्रीज्यू, त्यति धेरै सहयोग गर्न सक्नेगरी नेपालले स्रोतचाहिँ कसरी, कहाँबाट जुटाउन सक्यो ? बताइदिनोस् न ।

प्रचण्ड- हामीले प्रष्ट भनेको छौं, हामीकहाँ भ्रष्टाचार छैन, त्यसकारण राजस्वले नै राज्यका दैनिक खर्च चल्ने गरेको छ । उता कर्णालीको बिजुली तिब्बत, चीन, मंगोलिया, उज्वेकिस्तान र रसियामा बेचेर डरल भित्र्याएका छौं । रोल्पा र हुम्लामा सबैभन्दा ठूलो जडीबुटी उद्योग खोलेर वाषिर्क ५० करोडको त औषधि निर्यात गर्दै आएका छौं । गत वर्ष मात्रै २० लाख पर्यटक नेपाल भित्रिएको रिपोर्ट त तपाईंले पनि हेरिसक्नुभएको छ । छुर्पी, चिया, यार्सागुम्बा, मणिमाणिक्य आदिको व्यापारले पनि हामी अहिले एसियाकै सबैभन्दा बढी आयस्रोत भएको मुलुकको रूपमा स्थापित भएका छौं ।

अजयकुमार- सरकारले जुन मेचीदेखि महाकालीसम्म बुलेट रेल सेवा सुरु गर्‍यो नि, यसका बारेमा बताइदिनोस् न ?
प्रचण्ड- काँकडभिट्टादेखि कैलालीसम्म केवल तीन घन्टामा पुर्‍याउने यो रेल सेवा पेट्रोलबिनै हाम्रै त्रिशुलीको बिजुलीले चल्नेगर्छ । संसारमा पेट्रोलको जति भाउ बढे पनि तराईका जनताको एकताको प्रतीक एकता एक्सप्रेस रेल सेवालाई कुनै फरक पर्दैन ।



अजयकुमार- एउटा आरोप छ, यो रेल सेवाले जनतालाई भन्दा ज्यादा नेपाल-भारत सिमानामा क्रियाशील चोर, डाँका, तस्कर र कालोबजारीलाई बढी फाइदा पुगेको छ रे नि ?
प्रचण्ड- त्यो सरासर अफवाह हो किनभने नेपाल-भारत सिमानामा दुवै देशका प्रहरीहरू यति क्रियाशील छन् नि, गैरकानुनी रूपमा कोही पनि आवातजावत गर्न सक्दैन । त्यसमा पनि मेचीदेखि कालीसम्म नै नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा १५ सय किलोमिटरको २० फुटे सेक्युरिटी वाल निर्माण भएको छ । त्यसमा करेन्ट जडान गरिएको छ । र, चौबीसै घन्टा स्याटलाइटले कन्ट्रोल र नेपाली सीमा सुरक्षा बलले निरीक्षण गरिरहेकाले नेपाल- भारतबीचको सम्बन्ध यति लामो समयसम्म सुमधुर रहन सकेको हो भन्ने मलाई लाग्छ ।

अजयकुमार- गत साता एउटा सनसनीपूर्ण समाचार आयो, एकजना मानिसले तपाइंलाई कालो झन्डा देखायो रे, हो ?

प्रचण्ड- हामी पनि अचम्मित भएका छौं कि यो दस वर्षबीचमा हिंसाको एउटा सानो रूप पनि देशमा देखिएन । तर, यो कालो झन्डा देखाउने घटनाले हामी चिन्तित भएका छौं । कतै हामीले जनताको आशा र अपेक्षामाथि कुठाराघात गरेकाले पो यो डरलाग्दो घटना भयो कि भन्ने लागेको थियो ।



अजयकुमार- किन देखाएका रहेछन् त कालो झन्डा ?

