4/25/2010

काठमाडौंको प्रदूषित वायु कतिन्जेल रहने: Polluted Kathmandu

परिचय
काठमाडौको वायु प्रदूषण बारे कमै मानिस अनभिज्ञ होलान् । विहान सुकिला लुगा लगाएर काममा निस्केको मानिस बेलुका घर फर्कंदा उसको लुगा कालो न कालो हुन्छ । सुखयाममा पानीको हाहाकार भएको काठमाडौका बासिन्दालाई अर्को कामको चाप थपिन्छ भने मानसिक रुपमा टाउको भारी हुनु, काम गर्न मन नलाग्ने, नाकमा कालो फोहर संकलन हुने लगायतका शारीरिक समस्याहरू देखिन्छ । अझ ट्राफिक जाम भएको अवस्थामा रिङ्गटा लाग्ने र वाकवाकी पनि लाग्दछ । यो काठमाडौबासीको लागि आम समस्या बनेको छ । मानिसले बाच्नको लागि आवश्यक पर्ने प्राणवायु (Oxygen) को स्रोत नै खुल्ला वायुमण्डल हो । तर काठमाडौंको वायुमण्डल दिन प्रति दिन प्रदूषित हुदै गइरहेको छ । शुद्ध वायुमा प्राणवायु लगायत अन्य ग्यासको निश्चित अनुपात वा परिणाममा हुन जरुरी पर्दछ । वायुमण्डलको  उक्त समानुपातिक संरचना खलवलिएको छ अर्थात् आज काठमाडौको वायु प्रदूषित छ भनी प्रमाणित गराउन कुनै विशेषज्ञले अनुसन्धान गर्न जरुरी छैन । सामान्य मानिसले पनि श्वास लिएको अनुभवको आधारमा सजिलैसग भन्न सक्दछ । यसको प्रत्यक्ष्प्रमाण उपत्यका बाहिरबाट आउने मानिसहरु शहरको भित्री भागमा एक दिनमात्र घुम्यो भने उ तत्काल बिरामी परिहाल्छ ।  

काठमाडौंको वायु प्रदूषण हुन थालेको धेरै वर्ष भएको छैन । सन् १९९३ मा एन्फोले गरेको अध्ययनमा पुतलीसडकमा PM10 को मात्रा ९२ माइक्रोग्रँम प्रति घनमिटर पाइएको थियो तर दश वर्षपछि उक्त कणको मात्रा २६० माइक्रोग्रँम प्रति घनमीटरको हाराहारीमा पुगेको छ । यसले वायु प्रदुषणको स्पष्ट चित्रण गर्दछ । काठमाडौ उपत्यकामा वायु प्रदूषणको प्रमुख स्रोतहरू ईंट्टा भट्टा, सवारी साधन, अन्य साना कल–कारखानाहरु मानिन्छ्न। हाल इटा भट्टामा वायु प्रदूषण कम गराउने आधुनिक प्रविधि जडान भएका वायु प्रदूषणमा यसको भूमिका कम भएको छ । वर्तमान अवस्थामा डिजेल तथा पेट्रोल गाडीहरु नै काठमाडौंको वायु प्रदूषित पार्ने प्रमुख स्रोत मानिन्छ ।

प्रदुषणको कारक तत्व
स्वच्छ वायुलाई प्रदूषित पार्नमा धुलोका मसिना कण, लगायत SO2, NOx, CO, Ozone, सिसा (Pb) र बेन्जिन जस्ता रसायनहरू नै प्रमुख हुन् । यी प्रदूषकहरु विभिन्न स्रोतबाट विभिन्न तरिकाबाट हावामा मिसिन आइपुग्छन् । तर काठमाडौंमा क्इद्द, ल्इह आदिको मात्रा सामान्यतया अन्तर्राष्ट्रिय मापदण्डको सीमाभित्र रहेको छ । त्यसकारण काठमाडौंको वायु प्रदूषणमा धुलोका कणले नै मुख्य भूमिका खेल्ने छ । यिनै कणहरूमध्ये हाम्रो शरीरभित्र सजिलै प्रवेश गर्न सक्ने दश माइक्रोनभन्दा साना कण (PM10) श्वास प्रश्वास नलीभित्र पस्न सक्छ भने २.५ माइक्रोनभन्दा साना कण PM2.5 फोक्सोसम्म पुग्न सक्छन् । काठमाडौं उपत्यकामा वायु प्रदूषणको तीव्रता मापनका लागि पुतलीसडक, पाटन अस्पताल क्षेत्र, ठमेल, भक्तपुर र मच्छेगाउमा PM10 को मात्रा दैनिक रुपमा नाप्ने गरिएको छ । हामीले सतही रुपमा अनुमान गरे झै ती यन्त्रहरुले शहरको भित्री भाग (core area) खास गरी पुतलीसडक जस्तो जनघनत्व बढी भएको स्थानमा (जहा अत्याधिक गाडीको आवत–जावत हुन्छ) PM10 को मात्रा सबैभन्दा बढी र मच्छेगाउमा सबैभन्दा कम पाइएको छ । 

