यो ग्राफ अस्ति बिहिबार घोषणा गरिएको गुरुत्व तरङ्ग सम्बन्धी हो।
यो आकाशातिरको विज्ञानमा कहिले पनि चासो लागेन । माथितिर हेर्दा राति देखिने चन्द्रमा मात्रै हो मैले चिनेको । आकाशगंगा, ग्रह, उपग्रह के के हो के के जस्तो लाग्छ मलाइ । फिजिक्स पढेको स्कुल र आइ एस्सीमा मात्रै हो । त्यसमा खगोल बिज्ञान कति पढियो होला र, केहि याद छैन । गत हप्ता अमेरिकाका दुइ ठाउमा स्थापना गरिएका LIGO stations का बैज्ञानिकहरुले Gravitational Wave (गुरुत्व तरङ्ग भन्छु है) नापेछन र त्यसले हल्का तहल्का मच्चायो । यो खबरले केहि चाखलाग्दा तथ्यहरु उजागर गरेको छ । त्यसैले मलाइ यससम्बन्धी लेख पढ्ने र भिडियो हेर्ने तान्यो। कति कुरा बुझ्न गाह्रो । यो वेब र यसको खोजि बुझ्न सजिलो होला भनेर मैले बुझेका कुरा सजिलरी बुझिने गरेर यो पोस्ट लेखेको छु ।
कम्प्युटर सिमुलेसनबाट बनाइएको ब्लाक होल ठोक्किदाको द्रिस्य |
१. करिब १.३ बिलिएन (अर्ब) बर्ष अघि दुइवटा ब्लाक होल ठोक्केर एक भए । यो यति धेरै समय अघिको कुरा हो जतिबेला प्रिथ्बीमा भर्खर बहुकोषीय जिबजन्तु बिकास हुदै थिए । ति ब्लाक होलले एक अर्कोलाई फन्को लगाई रहेका थिए । ब्लाक होलको बारेमा पढ्ने भए यहा क्लिक गर्नुस । यस्ता होलहरु असंख्यको संख्यामा छन ब्रम्हाण्डमा । ठोक्केका दुइमध्य पहिलो सुर्य भन्दा ३६ गुणा र दोस्रो २९ गुणा ठुलो थियो । सुर्य कति ठुलो होला त? सुर्यको ओजन २.० १०^३० KG छ ।
फन्को मार्ने बेलामा प्रकाशको आधा गतिमा कुदिरहेका थिए ति डल्लाहरु (प्रकाशको गति = तिस करोड मिटर एक सेकेण्डमा । यीनिहरु एक सेकेण्ड भन्दा थोरै समयमा ठोक्केर एक भए । यसो हुदा तिनवटा सुर्य बराबरको मास इनर्जीको रुपमा हरायो । त्यो शक्ति Gravitational Wave को रुपमा ब्रम्हाण्डमा फैलियो । त्यो शक्ति यति धेरै हो कि, यति उज्यालोको रुपमा निस्केको भए अरबौ खरबौ तारा चम्के जस्तो उज्यालो हुन्थ्यो होला रे ।
२. यस्ता डल्ला ठोक्के त ठोक्के, के मतलब भन्ने कुरो पनि आउछ । तर प्रख्यात महान बैज्ञानिक आइन्सटाइनले सय बर्ष अगाडी ठ्याक्कै यस्तै हुन्छ भनेर भनेका रहेछन त्यतिबेला न हब्बल टेलिस्कोप थियो, न टिभि कम्प्युटर । करिब बिगत चालिस पचास बर्ष देखि बैज्ञानिकहरुले आइन्स्टाइनले भनेको कुरा साच्चै होलाकी नहोला भनेर खोजि गरि राखे। कम्प्युटरको आबिस्कार भए पछि, सिमुलेसनले त त्यसरी ठोक्केका ब्लाक होलले गुरुत्व तरङ्ग निकाल्छन भन्ने देखाइसकेको थियो। अप्रत्यक्ष्य रुपले प्रमाणित भै सकेको थियो। तर प्रक्यक्ष्य हेर्न वा देख्न सम्भब भएको थिएन।