प्रचण्ड- आफ्नो अर्बौंको सम्पत्ति राज्यलाई दान दिने उनको इच्छा रहेछ । तर, राज्यको यो नियम छ कि जनताको सम्पत्ति राज्यले कुनै पनि सर्तमा लिनुहुन्न भनेपछि उनले राज्यलाई सहयोग गर्न पाउनुपर्छ भन्ने मागका साथ कालो झन्डा देखाएका रहेछन् ।

अजयकुमार- अचम्मको परिवर्तन हगि ? उहिले जनता कर तिर्न भनेपछि मरेजस्तो हुन्थे, आज राज्यलाई आफ्नो सम्पत्ति दान दिने हैसियतमा पुगे । कस्तो लाग्छ, केवल दस वर्षमा नै यस्तो संस्कारको विकास भएको छ ?
प्रचण्ड- मने, एक्काईसौं शताब्दीको लोकतान्त्रिक संस्कृति भनेकै यही हो जस्तो लाग्छ ।



अजयकुमार- तपाईं दस वर्षअगाडि एउटा शब्द खुब प्रयोग गर्नुहुन्थ्यो, चमत्कार । आखिर चमत्कार गरेरै देखाइदिनुभयो । समुद्र नै नभएको देश नेपालमा पानी जहाज पनि ल्याइदिनुभयो, कसरी ?

प्रचण्ड- बंगलादेशको फूलबारी नाकाबाट हामीले भारतसँग कुरा राख्यौं कि सप्तकोसीसम्म जोड्ने ठूलो नहर बनाउनुपर्‍यो भनेर । त्यसपछि पश्चिम बंगाल, बिहार हुँदै पानीजहाज चल्न सक्ने नहर सप्तकोसीसम्म जोड्यौं । सप्तकोसीबाट उत्तरतिर पानीजहाज धनकुटाको मूल घाटसम्म लगेर नेपाल र नेपालीले चमत्कार गरेकोमा अहिले सारा विश्व पनि अचम्मित भएको छ ।

अजयकुमार- नेपाल सरकारले अमेरिकन र युरोपियनलाई भिसा बन्द गर्‍यो भन्ने समाचार आएको छ नि ?

प्रचण्ड- बन्द भन्दा पनि व्यवस्थित बनाउन खोजेको हो । यसअघि नै दुई लाखजति अमेरिकीहरू नेपालमा लुकीछिपी काम गर्दै गरेका थिए । टुरिस्ट भिसामा आएर यतै लुकीछिपी काम गर्ने युरोपियनको संख्या पनि लाखौं रहेको स्थिति छ । त्यसैले हामी केही कडाइ मात्र गरेको हौं ।



अजयकुमार- त्यसको मतलब विदेशीलाई नेपालमा कामदार भिसा अब सदाका लागि बन्द गरेको हो त ?

प्रचण्ड- हैन, हिजै मात्र डोमेस्टिक हेल्परको रूपमा नेपाल आउने पाँच हजार अरेबियन महिलाका भिसा हामीले इस्यु गरिसकेका छौं । जुम्लाको अन्तर्राष्ट्रिय मिनेरल उद्योगका लागि दस हजार जर्मन मजदुरहरू यसै साता नेपाल आउँदै छन्। मुस्ताङमा निर्माणाधीन नेपाली डिजिनेल्यान्डमा काम गर्ने ५० हजार निर्माण मजदुर आगामी फेब्रुअरीसम्ममा नेपाल भित्रिइसक्नेछन् ।



अजयकुमार- प्रकृतिप्रेमीहरूको आरोप छ कि सरकार काठमाडौंमा बनाएका ८०,१००,१५० तले भवनहरूले काठमाडौंका डाँडाकाँडालाई छेके । यसले प्रकृतिमाथि अन्याय भयो रे, सरकारले के सोचेको छ यस विषयमा ?

प्रचण्ड- मने, विकासलाई त कसैले चाहेर पनि छेक्न सक्दैन । योभन्दा बढी भवनहरू काठमाडौंमा नबनून् भन्ने जनताको मागलाई ध्यानमा राखेरै हामी नेपालको शीतकालीन राजधानी विराटनगर, गृष्मकालीन राजधानी हुम्ला, शरदकालीन कैलाली र शिशिरकालीन राजधानी ताप्लेजुङलाई बनाएका हौं ।

10/21/2008

Participate in Innovation 2008 online

Nation’s top thinkers gather at University of Minnesota Monday & Tuesday to highlight connection between presidential politics, science, and fixing the economy in a public forum.

As the race for the White House enters the home stretch, several of the nation’s leading thinkers in science and policy are gathering in Minneapolis to discuss how the next president can jump-start the economy and renew America’s leadership position in education, research, health, and energy, at a conference billed as Innovation2008.com

The conference will be keynoted by Minnesota native and 2003 Nobel laureate Peter Agre, with a closing address by famed science broadcaster Ira Flatow of NPR’s Talk of the Nation: Science Friday. Both events are free and open to the public.

