Showing posts with label dashain. Show all posts
Showing posts with label dashain. Show all posts

11/12/2012

अमेरिकामा राजेश हमालको डान्स

गत शनिबार (अघिल्लो हप्ता) राजेश हमाल र करिश्माको डान्स हेर्न कोलोराडोको बोल्डर गइयो। राजेश हमालको डान्स कस्तो होला र भन्ने थ्यो। फिलिमहरुमा हेरेको, तेस्तो नि डान्स हुन्छ र?

नेपालका हिरो हिरोनीहरु बिदेश गए भने तिनले डान्स गर्छन। बिशेसगरि हिरोनिहरु। बलिवुडका कति हिरो हिरोनिले अम्रिका आएर स्टेजमा नाच्दा हुन र? तर नेपालीहरुले गर्छन। आफ्ना दर्शकको माया वा मुद्राको माया। मुख्य पेशा नृत्य नभए नि नाचिदिन्छन सकी नसकी। जे भएनी दर्शकलाई मनोरंजन दिनु न हो। 

दशैँ र तिहार दुवै मनाउने गरेर बिचमा राखिएको कार्यक्रममा खसीको मासु सहितको डिनर पनि उपलब्ध थ्यो। दश डलरमा मासु भात खान पाइने अनि त्यसैमा राजेश हमाल नाचेको हेर्न पाइने भने सी हामि करिब ~150 माइल टाढाबाट गएका थियौ। साएद यति टाढा बाट जाने अरु कोहि थेनन होला। 

हामि पुग्दा ठ्याक्क खानि बेला भा रैछ, लाइनमा बसियो र पेटभरी खाइयो। खानिकुरो मिठै थ्यो। मलाई भनि अलि बढी पिरो भा'थ्यो। भोलि पल्ट गोबर सोत्तर गर्नी बेलामा गारो भएनी नि खान कहाँ छोडीन्छ  र। खै कसरि हो प्राय जसो लाइनमा म अगाडी नै हुन्छु, खानिकुरको? 

मान्छे टन्नै थे। 500 वरिपरी? खाइ सके पछी, हलमा कार्यक्रम सुरु भयो ढिलई भए नि। (त्यो त नेपालीको बिसेसता नै हो  केरे). सांस्कृतिक कार्यक्रम नि राम्रै लाग्यो। स्थानीय कलाकारको प्रस्तुति राम्रै थ्यो।  

नेपालमै नाम कमाएका कलाकारको  पुरै जमघट थ्यो। यति कलाकार जम्मा गर्न नेपालमै नि गार्है होला। दुइ जना नेपालमै चलेका (मैले त पहिले नाम सुन्या जस्तो लागेन) हास्य कलाकार। पुरानो पुस्ताकी चर्चित गाइका मिरा राना। अनि एक जमानाको हिट हिरो सरोज खनाल। अहिले सम्मकै (भनम न) सुपरस्टार राजेश हमाल। केहि वर्ष अगाडी सम्मकी नम्बर एक हिरोनी र अहिले पनि सुन्दरी करिश्मा। अनि कार्यक्रम संचालन जय प्रकाश रिजाल। नेपालका एफ एम मा कार्यक्रम चलाउथे, यिनी नि यतै आएछन जस्तो लग्यो।  सबै एक से एक। 

अरु त ठिकै हो, तर राजेश हमाल र करिश्मा प्रतिको क्रेज देखेर मलाइ खुब अचम्म लाग्यो। अमेरिकामा सेटल भैसकेकाहरु, अति हुर्किदै गरेका नया पिडिका केटा केटीहरु नि उनीहरु संग फोटो खिच्न मारी हत्ते गरेको देखियो।  आफ्नो भनेको आफ्नै हुन्छ भनेको यहि होला। अरु त नाचेको, नाटक गरेको हेरियो, राजेश हमालको चाइ के हेरेर रमाइलो माने होलान। डान्स? तेस्तो नि डान्स हुन्छ? त्यै पनि क्रेज छ यी बूढा नायेकको।
राजेश हमाल 

