"सुत्ने घर ठडाइयो, खानेकुराको जोहो गरियो। हरियो मकै उसुनेर र पोलेर, आलु र जुकुनि अनि टमाटर उसुनेर, नुन पनि हालेको थियो है। उसुनेको कुखुराको फुल पनि। अधेंरी रात, जुन हेर्दै, तरा गन्दै, आगो ताप्दै, गफ गर्दै। आधा रात ढल्केपछि सुत्ने झोला भित्र पसियो।"
क्रेटर लेक अमेरिकाको सबै भन्दा गहिरो लेक। आउनुस आज म तपाईहरुलाइ यसको भ्रमण गराउछु। यो लेकका केहि आफ्नै बिषेशता छन। त्यहा पुग्दा के अचम्म लाग्छ भने यसको पानी अतिनै निलो छ। र अनि नै सफा। यति सफाकी माछा पनि बाच्न नसक्ने। माछाले खाने केहि पनि छैन रे। यसपाली त मैले माछा मार्ने प्रयास गरिन। तर २ बर्ष पहिले गर्दा रित्तै हात फर्किनु परेको थियो। [पहिलो पटकको क्रेटर लेक यात्राबारे पढ्न यहा थिच्नुस।]
क्रेटर लेकमा माछा मार्दै (2007)
यो लेक ५९७ मि गहिरो छ। अमेरिकामा यो भन्दा गहिरो लेक अरु छैनन र संसारमा यो भन्दा गहिरा ६ वटा मात्रै लेक छन। करिब ७,७०० बर्ष पहिले मजामा पहाडमा ज्वालमुखी बिष्फोट हुदा बनेको खाल्डोमा हिउ र पानी जम्मा भएर बनेको यो लेकमा अरु कतै बाट पानी आउने पनि होइन र पानी उडेर जाने बाहेक अरु बिकल्प छैन।
क्रेटर लेक, बायातिर देखिएको सानो टापुलाई विजार्ड आइलेन्ड भन्छन
हामी बेलुका पुग्दा चिसो थियो। त्यसमाथि हावा चलेको। ओहो कति चिसो। करिब ६००० फिट माथि रहेको उक्त लेक हेर्दा साच्चीकै अचम्म, आनन्द लाग्छ। केहि द्रिश्य स्थानमा अडिदै, हेर्दै, फोटो खिच्दै, तातो कफीको चुस्कीले चिसो कम गर्दै बास बस्ने ठाउ-माजमा गाउ पुगियो। सुत्ने घर ठडाइयो, खानेकुराको जोहो गरियो। हरियो मकै उसुनेर र पोलेर, आलु र जुकुनि अनि टमाटर उसुनेर, नुन पनि हालेको थियो है। उसुनेको कुखुराको फुल पनि। अधेंरी रात, जुन हेर्दै, तरा गन्दै, आगो ताप्दै, गफ गर्दै। आधा रात ढल्केपछि सुत्ने झोला भित्र पसियो। अति नै चिसो भयो। चिसो हुन्छ भनेर न्यानो बस्तुको जोहो त गरेको थिय तर पनि चिसो नै भयो। रातभरि खुट्टा तात्दै तातेन। कहिले यता फर्क्यो कहिले उता। कहिले खुट्टा माथि तान्छु, कहिले खुम्च्याउछु ताति हाल्छ कि भनेर। अनि त के राम्ररी निद लाग्थ्यो र। एक जना साथिले त सुत्ने झोला नै ल्याउन बिर्सिछन्। तिनलाई कस्तो भयो होला। म अनुमान मात्रै लगाउन सक्छु। जसो तसो रात गुजारियो। आफै प्लान गरेको कसलाई गाली गर्नु। बिहानको नित्य कर्म र रात भरिको ब्रत लाई तोडियो अनि लागियो क्रेटर लेकको छेउ छेउको बाटोमा हाईकिङ् गर्न।
रिम गांउ मा रहेको क्रेटर लेक लजलाई छेउमा परेर उकालो उकालो, तेर्सो तेर्सो ट्रेल हिडियो लगभग २ घन्टा आउने जाने गरेर। करिब ८००० फीट अग्लो ठाउं सम्म पुगियो होला। आज त दिन पनि खुलेको। मजाले घाम लागेको। लेकलाई माथि बाट हेर्न मिल्ने। गहिरो निलो कन्चन लेक हलचल नगरि बसेको पानी। बाया तिर हेर्यो भने जङल। अत्यन्तै मनमोहक द्रिस्य। नेपालमा यस्ता ठाउं कति छन कति। तिनको अत्तो पत्तो छैन। खैरेहरु नेपाल जान्छन प्राक्रितिक सौन्दर्यको आनन्द