Here are the links to tune in and watch streaming video of the Innovation 2008 conference this Monday and Tuesday:

The link for Monday is:
https://umconnect.umn.edu/innovation2008m/

The link for Tuesday is:
https://umconnect.umn.edu/innovation2008t/

10/18/2008

"iBRAIN: Surviving the Technological Alteration of the Modern Mind,"



Jeff Sherman / Taxi-Getty Images

A leading neuroscientist says processing digital information can rewire your circuits. But is it evolution?

Is technology changing our brains? A new study by UCLA neuroscientist Gary Small adds to a growing body of research that says it is. And according to Small's new book, "iBRAIN: Surviving the Technological Alteration of the Modern Mind," a dramatic shift in how we gather information and communicate with one another has touched off an era of rapid evolution that may ultimately change the human brain as we know it. "Perhaps not since early man first discovered how to use a tool has the human brain been affected so quickly and so dramatically," he writes. "As the brain evolves and shifts its focus towards new technological skills, it drifts away from fundamental social skills."

The impact of technology on our circuitry should not come as a surprise. The brain's plasticity—it's ability to change in response to different stimuli—is well known. Professional musicians have more gray matter in brain regions responsible for planning finger movements. And athletes' brains are bulkier in areas that control hand-eye coordination. That's because the more time you devote to a specific activity, the stronger the neural pathways responsible for executing that activity become. So it makes sense that people who process a constant stream of digital information would have more neurons dedicated to filtering that information. Still, that's not the same thing as evolution.

To see how the Internet might be rewiring us, Small and colleagues monitored the brains of 24 adults as they performed a simulated Web search, and again as they read a page of text. During the Web search, those who reported using the Internet regularly in their everyday lives showed twice as much signaling in brain regions responsible for decision-making and complex reasoning, compared with those who had limited Internet exposure. The findings, to be published in the American Journal of Geriatric Psychiatry, suggest that Internet use enhances the brain's capacity to be stimulated, and that Internet reading activates more brain regions than printed words. The research adds to previous studies that have shown that the tech-savvy among us possess greater working memory (meaning they can store and retrieve more bits of information in the short term), are more adept at perceptual learning (that is, adjusting their perception of the world in response to changing information), and have better motor skills.Small says these differences are likely to be even more profound across generations, because younger people are exposed to more technology from an earlier age than older people. He refers to this as the brain gap. On one side, what he calls digital natives—those who have never known a world without e-mail and text messaging—use their superior cognitive abilities to make snap decisions and juggle multiple sources of sensory input. On the other side, digital immigrants—those who witnessed the advent of modern technology long after their brains had been hardwired—are better at reading facial expressions than they are at navigating cyberspace. "The typical immigrant's brain was trained in completely different ways of socializing and learning, taking things step-by-step and addressing one task at a time," he says. "Immigrants learn more methodically and tend to execute tasks more precisely."

But whether natural selection will favor one skill set over the other remains to be seen. For starters, there's no reason to believe the two behaviors are mutually exclusive. In fact, a 2005 Kaiser study found that young people who spent the most time engaged with high-technology also spent the most time interacting face-to-face, with friends and family. And as Small himself points out, digital natives and digital immigrants can direct their own neural circuitry—reaping the cognitive benefits of modern technology while preserving traditional social skills—simply by making time for both.

In the meantime, modern technology, and the skills it fosters, is evolving even faster than we are. There's no telling whether future iterations of computer games, online communities and the like will require more or less of the traditional social skills and learning strategies that we've spent so many eons cultivating. "Too many people write about this as if kids are in one country and adults are in another," says James Gee, a linguistics professor at the University of Wisconsin-Madison. What the future brain will look like is still anybody's guess.

10/15/2008

CO2 from Ocean adds to Global Warming

Global warming and its effect climate change are challanges of 21st century. There is no dought that globe is warming because of natural process and because of human activities like carbon dioxide emmisions. And till date most of the scientists believe that anthropogenic emmisions are most likely the major source that is increasing the rate of warming and are trying to cut emmissions so that we could mitigate warming and make this globe safe for new generation. But new study shows that CO2 from Ocean (natural sourses) is also adding warming. General beliefe is that ocean absorbs atmospheric carbon dioxide.