३. त्यो गुरुत्व तरङ्ग जब गत सेपेम्बरमा पृथ्बी हुदै जादै थियो तब बैज्ञानिकहरुले देखे र नापे । कहाँ हो कहाँ कहिले हो कहिले भएको घटना अहिले थाहा भयो।
नाप्न त नापे तर कति ठुलो वा सानो थियो त्यो र कसरि नापे भन्ने थाहा पाएर नै मा अचम्म भएको हु।
३. त्यो गुरुत्व तरङ्ग जब गत सेपेम्बरमा पृथ्बी हुदै जादै थियो तब बैज्ञानिकहरुले देखे र नापे । कहाँ हो कहाँ कहिले हो कहिले भएको घटना अहिले थाहा भयो।
नाप्न त नापे तर कति ठुलो वा सानो थियो त्यो र कसरि नापे भन्ने थाहा पाएर नै मा अचम्म भएको हु।
४. कसरि नापे भन्ने कुरो अझै अचम्म को पत्याउनै नसकिने खालको छ।
उक्त वेबले प्रिथ्बिमा राखेका ऐना जम्मा एक प्रोटोनको हजार भागको एक भाग हल्लाएछ । प्रोटोन प्रत्यक परमाणुको केन्द्रमा हुन्छ । एक प्रोटोन भनेको १० ^ -१५ मिटर हो । हो त्यहि सानो कुरा नापेका हुन ।
यसलाई बुझ्नको लागि: मान्छेको रौ लगभग १०० um (१०० १०^ -६ मि ) मोटो हुन्छ । हाम्ले आखाले देख्ने । यो रौको सय भागको एक भागलाई दशलाख भाग मसिनो पारौ । त्यसलाई फेरी हजार गुणा सानो पारौ । त्यो प्रोटोन बराबर हुन्छ । यो प्रोटोन भन्दा एक हजार गुणा सानो दुरी परिवर्तन भएको कसरि नाप्या होला?
यसलाई बुझ्नको लागि: मान्छेको रौ लगभग १०० um (१०० १०^ -६ मि ) मोटो हुन्छ । हाम्ले आखाले देख्ने । यो रौको सय भागको एक भागलाई दशलाख भाग मसिनो पारौ । त्यसलाई फेरी हजार गुणा सानो पारौ । त्यो प्रोटोन बराबर हुन्छ । यो प्रोटोन भन्दा एक हजार गुणा सानो दुरी परिवर्तन भएको कसरि नाप्या होला?
त्यो झन अचम्म भो । अहिले सम्म नभएको कुरो भयो ।
५. यति सानो कुरा नाप्न अमेरिकाको दुइ ठाउमा लेजर वाला प्रयोगशाला बनाइएको छ र ति दुबैले ठ्याक्कै उही नाप नापेका छन । यीनले कसरि काम गर्छन भन्ने बुझ्न यो लिंकमा जानुस।
६. यो नाप्नको लागी करिब हजार बैज्ञानिक र बिद्यार्थी सहभागी थिए र अर्बौ डलर खर्च भएको छ ।
७. पृथ्बी सम्म आइपुगेको यो गुरुत्व तरङ्ग हाम्रो कानले सुन्न सकिने रहेछ। त्यसैले अब ब्लाक होल ठोक्के भने हामीले प्रिथ्बीमा हेर्ने मात्रै होइन सुन्न पनि सकिने भयो । तलको भिडियोमा सुन्न सकिन्छा। एकछिन एकछिनमा स्वाट्व स्वाट्व गर्छ नि हो त्यहि हो।
केहि बुझियो त?
No comments:
Post a Comment
Please type your comment in the box below.