सरोज र करिश्मा 

10/21/2012

बोका हैन कुभिन्डो

घुमी फिरी दशैँ आयो। यो पर्वको एउटा महत्वपूर्ण पाटो भनेको टन्न मासु खानु नि हो। संस्कृतिकै रुपमा बिकास भै सक्यो। अघि पछी महिनाको एकपटक मासु खानेले नि दशैको सेरोफेरोमै कम्तिमा 2-4 छाक त खान्छन होला। कसैले अरुले काटेको किनेर खालान अनि कतिले सिंगे काटेर खालान। अझै देबीको मन्दिरमा लागि बलि चढाएर। मेरो बिचारमा बोका बलि चढाएर कुनै धर्म हुने हैन। तर पनि मान्छेको आफ्नो विश्वास न हो, गर्छन। तर धेरैले पुजा गर्छन, बलि चाइ कुभिन्डोको। त्यस्तैमा हाम्रो परिवार नि पर्छ। बोका नचढाई कुभिन्डो चढाएकोले केहि फरक परे जस्तो लागेको छैन अहिले सम्म। 

हुनत हाम्रो परिवार त्यति धर्म प्रति आस्था राख्नेमा पर्दैन। त्यस्तै स्कुलिंग भयो अनि त्यस्तैमा हुर्कियो। तर पनि बोका बलि नदिने हाम्रो परम्परा हो। न दशैमा न कुल पुजा (देवाली) मा। हुनत सन्यासी खलक भएर होला यस्तो परम्परा भएको। अन्य केहि सन्यासी परिवारले जनावर बलि दिने गर्छन। धार्मिक रुपले हो वा गरिबीको कारणले हो यस्तो भएको त्यो खोजबिनको बिसय होला। यस्तो किन भन्न मन लाग्यो भने, हाम्रो गाउमा धेरै जस्तोले गरिबीकै कारणले बलि दिन सकथेनन। 














कारण जे भएनी, नेपालमै पनि धेरै जसोले बोका बलि दिन्छन जस्तो लाग्दैन। अघि भने कि हाम्ले कुभिन्डो बलि दिन्छम भनेर। बलि दिने बिहानै एउटा कुभिन्डो खोज्नु पर्थ्यो। कुभिन्डो घर वरी परि हुन्थ्यो। किन कुभिन्डो नै रोजाइमा पर्यो होल्ला कुन्नि? तर कहिले काही कुभिन्डो भएन भने, घिरौलो अथवा अरु तेस्तै तरकारीले पालो पाउथे। कुभिन्डो अलि डल्लो हुने हुनाले त्यसलाई बोका जस्तो बनाउन, काठका साना झिझा चारवटा घोचेर खुट्टा बनाउथिम। जब त्यो आफ्नै खुट्टाको भरमा उभिन्छ, अनि भेट्नो लाइ टाउको मानेर अक्षेताले पुजा गर्यो। त्यसपछि त्यसलाई काट्यो, दुइ टुक्रा हुन्छ कुभिन्डो। न घर भित्र (पुजा गर्ने ठाउँ) मा रगतको खोलो बग्यो न फोहोर। केटा केटि लाइ नि मानसिक रुपमा असर नगर्ने।  

यदि तपाईलाई बोका बलि दिन मन छैन तर आफ्नो परम्परालाई जोगाइरन मन छ भने कुभिन्डोको आइडिया गजब हुन सक्छ।

10/24/2010

यसरी मनाइएको थियो दशैं: वायोमिङमा मनाइएको दशैंको भिडियो

अघिल्लो पोस्ट्मा हाम्ले पनि दशैं मनाइयो भनेर लेखेको थिए। यसपाली उक्त कार्यक्रमको भिडिओ राखेको छु। बल्ल एक हप्ता पछि अलि फुर्सद मिलाएर भिडियो अपलोड  गरेको छु र तिनै भिडियो यहाँ राखेको छु। तात्ताइ राख्न पाएको भए झनै राम्रो हुन्थ्यो होला तर पनि ढिलो भैसकेको छैन।

पहिलो भिडियो मा लोकनाथ अधिकारीले दशै को बारेमा बोल्दै गरेको अनी अन्तिम तिर पुजा गरेको द्रिश्य देख्न सक्नु हुन्छ। दशैंको ब्याख्या त्यहा रहेका गैर्-नेपाली वा गैर्-हिन्दु हरुलाई मध्य नजर राखेर गरियो होला भन्ने मैले अनुमान गर्या छु।



10/18/2010

हाम्ले पनि दशै मनाइम!