Professor from Oregon State University Ed Brooks with other scientists by analyzing frozen blocks of ice ranging from 90,000 years prior is able to view in retrospect what our earth may have been like before human kind inhabited.
.
He said "humans are still the culprit when it comes to the current glbobal warming circumstance but we have to consider the role of ocean in the future because oceans are also adding CO2 into the atmosphere."
You want to read more? click here.

10/08/2008

Chemistry Nobel for green fluorescent protein, GFP

Nobel prize in chemistry has been awarded to Osamu Shimomura, Marine Biological Laboratory (MBL) Woods Hole, MA, USA; Martin Chalfie, Columbia University New York, NY, USA and Roger Y. Tsien, University of California San Diego, CA, USA "for the discovery and development of the green fluorescent protein, GFP". Each person will share 1/3rd of the prize.

Official press release from Nobel foundation is here.

List of Nobel prize winners in Chemistry can be found here.

I would like to congratulate all of three Nobel winners in chemistry.

Nobel in Physics goes to Three Japanese Scientists

Nobel prize in Physics 2008 has been awarded to three Physicists namely Yoichiro Nambu (who is Japanese born American) from Enrico Fermi Institute, University of Chicago Chicago, IL, USA, Makoto Kobayashi from High Energy Accelerator Research Organization (KEK) Tsukuba, Japan and Toshihide Maskawa from Yukawa Institute for Theoretical Physics (YITP), Kyoto University Kyoto, Japan.

Nambu will receive half of the prize "for the discovery of the mechanism of spontaneous broken symmetry in subatomic physics" where as Makoto Kobayashi and Toshihide Maskawa will receive 1/4th each "for the discovery of the origin of the broken symmetry which predicts the existence of at least three families of quarks in nature".

I would like to congratulate these great scientists for the prize.
For the official announcement click here.
And for the list of Nobel prize in Physics since 1901 click here.

Nobel prize in Chemistry will be announced tomorrow October 8th at 11.45 CET.

10/06/2008

2008 Nobel Prize in Medicine

The most prestigious Nobel prize in medicine for 2008 has been awarded to three great persons. They are Harald zur Hausen,German Cancer Research Centre Heidelberg, Germany;Françoise Barré-Sinoussi,Regulation of Retroviral Infections Unit, Virology Department, Institut Pasteur Paris, France; and Luc Montagnier, World Foundation for AIDS Research and Prevention Paris, France. Harald will share 1/2 of the prize "for his discovery of human papilloma viruses causing cervical cancer" and later two will share 1/4 of the prize of each "for their discovery of human immunodeficiency virus."

For official press release please visit http://nobelprize.org/nobel_prizes/medicine/laureates/2008/press.html

10/04/2008

दशैंको सम्झना

पोहर् साल पोर्ट्लेन्डमा दशैंको टिका थाप्दै
सधैझै यस पालीको दशैं पनि आयो। वेबसाईटहरुमा दशैंको धुन बज्न थालिसके। इमेलमा दशैको शुभकामनाहरुको ओइरो लाग्न सुरु गरिसक्यो। घरमा दशै नमनाएको यो तेस्रो बर्ष हुन्छ। मेरो लागी यो महान् चाड धार्मिक रुपले भन्दा पनि सांस्क्रितिक पर्बको रुपमा महत्वपुर्ण छ। पुजा सुजा गर्ने तिर कहिले पनि ध्यान गएन। हुनत् धार्मिक आधारमा शुरु भयो तर आजकल सांस्क्रितिको रुपमा बिकसित भएको छ भन्ने मेरो बुझाई छ। हरेक बर्ष दशै आउदा मनमा पहिले पहिले दशै मनाउदाका रमाईला घटनाहरुको याद आइरहन्छ।                
                                                        
