Showing posts with label Scientists. Show all posts
Showing posts with label Scientists. Show all posts

2/16/2016

के रैछ त Gravitational Wave सम्बन्धी आबिस्कार, बुझियो केहि?

Ligo20160211a

यो ग्राफ अस्ति बिहिबार घोषणा गरिएको गुरुत्व तरङ्ग सम्बन्धी हो। 

यो आकाशातिरको विज्ञानमा कहिले पनि चासो लागेन । माथितिर हेर्दा राति देखिने चन्द्रमा मात्रै हो मैले चिनेको । आकाशगंगा, ग्रह, उपग्रह के के हो के के जस्तो लाग्छ मलाइ । फिजिक्स पढेको स्कुल र आइ एस्सीमा मात्रै हो । त्यसमा खगोल बिज्ञान कति पढियो होला र, केहि याद छैन । गत हप्ता अमेरिकाका दुइ ठाउमा स्थापना गरिएका LIGO stations का बैज्ञानिकहरुले Gravitational Wave (गुरुत्व तरङ्ग भन्छु है) नापेछन र त्यसले हल्का तहल्का मच्चायो । यो खबरले केहि चाखलाग्दा तथ्यहरु उजागर गरेको छ । त्यसैले मलाइ यससम्बन्धी लेख पढ्ने र भिडियो हेर्ने तान्यो। कति कुरा बुझ्न गाह्रो ।  यो वेब र यसको खोजि बुझ्न सजिलो होला भनेर मैले बुझेका कुरा सजिलरी बुझिने गरेर यो पोस्ट लेखेको छु । 
कम्प्युटर सिमुलेसनबाट बनाइएको ब्लाक होल ठोक्किदाको द्रिस्य 
१. करिब १.३ बिलिएन (अर्ब) बर्ष अघि दुइवटा ब्लाक होल ठोक्केर एक भए । यो यति धेरै समय अघिको कुरा हो जतिबेला प्रिथ्बीमा भर्खर बहुकोषीय जिबजन्तु बिकास हुदै थिए । ति ब्लाक होलले एक अर्कोलाई फन्को लगाई रहेका थिए । ब्लाक होलको बारेमा पढ्ने भए यहा क्लिक गर्नुस । यस्ता होलहरु असंख्यको संख्यामा छन ब्रम्हाण्डमा । ठोक्केका दुइमध्य पहिलो सुर्य भन्दा ३६ गुणा र दोस्रो २९ गुणा ठुलो थियो । सुर्य कति ठुलो होला त? सुर्यको ओजन २.० १०^३० KG छ ।

फन्को मार्ने बेलामा प्रकाशको आधा गतिमा कुदिरहेका थिए ति डल्लाहरु (प्रकाशको गति = तिस करोड मिटर एक सेकेण्डमा । यीनिहरु एक सेकेण्ड भन्दा थोरै समयमा ठोक्केर एक भए । यसो हुदा तिनवटा सुर्य बराबरको मास इनर्जीको रुपमा हरायो । त्यो शक्ति Gravitational Wave को रुपमा ब्रम्हाण्डमा फैलियो । त्यो शक्ति यति धेरै हो कि, यति उज्यालोको रुपमा निस्केको भए अरबौ खरबौ तारा चम्के जस्तो उज्यालो हुन्थ्यो होला रे । 

२. यस्ता डल्ला ठोक्के त ठोक्के, के मतलब भन्ने कुरो पनि आउछ । तर प्रख्यात महान बैज्ञानिक आइन्सटाइनले सय बर्ष अगाडी ठ्याक्कै यस्तै हुन्छ भनेर भनेका रहेछन त्यतिबेला न हब्बल टेलिस्कोप थियो, न टिभि कम्प्युटर । करिब बिगत चालिस पचास बर्ष देखि बैज्ञानिकहरुले आइन्स्टाइनले भनेको कुरा साच्चै होलाकी नहोला भनेर खोजि गरि राखे। कम्प्युटरको आबिस्कार भए पछि, सिमुलेसनले त त्यसरी ठोक्केका ब्लाक होलले गुरुत्व तरङ्ग निकाल्छन भन्ने देखाइसकेको थियो। अप्रत्यक्ष्य रुपले प्रमाणित भै सकेको थियो। तर प्रक्यक्ष्य हेर्न वा देख्न सम्भब भएको थिएन।