काठमाडौंको मुख्य वायु प्रदूषक PM10 को राष्ट्रिय मापदण्ड (NAAQS) १२० माइक्रोग्राम प्रति घनमिटर हो । हाल अन्तर्राष्ट्रिय मापदण्ड अनुसार PM10 ६० माइक्रोग्रँम प्रति घनमिटरभन्दा कम भएको हावालाई राम्रो,  ६१–१२० ठिकै, १२१–३५० अस्वस्थ, ३५१–४२५ भएकोलाई हानिकारक र ४२५ भन्दाबढी PM10 भएको हावालाई खतरनाक मानिन्छ । विश्वस्वास्थ संगठनले ७० माइक्रोग्राम प्रति घनमिटर PM10 भएको वायुलाई स्तरीय मापदण्ड मानेको छ । सन् १९९३ को नोभेम्बरमा वातावरण तथा जनस्वास्थ संगठन (ENPHO) ले गरेको अध्ययनमा पुतलीसडकमा PM10 को मात्रा ९२ माइक्रोग्रँम प्रति घन मिटर पाइएको थियो । अहिले नोभेम्वर २००४ मा सोही स्थानमा उक्त कणको मात्रा २१८ पाइएको छ । यसबाट प्रष्ट हुन्छ कि काठमाडौंको वायु कति प्रदूषित भइसको छ भनेर । जनसंख्या तथा वातावरण मन्त्रालयले गरेको अनुमान अनुसार गाडीहरुले गर्ने उत्सर्जनबाट निस्कने PM10 विगत १० वर्षमा पाच गुणाले, ५६० टन प्रति वर्षबाट ३,२५९ टन प्रति वर्षले वृद्धि भएको छ । पुतलीसडकमा २००४ जनावरीदेखि डिसेम्बरसम्म PM10 को मात्रा क्रमशः २६५, २४५, २८६, २४१, २३०, १८५, ११३, ११६, ११६, १४७, २१८ र २४८ माइक्रोग्राम प्रति घनमिटर पाइएको छ । यो तथ्याङ्कबाट के थाहा हुन्छ भने अधिकांस महिनाहरुमा  PM10 को मात्रा राष्ट्रिय मापदण्डभन्दा बाहिर छ जुन मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । सामान्यतया PM10 को मात्रा सुख्खा हिउ“दका महिनामा बढी छ र बर्षायाममा घट्दै गएको देखिन्छ । यसको प्रमुख कारण सुख्खायाममा मनसुन नभएकाले यो दर बढ्दै जाने गर्दछ । 