मेरो दिमागमा ताजा भैरहने एउटा घटना छ। हाम्रो घर देखी उत्तर तिर महाभारत (कि चुरे हो?) पर्बतको टुप्पोमा देबीको मन्दिर छ। त्यसलाई हामी देबीकोट भन्छौ। भनिन्छ त्यहा महदेबले पार्बतीको लास बोकेर हिडदा कुनै अङग (कुन चाही हो याद भएन) खसेको थियो रे। त्यस मन्दिरमा प्रत्यक दशैंमा (ठुलो र सानो दुबै) जनावरको बली दिने गरिन्छ। र ठुलै मेला लाग्ने गर्छ। कसैले बोका लान्छन भने कसैले हांस आदि भने कसैले परेवा उडाउछन। यसो सम्झिदा लाग्छ, यि देबीलाई जे को बली चडाएपनि हुने रैछ। ठाउ भने मनोरक नै छ। अग्लो भएकोले त्यहाबाट दक्षिणतिर देउखुरी उपत्यकाको मनोरम द्रिश्य हेर्न पाईन्छ। दशैको बेलामा देउखुरिभरि धान पाकेको हुन्छ। हरियाली त हुने नै भयो। अनि उत्तरतिर अन्य पहाडहरु जस्तै हासिपुर, जबरकोट आदी। अनि यो सिजनमा मन्दिर वरिपरि बेलौति (अंबाको स्थानिय नाम), काक्रो (खिरा होइन है), नासपाती खान लाएक भैसकेको हुन्छ।

म सानै छदा एकपटक दशैंको उपलक्ष्यमा बोका लगेर जाने मौका मिल्यो। छिमेकी केहि जमिन्दारले प्रत्यक वर्ष नै लान्थे। उनीहरु धनि छन र पो लान्छन हाम्ले के लानु जस्तो लाग्थ्यो मेरो सानो मनमा। बोका लान नसकेर होला कुभिण्डो काटेको होला जस्तो लग्थ्यो। हुनत गिरिहरुले पशु बलि दिन हुन्न भनेर कुभिण्डो काटेको भन्थे तर मनले पत्याउदैनथ्यो। ४५-४६ साल तिर हो कि जस्तो लाग्छ। तेतिबेला त्यहा बोका लगेर जान पाउदा कम्ती खुशी थे'न म। रातो-खैरो रंगको बोका थियो। कतिपयले बेलुकानै लगेर जान्थे अनि राती मन्दिरमै रमाइलो गरेर बस्थे। बेलुका जाने हरुको लस्कर हुन्थ्यो उकालो चडेको।  तर हामी भने बिहान सबेरै (४ बजेतिर) उकालो लाग्यौ। हामी मतलब बुवा र म। जङलको बाटो। उकालो जानु पर्ने। अनि अध्यारो। बिहानपख हुनाले अलि अलि देखिन्थ्यो। आधा घन्टा उकालो लागेपछि बोका बाधेको दाम्लो (डोरि) चुडीयो अनि बोका त भाग्यो। लौ परेन आपत? अब के गर्ने? कत्रो सपना थियो घरमै सिङै बोका काटेर मासु खाने। अलि धनीहरुले त प्रत्यक दशैमा सिङै खशी वा बोका कट्थे तर हामी जस्ताहरुको समुहले दशै-तिहारमा सामुहिक खशी काटेर १-२ किलोले चाड पर्ब मनाइन्थ्यो। मेरो बोका त जङगल तिर पो जान खोज्छ बा। मैले कति बोलाए मरिगए आउदैन्। बुवाले केहि मतलबै गर्नुहुन्न। उहा रहर र आफ्नो इक्षाले भन्दा पनि करैले जानु भएको मेरो बुझाई थियो। बुवा त्यसताका बेस्सरी बिरामी हुनु भएकोले बोइ (बुवाकी आमा) ले भाकल गरेको बोका थियो त्यो। जसरि पनि देबिकोट लगेर मन्दिरमा चढाउनु पर्ने। बुवा भने बोका खोज्न कुनै चासो नदिने बरु भन्नु भयो देबीको शक्ती छ र देबीको भाकल हो भने आफै आउछ। हामी यत्तिकै जाउ मन्दिर। तर मैले मानिन। केहि समय सम्म बोलाई राखे पछि-मेरो बोका आयो। आखिर बोका त मेरै थियो। घास खुवाएको अनि मकै खुवाएको। अनि त्यो जङगलको अध्यारोमा उ पनि कतै जान सकेन-डरायो। आर्को कुरा त्यो बोकालाई के थाहा केहि घन्टा पछि उसलाई बली चढाईनेछ भनेर। पशुहरुलाई त मान्छेहरुले आफ्नो स्वार्थको लागी न प्रयोग-उपयोग गर्ने हुन। अघि चुडीएको दाम्लो मर्मत् गरि बोको लगेर मन्दिर पुगियो। सायद मन्दिरको पुजा सकिएको थियो। अनि पशु बली चढाउने समय आयो। मेरो बोकाको पनि पालो आयो। टाउको मन्दिर (पुजारी) लाई अनि बाकी हामीलाई। त्यो भन्दा अघी र पछि कहिले पनि हाम्रो घरमा त्यसरि पशु मन्दिरमा लगेर बली चढाएको छैन। त्यो नै प्रथम र अन्तीम (अहिलेसम्म) नै हो। कम्तिमा १५-१६ किलोको त्यो बोको बोकेर ल्याउन पो गार्हो। बाउ छोरा लाइ नै आपत तर त्यहाँ मरेका बोका बोकेर ल्याउने पेशा गर्ने पनि हुदा रहेछन तिनैले बोकेर घर सम्म ल्याइदिए। घर ल्याएर त्यसको स्याहार सुसार गर्दा त बेलुका भै सकेको थियो

