Showing posts with label Health. Show all posts
Showing posts with label Health. Show all posts

9/30/2015

काठ्माण्डुको घातक वायु प्रदुषण

यो माक्सले कति छेक्ला त धुलो? तर धेरैले मास्क लगाउन
थालेका छन। 
काठ्माण्डुमा दैनिक कामको लागी ओहोर दोहोर गर्नेलाई थाहा छ हामीले स्वास लिने हावा कति फोहर छ । घर बाहिर निस्केर घर फिर्ता हुदासम्म सास फेर्न गाह्रो हुन्छ, उकुस मुकुस हुन्छ । आखा र नाक छोपेर हिड्नु पर्छ । साएद फोहरी हावाले कपाल पनि बिगार्ने भएर होला, आजभोली केटीहरुले कपाल पनि ढाकेर हिडेको देखिन्छ । कपाल र अनुहार च्याप-च्याप लाग्ने हुन्छ । यसले कति मान्छेको स्वास्थमा असार गरेको होला? कति मान्छे यसकै कारणले मरे होलान्? बिस्व स्वास्थ संगठनले (WHO) केहि समय अगाडी निलालेको आकडा अनुसार सन २०१२ मा सन्सारभरी करिब सत्तरी लाख मान्छेले ज्यान गुमाउनु परेछ वायु प्रदुशनको कारणले मात्रै । त्यसमा पनि करिब एक तिहाइ त छिटो छिटो बिकास गरिरहेका हाम्रा छिमेकी चिन र भारत लगायतका एसियन मुलुकमा मात्रै । केहि बर्षदेखि काठ्माण्डुमा भैरहेको बाटोको कामले धुलो यति थपेको छ कि के कुरा गराई भयो र । संगसंगै बैशाखमा गएको भुइचालोले भत्काएका र त्यसैको कारणले भत्काउनपर्ने संरचनाले धुलोको मात्रा बढाइरहेको हामीले देखिरहेकै छौ । भर्खरै सक्केको बर्षा पछि अब वायु प्रदुषण बढ्दै जानेछ । हामीले लिने स्वासमा धुलोका कण र अनेक किसिमका रसायन हुन्छन । कति रसायन तिनै धुलोका कणमा टास्सेका हुन्छन । स्वास प्रस्वासको समस्या देखि क्यान्सर सम्म गराउने तागत राख्छन यी प्रदुषक तत्वले । तर काठ्माण्डुको हावा कति प्रदुषित छ र यसले मानव स्वास्थ्यमा कति असर गरेको छ जान्नलाई पर्याप्त अनुसन्धान भएको छैन । यो लेखमा बिगत केहि बर्षमा अनुसन्धानबाट निस्केका तथ्यका  आधारमा काठ्माण्डुको हावा कति खत्तम छ भन्ने बयान गर्न खोजिएको छ ।

धुलोका कणहरु
धुलो त नाङ्गो आखाले देख्ने गरेरै छ । तर हाम्रो आखाले देख्न नसक्ने सार्है साना साना धुलोका कण पनि हावामा रहेका हुन्छन । धूलाका कणको कुरो गर्दा तिनको नाप बुझ्नु पर्छ। धेरैजसो अनुसन्धान गर्दा धुलोका कण (Particulate Matter-PM) दश माइक्रोन भन्दा साना (PM 10) र २.५ माइक्रोन भन्दा साना (PM 2.5) गरेर नापिएको हुन्छ । नेपालको वातावरण मन्त्रालयले PM10 को मात्रा यदि १२० माइक्रोग्राम प्रति घनमिटर भन्दा बढी भएको हावालाई असस्थ भनेको छ । सन २००८ मा गरेको एक अनुसन्धानले [१] काठ्माण्डुका विभिन्न दश ठाउमा PM10 नाप्दा बार्षिक औसत मात्रा करिब ६४० माइक्रोमिटर प्रति घन मिटर देखाएको छ । त्यो भनेको नेपालको मापदण्डभन्दा पाच गुणा बढी हो । जुन खतरनाक छ हाम्रो स्वास्थको लागी । अन्तरास्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (IARC) र WHO का अनुसार यस्ता धुलोका कणहरु क्यान्सरजन्य समूह एकमा पर्छन । धेरै साना कणहरु फोक्सो र रक्त नलि भित्र पस्न सक्छन । DNA mutations, heart attacks र premature मृत्यु पनि गराउन सक्छन यस्ता कणले । यी कणको जलवायु परिवर्तनमा पनि महत्वपुर्ण भूमिका खेल्छन जसको यहाँ चर्चा गरिएको छैन ।   