प्रत्यक बर्ष आउने दशै यस्पाली पनि आयो। घरमा (बा आमा सङ) दशै मनाउन नपाएको बर्सौ भैसक्यो। म जस्तै लाखौं लाहुरेहरुको यस्तै कथा हुनु पर्छ।नेपालमा हुँदा मनाउने दशैंको बारेमा पछि लेखौला मौका जुरेमा। त्यसको अलि अलि झल्को आउने गरि पहिले एक्पल्ट लेखेको थिए।  त्यो हेर्नलाई यहाँ थिच्नु होला। 

परदेशमा  प्राथमिकता पर्ने अरु नै हुन्छन्। काम गर्नै पर्यो, पड्नै पर्‍यो अनि  सबै भन्दा महत्वपुर्ण त अर्कै संस्क्रिती हुने ठाउँमा हाम्रो दशैं तिहारमा बिदा हुदैन। अनि सबै भन्दा नजिक को सप्ताहन्तमा चाड वाड मनाउने गरेको मैले पाएको छु। तर यसपाली को दशै आइतवार परेछ र ठ्याक्कै त्यसै दिनमा मनाउन पाए लाहुरे नेपाली ले। पोहोर साल को दशैको बारेमा यहाँ हेर्नु होला। 

चियापान समारोहका केहि सहभागीहरु/ केटाकेटीहरु तास खेल्दै छन्। 


















अस्तिको शनिबार हाम्रो मा चियापान समारोह थियो। चिया र बिस्कुट सहित केहि फलफूल अनि साथमा मंगल धुन सहित का दशै गीतहरु। शुभकामना आदान प्रदान गरौ भनेर। स्थानिय नेपाली साथीहरुको राम्रै उपस्थिती थियो। यसैबाट दशै आयो भन्ने अनुभुति भएको  हुनु पर्छ भित्री मन बाट। सो कार्यक्रम को बारेमा प्रदीप भाई को ब्लगमा हेरौ/पढौ। अहिले ईमेल र फेस्बूक बाट खुब शुभकामना आदान प्रदान हुने गरेको छ। तर मेरो अनुभब मा पोहोर साल भन्दा यो साल अली काम ईमेल र फेस्बूक बाट आदान प्रदन भएको छ। पोहोर किसिम किसिम का शुभकामना देखेर मैले लेखेको पोस्ट यहाँ हेर्नु होला। 

दशै मनाउने र रमाउने आ-आफ्नै तरिका हुन सक्छन्। तास खेल्ने, पिङ मा च च हुइ गर्ने, टिका लगाएर पैसा बटुल्ने, खसीको मासु नभै नहुने, मदिरा पान गर्ने आदि आदि। केही साथीहरुले तास नखेलेको दशैं के दशैं भनेर शुक्रबार रात भरी तास खेले र मदिरापान  गरे।  यस अर्थमा जस्लाई जे चाइयो तेसैले दशै मनाए लारामीबासी नेपाली ले। लारामिका नेपालीले पाँच वटा खसी काटे। हामी नेपाली लाई खसी नभै दशैं कहाँ आउथ्यो र। खसिकै मासु मिठो

10/02/2010

खसिकै मासु खानु पर्ने?

अस्तीको आईतवार यहाँ हाम्ले पनि खसि काटेर खाइयो । दिनभरी लाग्यो काट्कुट गरेर कट्नेसी पकाएर खाइसक्दासम्म । अम्रिकामा बसेपनि खसिकै मासु खानु पर्ने । यो नै मिठो हुने अरुभन्दा । कुखुरो त जहाँपनि पाइन्छ, जहिलेपनि खाइन्छ । तर खसी बिषेश । यहाँ खसी खाने मन र जागर लाग्यो भने खसी बुढालाई फोन गर्‍यो अनि रोजेर खसी मार्न लगायो र घर ल्याएर भाग लगायो र खायो । खसिको मासु मात्रै होर? नेपालमा जस्तै रगत, भुडि, टाउको, मुटु, कलेजो, फोक्सो पनि नभै नहुने । खैरे खसी बुढो अचम्म पर्थ्यो सुरुसुरुमा । महिनाको एउटा जस्तो खसी काट्टेका छन् हामी नेपालीले गर्दा । हामले मात्रै होर? अली अली नेपाली भा'का ठाउँमा खसी पाउने ठाउ पत्ता लगाइ हाल्छन र खसी नखाइ छोड्दैनन् ।

रिनोको लेखनाथहरुले पनि अस्तिकै हप्ता यौटा झक्कले खसी खाएछन् । सानो होर!! २०० भन्दा बढी पाउन्डको  रे । फ्रीजर पुरै खसिको मासुले भर्रेको छ रे । साझ ब्यानै खसिको मासु ।  अम्रिकाको अरु ठाउँमा बस्ने साथीहरुले पनि खसी खोज्दै खाँदै गरेका छन् । सजिलरी खसी नपाउने ठाउमा कम्तिमा दशैमा मात्रै भएपनि खसिकै मासु खा'छन् ।