दशैंको अर्को रमाइलो र महत्वपुर्ण पाटो भनेको टीका लगाउन आफन्तकहा जाने हो। हाम्रो तिर पिङ खेल्ने चलन छैन दशैंमा। पिङ्ग त तीजमा खेल्ने चलन छ। दशमीको दिन पहिले त जमराको पुजा गर्नु पर्छ। म घरमा हुदा सम्म त्यो काम मेरै हुन्थ्यो। अनि अक्षता मुछेर प्रत्यक ढोका, डेहरी (धान राख्ने माटोको ठुलो ठुलो भाडो) लाई टिका-जमरा लगाइदिने। अनि मात्रै मान्छेको पालो। बुवाले हामीलाई लगाईदे पछि बिस्तारै काकाका परिवार र अन्य नातागोताहरुको पालो आउछ। सबैको निधारभरी टिका अनि कानमा जमरा देख्दा माहोल नै आर्कै हुन्छ। अनि खानपिन सुरु हुन्छ। त्यसपछि समय मिलाएर अन्य आफन्तकोमा टिका लगाउन जाने। बारीमा मकै भाचीसकेको हुन्छ अनि खेतमा धान पाकीसकेको हुन्छ। रातै निधार गरेका मान्छेहरु नया र राम्रा लुगा लगाई यता र उता हिडेको लस्कर निकै मनोरम हुन्छ। नातेदारहरुको घरमा डुल्दै टीका लगाउदै खादै गर्दा बेलुका सम्म केहि गर्ने नसक्ने गरि अटेस मटेस हुन्छ। काठमाण्डु बस्दासम्म कम्तिमा बर्षको एकपटक यसै अवसरमा घर जाने मौका मिल्थ्यो। सबै सङ भेटघाट हुन्थ्यो । अब त्कहिले आउछ त्यो दिन कुनै पत्तो छैन। आफ्नो नियमित काम बाट टाढा भैइ रमाउने चाड नै दशै हो।

10/01/2008

Solving America's problem through science and technology

The ScienceDebate is going on and it has caught a lot of media coverage. As a continuation of it in another form, there is a conference coming up titled "Innovation 2008..." at Minnesota on October 20-21st for a very exciting national discussion at the University of Minnesota's Center for Science, Technology and Public Policy.
Keynotes
Nobel laureate Peter Agre
Science broadcaster Ira Flatow

Some of confirmed speakers and panelists
•    Andrew Fire, Nobel laureate and Professor of Pathology and Genetics, Stanford University
•    Bill Bates, Vice President of the Council on Competitiveness   
•    Darlene Cavalier, ScienceCheerleader.com
•    Kei Koizumi, Director, R&D Budget & Policy, American Assn for the Advancement of Science
•    Lawrence Krauss, astrophysicist, science policy speaker, and popular author
•    Chris Mooney, Washington Correspondent for Seed and popular author
•    Jan Morrison - Executive Director; TIES Teaching Institute for Excellence in STEM
•    Michael T. Osterholm, Director, Center for Infectious Disease Research and Policy (CIDRAP)
•    Shawn Lawrence Otto, screenwriter and CEO, Science Debate 2008
•    Eugenie Scott, Executive Director, National Center for Science Education
•    Alice Seagren, Commissioner, Minnesota Department of Education
•    Susan Singer – Carlton College; Board on Science Education of the National Academies
•    Manil Suri, Professor of Mathematics & Statistics, University of Maryland, Baltimore and popular author
•    Susan  Wood, former FDA Director of Women’s Health and Research Professor, GWU
•    Mary Woolley,  President of Research!America,
and many more, along with a few very special surprises.
The Obama and McCain campaigns have been invited.