10/05/2009

ओरेगनमा दशैं र घुमघाम

ओरेगनका नेपालीले ढिलै भए पनि दशैं मनाए। अरु तिर दशैं सकिसक्यो होला। कोजाग्रत पुर्णिमाको दिन मनाईेको दशैं पनि रमाईलो हुदो रैछ। हुनत परदेशमा जहिले फुर्सद हुन्छ त्यहिले चाड् पर्ब मनाउने गर्छन् नेपालीले।

आफु बस्ने गाउ तिर, अनि दशैं पार्टी पोर्ट्लेन्डमा। पोर्टलेन्ड हाम्रो लागी सहर हो। युनिभर्सिटि टाउनमा बस्नेका लागी। जाने नै भैसके पछि के पार्टीको लागी मात्रै जाने भनेर अरु ठाउ पनि घुम्ने योजना बन्यो। ओरेगनका प्रसिद्द् पर्यटकीय ठाउहरु भिस्टा घर, मल्टीनोमा फल्स घुमियो। मल्टीनोमा फल्स त पहिले पनि कैयौ पटक गैसकेको थिय। भिस्टा घर भने पहिलो पटक थियो। भिस्टा घर पुग्दा पानि पर्यो। यो त कुनै अनौठो भयन। ओरेगनमा बस्नेलाई। त्यो पनि विन्टरमा। तर यसले गर्दा जति आनन्द लिन सकिन्थ्यो त्यो लिन सकिएन। तल कोलम्बिया नदिको वारपारको सुन्दर द्रिश्य टाढा टाढा सम्म हेर्न मिलेन। करिब १० माईल पर रहेको मल्टीनोमा फल्स पुग्दा भने घाम लागिसकेको थियो। यहि त छ ओरेगनमा बस्नुमा। म सङै गएका साथिहरुले कति मनोरन्जन लिय कुन्नि सोद् न पाको छैन। उनिहरुको पहिलो पटक थियो यता तिरको घुमाई। बिदुर त पहिले पनि फल्स पुगेको थियो। गुन्जन, स्तुति, नर्बदा अनि उनिहरुको पाउनाहरु पनि सङै थियौ।
Vista House


सात बजेतिर दशैं पार्टी हुने ठाउमा पुग्यौ। बिदुरको लागी यो दशैं पार्टी पनि पहिलो पटक थियो ओरेगनमा। कार्यक्रम नेपाल ओरेगन समाजले आयोजना गरेको थियो। यसले प्रत्यक बर्ष दशैं पार्टी लगायतका कार्यक्रम गर्ने गर्छ। मुख्यत कार्यक्रममा तिन कुरा थियो भन्नु पर्यो। प्रथमत: दशैंको टिका लगाउने। मैले त लगाईन। बिजया दशमीको ५ दिन पछि दशैंको भनेर के टिका लगाउनु। नेपालमा पनि कसै कसैले त कोजाग्रत पुर्णिमासम्म लगाउछन्। हाम्रो तिर त्यस्तो चलन छैन्। अनि अर्को महत्वपुर्ण कुरा कसले टिका लगाईदिने भन्ने कुरामा त्यति ध्यान देको जस्तो लागेन। सामन्यतया जेष्ठ महानुभाव बाट टिका ग्रहण गर्नु पर्ने यो। तर त्यहां यो कुरालाई बिर्से जस्तो लाग्यो।

दशैं पार्टीमा सहभागीहरु

दोश्रो मनोरन्जन। यसपाली जम्मा तिन वटा न्रित्य हेर्न पाईयो। उर्मिला दिदिको पहिलो नाचले सबैलाई हेरेको हेरै पार्यो। अनि अर्को समुह न्रित्य र अन्तिमको गंगा दिदिको हास्य न्रित्य।
उर्मिला माली दिदि को डान्स




क्याटरिङबाट ल्याईेको खाना थियो। पोहोर साल सबैले मिलिजुली बानाएको खान निकै मिठो थियो भन्ने सुन्नमा आएको थियो। केही साथिहरुले भन्दै थिए कि बरु सहयोग चाइयो भने हामि तयार छौ। सबैले मिलिजुली खाना बानाउनु पर्छ।
खान त छोड्नै भएन 

यसपालीको कार्यक्रम्मा राम्रो काम् भनेको नेपाली समुदायका बिद्यार्थीलाई छात्रब्रिति दिने योजना लाग्यो। NAO ले पैसा उठाउदै छ। fund जम्मा गर्नको लागि। बर्षको $५०० छात्रब्रिति दिने योजना भएको अध्यक्ष कुश श्रेश्ठले जनाउनु भएको थियो। fund जम्मा गर्नकै लागि राफल खेलिएको थियो।

समुदायको हितको लागि केहि गर्नु निकै राम्रो हो। अमेरिकाको ब्यस्त समयका बाबजुत पनि। अमेरिकाको ब्यस्त समयका बाबजुत पनि। अमेरिकामा रहेका अन्य नेपाली समुदाय भन्दा ओरेगनको अलि सुस्त हो कि भनेर बिदुरले भन्दै थिय। युवा जमात नभएर तेस्तो भएको हुनु पर्छ। यहाको समुदाय जति भाइब्रेन्ट हुनु पर्ने हो तेति छैन। त्यसैको कारण होला सांस्क्रितिक कार्यक्रममा खासै केहि नभाको। बिदुरले त अर्को बर्ष जान्न भन्दै थिय।

All Photos by Suva Shakya. Thank you Suva jee.

2 comments:

  1. Great, I think one of the best celebration of dashain in abroad.

    ReplyDelete
  2. oho! yar ma auna ali dhila hune bhayo, dashain party ta miss bhai halyo ni!

    ReplyDelete

Please type your comment in the box below.