३. त्यो गुरुत्व तरङ्ग जब गत सेपेम्बरमा पृथ्बी हुदै जादै थियो तब बैज्ञानिकहरुले देखे र नापे । कहाँ हो कहाँ कहिले हो कहिले भएको घटना अहिले थाहा भयो।

नाप्न त नापे तर कति ठुलो वा सानो थियो त्यो र कसरि नापे भन्ने थाहा पाएर नै मा अचम्म भएको हु।
४. कसरि नापे भन्ने कुरो अझै अचम्म को पत्याउनै नसकिने खालको छ।
उक्त वेबले प्रिथ्बिमा राखेका ऐना जम्मा एक प्रोटोनको हजार भागको एक भाग हल्लाएछ । प्रोटोन प्रत्यक परमाणुको केन्द्रमा हुन्छ । एक प्रोटोन भनेको १० ^ -१५ मिटर हो । हो त्यहि सानो कुरा नापेका हुन ।

यसलाई बुझ्नको लागि: मान्छेको रौ लगभग १०० um (१०० १०^ -६ मि ) मोटो हुन्छ । हाम्ले आखाले देख्ने । यो रौको सय भागको एक भागलाई दशलाख भाग मसिनो पारौ । त्यसलाई फेरी हजार गुणा सानो पारौ । त्यो प्रोटोन बराबर हुन्छ । यो प्रोटोन भन्दा एक हजार गुणा सानो दुरी परिवर्तन भएको कसरि नाप्या होला? 

त्यो झन अचम्म भो । अहिले सम्म नभएको कुरो भयो ।  

५. यति सानो कुरा नाप्न अमेरिकाको दुइ ठाउमा लेजर वाला प्रयोगशाला बनाइएको छ र ति दुबैले ठ्याक्कै उही नाप नापेका छन । यीनले कसरि काम गर्छन भन्ने बुझ्न यो लिंकमा जानुस।

६. यो नाप्नको लागी करिब हजार बैज्ञानिक र बिद्यार्थी सहभागी थिए र अर्बौ डलर खर्च भएको छ ।

७. पृथ्बी सम्म आइपुगेको यो गुरुत्व तरङ्ग हाम्रो कानले सुन्न सकिने रहेछ।  त्यसैले अब ब्लाक होल ठोक्के भने हामीले प्रिथ्बीमा हेर्ने मात्रै होइन सुन्न पनि सकिने भयो । तलको भिडियोमा सुन्न सकिन्छा। एकछिन एकछिनमा स्वाट्व स्वाट्व गर्छ नि हो त्यहि हो। 


८. अहिलेसम्म ब्रम्हाण्डका पिण्डहरु अध्यन गर्न electromagnetic wave-जस्तो हामीले देख्ने प्रकाश, प्रयोग गरिएको थियो तर अब अर्को तरिकाले हेर्न बुझ्न सकिने भयो-त्यो भनेको गुरुत्व तरङ्ग हो । अब यसले के के नयाँ नयाँ कुरा निकाल्छ त्यसको लागि त पर्खने पर्छ। 

केहि बुझियो त?

4/09/2015

म बैज्ञानिक हु किनभने.......

गत आईतबारदेखि ट्विटरमा संसारभरका बैज्ञानिकहरुले किन आफु बैज्ञानिक भए भनेर लेखेका छन । #IAmAScientistBecause भन्ने ह्यासट्यागमा सुरु भएको यो "अभियान" मा कसैले कसरि यो क्षेत्रमा आइपुगे भन्ने लेखेका छन् भने कसैले किन यो पेशा मन पराइराखेको छु भन्ने लेखेका छन । आफुले गरि राखेको काम किन गरिराखेका छन् भन्ने लेखेका छन । थरि-थरिका बिचार ।  बैगनिकहरुका बिचारले भरिएको छ ट्विटर । यो ह्यासट्याग अहिले ट्विटरमा ट्रेण्डिङ्ग भै राखेको छ ।









किन बैज्ञानिक भएको?  किन मास्टर नभा? किन किसानी नगर्या? किन डाक्टर अथवा इञ्जिनिएर नबन्या? किन हिरो हिरोइन वा पत्रकारिता तिर नगएको? बैंकिंग क्षेत्रमा गएको भए धेरै पैसा कमाइन्थ्यो नि तर किन नगएको? अथवा राजनीति गरेको भए अझ ठुलो मान्छे बनिन्थ्यो नि किन राजनीति नगरेको? बास्तबमा यो धेरै गम्भिर प्रश्न हो ।

कि अरु कुनै क्षेत्रमा फिट नहुने भएर हो?