क्यान्सर जन्य रसायनहरू

4/25/2010

काठमाडौंको प्रदूषित वायु कतिन्जेल रहने: Polluted Kathmandu

परिचय
काठमाडौको वायु प्रदूषण बारे कमै मानिस अनभिज्ञ होलान् । विहान सुकिला लुगा लगाएर काममा निस्केको मानिस बेलुका घर फर्कंदा उसको लुगा कालो न कालो हुन्छ । सुखयाममा पानीको हाहाकार भएको काठमाडौका बासिन्दालाई अर्को कामको चाप थपिन्छ भने मानसिक रुपमा टाउको भारी हुनु, काम गर्न मन नलाग्ने, नाकमा कालो फोहर संकलन हुने लगायतका शारीरिक समस्याहरू देखिन्छ । अझ ट्राफिक जाम भएको अवस्थामा रिङ्गटा लाग्ने र वाकवाकी पनि लाग्दछ । यो काठमाडौबासीको लागि आम समस्या बनेको छ । मानिसले बाच्नको लागि आवश्यक पर्ने प्राणवायु (Oxygen) को स्रोत नै खुल्ला वायुमण्डल हो । तर काठमाडौंको वायुमण्डल दिन प्रति दिन प्रदूषित हुदै गइरहेको छ । शुद्ध वायुमा प्राणवायु लगायत अन्य ग्यासको निश्चित अनुपात वा परिणाममा हुन जरुरी पर्दछ । वायुमण्डलको  उक्त समानुपातिक संरचना खलवलिएको छ अर्थात् आज काठमाडौको वायु प्रदूषित छ भनी प्रमाणित गराउन कुनै विशेषज्ञले अनुसन्धान गर्न जरुरी छैन । सामान्य मानिसले पनि श्वास लिएको अनुभवको आधारमा सजिलैसग भन्न सक्दछ । यसको प्रत्यक्ष्प्रमाण उपत्यका बाहिरबाट आउने मानिसहरु शहरको भित्री भागमा एक दिनमात्र घुम्यो भने उ तत्काल बिरामी परिहाल्छ ।  

काठमाडौंको वायु प्रदूषण हुन थालेको धेरै वर्ष भएको छैन । सन् १९९३ मा एन्फोले गरेको अध्ययनमा पुतलीसडकमा PM10 को मात्रा ९२ माइक्रोग्रँम प्रति घनमिटर पाइएको थियो तर दश वर्षपछि उक्त कणको मात्रा २६० माइक्रोग्रँम प्रति घनमीटरको हाराहारीमा पुगेको छ । यसले वायु प्रदुषणको स्पष्ट चित्रण गर्दछ । काठमाडौ उपत्यकामा वायु प्रदूषणको प्रमुख स्रोतहरू ईंट्टा भट्टा, सवारी साधन, अन्य साना कल–कारखानाहरु मानिन्छ्न। हाल इटा भट्टामा वायु प्रदूषण कम गराउने आधुनिक प्रविधि जडान भएका वायु प्रदूषणमा यसको भूमिका कम भएको छ । वर्तमान अवस्थामा डिजेल तथा पेट्रोल गाडीहरु नै काठमाडौंको वायु प्रदूषित पार्ने प्रमुख स्रोत मानिन्छ ।

