11/28/2014

गढीमाइ बलि: तुरुन्तै गर्न पर्ने ३ काम

नेपालको बारा जिल्लाको गढिमाइ मन्दिरमा प्रत्यक पाच वर्षमा हुने जनावर बलिको पक्ष र विपक्षमा चर्को बहस चलेको छ, कम्तिमा पनि पत्र पत्रिका र सोसल मेडियामा । स्वभाविक रुपमा विपक्षमै बढि । किनभने जो त्यहाँ पाडा वा बोका लगेर जान्छन, मेडियामा उनीहरुको पहुच नै छैन ।   
original photo: rpb1001, flicker

 ब्यक्तिगत रुपमा मलाइ बलि दिएर मान्छेको भाकाल पुरा हुन्छ जस्तो कहिले लागेन । म सानो हुदै (करिब २१-२२ वर्ष अघि) हाम्रो परिवारले एउटा बोकालाइ बलि देको याद छ । परिवारका एकजना सदस्यको स्वास्थ स्थिति अत्यन्तै बिग्रिए पछि हाम्री बोइ (हजुरआमा) ले देबीको नाममा एउटा कालो बोको भाकल गरिथिन । त्यसपछि कसैले रहर पनि गरेको छैन भाकल गर्ने वा बलि दिने । हाम्रो जस्तो अबिकसित, अशिक्षित र पिछडिएको समाजमा यति धेरै समस्या छन् कि ति मान्छेले आफैले समाधान गर्न सक्दैनन । अनि कुनै अदृस्य शक्ति वा भगवानले केहि गर्दिन्छन कि भनेर आशा गर्ने बाहेक अर्को विकल्प छैन । त्यसैको क्रम हो यो बलि दिने पनि, समस्यामा जकडिएकाहरु केहि भैहाल्छ कि भनेर आउदा हुन । यस्तै विस्वासमा सदियौ देखि आएको हाम्रो समाज र पारिवारिक वातावरणले बाध्य पनि पर्छ होला । मेरो अनुमानमा गढ़िमाइमा बलि दिन आउने धेरै यस्तै मान्छेहरु होलान । कतिपाए परिवार यस्ता पनि होलान बिचरा बलि दिएको जनावरको मासु खान पाइएला भनेर कुर्नु पर्ने पनि ।  

बलि पक्ष वालाले भन्छन यो हाम्रो संस्कृति हो यसलाई जोगाउनु पर्छ । यस्तो तर्कको केहि अर्थ छैन । राम्रो संस्कृति जोगाउने हो, नराम्रो फेर्ने हो । बलिको कुरो आउदा आधारभुत रुपमै यो गलत छ. संस्कृति भनेको समय अनुसार परिवर्तन हुन्छ, मान्छेको चेतना स्तर बदलिदै जादा । जब जब हाम्रो समाज शिक्षित हुदै जान्छ, यस्ता प्रथाहरु बदलिदै जाञ्छन । 

बलि विपक्ष वालाहरु एकथरी शहकारी छन् जो जनावर मार्ने हुदैन भन्ने छन । तर संसारमा बढीमा १०% मात्रै मासु नखाने छन् ।  बाकि ९०% लाइ मासु नखाउ भनेर कसरि भन्ने? यदि बलि नदेउ भन्ने हो भने अर्कै कुरो । अर्को कुरो जनावर मार्न त ठिकै हो नमार्ने कुरो ब्यवहारिक हुदैन तर अलि राम्ररि मार्न पर्छ भन्ने हो भने त्यो अलि ब्वावाहारिका होला ।

अहिलेको सन्दर्भमा गढ़िमाइ बलि तुरुन्तै बन्द गर्ने भन्ने कुरो ब्यवहारिक नहोला, करोडौ मान्छेको आस्थाको कुरो ।   यसलाई व्यवस्थित गर्ने पर्ने देखिञ्छ । तत्कालको लागि तलका व्यवस्था लागु गर्न सकिञ्छ ।   

  1. बलि दिने पशुको स्वास्थ जाच: भगवानले  अस्वस्थ र असक्त पशुको बलि त स्विकार्दैनन होला पक्कै पनि ।   
  2. केटाकेटीलाइ बलि स्थानमा प्रवेश निषेध: कम्तिमा नागरिकता नभएका (तेस्तै उमेर समूह) लाइ उक्त स्थानमा जान नदिने ।  
  3. फोहर व्यवस्थापन: बलि बाट निस्किने फोहरको उचित ब्यवस्थापन । यसको लागि जसले बलि दिन्छन उसै बाट शुल्क लिए हुञ्छ ।  
यी बुदा राम्ररी लागु गरे बलि दिनेहरु निरुत्साही पनि हुञ्छन ।    

11/12/2014

मोदी भारत कि नेपालको नेता?

आउन त सार्क सम्मेलनको लागि भनेर नेपाल आउन लागेका हुन भारतीय प्रधानमन्त्रि मोदी तर कान्तिपुरमा लेखे अनुसार उनको कार्यक्रमको तालिका हेरम है त एक फेर ।
  • रामजानकी मन्दिरमा पुजासुजा गरे पछि बाह्र बिघा मैदानमा अभिनन्दन, ५ हजार हाराहारीको उपस्थिति । त्यहाँ उनको भाषण । भाषणमा के बक्ने हुन कसलाई के थाहा? 
  • निशुल्क साइकल बितरन र थप सहयोगको घोषणा ।
  • गाडि बाट आउदा जादा बाटोमा झरेर सर्बसाधारण संग भेट्घाट (अटोग्राफ पनि दिने होलान) ।
  • काठमाण्डुमा ट्रमा केन्द्रको उद्घाटन र राजनितिक भेटघाट ।
  • मुक्तिनाथ मन्दिरमा २० मिनेट पुजा र खानेपानी परियोजनाको सिलन्यास. अनि त्यस क्षेत्रको बिकासमा उनको सहयोग रहने घोषणा । 
  • लुम्बिनीको मायावती मन्दिरको अवलोकन गर्ने र बोधी वृक्ष रोप्ने ।
  • लुम्बिनीका स्थानीय अधिकारि, राजनीतिकर्मी र भिक्छुहरुलाई प्रबचन ।
  • लुम्बिनीमै अभिनन्दन लिने र भाषाण दिने. लामो समय लुम्बिनी बस्ने हुनाले उनले के के गर्ने हुन नेपालि लाइ अझै थाहा नभेको ।
  • यसै बेला स्कुलहरु चार दिन बिदा, दुइ दिन सार्बजनिक बिदा ।
यति गरे पछि त नेपालकै नेता जस्तो देख्खे न र? नेपालि नेता लाइ लाज लाग्न पर्ने, हुनत केहि हुन्न भन्न सके पो । सबै आफ्नै फाइदाको लागि मोदीले केहि गर्दिन्छन, भंदिन्छन भन्ने आशा भै रा होला । आफ्नो हुति नाभयेसी के गरुन बिचरा । 

नरेन्द्र मोदी (तस्बिर स्रोत