लिन। क्रेटर लेक जस्ता लेक कति छन कति। क्रेटर लेकमा बर्षेनि करिब ५ लाख मान्छे आउछन्। हाम्रो शे-फोक्सुन्डो, रारा ताल जस्ता ताल र अन्य स्वर्गिय ठाउंहरुले उचित ब्यवस्थान सम्रछन्, प्रचार र आधारभुत पुर्बाधार पाउन सके कति मान्छेहरु जादा हुन भेट्न। मेरो मन् अब ओरेगनको क्रेटर लेक बाट नेपालका ति सुन्दर डाडां, काडां, खोला नाला, ताल तलैया तिर पुग्छन। कति मान्छेले काम पाउदा हुन यस्तो ब्यस्था गर्न सके। माल् पाएर पनि चाल नपाएको हामिले। मेरो देशको सम्झना उर्लेर आउछ। ढाडे पोका (backpack) मा भएको नेपाली टोपी झिकेर शिरमा लाइदिन्छु। सम्झना मेट्नलाइ। रिम गाउंको माथी रहेको डाडामा पुगेर लन्च खाएर फर्किन्छौ। फोटोहरु तरिका तरिका ले खिच्छौ। ढाका टोपी सहित शुभको key chain मा रहेको नेपालको झन्डा देखाउदै पनि फोटो खिचियो। फर्किदा अरु खैरेहरुको पनि लावा लस्कर हुन्छ। आफ्नै तालले हिडिरहेको थिय। यौटाले नमस्ते भनेको सुने। अरे भाई कस्ले नमस्ते भन्छ भनेर असो हेरेको त खैरे रैछ। मैले लगाको ढाका टोपी देखेर उसले नेपाली हो भन्ने चिनेछ। धन्य छ मेरो टोपी लाइ। अरु केहि भन्न पर्दैन। शिरमा लाइदे पुग्छ। मेरो पहिचान दिन्छ यसले। देशको याद झन आउछ। मैले पनि नमस्ते फर्काए। उ मुसुक्क हास्यो। म पनि हास्दिय।
लाउरे दाइ ढाका टोपी, नेपाली झन्डा सहित क्रेटर लेकको छेउमा करिब ७००० फिट अग्लो ठाउमा पोज दिदै।
अलि तल पुगेपछि फेरि यौटा जोडी खैरे सित जम्का भेट भो। उसले सिदै सोध्यो। आर् यु फ्र्म नेपोल भनेर। तिम्रो टोपी देखेर चिने मैले भन्छ। फेरि पनि मेरो टोपीले कमाल देखायो। पोहोर साल नेपाल घुम्न गएका रैछन्। बुडा बुडी नै। पोखरा अनि अन्नपुर्ण तिर घुमेर आइयो भन्थे। अब अलि ढिलो भैसकेको थियो घर फर्किन लाई। हतार हतार गाडी तिर गैयो अनि घर तिर लागियो। घर पुग्दा साझको सात बजेको थियो। थकाई लगेर लम्पत। जे होस निकै रमाईलो भयो।
(Thanks goes to Suva Shakya for all photos except the first one)
Dear Basanta Jee,
ReplyDeleteIt is really very nice piece of writing about your journey to the deepest lake in the US. Keep on writing such memories.
Sincerely Yours
Shashidhar Belbase
Ramro laagyo.
ReplyDeleteLake!@#$%^??
ReplyDeletePokhari bhaneko ho?
Kasto Garo sabda hau!
Shashi, Sovit and Nabin sir thank u for reading and dropping your comments.
ReplyDelete@ Nabin: I used easy words: jibro maa jhundiyaka words kya. lake = taal in nepali
एकदमै रमाईलो यात्रा संस्मरण सुनाउनु भयो !! मज्जा आयो पढ्नलाई !
ReplyDeleteRamailo lageyo dhanyabad sir
ReplyDeleteMahesh
@gufgaf jee: thank you for reading
ReplyDelete@Mahesh: thank you
u write well yarr..........ramro lagyo timro shailee....
ReplyDeletelau ramro lek raicha....
ReplyDeletedhaka topi tyai lake ma fyalnu bhayo jasto cha ni!!
eta ta lagayeko dekhdina!