5/02/2010

अमेरिकाको डेन्भरमा हजारौको जुलुस

यो फोटो नेपालको जुलुसको होइन, अमेरिकाको हो। संयोग कस्तो परेछ भने नेपालमा माओबदीले आन्दोलन सुरु गरेकै दिन यहा पनि ब्यापक जुलुस निस्केछ। काम बिसेसले डेन्भर पुग्दा त्यो जुलुस देखेर दङ परे म त। नेपालमा जुलुसमा सामेल भएको, सानो देखि ६२-६३ को ठुला ठुला जुलुस देखेको अनि सामेल भएको मान्छे। अमेरिका को ब्यस्त दैनिकि को बिचमा पनि हजारौ मान्छेको जुलुस,नारा घन्काउदै। स्वभाबिक रुपमा नेपालको र यहाको तुलना गर्न मन लागिहाल्ने। नेपालको जस्तो हिंसात्मक, अराजक त होइन। मान्छेको सन्ख्या हजारौको थियो। हात हातमा प्ले कार्ड बोकेका  र नारा लगाइराखेका। निश्चित बाटोमा घुम्दै थिय निश्चित समयसम्म। downtown Denver को traffic ठप्प थियो।

अस्ति मात्रै अ मेरिका को अर्को राज्य एरिजोनाले immigration सम्बन्धी नया कानुन पास गर्यो। तो कानुनले यहा निकै हल्ली खल्ली मच्चेको छ। केन्द्रिय देखि अन्य राज्यहरु सम्म। यसको बिरोधमा भयको जुलुस थियो डेन्भरको आजको जुलुस। मैले त्यो कानुनको बारेमा तेति धेरै जानकारि त राखेको त छैन। तर पनि यो कानुनले गैर गोराहरु बिरोधी भएको, राज्य पुलिसलाई असिमित अधिकार दिएको र racial भएको भन्ने आरोप बिरोधिहरुले लगाएका छन। एरिजोना राज्य मेक्सिको देश सङ जोडिएको छ। पारि मेक्सिको तिरबाट आ उने अबैधानिक आप्रबासी समस्या समाधान गर्ने उदेस्यले यो नया कानुन ल्याको तेहाको राज्य सरकारले बताएको छ। अफ्ठ्यारो के ले पार्यो भने पुलिसले जस्लाई पनि सोद्पुछ गर्न सक्ने भयो र उसको immigration सम्बन्धि कागजात माग्ने भयो। सबैलाई समान ब्यवहार भये त केहि समस्या थेन। पुलिसले सोद्खोज् गर्ने भनेको गैर-गोराहरुलाई हो। जो ल्याटिनो जस्तो देखिन्छ उनिहरुलाई। यो कानुनको समर्थनमा खासगरि रिपब्लिकन छन। अहिले को आर्थिक मन्दिमा अबैधानिक आप्रबासी ले खास अ मेरिकनको जागिर खोसेको आरोप लगाउनेहरु यो कानुन बाट खुसि छन। 

आजको मैले देखेको जुलुसमा धेरै जसो गैर्-गोरा हरु थिय। बच्चा, बुढा, अपाङ पनि सामेल थिय। लौ नेपालको जुलुसले के गर्ने हो तर यहाको जुलुसको सुनुवाई होलाकि कुनै न कुनै रुपमा। अन्तिममा अ मेरिकन राश्ट्रपति ओबामा पनि एरिजोना राज्यको यो नयां कानुनको बिपक्षमा रहेछन।
Slogan: America Needs immigration Reform

Children in the rally

sfads

Elderly woman
 Reminding Obama that he got their vote

 Disable person in the Rally

There were thousands of protesters


1 comment:

  1. म त माओबादीले अमेरिकामा पनि जुलुस गरेछन भन्ने ठानेको

    ReplyDelete

Please type your comment in the box below.