10/18/2010

हाम्ले पनि दशै मनाइम!

प्रत्यक बर्ष आउने दशै यस्पाली पनि आयो। घरमा (बा आमा सङ) दशै मनाउन नपाएको बर्सौ भैसक्यो। म जस्तै लाखौं लाहुरेहरुको यस्तै कथा हुनु पर्छ।नेपालमा हुँदा मनाउने दशैंको बारेमा पछि लेखौला मौका जुरेमा। त्यसको अलि अलि झल्को आउने गरि पहिले एक्पल्ट लेखेको थिए।  त्यो हेर्नलाई यहाँ थिच्नु होला। 

परदेशमा  प्राथमिकता पर्ने अरु नै हुन्छन्। काम गर्नै पर्यो, पड्नै पर्‍यो अनि  सबै भन्दा महत्वपुर्ण त अर्कै संस्क्रिती हुने ठाउँमा हाम्रो दशैं तिहारमा बिदा हुदैन। अनि सबै भन्दा नजिक को सप्ताहन्तमा चाड वाड मनाउने गरेको मैले पाएको छु। तर यसपाली को दशै आइतवार परेछ र ठ्याक्कै त्यसै दिनमा मनाउन पाए लाहुरे नेपाली ले। पोहोर साल को दशैको बारेमा यहाँ हेर्नु होला। 

चियापान समारोहका केहि सहभागीहरु/ केटाकेटीहरु तास खेल्दै छन्। 


















अस्तिको शनिबार हाम्रो मा चियापान समारोह थियो। चिया र बिस्कुट सहित केहि फलफूल अनि साथमा मंगल धुन सहित का दशै गीतहरु। शुभकामना आदान प्रदान गरौ भनेर। स्थानिय नेपाली साथीहरुको राम्रै उपस्थिती थियो। यसैबाट दशै आयो भन्ने अनुभुति भएको  हुनु पर्छ भित्री मन बाट। सो कार्यक्रम को बारेमा प्रदीप भाई को ब्लगमा हेरौ/पढौ। अहिले ईमेल र फेस्बूक बाट खुब शुभकामना आदान प्रदान हुने गरेको छ। तर मेरो अनुभब मा पोहोर साल भन्दा यो साल अली काम ईमेल र फेस्बूक बाट आदान प्रदन भएको छ। पोहोर किसिम किसिम का शुभकामना देखेर मैले लेखेको पोस्ट यहाँ हेर्नु होला। 

दशै मनाउने र रमाउने आ-आफ्नै तरिका हुन सक्छन्। तास खेल्ने, पिङ मा च च हुइ गर्ने, टिका लगाएर पैसा बटुल्ने, खसीको मासु नभै नहुने, मदिरा पान गर्ने आदि आदि। केही साथीहरुले तास नखेलेको दशैं के दशैं भनेर शुक्रबार रात भरी तास खेले र मदिरापान  गरे।  यस अर्थमा जस्लाई जे चाइयो तेसैले दशै मनाए लारामीबासी नेपाली ले। लारामिका नेपालीले पाँच वटा खसी काटे। हामी नेपाली लाई खसी नभै दशैं कहाँ आउथ्यो र। खसिकै मासु मिठो


दशै मा रमाइलो गर्ने एक तरिका 
खास दशै कार्यक्रम आज थियो। यहाँको नेपाली संस्थाले आयोजना गरेको कार्यक्रममा टिका लाउने, शुभकामना आदान-प्रदान, खसीको मासु र भात् अनि अन्तिममा डान्स सहितको म्युजिक्। करिब सय जना बिदेशी सहितका नेपालीले रमाइलो गरियो।

पुन: सम्पुर्ण महानुभाब हरुमा दशैंको शुभकामना।
टिका थाप्दै राजन 

नेपाली मात्रै होइनन अन्य मुलुकका लाई पनि रोचक 

1 comment:

  1. It was indeed a great program. Thanks all for your effort to make this program memorable and joyful.

    ReplyDelete

Please type your comment in the box below.