10/04/2008

दशैंको सम्झना

पोहर् साल पोर्ट्लेन्डमा दशैंको टिका थाप्दै
सधैझै यस पालीको दशैं पनि आयो। वेबसाईटहरुमा दशैंको धुन बज्न थालिसके। इमेलमा दशैको शुभकामनाहरुको ओइरो लाग्न सुरु गरिसक्यो। घरमा दशै नमनाएको यो तेस्रो बर्ष हुन्छ। मेरो लागी यो महान् चाड धार्मिक रुपले भन्दा पनि सांस्क्रितिक पर्बको रुपमा महत्वपुर्ण छ। पुजा सुजा गर्ने तिर कहिले पनि ध्यान गएन। हुनत् धार्मिक आधारमा शुरु भयो तर आजकल सांस्क्रितिको रुपमा बिकसित भएको छ भन्ने मेरो बुझाई छ। हरेक बर्ष दशै आउदा मनमा पहिले पहिले दशै मनाउदाका रमाईला घटनाहरुको याद आइरहन्छ।                
                                                        
मेरो दिमागमा ताजा भैरहने एउटा घटना छ। हाम्रो घर देखी उत्तर तिर महाभारत (कि चुरे हो?) पर्बतको टुप्पोमा देबीको मन्दिर छ। त्यसलाई हामी देबीकोट भन्छौ। भनिन्छ त्यहा महदेबले पार्बतीको लास बोकेर हिडदा कुनै अङग (कुन चाही हो याद भएन) खसेको थियो रे। त्यस मन्दिरमा प्रत्यक दशैंमा (ठुलो र सानो दुबै) जनावरको बली दिने गरिन्छ। र ठुलै मेला लाग्ने गर्छ। कसैले बोका लान्छन भने कसैले हांस आदि भने कसैले परेवा उडाउछन। यसो सम्झिदा लाग्छ, यि देबीलाई जे को बली चडाएपनि हुने रैछ। ठाउ भने मनोरक नै छ। अग्लो भएकोले त्यहाबाट दक्षिणतिर देउखुरी उपत्यकाको मनोरम द्रिश्य हेर्न पाईन्छ। दशैको बेलामा देउखुरिभरि धान पाकेको हुन्छ। हरियाली त हुने नै भयो। अनि उत्तरतिर अन्य पहाडहरु जस्तै हासिपुर, जबरकोट आदी। अनि यो सिजनमा मन्दिर वरिपरि बेलौति (अंबाको स्थानिय नाम), काक्रो (खिरा होइन है), नासपाती खान लाएक भैसकेको हुन्छ।

म सानै छदा एकपटक दशैंको उपलक्ष्यमा बोका लगेर जाने मौका मिल्यो। छिमेकी केहि जमिन्दारले प्रत्यक वर्ष नै लान्थे। उनीहरु धनि छन र पो लान्छन हाम्ले के लानु जस्तो लाग्थ्यो मेरो सानो मनमा। बोका लान नसकेर होला कुभिण्डो काटेको होला जस्तो लग्थ्यो। हुनत गिरिहरुले पशु बलि दिन हुन्न भनेर कुभिण्डो काटेको भन्थे तर मनले पत्याउदैनथ्यो। ४५-४६ साल तिर हो कि जस्तो लाग्छ। तेतिबेला त्यहा बोका लगेर जान पाउदा कम्ती खुशी थे'न म। रातो-खैरो रंगको बोका थियो। कतिपयले बेलुकानै लगेर जान्थे अनि राती मन्दिरमै रमाइलो गरेर बस्थे। बेलुका जाने हरुको लस्कर हुन्थ्यो उकालो चडेको।  तर हामी भने बिहान सबेरै (४ बजेतिर) उकालो लाग्यौ। हामी मतलब बुवा र म। जङलको बाटो। उकालो जानु पर्ने। अनि अध्यारो। बिहानपख हुनाले अलि अलि देखिन्थ्यो। आधा घन्टा उकालो लागेपछि बोका बाधेको दाम्लो (डोरि) चुडीयो अनि बोका त भाग्यो। लौ परेन आपत? अब के गर्ने? कत्रो सपना थियो घरमै सिङै बोका काटेर मासु खाने। अलि धनीहरुले त प्रत्यक दशैमा सिङै खशी वा बोका कट्थे तर हामी जस्ताहरुको समुहले दशै-तिहारमा सामुहिक खशी काटेर १-२ किलोले चाड पर्ब मनाइन्थ्यो। मेरो बोका त जङगल तिर पो जान खोज्छ बा। मैले कति बोलाए मरिगए आउदैन्। बुवाले केहि मतलबै गर्नुहुन्न। उहा रहर र आफ्नो इक्षाले भन्दा पनि करैले जानु भएको मेरो बुझाई थियो। बुवा त्यसताका बेस्सरी बिरामी हुनु भएकोले बोइ (बुवाकी आमा) ले भाकल गरेको बोका थियो त्यो। जसरि पनि देबिकोट लगेर मन्दिरमा चढाउनु पर्ने। बुवा भने बोका खोज्न कुनै चासो नदिने बरु भन्नु भयो देबीको शक्ती छ र देबीको भाकल हो भने आफै आउछ। हामी यत्तिकै जाउ मन्दिर। तर मैले मानिन। केहि समय सम्म बोलाई राखे पछि-मेरो बोका आयो। आखिर बोका त मेरै थियो। घास खुवाएको अनि मकै खुवाएको। अनि त्यो जङगलको अध्यारोमा उ पनि कतै जान सकेन-डरायो। आर्को कुरा त्यो बोकालाई के थाहा केहि घन्टा पछि उसलाई बली चढाईनेछ भनेर। पशुहरुलाई त मान्छेहरुले आफ्नो स्वार्थको लागी न प्रयोग-उपयोग गर्ने हुन। अघि चुडीएको दाम्लो मर्मत् गरि बोको लगेर मन्दिर पुगियो। सायद मन्दिरको पुजा सकिएको थियो। अनि पशु बली चढाउने समय आयो। मेरो बोकाको पनि पालो आयो। टाउको मन्दिर (पुजारी) लाई अनि बाकी हामीलाई। त्यो भन्दा अघी र पछि कहिले पनि हाम्रो घरमा त्यसरि पशु मन्दिरमा लगेर बली चढाएको छैन। त्यो नै प्रथम र अन्तीम (अहिलेसम्म) नै हो। कम्तिमा १५-१६ किलोको त्यो बोको बोकेर ल्याउन पो गार्हो। बाउ छोरा लाइ नै आपत तर त्यहाँ मरेका बोका बोकेर ल्याउने पेशा गर्ने पनि हुदा रहेछन तिनैले बोकेर घर सम्म ल्याइदिए। घर ल्याएर त्यसको स्याहार सुसार गर्दा त बेलुका भै सकेको थियो