2/15/2009

भविस्यको पानीको तनाब

काठमाडौंमा दशकौ देखिको पानीको समस्या समाधान हुने कुनै लक्षण देखिएको छैन। कुनै ठाउमा एक दिन बिराएर धारोमा पानी उछ कुनै ठाउमा एक हप्तामा एक पटक मात्रै। पिउन खाना पकाउन मात्रै भएपनी पानी पायो भने भाग्यमानी मान्छन काठमाडौं बासी आफुलाई। नुहाउने, लुगा धुने अन्य कामको लागी कुरै छैन। कतिपयले यस्तै तरिकाले दैनिकी चलाऊन थाले भने कतिले अझै पनि मेलम्चीको आशा मार्न छोडेका छैनन। पानी उने दिन घरका धारामा बाल्टिन गाग्रीका लाइन लाग्छन, अघिल्लो दिन देखी नै। अनि फलानाले दुई बाल्टि मलाई एक मात्रै भनेर भनाभन, बेला बेलामा पिटा पिट अनी तेती गर्दा गर्दै पानी सुकी सक्छ। करीब दश बर्ष अघी नयबजार म्हेपी बस्दा सुख्खा मौसममा पल्लो कोठामा स्ने म्याडमले बिहानै चार बजे भाई उठ्नुस पानी लिन जान ढिलो भयो भनेर उठ्नु अनी बिष्णुमती पुलको छेउमा रहेको सार्बजनीक धारमा लाइन बस्नु एक किसिमले बानी नै परेको थियो। पढ्न बसेको केटोलाई कती डिस्टर्ब भयो तेसको लेखा जोखा नै छैन। के कुरा गराई भयो र। कुरो गर्यो कुरै को दुख्ख। एक पानी आउदैन आएको पानी पनि फोहर, अशुध्ध। त्यसैले खाने पानी हो नत्र पिउने पानी हुन्थ्यो नि भनेर ठट्टा गर्ने मसला मिलेको छ। कति दुख्ख पाईयो साध्य छैन। अस्ती पटक नेपाल गएर फर्किदा हैजाका किटाणु पनि सङै पछि लागेर आएछन। यता खैरेलाई हैरान। सेन्टर फर डिजिज कन्ट्रोल देखी विस्व स्वास्थ सङठन सम्म। (click here for more and here)

पानीको समस्या नेपालमा मात्रै नभएर सन्सार भरि नै छ। कतै बढी अनि कतै कम मात्रै। कतिले अहिले देखीनै समस्या झेलिरहेका छन भने कतिले केहि समय पछि झेल्ने छन। हामीले देखेका प्रत्यक्ष अप्रत्क्ष रुपमा भोगेका युध्द तेल को लागी भए भने अब हुने युद्धहरु पानीको लागी हुने भविश्यबाणी हुने गरेका छन। सन् १९९५ मै बिश्व ब्यांकका उपाध्यक्षले आउदो शताब्दीमा युद्धहरु पानीको लागी हुन्छन् भनेर दाबी गर्दा तहल्का मच्चियको थियो। पानीको समस्या सदियौ देखि रहदै आयपनि अहिले सम्म त्त्यसकै लागि लडाई भएको निकै कम ईतिहासमा पाइन्छ। आज भन्दा करिब ४५०० बर्ष पहिले टिग्रिस नदिको लागि लगाश उम्मा सहर बिच भएको बाहेक। हाम्रै छिमेकी भारतले उसलाई हुने पानीको हाहाकारको समाधानको लागी बिशाल नदी जडान योजना अघि बढाउदै छ। त्यसको लागी उसले नेपालका नदी नाला माथि नजर लगाएको सबैलाई थाहा नै छ।

बड्दो जनसंख्याको कारणले बिकसित भन्दा बिकासशील देशहरुमा प्रति ब्यक्ती पानीको मात्रा निकै घटेको UN को प्रतिबेदन ले देखाएको छ। प्रति ब्यक्ती पानीको उपलब्धता सन् १९५० देखी अहिले सम्म बिकसित मुलुकमा ४०% बिकासशील मुलुकमा ८०% ले घटेको छ। अनि मौसम परिवर्तन बिश्वब्यापी तापक्रम ब्रिधीको कारणले पानीका मुहानहरु सुख्खा हुदै गैरहेका छन। बैज्ञानिकहरुले गरेको एक् projection ले देखाए अनुसार सन् २०२० सम्म अधिकांस मुलुकहरु पानीको कारणले उच्च तनाबमा हुने छन। त्यसमा नेपाल पनि अछुतो रहने छैन। भलै बिश्वको दोश्रो धनी देश-पानीको लागि किन नहोस। जसको अर्थ हुन्छ एक लाख लिटर पानी प्रति ब्यक्ति प्रति बर्ष मात्र उपलब्ध हुनेछ। अनि सन् २०५० २०७० सम्म पुग्दा नेपालको पानी तनब त्यति नबढे पनि धेरै मुलुकहरु अत्यन्त तनाबको स्थितिमा हुनेछन। परिआएका समस्या समधान र्दै आएका मानिसले यो समस्या लाई कसरि समाधान गर्ने हुन।

