9/25/2009

दशै शुभ् कामना थरि थरिका

यस पालीको दशै पनि आइसक्यो। दशै नमनाएको लगातर ४ बर्ष पुगेछ।

गत साल लेखेको  टासो दशैको सम्झना हेर्न यहा थिच्नु होला

दशैको शुभ्-कामना आइरहेका छन। इमेल् बाट होस अथवा फेसबुक मार्फत। निकै चाखलाग्दा छन। म पनि सबै मित्रहरुमा दशैको शुभ्-कामना ब्यक्त गर्न चाहन्छु। यो पल्ट तिनै साथिहरुले पठाएका शब्दहरु सन्कलन गरेर राख्दै छु। खासमा कसले लेखेको हो, रचनाकार को हो, स्रिजनाकार को हो। अत्तो पत्तो छैन। यउटा बाट अर्कोमा, अनि अर्को बाट झन् अर्कोमा सर्दै सर्दै आएका रचना हुनाले यिनलाई लोक शुभ्-कामना भन्दा ठिक होलकि भन्ने लाग्दछ।

------------------------------------------------
१.
प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु।
माधव नेपाल जस्तै उदारणीय हुनु, शेर बहादुर झैँ अनाडी नहुनु।
सुर्य बहादुर झैँ सैतान नहुनु, ज्ञानेन्द्र झैँ लाचारि नहुनु।
फोरम झैँ बिखण्डनकारी नहुनु, यहि छ मेरो भावना।
गणतान्त्रिक नेपालको विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना।


बाकी पढन् भित्र आउनुस्।
--------------------------------------------
२.
दुर्गा भवानीले रक्षा गरुन,
आंटे ताकेको पुगोस।
हिड्दा ठेस नलागोस,
खाँदा गल नलागोस।
इश्वर दाहिने होउन,
जिन्दगी फलोस फुलोस।
कसैको आँखा नलागोस,
सधै सुखि खुसि रहनुहोस।।
----------------------------------------------
३.
घरमा धमिरा परोस्,प्रेममा बिछोड होस्,
ज्यान सुकेर मुरली होस्,ब्यागमा एक सुक्का नहोस्।
मनमा अशान्ती छाओस्,खानामा झिङा परोस्।
निन्द्रा नलागोस्, आँखा फुटोस्, कान बैरो होस्,
सधै कलह छाओस्, किरा परेर मर्न परोस्,
भनेर भन्ने हजुरको शत्रुको सत्यनाश होस्।
यहि नै बिजया दशमी तथा दिपावली २०६६ को मंगलमय शुभ कामना!

-----------------------------------------------

४. 

खुशी र सुखहरु दुबो जस्तै फैलि जाउन्,
ईक्षा र आकाँक्षाले चन्द्रमालाई छुन पाउन।
दु:ख कस्ट हैरानी जती सबै पाखा लाउन,
सुर्य चन्द्र ब्रिहस्पती जती सबै दाहिना होउन।
नरम्रो चिताउने शत्रु जती सबै रोउन्,
दुर्गा देवी भवानीले हजुर लाई साथ दिउन।
बिजया दशमी २०६६ ले चहेको सबै कुरा देउन।
हिड्दा ठेस नलागोस, नुहाउदा केश नझरोस।
मन्त्रि मरोस बरु तर चेस खेल्दा चेस नपरोस।
खेल्दै नखेल्नु तास खेल्नै परे फलासै परोस।
शिर भरी सरस्वती हात भरी लक्ष्मी को बास होस्।
हरेक दिन खसो खास होस्, सत्रुहरुको सर्बनास होस्।
तपाईं हामी मा मित्रताको बलियो हात होस्, देशमा शान्ती को आभास होस्।
दुर्गा भवानी ले हामी सबैको रक्षा गरुन,
बिजया दशमी २०६६ को हार्दिक मंगलमय शुभकामना!!




No comments:

Post a Comment

Please type your comment in the box below.