केहि रमाइला ट्विटहरु हेरम है त ।















यसो भए पनि खुशी उसो भए पनि खुशी



















भन्नुहोला अरुको त थाहा पाइयो आफु नि? मा किन अहिले गरिराखेको क्षेत्रमा आइपुगे भनेर प्रतिस्थित बैज्ञानिक जर्नल साइन्समा केहि वर्ष अघि लेखेको थिए  त्यसैको सेरोफेरो वाला ब्लग यहा छ   आउन त यो क्षेत्रमा आइछस तर किन अहिले पनि यसैमा छस भनेर सोदनेलाइ मेरो ट्विट 





अरु बैज्ञानिकहरु किन यो क्षेत्रमा आए र किन यो क्षेत्रमा रमाई राखेका छन् तल पद्नुस ।

2/10/2013

चस्माको खोल क्यामेरा हैन

एकपटकको कुरा हो। करिब पन्द्र वर्ष अघिको। म प्युठान तिर घुम्न गा'थे रेकम र शिव अन्कलहरुसंगै। हामले घुम्दै नारिकोट सम्म पुग्ने बिचार गरिम। पुर्खौली थलो दहखोलाबाट माथि पूर्व तिर। नियमित हिड्नेलाइ त 3-4 घण्टा लाग्दो हो तर हाम्लाई करिब 6 घण्टा जति लाओ। तेती बेला मैले लगाउने चस्माको खोल कम्मरको पेटीमा झुन्डाको थे। चलन नै तेस्तै थ्यो। चस्मा त अहिले नि लाउछु तर खोल कम्मरमा भिर्दैन। तेही चस्माको खोल लाई कति पए केटा-केटि ले क्यामेरा बुझेछन। अनि फोटो खिच्देको खिच्दे भनेर हैरान पारे। हामी तिन जनै अचम्म परिम। बिचारा ती केटा केटिलाइ के थाहा। न राम्ररी नजिक बाट देखेको, न कहिले खेलाको (प्रयोग गरेको). त्यै भएर त होला कालो कालो क्यामेरा जत्रो डल्लो देख्यो कि क्यामेरा भन्ने छाप परे होला। विकट ठाउँका ठुलै मान्छेहरूको पनि त्यस्तै बुज्न सक्छन्।  

कुरो जोड्न खोजेको यता तिर है। केही महिना अगाडी प्रेम बानियाको टिभी कार्यक्रममा हिमाल तिर राखिएका क्यामेराको बारेमा निकै जोर तोडको प्रस्तुति थियो। दुई तिन सृन्खालाको उक्त कार्यक्रमको निचोड के थ्यो भने पश्चिमी देशका जासुसहरुले जासुसीको लागि ती क्यामेरा राखेका हुन सक्छन्। त्यसले हाम्रो राष्ट्रियता ध्वस्त भयो। यसरि प्रस्तुत गरिएको थियो कि तिनै क्यामेरालेगर्दा नेपाल भन्ने देश अब रहने छैन जस्तो। त्यो कार्यक्रमको बारेमा उत्तम बाबु श्रेष्ठले मेरोसंसार मा लेखेको ब्लग हेरे हुन्छ अलि धेरै थाहा पाउने भए। 

गत हप्ता साइण्टिफ़िक अमेरिकन भन्ने प्रसिद्ध पत्रिकामा यसै सम्बन्धी समाचार छापियो।  भएछ के भने   त्यहाँ राखेका मध्ये एउटा क्यामेरा यहाँ नजिकैको विश्वविद्यालय कोलोराडो-बोल्डर (University of Colorado-Boulder) मा PhD  गर्दै गरेकी विद्यार्थीले राखेको एउटा क्यामेरा हराएछ। उनको अनुसन्धानले उच्च हिमाली क्षेत्रमा भएका ग्लेसियेरको गतिविधि टाइम ल्याप्स फोटो (निश्चित समयको अन्तरालमा फोटो खिचिरने) बाट अध्यन गरिरहेको रहेछ। उनीहरू लगायतको समूहले विश्वका यस्ता धेरै ठाउँमा यस्तै किसिमका अनुसन्धान गरिरहेको छ। यस्ता अनुसन्धानको महत्वको बारेमा कसैको दुई मत छैन होला। 