दशैंको अर्को रमाइलो र महत्वपुर्ण पाटो भनेको टीका लगाउन आफन्तकहा जाने हो। हाम्रो तिर पिङ खेल्ने चलन छैन दशैंमा। पिङ्ग त तीजमा खेल्ने चलन छ। दशमीको दिन पहिले त जमराको पुजा गर्नु पर्छ। म घरमा हुदा सम्म त्यो काम मेरै हुन्थ्यो। अनि अक्षता मुछेर प्रत्यक ढोका, डेहरी (धान राख्ने माटोको ठुलो ठुलो भाडो) लाई टिका-जमरा लगाइदिने। अनि मात्रै मान्छेको पालो। बुवाले हामीलाई लगाईदे पछि बिस्तारै काकाका परिवार र अन्य नातागोताहरुको पालो आउछ। सबैको निधारभरी टिका अनि कानमा जमरा देख्दा माहोल नै आर्कै हुन्छ। अनि खानपिन सुरु हुन्छ। त्यसपछि समय मिलाएर अन्य आफन्तकोमा टिका लगाउन जाने। बारीमा मकै भाचीसकेको हुन्छ अनि खेतमा धान पाकीसकेको हुन्छ। रातै निधार गरेका मान्छेहरु नया र राम्रा लुगा लगाई यता र उता हिडेको लस्कर निकै मनोरम हुन्छ। नातेदारहरुको घरमा डुल्दै टीका लगाउदै खादै गर्दा बेलुका सम्म केहि गर्ने नसक्ने गरि अटेस मटेस हुन्छ। काठमाण्डु बस्दासम्म कम्तिमा बर्षको एकपटक यसै अवसरमा घर जाने मौका मिल्थ्यो। सबै सङ भेटघाट हुन्थ्यो । अब त्कहिले आउछ त्यो दिन कुनै पत्तो छैन। आफ्नो नियमित काम बाट टाढा भैइ रमाउने चाड नै दशै हो।

4 comments:

  1. Dashain ko mangal dhun sangai gunjayaman ti gharaangan , dobado ma bhet hune lahure ka hul, bhari bokeka bhariyaharu ,bida ma ghara farkine bidhyarthi , lamo samaya pachi bhet bhayeka saheli ,dandai ko chiso bataas sabai aankha aagadi ghumeko cha Ghar lippot garera chamkiyeko hola bato ma tala maathi gariraakheka holan mera mitra haru , samjhana aankhamai cha ,manmai cha dimag mai cha.Jindagani kehi chinko laagi farkaune milne bhaye......., K garnu jindagani pradesh ma khusi chah khaasai chaina....

    ReplyDelete
  2. teti belai ho ki teo goth ma suteko? aa haina kara arkai bela ma ho. balla yad aayo malai. ani kati khera aais ta ghara. boka kasari bokis . teo sappai lekha ma mula.

    ReplyDelete
  3. Sidhai Nepal puge Basant Dai ma ta. Thau anusar chalan ali ali farak bhaye pani, marma autai ho Dashain ko. Malai ta bishesh Dashain ma mamaghar jana paine kuro le audhi khushi laagthyo. Dhanyabaad sabai yaad haru taajaa banaidinu bhayo. Dashain ko subhakamana.

    ReplyDelete
  4. Sidhai Nepal puge dai ma ta hajur ko yo lekh padera. Thau anusaar ali ali chalan farak bhaye pani dashain ko marma autai ho, gharpariwar ekai thau bhet hune, ramailo garne. Malai chahi dashain ma mamaghar jana paine kuro audhi ramailo laagthyo. Bada Dashain ko subha kaamana!!!!

    ReplyDelete

Please type your comment in the box below.