4/09/2014

खुट्टालाइ सास्ती मनलाइ मस्ति ।

निकुन्ज गेट पुग्न अगडि । 
अस्तिको शनिबार दिनभरी शिवपुरी निकुन्ज भित्र हिडेर बित्यो। त्यो हिडाइले यति खुट्टा दुखेछ की चार दिन पछि अहिले सम्म पनी पुरै ठीक भा'छैन । जंगल भित्र पहाडमा हिडेर, घुमेर, स्वस्छ हावा खाँदै करिब नौ घन्टा बिताउदा खुट्टा दुखाइ बिर्साउने गरेर "मन" भने आनन्दित भएछ।

काठ्मान्डु यसै त फोहर र प्रदुसित छ अली पहिले देखि नै। अझै पछिल्लो समय त सडक खनेर धुलई धुलो, गाडीको धुवा र मान्छे नई मान्छेको भिडले कोलाहल पूर्ण छ । एक महिना अगाडि अमेरिकाबाट आएकी एक जना प्रोफेसरले भनिन "सङठित अस्त बेस्त" काठ्मन्डु । केही समय हिंड्न पर्‍यो भने उकुस मुकुस हुन्छ। सास फेर्नै गार्हो हुने किसिमले । नाक छोपेर हिड्नु पर्छ, आँखा ढाकेर हिड्नु पर्छ । र पनि सास त फेर्नै पर्यो । यसले कति मान्छेको स्वास्थमा असार गरेको होला ? कति मान्छे यसकै कारणले मरे होलान् ? काठ्मान्डुमा भएको यस सम्बन्धी कुनै अनुसन्धान पढ्न पाएको छैन । प्रदुसित हावाकै कारणले उमेर करिब ५ बर्ष त कम हुन्छ होला (मेरो अनुमान मात्रै) । हप्ताको ६ दिन शहरको दुसित हावा खान परे पानी एक दिन त स्वछ हावा खाना पर्‍यो भनेर साथी प्रकाश र म शिवपुरी राष्ट्रिय निकुन्ज हाइकिङ गर्न निस्केको । दिनभरीको हाइकिङले मन आनन्दित भयो ।

बिहानको पेट पुजा 
हामी बुढानिलकन्ठ सम्म माइक्रोबस त्यसपछी करिब २ किलोमिटर हिडेर निकुन्ज गेट सम्म पुगिम् । हुनत गेट सम्म पानी माइक्रो जाने रहेछ, थाहा पाइएन। तर पनी त्यो ठाउमा बिहानै हिंड्न मजै आयो । गेट नजिकै को चिया पसलमा हल्का पेट पुजा गरेर रु १० को टिकेट काटेर निकुन्ज भित्र छिरिम। म नेपालको कुनै पनी राष्ट्रिय निकुन्ज भित्र छिरेको यो नई पहिलो पटक थियो । के लाग्यो सुरुमै भने, बरु रु १० को ठाउमा २० लिनु तर निकुन्ज को नक्सा सहितको जानकारी मुलक पर्चा दिनु पर्ने। कुनै जानकारी बेगर गएका हामी सुरुमा अलमलियौ कता कुन बाटो जाने भनेर । गेटमा बस्ने आर्मीलाई सोदेर अगाडि गयौ।



हाइकिङ ट्रेल टु गुम्बा 

गेट बाट पुर्ब तिर वा दाहिने तिरको बाटो समतियो । गाडी पानी गुडाउन मिल्ने त्यो बाटो गुम्बा सम्म पुग्ने रहेछ। गुम्बा बाट दक्षिण तिर काठ्मान्डु हेर्दा रमाइलो देखिने रहेछ। राष्ट्रिय निकुन्ज को बिचमा गुम्बा त्यो पानी ठुला ठुला कन्क्रिटका घरहरु सहितको, त्यो भौतिक सम्रचना बनाउन दिनु कत्तिको ठीक हो प्रकृति सम्रक्षन बिग्यहरुले भन्लान तर मलाई भने मन परेन ।  


धेरै हिड्ने मन नभए त्यहि गुम्बा बाट फर्के पनी हुने रहेछ । हामलाई अली हिंड्न रहर थ्यो । अनि शिबपुरीको टुप्पोमा पुग्ने रहर थ्यो सँग संगै बाघ्द्वार, जहाँ बाट बागमती सुरु हुन्छ, पनी हेर्ने धोको । त्यसैले माथी तिर लागिम ।  बाटोमा थरी थरीका रुख्।




बाघद्वार
बाघ द्वार बाट केही माथी पुगे पछि शिव पुरी बाबा को मन्दिर आउछ। हामी त्यहा पुग्दा एक जना बाबा ठुलो देक्चीमा पानी उमालेर चाउ चाउ का पोका फोडेर हाल्दै थे । संगै अरु २-४ जना, हाइकर हुनु पर्छ, थे । मन्दिर भनौ वा कुटी भनौमा सोदेको राती बास पनी पाइने रहेछ । प्रकाशजीले खाली रक्सिका बोटल देखेर के हो यस्तो चाला कुटीमा भन्थे । उक्त बाबाको ठाउ बाट सिदै पहाड टुप्पो तिर उक्लिय पछि शिबपुरी पिक पुगियो । मौसमले पनी साथ दिएको मान्नु पर्छ त्यो दिन् । घाम भएन बरु माथी पुगे पछि अली चिसो चिसो भयो । नजिकै अर्को कुटी रहेछ । एकजना महिला बाहिर भाडा माज्दै हुनुहुन्थ्यो । चिया खान पाईन्छ भनेर सोधेको हातको ईशाराले पाईन्छ भन्नु भयो । एक्छिनमा दुध वाला स्पेसल चिया आइपुग्यो बिस्कुटको पुरिया सङै । चिसो लागेको बेलामा तातो तातो मिठो चिया त्यो नी डाडाको टुप्पोमा खुब मजा आयो । त्यो पनी फोकटमा । पैसो लिन मान्नु भयेन ।

करिब २७०० मिटरको उचाइमा हामले चिया खाको ठाउ। 



करिब २७०० मिटरको उचाइमा । 


त्यस पछि भने ओरालई ओरालो तल झरियो। एकदम ओरालो बाटो । ढुङ्गा कुदेर बाटो बनाको रहेछ । तल उही गेट सम्म करिब ६ बजे आइपुग्दा थाकेर लखतरान परी सकेका थिम् । गाडी चद्ने सम्म जान नी गार्हो हुने गरि । काठमान्डु नजिकै प्रकृति अनुभब गर्न मिल्ने, सुरक्षित (हुनु पर्छ भन्ने मेरो अनुमान्), बाटो पनी राम्रो भा'को यो ठाउ बेला बेलामा आइरहनु पर्छ भन्ने लग्यो । २-४ वटा चराका फोटो पनी खिचेको छु, पछि कतै शेयर पक्कै गर्छु । हप्ताको कम्तिमा एक दिन भए पनी स्वस्क्छ हावा खाइयो, रमाइयो।