1/20/2016

कसरि बन्छ प्लास्टिकबाट पेट्रोल?

photo: यतायता बाट 
भारतको नाकाबन्दीले चरम इन्धन अभाब भएपछि नेपालमा उर्जाको विभिन्न विकल्पहरुबारे बहस भै रहेको छ । यसै क्रममा दाङमा एक युवाले सल्लोको खोटो र प्लास्टिकबाट तेल निकालेर गाडि चलाएको खबर आयो । नेपालको एकमात्र सरकारी बिज्ञान प्रबिधी प्रतिस्ठानले प्लास्टिकबाट तेल निकाल्ने प्रबिधि भित्र्याउने खबर पनि आयो । 

प्लास्टिकबाट निकाल्न सकिने इन्धनको प्रक्रियाको बारेमा बुझ्नु अघि प्लास्टिक र इन्धनको छोटो जानकारीबाट सुरु गरौ है त यो ब्लग ।

के हो प्लास्टिक र के हो पेट्रोल, डिजेल? 
कच्चा तेलको (जमिन मुनिबाट निकालिंछ) प्रसोधनबाट निस्किने पेट्रोलियम पदार्थ हो पेट्रोल र डिजेल । पेट्रोलमा विभिन्न किसिमका चार देखि बाह्र कार्बन एटम भएका हाइड्रोकार्बन रसायनको समिश्रण हुन्छ-अक्टेन, ब्युटेन, टोल्युन आदी । डिजेल पनि यस्तै यस्तै हो तर त्यसमा बाह्रभन्दा बढी कार्बन एटम भएका हाइड्रोकार्बन हुन्छन । जब कच्चा तेल निकालिंछ, त्यसपछि त्यसको प्रसोधन गरेर डिजेल, पेट्रोल र अन्य पेट्रोलियम पदार्थमा छुट्टाइञ्छ । यसरि छुट्टाउन सामान्यतया fractional distillation नामको तरिका अपनाइञ्छ । फरक कार्बन एटम हुने रसायनको घनत्व र उम्लने तापक्रम फरक हुने हुनाले त्यसैको आधारमा पेट्रोलियम पदार्थहरु छुट्टाइञ्छ । अन्य आवस्यक रसायन पछि  मिसाइञ्छ पछि । 


हामीले प्रयोग गर्ने प्लास्टिक पनि कच्चा तेल प्रशोधन गर्दा निस्केको बाइ-प्रोडक्टबाट बन्ने हो । जस्तो पोलीथिन भञ्छौ नि त्यो कच्चा तेल प्रसोधन गर्दा निसकिने इथीन नामको रसाएनबाट बन्छ । प्लास्टिक इथिन जस्तै साना साना इकाई जोडेर बनेको पोलिमर हो । भने पछि पेट्रोल, डिजेल, प्लास्टिक एउटै स्रोतबाट आउने हुन । 

कसरि निस्कंछ प्लास्टिकबाट तेल?




प्लास्टिक पनि हाइड्रोकार्बनबाट बनेको हुनाले प्लास्टिकबाट पेट्रोलियम पदार्थ बनाउन सकिन्छ । यो त्यति गाह्रो प्रबिधी हैन । सामान्य तरिकाले भन्दा खेरि -प्लास्टिकलाई बन्द भाडोमा (oxygen  free) धेरै तापक्रममा  (~ ४०० सेण्टिग्रेड) ततायो भने यो पग्लिंछ तर जल्दैन र ग्यास बन्छ । जब त्यसरी निस्केको ग्यासलाई चिसाइञ्छ त्यसपछि त्यो तरल पदार्थमा परिवर्तन हुन्छ । यो पाइरोलाइसिस प्रबिधीबाट निस्केको तेललाइ प्रसोधन गर्यो भने पेट्रोल, डिजेलमा छुटाउन सकिन्छ । यो प्रक्रिया र कस्तो कुन गुणस्तरको तेल निकाल्ने भन्ने कुरो कस्तो प्रकारको प्लास्टिक प्रयोग गरिन्छ त्यसमा भर पर्छ । खास गरि भाच्न सकिने प्लास्टिक (polypropylene -computer monitor cases, printer cases etc.) अलि सजिलै संग प्रयोग गर्न मिल्ने तेल निस्कंछ । यस्तो प्रबिधीबाट एक किलो प्लास्टिकबाट करिब ८०० देखि १००० मिलि लिटर तेल निकाल्न सकिने रहेछ । 