सबै गाडीहरुमा आन्तरिक जलन इन्जिन (Internal Combustion Engine) हुन्छ । यस्ता इन्जिनले शक्ति उत्पादनका लागि पेट्रोल वा डिजेल र हावाको मिश्रण उपयोग गर्छन् । हाइड्रोकार्वन इन्धन बाल्नका लागि इन्जिनले हावामा भएको प्रँणवायु (oxygen) प्रयोग गर्दछ । एउटा आदर्श (ideal) इन्जिनले हाइड्रोकार्वनको पूर्ण जलन (complete combustion) गर्छ, जसबाट कार्वनडाइअक्साइड, पानी र नाइट्रोजनका अक्साइड र कणहरु निस्कन्छन् । प्रदूषकको उत्सर्जन क्षमता डिजेल र पेट्रोल इन्जिनको फरक–फरक हुन्छ । त्यसैगरी इन्जिनको प्रकार (two stroke or four stroke), हावा र इन्धनको अनुपात, गाडीको मर्मतसम्भार, इन्धनको गुणस्तर, लुब्रिकेन्ट्सको परिमाण र गुणस्तरमा समेत निर्भर रहन्छ । त्यसैगरि कमसल सडक र ट्राफिक अव्यवस्थाले समेत वायु प्रदूषण बढाउन सहयोग गर्दछन् । काठमाडौंका सडकहरु प्रायः कमजोर अर्थात् सजिलै भत्किने र साघुरा पनि छन् । यसले इन्धनको प्रभावकारितामा कमी ल्याउछ र प्रदूषणलाई बढाउछ । यसवाहेक सधै भइरहने ट्राफिक जामले पनि प्रदूषण बढाउन अहम् भूमिका खेलेको हुन्छ । भनिन्छ काठमाडौको भौगोलिक संरचना तथा आकार कचौरा जस्तो भएकाले पनि केही हदसम्म वायु प्रदूषण  बढाउन सहयोग भएको छ । यस किसिमको आकारका भौगोलिक संरचनामा प्रदूषित वायु सजिलै गरी माथि जान सक्दैन र उपत्यकामा उत्पादित प्रदुषकहरु उपत्यकामै थुनिएर रहन्छन् । मनसूनी वर्षाले प्रदूषक कणलाई बगाएर लैजाने हुदा वर्षायाममा कम र सुख्खायाममा प्रदूषण बढी हुन्छ । त्यसैले काठमाडौंको जलवायु अवस्था पनि वायु प्रदूषणका लागि उपयुक्त मानिन्छ । काठमाडौमा लगभग ५ महिना मनसूनी वर्षाको प्रभाव पर्दछ जसले गर्दा वायु प्रदूषणलाई कम गराउछ । जाडोयाममा तापक्रम प्रतिलोमता (temperature inversion) को कारणले वायु प्रदूषण बढी हुन्छ । राती र बिहान चिसो हावा जमिनको सतह नजिकै तातो हावाको सतहले थुनिन्छ । यसले गर्दा वायु प्रदूषकहरुले चलखेल गर्न पाउदैनन् । माथि उल्लेखित एःज्ञण् को तथ्याङ्कले पनि यो तथ्यलाई प्रमाणित गर्छन् ।

वायुप्रदूषणले मानव स्वास्थमा पार्ने प्रभाव
वायु प्रदूषणले सजीव तथा निर्जीव पदार्थलाई प्रभाव पार्दछ । खास गरी जनावरहरुमा, बोट बिरुवामा, विभिन्न पुरातात्विक सम्पदाहरुमा र समग्र वातावरणलाई नै नराम्रो असर पार्दछ । यसले मानव स्वास्थ्यलाई पनि तत्काल र दीर्घकालिन रुपमा गम्भीर नकारात्मक असर पार्दछ । विश्वका धेरै अध्ययनहरुले प्रदूषित वायुले मानव स्वास्थ्यमा नराम्रो असर पारिरहेको देखाएका छन् । सामान्यतया एउटा मान्छेले एक दिनमा २२,००० पटक स्वास लिंदा लगभग २० किलो हावा लिइराखेको हुन्छ । यो मात्रा हामीले लिने खाना र पानीभन्दा धेरै नै गुणा बढी हो । त्यसैले प्रदूषक तत्वले स्वास्थमा पार्ने प्रभाव प्रदूषकको चरित्र, हावामा प्रदूषकको मात्रा, सम्पर्क अवधि तथा प्रापकको उमेर समूहमा निर्भर गर्दछ ।