अहिले दशैंको मौसम् । खसि, बोका र भेडाको सबैभन्दा बढी मृत्‍युहुने समय । प्रत्यक घरमा खसीको मासु पाक्नै पर्ने । हामी सानो हुँदा चाडवाडको बेला मात्रै मासु खान पाइन्थ्यो । दशै, तिहार्, चैतेदशै, माघे सन्क्रन्तिमा बिषेशगरि गाउले मिलेर खसी काट्थे अनि आधा किलो-एक किलो मासु घर-घर पुग्थ्यो । केटाकेटी कतिबेला मासु पाक्ला र खान पाइएला भनेर अगेनाको छेउमा रुंगेर बसिन्थ्यो । सातआठ क्लासमा पढ्ने ताका मासु खाने समुह बन्थ्यो । पालै पालो खसी काट्न पर्ने । अनि महिनै पिच्छे खसीको मासु । आजकलको के कुरा गराई भयो र । नेपाल तिर नै होला खसीको मासुको ब्यपक चल्ती भा'को । हिन्दू भा'कोले गाईको मासु खान नहुने । अनि बाहुनहरुले कुखुरो पनि खान नहुने । समाजमा ठुलाठालु अनि जान्नेबुज्ने बाहुनहरु । उनिहरुले खसीको मासु मात्रै खाने । अनि तेही नै बिषेश मासु भयो सबैलाई । सानै देखि तेही बानी लागे पछि के गर्नु ।

मासु त धेरै जनावर र चराहरुको चाखेको छु । खसि, बाख्रादेखि भेडासम्म । बफदेखि बिफसम्म, जरायो, गुना (बादर्) देखि भालुसम्म । कुखुरोदेखि हांस, भङेरादेखि कौवा (काग्), परेवादेखि ढुकुर्सम्म चाखियो होला अहिले सम्म । तर सबैभन्दा मिठो चाही खसिकै । मैले था'पाए सम्म मेक्सिकनहरुले अनी मिडलइस्ट तिरका मुसलमानहरुले पनि खोजी खोजी खसिकै मासु खान्छन  केरे । तर खैरेले खा'को मैले चाँही था'पाको छैन । 

यो २००८ साल असार तिर आफ्नै घरको काले खसि। कसैले दशैं मनायो होला यस्ले। 

अब अरु त तेस्तै हो तेही खसीको मासु खा'को भरमा दशैं मनाइयो भन्नु पर्ला। 

10/05/2009

ओरेगनमा दशैं र घुमघाम

ओरेगनका नेपालीले ढिलै भए पनि दशैं मनाए। अरु तिर दशैं सकिसक्यो होला। कोजाग्रत पुर्णिमाको दिन मनाईेको दशैं पनि रमाईलो हुदो रैछ। हुनत परदेशमा जहिले फुर्सद हुन्छ त्यहिले चाड् पर्ब मनाउने गर्छन् नेपालीले।

आफु बस्ने गाउ तिर, अनि दशैं पार्टी पोर्ट्लेन्डमा। पोर्टलेन्ड हाम्रो लागी सहर हो। युनिभर्सिटि टाउनमा बस्नेका लागी। जाने नै भैसके पछि के पार्टीको लागी मात्रै जाने भनेर अरु ठाउ पनि घुम्ने योजना बन्यो। ओरेगनका प्रसिद्द् पर्यटकीय ठाउहरु भिस्टा घर, मल्टीनोमा फल्स घुमियो। मल्टीनोमा फल्स त पहिले पनि कैयौ पटक गैसकेको थिय। भिस्टा घर भने पहिलो पटक थियो। भिस्टा घर पुग्दा पानि पर्यो। यो त कुनै अनौठो भयन। ओरेगनमा बस्नेलाई। त्यो पनि विन्टरमा। तर यसले गर्दा जति आनन्द लिन सकिन्थ्यो त्यो लिन सकिएन। तल कोलम्बिया नदिको वारपारको सुन्दर द्रिश्य टाढा टाढा सम्म हेर्न मिलेन। करिब १० माईल पर रहेको मल्टीनोमा फल्स पुग्दा भने घाम लागिसकेको थियो। यहि त छ ओरेगनमा बस्नुमा। म सङै गएका साथिहरुले कति मनोरन्जन लिय कुन्नि सोद् न पाको छैन। उनिहरुको पहिलो पटक थियो यता तिरको घुमाई। बिदुर त पहिले पनि फल्स पुगेको थियो। गुन्जन, स्तुति, नर्बदा अनि उनिहरुको पाउनाहरु पनि सङै थियौ।
Vista House

