नक्कल गरम न त |
मैले देखेको र यहा फोटोमा देखाएको जहाजमा आईजन्होवर, केनेडी, जोन्सन र निक्सन जस्ता राष्ट्रपतिलाई बोकेको रैछ। सन १९५८ मा बनेको यो Boeing VC-137B-707-120 ले १९७० सम्म राष्ट्रपति अनि तेस्पछि उपराष्ट्रपति र अरु VIP हरुलाई १९९६ सम्म बोकेर अहिले museum of flight, Seattle बसेको छ। यसलाई SAM (special air mission) 970 पनि भनिदो रैछ। चाहे यो होस वा अरु जस्ले राष्ट्रपतिलाई बोक्छन्, तिन्लाई Air Force One भन्ने चलन पनि रैछ। अनि उड्ने ओभल अफिस।
राष्ट्रपतीले सौच र आची गर्ने टोइलेट/रेस्टरुम् |
पछाडीको ढोका बाट छिरेको शुरुमै टोइलेट देख्न पुगियो। अनि हेरौ न त राष्ट्रपतिले सु र गु गर्ने टोइलेट त्यसमा पनि उडेको बेलामा भनेर तेतै लागियो। खासै फरक लागेन। अलि पहिले बनेको जहाज भएर हो कि कुन्नि? अहिले ओबामा चड्नेमा त अलि फेन्सी होला कि मलमुत्र त्याग गर्ने ठाउं।
यो राष्ट्रपतिको मिटिङ कोठा। यो ठुलो कुर्चिमा राष्ट्रपति बस्ने होलान अनि उतापट्टि उनका सहयोगी। टेबलमा यौटा टेलिफोन सेट देखिन्छ अनि अलि पर माथीको टेलिभिजन सेट। यी सबै ढाकेर राखिएको छ भने। कुर्चीमा लेखिएको छ-क्रिपया यहा नबस्नुस। सबैले भनेको मान्ने क्या। कति ग्यानि मान्छे हुन। त्यसै सन्सारकै शक्तिशाली बन्या होलान र।
जहाज भित्रको कार्यालय |
यसमा अरुले प्रबेश नपाउने। गोप्य। राष्ट्रपतीले मात्रै कसै सङ कुरा गर्नु पर्यो भने। अब उडिरा बेलामा आदेश दिनु पर्यो भने चट्ट फोन समात्यो अनि आदेश दियो। तर यो कुर्चीको पछाडी हेर्यो भने केहि मान्छे बस्न मिल्ने ठाउ छ। त्यसमा पक्कै पनि बिषेश मान्छे मात्रै, मेरो बिचारमा सहयोगी, बस्ने होलान। मलाई खास्सा लागेको कुरा सन्चारको हो। जति माथि र जहा उडे पनि सन्सार सङ connected हुनै पर्यो। नत्र कसरी चल्ला र। तिन्का फोने स्याटालाईट सङ जोडिएका, टिभी पनि तेस्तै होला। आफुलाई थाहा नभाको कुरामा कति गफ हान्नु र।
जहाज भित्रको गोप्य कोठा |
राष्ट्रपतिले प्रयोग गर्ने टोइलेट, मीटिङ कोठा, गोप्य कोठामा गएर बस्ने मन नलागेको कहा होर। मान्छेको मनै न हो। तर त्यो पुरा हुन पाएन। सिसले बारेर बन्द गरेको रैछ। हेर्न मात्रै मिल्ने। फोटो खोच्न मिल्ने। सुरक्षित राख्नु पर्यो नि। नत्र पछिल्लो पुस्ताले के हेर्ने त? नेपाल होर? राजाले राजदरवार छोडेको दिन नेपाली देखी बिदेशीहरु हारालुछ गर्दै राजाको कुर्सिमा बसेर गति परेका। त्यसमा पनि पत्रकारहरुले त बेइजेतै गरेका थिय नि।
र अन्त्यमा, राष्ट्रपती कतै भ्रमण जादा बिमानबाट ओर्लिदा यसरी हात हल्लाउछन भनेर देखाको नि। तर छेउमा प्रथम महिला भने थिनन् है। तल ओर्लदा रातो कार्पेट नदेख्दा बल्ल थाहा भयो कि म त होइन रहेछु राष्ट्रपती त। रहरै त हो। पुरा गर्दा के बिग्रियो र।
फोटो खिच्देकोमा बिदुरलाई धन्यबाद।
ल ल लाउरे दाइ! अमेरिका त धनि थियो र राष्ट्रपति चढेका जहाजहरु(राष्ट्रपतिका बाहन)देख्न पायौ!नेपालका राष्ट्रपति चढेको बाहन त संग्रहालयमा देख्न पाउने छैनौ। सायद आफै पनि सहभागि भएको थियोउ कि नेपालका राष्ट्रपति को बाहन् हसुर्ने मा!!! मःमः क्या मःमः!!! हाम्रा राष्ट्रपतिको बाहन त भैँसि पर्यो~~~ तिनलाइ जेमराज्!
ReplyDeleteएकदम मनपर्यो यो लेख !!! यस्तो राम्रो कुरा हेर्ने अवसर दिलाइदिनुभएकोमा तपाईँलाई धेरै धन्यवाद !!
ReplyDeletekhapparaa ta lerai aaho kaila le , testo jahaj chadhna payo ha?
ReplyDeleteबरुन, नेपालको जहाज त २ वटा त्यी पनि राम्ररी चल्न सकेका छैनन। तिनलाईनै सङ्रालयमा राख्नु पर्ने भैसक्यो। रास्ट्रपतीको आफ्नै जहाज हुने त अहिले सपना पनि नदेख्दा नै राम्रो। भैसी बहान त सानो छदा मेरो पनि हो। भैसी चराउन जादा र आ उदा भैसीमै चड्ने त हो नि। हा हा हा।
ReplyDeleteगफ गाफ लाई धन्यबाद।
बिनोद, तिम्रो कुरो पनि साचो होला। तिमिले यो चान्स कहा पायौ र। हा हा हा।
यो पोष्ट मलाई पनि जानकारी मुलक र रमाईलो लाग्यो । धन्यवाद, रमाईलो प्रसंग बाँडनु भएकोमा । साथै विजया दशमीको शुभकामना पनि ।
ReplyDeletedami chha lau ray dai o explanantion
ReplyDeletepadna sarai majja ayyo