उनको क्यामेरा हरायो। कसले लग्यो अत्तो पत्तो छैन। सरकारले निकाल्यो कि अरू कुनै व्यक्ति वा समूह ले?  यदि टिभी कार्यक्रमकै प्रभावले  सरकारले निकालेको भए लास्टै बेइजेत हो यो त।  अब हिउँ अनुसन्धानको लागि राखेको क्यामेरा लाई जासुस गर्ने भाडो भन्नु त मैले सुरुमा भने जस्तो चस्माको खोल लाई क्यामेरा भने जस्तो। अमेरिकाले जासुसी गर्न बिश्वबिध्यालयको विद्यार्थीलाई क्यामेरा दिएर पठाउन पर्छ त? अहिलेको जमाना भनेको स्याटेलाइट र ड्रोन को हो। जसले हजारौँ मिटर माथि बाट प्रिथिबीमा हुने हरेक गतिविधि हेरी रहन सक्छन्। 

तर उक्त विद्यार्थीले पनि गल्ती गरेकी हुन्। स्विकिर्ती नलिइ उक्त ठाउँमा/कुनै पनि ठाउमा क्यामेरा राख्न नहुने। अर्को तर्फ सो गल्तीको सजाए भनेको क्यामेरा थाहै नदीइ निकालिदिनुको सट्टा केही फाइन तिराएर पनि त हुन्थ्यो नि। वैज्ञानिक अनुसन्धानको महत्व नबुझे पछि यस्तै हो। 

6/19/2010

Popular PhD Comics, cartoons

What are the similarities between FIFA world cup and a PhD program? Lets see the cartoon below.

It is quite interesting. FIFA world cup is still going on and some unexpected results are also coming. In spite of the noise from vuvuzela many people around the globe are really busy watching it. Lets hope the trophy will go to the team who really deserves it. I am not crazy about the world cup. This time I have watched 2 matches so far. Most of my friends are watching without missing even a single match. Yesterday Lekhnath was asking me about watching the games and I replied I am not. Then his response was: When will you watch? That was good question. Because this game comes once in every four years. This was because of the life of a graduate student. I am not able to get time to watch all games.

5/03/2008

Some time with Nobel Laureate "Roderick MacKinnon"

I have no dream to become a Nobel laureate but I wanted to see and talk to such great persons. In 2004, first time, I listened a Nobel laureate giving his remarkable speech in BICC, Kathmandu during 4th National conference on Science and Technology. Today was the second time to see and listen to a Nobel Laureate from very close. It is always a matter of curiosity to me about them. How they speak, response to people, their life style. Are they normal person like us? What is inside their brain that makes such achievements?

Professor Dr. Roderick MacKinnon gave a talk on the topic "The principles of potassium ion channel" in ALS 4001, OSU followed by a informal discussion with students during refreshment.


His talk was about how potassium passes the membranes through potassium channels. According to him these channels are very selective to potassium ions. For example when about one thousand to ten thousand potassium cross the membrane only one sodium ion is able to cross through the channel although the size of sodium is much more smaller than potassium.


He is a professor at The Rockefeller University. Before he moved to this school in 1996, he was a faculty at Harvard Medical School. About his academic degrees: he did his undergraduate study in Biochemistry from Brandeis University, MD in medicine from Tufts University. He won Nobel Prize in Chemistry 2003.

Great lesson from him is that if you don't like, not interested in and not enjoying whatever you are doing, don't do it. This is his suggestion to undergraduate students who are going to graduate school soon. He himself is an example of this. He did his undergraduate in biochemistry. His undergraduate research adviser suggested him to go to graduate school but he decided to go to medical school. He didn't enjoyed his time during that 7 years and finally he came back to the lab working with same professor. He was trying to explain why he didn't like medical school and this career in the informal discussion with undergraduate students from department of biochemistry and biophysics at OSU. It was lots of memorizing stuffs and he was not good at memorizing. He couldn't enjoy the period. It was his important and hard decision to leave medical career and going back to graduate school.

He lives with his wife. They don't have child. He is proud of the work he has done and contribution to the science and The Nobel Prize. Answering to a question from a student about his wife's support in his success he said its great support and encouragement.

About the secrete of his success he mentioned interest and hard work are main driving forces. He always see the things in different ways than other people see. He doesn't go by the great things. He likes to work on the small things.

You can read more about him and his findings in following links.

http://nobelprize.org/nobel_prizes/chemistry/laureates/2003/mackinnon-autobio.html

http://www.rockefeller.edu/labheads/mackinnon/mackinn-lab.php


http://en.wikipedia.org/wiki/Roderick_MacKinnon


http://www.sciam.com/article.cfm?id=interview-with-roderick-m


http://www.youtube.com/watch?v=eODp6lCI3PA