10/04/2008

दशैंको सम्झना

पोहर् साल पोर्ट्लेन्डमा दशैंको टिका थाप्दै
सधैझै यस पालीको दशैं पनि आयो। वेबसाईटहरुमा दशैंको धुन बज्न थालिसके। इमेलमा दशैको शुभकामनाहरुको ओइरो लाग्न सुरु गरिसक्यो। घरमा दशै नमनाएको यो तेस्रो बर्ष हुन्छ। मेरो लागी यो महान् चाड धार्मिक रुपले भन्दा पनि सांस्क्रितिक पर्बको रुपमा महत्वपुर्ण छ। पुजा सुजा गर्ने तिर कहिले पनि ध्यान गएन। हुनत् धार्मिक आधारमा शुरु भयो तर आजकल सांस्क्रितिको रुपमा बिकसित भएको छ भन्ने मेरो बुझाई छ। हरेक बर्ष दशै आउदा मनमा पहिले पहिले दशै मनाउदाका रमाईला घटनाहरुको याद आइरहन्छ।                
                                                        
मेरो दिमागमा ताजा भैरहने एउटा घटना छ। हाम्रो घर देखी उत्तर तिर महाभारत (कि चुरे हो?) पर्बतको टुप्पोमा देबीको मन्दिर छ। त्यसलाई हामी देबीकोट भन्छौ। भनिन्छ त्यहा महदेबले पार्बतीको लास बोकेर हिडदा कुनै अङग (कुन चाही हो याद भएन) खसेको थियो रे। त्यस मन्दिरमा प्रत्यक दशैंमा (ठुलो र सानो दुबै) जनावरको बली दिने गरिन्छ। र ठुलै मेला लाग्ने गर्छ। कसैले बोका लान्छन भने कसैले हांस आदि भने कसैले परेवा उडाउछन। यसो सम्झिदा लाग्छ, यि देबीलाई जे को बली चडाएपनि हुने रैछ। ठाउ भने मनोरक नै छ। अग्लो भएकोले त्यहाबाट दक्षिणतिर देउखुरी उपत्यकाको मनोरम द्रिश्य हेर्न पाईन्छ। दशैको बेलामा देउखुरिभरि धान पाकेको हुन्छ। हरियाली त हुने नै भयो। अनि उत्तरतिर अन्य पहाडहरु जस्तै हासिपुर, जबरकोट आदी। अनि यो सिजनमा मन्दिर वरिपरि बेलौति (अंबाको स्थानिय नाम), काक्रो (खिरा होइन है), नासपाती खान लाएक भैसकेको हुन्छ।