यसैगरी सबै श्वासप्रश्वास रोगी मध्ये २०–३० प्रतिशतसम्म प्रदूषित वायु नै दोषी ठहराएको छ । त्यसैले काठमाडौंको हावा पनि मानव स्वास्थ्य विगार्न महत्वपूर्ण भूमिका खेलिरहेको छ । नेपालमा वायु प्रदूषणद्धारा उत्पन्न रोगहरूलाई किटान गरेर भन्न गाह्रो छ । यसका लागि गहन अध्ययन अनुसन्धानको आवश्यकता पर्दछ । तर पनि विगतका तुलनामा काठमाडौका अस्पतालहरुमा श्वास प्रश्वास सम्बन्धी समस्याका रोगीहरुको संख्या बढ्दै गएको छ । एकातिर यस्ता रोगीको संख्या बढ्नु अर्कोतिर वायु प्रदूषण बढ्दै जानुले यी दुई बीचको सम्बन्ध बुझ्न सकिन्छ । धेरैजसो प्रदूषक तत्वहरु हामीले श्वास लिंदा शरीरभित्र जाने भएकाले वायु प्रदूषणको मुख्य प्रभाव हाम्रो श्वास प्रश्वास प्रणालीमा पर्दछ । प्रदुषक तत्वहरुले हाम्रो प्राकृतिक प्रतिरोध क्षमतालाई कमजोर बनाउछन् जसले गर्दा फोक्सोको क्यान्सर, आस्थमा, क्रोनिक ब्रोन्काइटिस र इम्फास जस्ता रोगहरू लाग्दछन् । यस बाहेक वायु प्रदुषणले रक्त सञ्चार प्रणाली र केन्द्रीय स्नायु प्रणालीमा पनि अत्यन्तै नराम्रो असर पार्दछ । Chronic Obstructive Pulmonary Disease (COPD) जसले एकहोरो फोक्सो नोक्सान गर्छ, चाही वायु प्रदुषणले मानव स्वास्थमा पार्ने मुख्य नराम्रो असर हो । हालसालै अमेरिकाको लस एन्जल्स वरिपरि बस्ने ४० वर्ष माथिका लगभग ८०० मानिसमा गरिएको अध्ययन अनुसार दिर्घकालिन वायु प्रदूषण र धमनीमा लाग्ने रोगको शुरुको अवस्थामा केहि सम्बन्ध रहन्छ । अनुसन्धानकर्ताहरुले भनेका छन्- जीवावशेष इन्धन, गाडीहरु र उद्योगबाट निस्कने साना कणका कारण श्वास प्रश्वास प्रणाली सुनिने, धमनीहरु कडा हुने, मुटुको रोग लाग्ने र हृदयघातसम्म हुने भनि विश्वास गरिएको छ । साउथ क्यालिफोर्निया विश्वविद्यँलयका सहायक प्राध्यापक निनो क्योन्ज्लीले उक्त अनुसन्धान रिपोर्ट अमेरिकन मुटु संस्थालँई दिंदै भनेका छन्- धुम्रपानले जस्तै वायु प्रदुषणले पनि सानो उमेरमै रक्त सञ्चार सम्बन्धी समस्या ल्याउन सक्छ र बतजभचयकअभिचयकष्क लाई बढावा दिन्छ । वायु प्रदूषण  र धमनी मोटाउने विचको सम्बन्धमा ६० नाघेका आइमाई र कोलेस्ट्रोल घटाउने औषधी सेवन गरेकाहरुमा बढी भएको पाइएको छ । 

अधिल्लो दशकको तुलनामा नेपाली ऋइएम् रोगीहरुको संख्या चार गुणाले वृद्धि भएको छ । काठमाडौंका प्रमुख तीन अस्पतालहरु त्रि. वि. शिक्षण अस्पताल, विर अस्पताल र पाटन अस्पतालमा गरिएको अध्ययनले ऋइएम् का विरामीहरुको संख्या हिंउद तथा सुख्खा महिनामा सबैभन्दा  बढी पाइएको देखाएको छ । ती महिनामा अत्यधिक प्रदूषित वायुले काठमाडौं बासीको स्वास्थमा प्रतिकुल असर पारिरहेको छ । वायु प्रदुषणको कारणले अस्पताल भर्ना हुने विरामीको संख्या पनि वृद्धि भएको छ र हामी दिनानुदिन अस्वस्थ्य भइराखेका छौं । त्यसकारण स्वभाविक रुपमा प्रदूषित वायुले ठूलो धनराशी अनावश्यक खर्च बढाइदिएको छ । यद्धपि वायु प्रदूषणले मात्र यत्तिनै पैसा खर्च गरायो भनेर तथ्याङ्क निकाल्न भने ज्यादै गा-हो छ । विश्व बैंकको एउटा अध्ययनले काठमाडौको वायुमा हुने एःज्ञण् को स्वास्थ प्रभाव सन् १९९० मा लगभग दुई करोड दश लाख थियो । एःज्ञण् को मात्रामा भएको गुणात्मक वृद्धिस“गै त्यसले गराउने खर्च पनि निश्चित रुपमा बढेको छ । वायु प्रदूषण कम गर्ने स्थानिय उपाय अपनाएर अनावश्यक पैसा खर्च नगर्न र आङ्खनो शरीरलाई स्वस्थ राख्न आजै देखि पहल गर्ने कि ?