के हो नया कुरा हो?
पक्कै हैन ।  पहिले देखि नै यो प्रबिधी चलेको छ ।  हामीले अन्नबाट रक्सि पारे जस्तै त हो । तर यसको लागी कति ठुलो स्केलको मेशिन प्रयोग गर्ने, त्यो मेशिनले कति बिजुली खान्छ, कस्तो प्रकारको प्लास्टिक प्रयोग गर्ने, त्यसबाट निस्कने खराब रसायन कसरि ब्यवस्थापन गर्ने र सबै भन्दा महत्वपुर्णकुरा मुलधारको पेट्रोलियम पदार्थ निकाल्ने प्रबिधीसंग आर्थिक रुपमा प्रतिस्पर्धा गर्न सक्छ कि सक्दैन भन्ने कुरो महत्वपुर्ण हुन्छ। 

विभिन्न कम्पनीले उत्पादन गरेका यस्ता मेसिनहरु बजारमा किन्न पाइञ्छन जसले प्लास्टिक, टाएरबाट पेट्रोलियम तेल निकाल्छन । अलिबाबा को यो लिंकमा हेर्नुस। 

संयुक्त रास्ट्र संघको UNEP को यो प्रकाशन हेर्नुस ब्रिस्त्रित जानकारीको लागी।

मैले बुझे अनुसार नास्टले पनि जापानबाट मेशिन किनेर ल्याएर डेमोन्स्ट्रेट गर्ने हो । यस्तो प्रबिधी छ है भनेर। व्यापारीहरुलाई जानकारी गराउने हो ।  तर त्यत्ति कामको लागी मेशिन किनेर लाखौ खर्च गर्ने पर्थेन होला।

अरु कुन कुन देशमा चलेको छ यो प्रबिधी?
भारतमा पनि यस्तो प्रयास भएको छ । यो लिंक पनि हेर्नुस । फाट्ट फुट्ट रुपमा सानो सानो स्केलमा संसारका धेरै ठाउमा यो प्रबिधी प्रयोग भएको छ । तर पनि सरकारी तवरबाट इन्धनको ठुलो हिस्सानै ओगट्ने हिसाबले प्रयोग भएको देखिएन । त्यसमा धेरै कारण हुन सक्छन। 

के यसले नेपालको आवस्यकता पूर्ति गर्ला?
काठ्माण्डुले मात्रै एक दिनको ४५७ मेट्रिक टन फोहर निकाल्छ । जसको करिब १२% प्लास्टिक जन्य रहेको एक अध्यनले देखाएको छ । यसरि हेर्दा लगभग ५० मेट्रिक टन प्लास्टिक निस्किने रैछ ।  देशभरिबाट पक्कै अझ धेरै निस्केला । तर कस्तो खालको प्लास्टिक कति मात्रामा छ भनेर तथ्याङ्क खोज्दा खासै भेटिएन । प्लास्टिकबाट तेल निकाल्ने प्रबिधी प्रयोग गर्दा त्यो तथ्याङ्क महत्वपुर्ण छ । मानम सप्पै प्लास्टिकबाट तेल निस्क्यो रे । यसरि अधिकतम पचासहजार लिटर तेल निस्कने सम्भावना हुने भयो दिनको र बर्षको 50000*365 लिटर । गत वर्ष नेपालले करिब २५ करोड लिटर पेट्रोल र ८० करोड लिटर डिजेल आयात गरेको रहेछ । यो तथ्याङ्क हेर्दा प्लास्टिकबाट निकाल्ने तेलले केहि अंस मात्रै ओगट्ने भयो । 

यो सम्बन्धी सरकारले नीति बनायो र व्यापारीहरुले फाइदा हुने देखे पने पक्कै पनि प्लास्टिकबाट ब्यवसाहिक  तवरले नै तेल उत्पादन होला । सबै भन्दा महत्वपुर्ण कुरो-प्लास्टिक तेल कत्तिको सस्तो महँगो पर्छ र कति सुद्दता हुन्छ त्यसले त्यसको प्रयोग निर्धारण गर्ने छ नेपालमा । नियमित इन्धनको रुपमा नभए पनि साना साना इकाइहरुमा, कुनै उद्योगहरुमा प्रयोग गरे-फोहर प्लास्टिकको पुन प्रयोग हुने भयो र अलि थोरै भए पनि डिजेल पेट्रोलको आयात कम हुने भयो। 

No comments:

Post a Comment

Please type your comment in the box below.