म सानै छदा एकपटक दशैंको उपलक्ष्यमा बोका लगेर जाने मौका मिल्यो। छिमेकी केहि जमिन्दारले प्रत्यक वर्ष नै लान्थे। उनीहरु धनि छन र पो लान्छन हाम्ले के लानु जस्तो लाग्थ्यो मेरो सानो मनमा। बोका लान नसकेर होला कुभिण्डो काटेको होला जस्तो लग्थ्यो। हुनत गिरिहरुले पशु बलि दिन हुन्न भनेर कुभिण्डो काटेको भन्थे तर मनले पत्याउदैनथ्यो। ४५-४६ साल तिर हो कि जस्तो लाग्छ। तेतिबेला त्यहा बोका लगेर जान पाउदा कम्ती खुशी थे'न म। रातो-खैरो रंगको बोका थियो। कतिपयले बेलुकानै लगेर जान्थे अनि राती मन्दिरमै रमाइलो गरेर बस्थे। बेलुका जाने हरुको लस्कर हुन्थ्यो उकालो चडेको।  तर हामी भने बिहान सबेरै (४ बजेतिर) उकालो लाग्यौ। हामी मतलब बुवा र म। जङलको बाटो। उकालो जानु पर्ने। अनि अध्यारो। बिहानपख हुनाले अलि अलि देखिन्थ्यो। आधा घन्टा उकालो लागेपछि बोका बाधेको दाम्लो (डोरि) चुडीयो अनि बोका त भाग्यो। लौ परेन आपत? अब के गर्ने? कत्रो सपना थियो घरमै सिङै बोका काटेर मासु खाने। अलि धनीहरुले त प्रत्यक दशैमा सिङै खशी वा बोका कट्थे तर हामी जस्ताहरुको समुहले दशै-तिहारमा सामुहिक खशी काटेर १-२ किलोले चाड पर्ब मनाइन्थ्यो। मेरो बोका त जङगल तिर पो जान खोज्छ बा। मैले कति बोलाए मरिगए आउदैन्। बुवाले केहि मतलबै गर्नुहुन्न। उहा रहर र आफ्नो इक्षाले भन्दा पनि करैले जानु भएको मेरो बुझाई थियो। बुवा त्यसताका बेस्सरी बिरामी हुनु भएकोले बोइ (बुवाकी आमा) ले भाकल गरेको बोका थियो त्यो। जसरि पनि देबिकोट लगेर मन्दिरमा चढाउनु पर्ने। बुवा भने बोका खोज्न कुनै चासो नदिने बरु भन्नु भयो देबीको शक्ती छ र देबीको भाकल हो भने आफै आउछ। हामी यत्तिकै जाउ मन्दिर। तर मैले मानिन। केहि समय सम्म बोलाई राखे पछि-मेरो बोका आयो। आखिर बोका त मेरै थियो। घास खुवाएको अनि मकै खुवाएको। अनि त्यो जङगलको अध्यारोमा उ पनि कतै जान सकेन-डरायो। आर्को कुरा त्यो बोकालाई के थाहा केहि घन्टा पछि उसलाई बली चढाईनेछ भनेर। पशुहरुलाई त मान्छेहरुले आफ्नो स्वार्थको लागी न प्रयोग-उपयोग गर्ने हुन। अघि चुडीएको दाम्लो मर्मत् गरि बोको लगेर मन्दिर पुगियो। सायद मन्दिरको पुजा सकिएको थियो। अनि पशु बली चढाउने समय आयो। मेरो बोकाको पनि पालो आयो। टाउको मन्दिर (पुजारी) लाई अनि बाकी हामीलाई। त्यो भन्दा अघी र पछि कहिले पनि हाम्रो घरमा त्यसरि पशु मन्दिरमा लगेर बली चढाएको छैन। त्यो नै प्रथम र अन्तीम (अहिलेसम्म) नै हो। कम्तिमा १५-१६ किलोको त्यो बोको बोकेर ल्याउन पो गार्हो। बाउ छोरा लाइ नै आपत तर त्यहाँ मरेका बोका बोकेर ल्याउने पेशा गर्ने पनि हुदा रहेछन तिनैले बोकेर घर सम्म ल्याइदिए। घर ल्याएर त्यसको स्याहार सुसार गर्दा त बेलुका भै सकेको थियो

दशैंको अर्को रमाइलो र महत्वपुर्ण पाटो भनेको टीका लगाउन आफन्तकहा जाने हो। हाम्रो तिर पिङ खेल्ने चलन छैन दशैंमा। पिङ्ग त तीजमा खेल्ने चलन छ। दशमीको दिन पहिले त जमराको पुजा गर्नु पर्छ। म घरमा हुदा सम्म त्यो काम मेरै हुन्थ्यो। अनि अक्षता मुछेर प्रत्यक ढोका, डेहरी (धान राख्ने माटोको ठुलो ठुलो भाडो) लाई टिका-जमरा लगाइदिने। अनि मात्रै मान्छेको पालो। बुवाले हामीलाई लगाईदे पछि बिस्तारै काकाका परिवार र अन्य नातागोताहरुको पालो आउछ। सबैको निधारभरी टिका अनि कानमा जमरा देख्दा माहोल नै आर्कै हुन्छ। अनि खानपिन सुरु हुन्छ। त्यसपछि समय मिलाएर अन्य आफन्तकोमा टिका लगाउन जाने। बारीमा मकै भाचीसकेको हुन्छ अनि खेतमा धान पाकीसकेको हुन्छ। रातै निधार गरेका मान्छेहरु नया र राम्रा लुगा लगाई यता र उता हिडेको लस्कर निकै मनोरम हुन्छ। नातेदारहरुको घरमा डुल्दै टीका लगाउदै खादै गर्दा बेलुका सम्म केहि गर्ने नसक्ने गरि अटेस मटेस हुन्छ। काठमाण्डु बस्दासम्म कम्तिमा बर्षको एकपटक यसै अवसरमा घर जाने मौका मिल्थ्यो। सबै सङ भेटघाट हुन्थ्यो । अब त्कहिले आउछ त्यो दिन कुनै पत्तो छैन। आफ्नो नियमित काम बाट टाढा भैइ रमाउने चाड नै दशै हो।