“वायु प्रदूषणबाट सगरमाथा पनि खतरामा”

वायु प्रदुषणले काठमाडौंको मानव स्वास्थ मात्र होइन विश्व प्रसिद्ध हिमशिखर सगरमाथालाई पनि गम्भिर असर पारेको छ । विश्वव्यापी तापक्रम बृद्धिको कारण संसारको सबैभन्दा अग्लो शिखर, नेपालको गौरव र आम्दानीको स्रोत, सगरमाथा समेत खतरामा परेको छ । यसबाट जोगाउन नेपाल र संसारभरिका अभियानकर्ताले यस खतराको विरोधमा युनेस्कोमा आवेदन दर्ता गरि उक्त हिमालय क्षेत्रलाई खतराको सूची अन्तर्गत राख्न आग्रह गरेका छन् । यो प्रयासको कारणले विश्वव्यापी चर्चा, चासो र चिन्ता फैलिएको छ । 

 खासगरि औद्योगिक राष्ट्रहरुले उत्सर्जन गर्ने कार्बनडाइअक्साइड (CO2) को मात्रा बढ्दै जा“दा यस किसिमको समस्या देखिएको छ । सन् १९५८ तिर वायुमण्डलमा दश लाख भागको केवल ३१५ भाग मात्र कार्बनडाइअक्साइडले ओगटेको थियो तर सन् १९८८ मा सो मात्रा बढेर ३४५ पुगेको थियो भने सन् २०५० सम्ममा यो मात्रा ६५० सम्म पुग्ने वैज्ञानिकहरुको पूर्व अनुमान छ । विभिन्न हरितग्या“सहरू मध्ये कार्वनडाइअक्साइडलाई प्रमुख हरितगृह ग्या“स हो । यो मुख्यगरी पेट्रोलियम पदार्थको प्रयोग गर्दा र अन्य कार्बनिक वस्तुको जलनबाट उत्पन्न हुन्छ । विश्वको तुलनामा नेपालले अत्यन्तै न्यून हरित गृह ग्या“सको उत्सर्जन गरे पनि तापक्रम बृद्धि विश्वव्यापी प्रभाव भएकोले हाम्रो हिमालय क्षेत्र पनि प्रभावमुक्त हुन सकेको छैन । जल तथा मौसम विज्ञान विभागको अध्ययन प्रतिवेदनका अनुसार नेपालको तापक्रम औसतमा ०.०६ डिग्री सेन्टिग्रत प्रति वर्ष  बढीरहेको छ ।  अझ यो तापक्रम बृद्धि दर उच्च हिमश्रृखलाहरुमा  बढी पाइएको छ । यसरी हुने तापक्रम बृद्धिले हिमालयको हिउ“ तिब्र गतिमा पग्लिएको छ । २० किलोमिटर लामो नोग्जुम्पा हिमताल सहित लगभग ३०० हिमताल छन् । यही तिब्र गतिमा भएको हिउ पग्लाइले त्यस क्षेत्रको जैविक विविधता र संस्कृतिमा समेत खतरा उत्पन्न गराएको छ । यसैगरी हिउ“ पग्लानले समुद्री सतह नजिकका देशहरु मालदिभ्स, बंगलादेश आदि समेत डुब्ने खतरामा पुगेको छ । साथ साथै सगरमाथाले आफ्नो  प्राकृतिक स्वरुप गुमाउदै गएमा राष्ट्रले ठूलो संख्यामा पर्यटक गुमाउने छ र हिमालय क्षेत्रमा आश्रित जनजीवन पनि अप्ठ्यारोमा पर्नेछ । सबैभन्दा छिटो सगरमाथा चढेर विश्व किर्तिमान कायम गरेका पेम्बा दोर्जी शेर्पाले भनेका छन् “यदि हामीले सगरमाथा गुमायौं भने हाम्रा केटाकेटीका लागी बा“च्नका लागी केहि बा“की रहने छैन ।” सगरमाथाको पहिलो पटक आरोहण गर्ने एडमण्ड हिलारी भन्छन् “विगत ५० वर्षमा सगरमाथाको धेरै हिउ“ पग्लिसकेको छ । ” यसले स्वच्छ पानीको स्रोतको विनास तिब्र गतिमा भएको छ ।