माथीको तस्बिरले सन् २०२० मा पानी तनाब बिश्वमा कस्तो हुनेछ भनेर देखाएको छ। (Photo from BBC.com)

11/14/2008

"Brainy Kids Live Longer"


Studies have shown the relationship between intelligence and mortality. I was excited to read an article in Nature about why do intelligent people live longer? People's rankings on intelligence tests show high stability across almost the whole lifespan, are substantially heritable and are associated with important life outcomes — including educational achievements, occupational success and morbidity and mortality.

The article talks four explanations about this.

First: intelligence is associated with more education, and thereafter with more professional occupations that might place the person in healthier environments.

Second: people with higher intelligence might engage in more healthy behaviors. Evidence is accruing that people with higher intelligence in early life are more likely to have better diets, take more exercise, avoid accidents, give up smoking, engage in less binge drinking and put on less weight in adulthood.

Third: mental test scores from early life might act as a record of insults to the brain that have occurred before that date.

Fourth: mental test scores obtained in youth might be an indicator of a well-put-together system. It is hypothesized that a well-wired body is more able to respond effectively to environmental insults.

But above evidences don't necessarily explain the intelligence and mortality to all people. There are many others factors to be explained, in my opinion.

To read full article in nature please click on the link.

8/19/2008

Brought Diarrhea From Nepal-II, Follow up

First part of this story is here.

My diarrhea case surprised many health personals and is interesting to them. Also, it was worthy to make news in one of the national daily's in Nepal.

After 4 days I gave stool sample to the Student Health Center, I got a phone call from the health center. According to her one of the stool samples had shown some kind of bacteria and when that becomes clear, I would get another call from health department of the Benton county (where I live) for further investigation. One of my friend, Dr. Shyam, had already told me the process one has to go through in similar case. They had suffered from similar problem some time back. So I knew what was going on.

Vivrio Cholera, a bacteria that causes cholera, was growing slowly on the stool culture. So, student health center notified to Benton county health department and I received a call from Benton county health department. They asked me a number of questions like these:

When was the diarrhea started?

Any other illness associated with this?

As I told them that it started during my flight, they asked details about the flight, airlines, flight number, food in the flight etc

8/05/2008

Diarrhea travels from Nepal to the US: my story

Second part of this entry is here.
--------------------------------------------------------
When you have just traveled long journey with time difference 13 hours, obviously you suffer from jet lag. As I returned from Nepal last week after spending one month vacation time, jet lag is still not away from me. This morning I wake up at 4.00am which is very unusual in my regular schedule. This hampers my regular work. Not only this, I am also suffering from Diarrhea since last Wednesday which further reduces my ability to work.

While returning back to USA via Cathay Pacific air, they served Chinese food which included rice, beef, some salad etc. The food was ok for me. NP: I have never eaten beef if know it. But that time I knew it. Beef cooked in Chinese style. For the second meal they were serving cup noodle. Like others I also grabbed one cup, it was not good and threw half of it. Immediately after this cup noodle, I started vomiting in the plane. My goodness I managed to do in the toilet. I did it twice. Oh!!! one more time when the plane was landing in LA. So altogether 3 times. Last vomiting was on the paper bag because nobody was allowed to stand and move during landing time. Side by side of vomiting, loose stool started. i e Diarrhea!! oh my god! what the heck is this. Tired from 36 hours journey, vomiting, diarrhea, all works on the port of entry, long line on United Air counter for Boarding pass to Portland.