तर यसरी सगरमाथाको हिउ सकिंदै जानुमा त्यस क्षेत्रका बासिन्दा र स्वयं नेपालको कुनै दोष छैन । यसको लागी अमेरिका लगायतका विकसित औद्योगिक राष्ट्रहरु, जसले अत्यधिक मात्रामा कार्बनडाइअक्साइड उत्सर्जन गर्छन, तिनै राष्ट्रहरू जिम्मेवार छन् । विश्वको कुल औद्योगिक कार्बनडाइअक्साइड उत्सर्जन मध्ये ३६ प्रतिशत अमेरिकाले गर्छ । त्यसैगरि रुसले १७ प्रतिशत अंश ओगट्छ । खुशीको कुरा के छ भने कार्बनडाइअक्साइड उत्सर्जन कम गर्ने क्योटो अभिसन्धिमा रुसले हालै मात्र हस्ताक्ष्ँर गरिसकेको छ । उता विडम्वनाको कुरा के छ भने सबैभन्दा  बढी हरित गृह ग्या“स उत्सर्जन गर्ने अमेरिकाले भने आङ्खना उद्योगको सुरक्ष्ाँको नाममा उक्त अभिसन्धिलाई अनुमोदन नगर्ने अडानमा छ । त्यसकारण हरित ग्या“स प्रभाव कम गर्न औद्योगिक विकसित मुलुकहरुको महत्वपूर्ण स्थान छ । हाम्रो जीवन पद्धति र प्राकृतिक सम्पदासग खेलवाड गर्ने अधिकार कसैलाई छैन । त्यसको लागी विश्वव्यापी रुपमा ठूलो आवाज उठाउन आवश्यक देखिन्छ । 

“मृत्युजन्य डिजेल"
 पेट्रोल भन्दा बढी फलोत्पादक ९भााष्अष्भलत० इन्जिनको खोजी गर्ने क्रममा डिजेल इन्जिनको आविष्कार भएको हो । पेट्रोल भन्दा २० प्रतिशत बढी इन्धन फलोत्पादक हुने भएकोले डिजेल इन्जिन तुलनात्मक रुपमा सफा इन्धन मानिन्थ्यो । तर विगत १० वर्षको अध्ययनले डिजेलको भहजबगकत मृत्युजन्य प्रदुषक र क्यान्सरजन्य भएको देखाएको छ । बेलायतका अनुसन्धानकर्ताका अनुसार डिजेल इन्जिनबाट निस्कने कणहरु मध्ये ९० प्रतिशत एक माइक्रोन भन्दा साना नापका हुन्छन् । विषालु योगिक जस्तै पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्वन (PAHs) बाट लेपिएका डिजेल इन्जिनबाट निष्कने कणहरु त्यसकारण मानव शरीरभित्र सजिलै पुग्छन् । संसारभरका वातावरणवादीहरुले डिजेल इन्जिनको विरुद्ध अभियान चलाएका छन् । ब्राजील, ताइवान र इजिप्ट जस्ता देशहरुले निजी डिजेल कारलाई प्रतिबन्धित गरेका छन् । केहि चर्चित वातावरणवादीहरुले डिजेल इन्जिनलाई “शैतान इन्जिन” भनेका छन् । तर दुर्भाग्यवश नेपालका सवारी साधनले सबैभन्दा  बढी डिजेल प्रयोग गरिरहेकाछन् । युरोपमा प्रयोग गरिने डिजेलमा १५ पिपिएम सल्फर पाइन्छ । नेपालमा १,००० पिपिएम सल्फर भएको डिजेल प्रयोग गरिन्छ बढी सल्फर भएको इन्धनबाट घातक प्रदुषक SO2 बढी मात्रामा निस्कन्छ ।

(This article was published in Science and Future, a science magazine published from Kathmandu couple of years ago.)

2 comments:

  1. निकै मेहनत गरेर तयार गरिएको यो पोस्ट एकदमै जानकारी मूलक पनि रह्यो ।

    माथि पोस्टमा केही शब्दहरु (९यहथनभल० , क्इद्द , ल्इह, ऋइ, इशयलभ, ९त्झउभचबतगचभ ष्लखभचकष्यल० आदि) भने युनिकोड मा हतार गरेर टाईप गरिएर हो बा अंग्रेजी र नेपाली ले-आउट चेन्ज नगरेर हो बेअर्थी भएका छन, फुर्सदमा सच्चाउनु होला है:)

    ReplyDelete
  2. वायूप्रदूषणको बारेमा सविस्तार चर्चा गर्नुभएको रहेछ। तर बीच-बीचमा अंग्रेजीमा लेखिएका शब्दहरु पनि देवनागरीमा परिवर्तन भएकाले सर्र पढ्न भने अलिक अप्ठ्यारो भयो।

    ReplyDelete

Please type your comment in the box below.